Sunday, July 18, 2021

विश्वास को मत सरकार होइन संसद पुर्ण काल का लागि

कोरोना को तेस्रो लहर को समय मा चुनाव नहोस, संसद पुर्णकाल चलोस भन्ने मत हो यो। यो देउबा सरकार लाई दिएको मत होइन। त्यस का लागि त न्युनतम कार्यक्रम बन्नुपर्छ, मंत्री पद बाँडफाँड हुनुपर्छ। 

यो जसपा एक हुने राम्रो मौका हो। पहिला त थियो एक समुह ओली, अर्को देउबा, दुई दुई वटा ब्लैक होल (black hole) ले तारा खाइदिए जस्तो अवस्था अब रहेन। 



उपधारा (२) को सरकार बन्न बाँकी छ। उपधारा (५) को सरकार लाई उपधारा (२) को सरकार मा रूपांतरण गर्न बाँकी छ। जसरी उपधारा (२) को सरकार उपधारा (१) को सरकार बनेथियो। 

उपेन्द्र यादव लाई २० होइन ३२ सांसद को नेता बन्ने मौका जुरे जस्तो छ। मौका गुमाउनु हुँदैन। त्यो एकता बिना संविधान संसोधन संभव हुने छैन। मंत्रीमंडल मा पनि एउटा गुट को होइन समुचा पार्टी को सहभागिता हुनुपर्छ। 

उपेन्द्र यादव को जसपा तटस्थ बस्ने वक्तव्य ले विगठन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएछ। ख़ुशी लाग्यो। 


महन्थ ठाकुरले भने, ‘देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दा हामी घायल भएका छौँ’  संसदमा आफ्नो धारणा राख्दै उनले जबजब प्रधानमन्त्री बन्छ, आफूहरूको आन्दोलन कमजोर हुने गरेको धारणा राखे । उनले भने, 'शेरबहादुर देउवालाई मत दिएर आफूलाई घायल बनाएका छौँ ।’   ........  'प्रधानमन्त्री देउवा परमादेशले प्रधानमन्त्री बनेका हुन्, जनादेशले बनेका होइनन्' भन्दै उनले संविधानको जति गुणगान गाए पनि मधेसी जनताले गोली खाएको र कतिपय साथै जेलमा रहेको धारणा राखे । वर्तमान प्रधानमन्त्री देउवाले चिठी पठाएर मत मागेको तर यो संविधानले उत्पीडित समुदायका लागि के गरेको भन्दै उनले प्रश्न गरे । उनले पूर्व प्रधानमन्त्री अलीलाई धन्यवाद दिँदै आफूहरूको केही माग पुरा गरेको बताए । सर्वोच्च अदालतको सम्मान गर्छौ तर नागरिकता दिने अधिकार राज्यको हो तर राष्ट्रियताको निर्धारण र न राज्यले गर्न सक्छ न अदालतले गर्छ, उनले भने, नागरिकता नभए राज्यबाट कुनै सुविधा पाउँदैन, नागरिकता नभए लिगल पर्सनालिटी पाउँदैन ।’


'अभागीलाई खाने बेलामा रिस उठ्यो' भन्दै बाबुरामको महन्थलाई व्यङ्ग्य  ठाकुरले अन्तिम समयमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि विगतमा केपी ओलीलाई समर्थन गरेर समस्या निम्त्याएको भट्टराईको भनाइ थियो । ....... प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा महन्थ ठाकुरलाई ब्यंग्य गर्दै भने, ‘जनता समाजवादी पार्टी, एक ढिक्का, एक मत र एक बिचार रहेको भए यति दुःख भोग्नै पर्दैनथ्यो । अरू पार्टीभित्र पनि विग्रह आउँदैनथ्यो । जसपा आफैले निकास दिन सक्थ्यो । तर हामीलाई खाने बेलामा रिस उठ्यो ।’ ठाकुरकै कारणले अहिलेको अवस्था आएको समेत भट्टराईको सङ्केत थियो ।  ....... उनले पार्टीभित्र आपसमा झगडा हुन थाल्नु बिडम्बडापूर्ण भएको भन्दै अहिले फेरि अन्तिम समयमा देउवालाई विश्वासको मत लिन लागेको सुन्दा खुसी लागेको बताए । ...... भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढङ्गले व्याख्या गरिएको बताए ।









उपेन्द्र यादव पक्षले माग्यो सात मन्त्री र एक राज्यमन्त्री ठाकुर पक्षका पाँच सांसद यादवतिर, सनाखत सकिएपछि सरकारमा जाने तयारी ..... जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ । साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ । ...... अदालतमा जाँदा उपेन्द्र यादव पक्षमा जसपाका १२ सांसद मात्र थिए । ....... अरु सांसदहरु पनि आउने र आफूहरुको पक्षमा २० जना पुग्ने यादव पक्षका सांसद मोहम्मद इस्तियाक राई बताउँछन् । ....... राई भन्छन्, ‘तीन दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी) मात्र सरकारमा भए हामीले ७ वटा मन्त्रालय र एक राज्यमन्त्री पाउनुपर्छ ।’ .......... कांग्रेसले गृह तथा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिइसकेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफूले पाउनुपर्ने जसपा यादव पक्षको माग छ । श्रम, उद्योग, भूमिसुधार, सञ्चार, परराष्ट्र लगायतका मन्त्रालयहरुको समुचित बाँडफाँट हुनुपर्ने जसपा सांसदहरुले बताएका छन् । ....... जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेको छ, जसमा आइतबारदेखि सुनुवाइ गर्ने कार्यतालिका छ । सांसद राई भन्छन्, ‘न्यनतम साझा कार्यक्रम बन्यो र आयोगमा सनाखत प्रक्रिया पूरा भयो भने हामी केही दिनमा नै सरकारमा जान्छौं ।’



No comments: