Friday, July 16, 2021

एमाले र जसपा एक नरहेको राजनीतिक यथार्थ

हुन त कांग्रेस पनि एक छैन। देउबा रामचंद्र र कृष्णा सिटौला सँग तपाईं को पक्ष बाट को को मंत्री राख्ने भनेर नाम माँगेका छन। कांग्रेस एक्लै तीन वटा पार्टी हो। 

एमाले र जसपा औपचारिक रुपमा फ़ुटन सक्ने अवस्था मा छैनन। माधव को एमाले संसदीय दलमा ४०% पुग्दैन। उपेंद्र को जसपा संसदीय दलमा ४०% पुग्दैन। हुन त अहिले महंथ राजेंद्र को पुग्दैन भन्ने कुरा आएको छ। फेरि छोडेर हिड्ने को? फुटन नसक्ने तर राजनीतिक रूपले फुटिसकेको। 

भने पछि विश्वास को मत पाए पनि देउबा सरकार पंगु सरकार बन्ने भो। त्यस पछि त व्हिप लाग्छ एमाले र जसपा को। यसैलाई भनिन्छ डिसफंक्शन (dysfunction) ------ गलत संविधान लेखे पछि देशले दुःख पाउने भनेको यही हो। 

एमाले भित्र दोस्रो पुस्ता ले कु गरेर ओली र माधव लाई साइडलाइन गर्ने संभावना पनि छैन। 

३० वर्ष देखि चलिआएको दुई दलीय भ्रष्टाचारतंत्र ढलने व्यवस्था हो। यो संविधान धेरै टिक्ने संविधान होइन। देश ढिलो चाडो नया संविधान सभा मा जान्छ। 



बालकोटमा पनि कमजोर छैनन् ओली - बालुवाटारबाट बहिर्गमन भए पनि सिंहदरबारमाथि पर्याप्त दबाब बनाउन सक्ने शक्ति अझै ओलीसँग छ - राष्ट्रिय सभा, प्रतिनिधिसभा, सडक, राष्ट्रपति कार्यालय र संवैधानिक नियोगहरूको बलमा सरकारमाथि दबाब बढाउने ओली रणनीति ....... सरकारले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत पाउनैपर्ने हुन्छ । प्रधानमन्त्री देउवाले विश्वासको मत नपाउँदा आफूले चालेकै कदमलाई पुष्टि गर्ने गरी मुलुक चुनावकै बाटोमा जाने भएकाले पनि सुरुदेखि नै सडकबाट पनि दबाबमा राख्ने ओलीको रणनीति देखिन्छ । ..... अघिल्लो सरकारले ल्याएका अध्यादेश, राजनीतिक नियुक्ति, प्रदेश प्रमुखहरूको नियुक्तिलगायत खारेज गर्ने संकेत देखाएको छ ....... राष्ट्रपतिलाई महाभियोग लगाउँछु भन्छन्, तर संसद्मा संख्या छैन ।

राज्यका सबै अंगमा एमालेको प्रभावकारी उपस्थिति छ । अधिकांश व्यक्ति एमालेले प्रमोट गरेका छन् । त्यसैले स्थायी सरकार भनिने हैसियत एमालेसँग छ

........... ‘सडक त एमालेसँग एकलौटी छ ....... दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले एक्लैको एक सय २१ सिट छ । माधव नेपाल समूहमा रहेका २३ सांसदमध्ये अन्तिमसम्म कति अडिन्छन् निश्चित छैन । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहका २० सांसदको मत पनि विपक्षमै हुने हो भने संसद्मा सत्ता पक्षभन्दा विपक्षी बलियो हुनेछ । यो अंकगणितलाई भत्काएर विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई चुनौती छ । ........ दोस्रो तहका नेताहरूको प्रयासमा तयार भएको एकता प्रस्ताव र पार्टीमै रहेर अन्तर्संघर्ष गर्ने प्राथमिकता तय गरेका नेपालको साथ देउवाले खुलेरै पाइहाल्ने अवस्था भने बनिसकेको छैन ....... परिस्थिति फेरिएको र पार्टीभित्र एकता प्रक्रिया बढेको बताएर नेपालले सोमबारै विपक्षी गठबन्धनसँग सम्बन्धविच्छेद गरिसकेका छन् ...... संसद्बाट कानुन निर्माणमा भने असहज हुने देखिन्छ, खास गरेर राष्ट्रिय सभामा । राष्ट्रिय सभामा अर्थ विधेयकबाहेक सबै विधेयक पारित हुनुपर्छ । राष्ट्रिय सभामा बहुमत पुर्‍याउनु पनि सरकारको चुनौती हो । ..... ५९ सदस्यीय राष्ट्रिय सभामा मतदान हुँदा ...... एमालेसँग अध्यक्षबाहेक ३२ सांसद छन् । ...... जसपाका तीनमध्ये एक सांसद महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा छन्, यसलार्ई पनि जोड्ने हो भने राष्ट्रिय सभामा विपक्षीसँग ३३ सांसद रहन्छन् । ....... माओवादीका १५, कांग्रेसका सात, जसपाको उपेन्द्र यादव पक्षका दुई र एक स्वतन्त्र गरी २५ सांसद छन् । ........ एमाले एकढिक्का रहेको अवस्थामा सरकारले राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सम्भव छैन । ....... नेपाल समूहले राष्ट्रिय सभामा नौ सांसद रहेको दाबी गरेको छ । यस्तोमा सरकार पक्षको २५ र नेपाल पक्षका नौ सांसद एकै ठाउँ आए भने ३४ सांसद हुन्छन् ....... सत्तारुढ गठबन्धनले संसदीय सुनुवाइविना नै अध्यादेशबाट गरिएका नियुक्त खारेज गर्ने घोषणा गरेको छ ...... ओली सरकारले अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर दुई चरणमा विभिन्न संवैधानिक आयोगमा ५२ पदाधिकारी र ११ देशका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाइविना गरिएका सिफारिस खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेका थिए ........ विधेयक र अध्यादेशहरू अध्ययन गर्छु, सल्लाह गर्दै छु भनेर अल्झाउन सक्छिन् वा पुनर्विचार गर्नुस् भनेर एकपटक मन्त्रिपरिषद्मा फर्काइदिन सक्छिन् । संवैधानिक र राजनीतिक नियुक्तिमा पनि ढिलाइ गरिदिन सक्छिन् । माधव नेपाललाई पार्टी विभाजन गर्ने बाटो खोल्न अध्यादेश चाहिन्छ, त्यसमा राष्ट्रपतिले केही समय अलमल्याउन सक्छिन् । .......... विश्वासको मतपछि पनि प्रतिनिधिसभामा ओलीको बलियो हैसियतले सरकारमाथि दबाब बनाइरहनेछ । ........ देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश दिएसँगै सडकमा उत्रिएका एमालेका युवाले मुठभेडको संकेत दिइसकेका छन् । स्वयं ओलीले पनि सडकमा मोर्चाबन्दी गर्दै सर्वोच्चको आदेश र सरकारका विरुद्ध देशव्यापी अभियान चलाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । अदालतका हकमा आन्दोलन सजिलो नभए पनि सरकारविरुद्ध भने एमालेले सडकमा आक्रामक उपस्थिति जनाउने देखिन्छ ।


सत्ता गठबन्धनबारे नेपाल समूहभित्रै विवाद कार्यदलमा रहेकासहितका केही नेताले ‘जे–जस्तो अवस्था भए पनि’ पार्टी एकतामै जानुपर्ने मत राखेका छन् । ......... ओलीले निषेधको नीति लिएपछि सम्बन्धविच्छेदपछि पनि आफ्नो समूहले गठबन्धनमा सांकेतिक उपस्थिति जनाएको नेपालनिकट नेताहरूको भनाइ छ । ‘पहिला औपचारिक रूपमै गठबन्धनसँग सम्बन्धविच्छेद गरेकै हो, तर माधव नेपाललाई एमालेमा कुनै स्थान नहुने केपी ओलीको अभिव्यक्तिले गर्दा गठबन्धनसँग सम्पूर्ण रूपमा सम्बन्धविच्छेद गरिहाल्ने अवस्था देखिएन,’ एक नेताले भने, ‘त्यसकारण उहाँले प्रतिनिधि पठाउनुभएको हो ।’ ........... कार्यदलमा सहभागी नेपालतर्फकै नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्तसहित ६ नेता र कार्यदलबाहिरका योगेश भट्टराई र अष्टलक्ष्मी शाक्यलगायत नेताहरू १०बुँदे सहमति प्रस्तावमा आधारित भएर अगाडि बढ्नुपर्ने पक्षमा छन् । उनीहरूमध्ये अधिकांशले सत्तागठबन्धनसँग पूर्ण सम्बन्धविच्छेद गर्नुपर्ने धारणा राखेका छन् । ........ कार्यदल सदस्यहरूको अनौपचारिक छलफलमा भुसालले आफूहरूकै अडानअनुसार संसद् पुनर्स्थापना भएकाले अब पार्टीले बोलाउने संसदीय दलको बैठकमा पनि भाग लिनुपर्ने मत राखेका छन् । उता, नेपाल समूहकै तेस्रो तहका केही केन्द्रीय सदस्य र सांसदहरूले भने ओली र नेपालबीचको संवाद तथा सहमतिविना बोलाइने बैठकमा सहभागी नहुने मत राखिरहेका छन् । ..........

पार्टी विवाद समाधानका लागि गठित कार्यदलका दश नेताले एकता जोगाउन शीर्ष नेतामाथि दबाब र हस्तक्षेप बढाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

............. नेपालतर्फका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले दोस्रो पुस्ताको दबाब र हस्तक्षेपविना पार्टी एकता जोगिने सम्भावना कम देखिएको बताए ।


जेलमा आलमलाई भेटे कारागार व्यवस्थापन विभागका महानिर्देशकले
सत्तारुढ गठबन्धनको पहिलो बैठक : विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार ! विश्वासको मत लिएर सरकारको कार्यकाल सुनिश्चित गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने ....... अध्यक्ष यादवले प्रधानमन्त्रीले चाहेको बखत विश्वासको मत लिन सक्ने र त्यसको आधार तय भइसकेको बताए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत लिन समस्या छैन । उहाँले चाहेको बखत लिन सक्नुहुन्छ । हामीले दिन्छौँ । माधव नेपालजी पनि सँगै हुनुहुन्छ । ...... जसपा र एमाले दुवै पार्टीमा आन्तरिक विवाद रहेकाले मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा पहिल्यै विश्वासको मत लिनुपर्नेबारे छलफल भएको थियो । ......... देउवाले भने दुवै पार्टीलाई पहिले सरकारमा सहभागी हुन आग्रह गरेका थिए ....... प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा यो सरकार बचाउनेभन्दा पनि प्रतिनिधिसभा बचाउने कुरा हो  ....... अबको सरकारले विश्वासको मत नपाएको खण्डमा संविधानतः स्वतः प्रतिनिधिसभा विघटन भएर मुलुक चुनावतिर धकेलिने

देउवाको बानी र स्वभावबारे पत्नी आरजुलाई १०१ प्रश्न






No comments: