Friday, July 30, 2021

जनमत पार्टी का लागि आंदोलन को बाटो एक मात्र उपलब्ध बाटो हो

आज यदि चुनाव हुन्छ भने जनमत पार्टी ले मधेस मा मात्र उम्मेदवारी दिन्छ। जनसंख्या को हिसाब ले ५०%, भुगोल २५% र जनमत पार्टी को संगठन मधेसी समुदाय भित्र सीमित देखिन्छ। त्यो भनेको देशको एक तिहाई मोटामोटी। चुनावमा ५१% लाई जित मानिन्छ, ६०% लाई अत्यंत राम्रो जित मानिन्छ। तर एक तिहाई मधेसी सँग २५% संसदीय सीट होला। अर्थात अहिले को अवस्था मा जनमत पार्टी जित्नु भनेको जम्मा संसदीय सीट को १३% जति ल्याउनु हो। तर त्यति न आउन पनि सक्छ। आज यदि चुनाव हुन्छ भने जनमत पार्टी त्यो एक तिहाई जनसंख्या रहेको मधेसी समुदाय भित्र को सबैभन्दा ठुलो पार्टी बन्ने संभावना कति छ? अहिले त मलाई लाग्दैन। भने पछि काठमांडु पुगेर एउटा सानो विपक्षी पार्टी भएर बस्ने? हामीलाई त जनता ले भोट नै दियन भन्दै बस्ने? आज यदि चुनाव हुन्छ भने जनमत पार्टी कांग्रेस र कम्युनिस्ट भन्दा पछाडि नै हुन्छ। जसपा को हाराहारी मा आउनु भनेको एउटा मधेसवादी दलले अर्को मधेसवादी दलले भोट काटाकाट गर्ने अवस्था मात्र हो। जसपा को तेस्रो गुट बननुमा के मजा छ? 

संगठन अत्यंत राम्रो बनेको छ। जनमत पार्टी को महाधिवेशन लाई अहिले कांग्रेस को महाधिवेशन सँग दाँजे हुन्छ। दुध का दुध पानी का पानी। तर गुपचुप संगठन बनाएर चुनाव स्वीप गर्छु भन्ने सोंच हो भने त्यो संभव छैन। संगठन त आधार मात्र हो। मंच तैयार भएको छ। नाचगान हुन बाँकी छ। अहिलेसम्म बनेको संगठन स्टेज हो। नाचगान आंदोलन हो। बिना आंदोलन चुनाव स्वीप गर्न सकिँदैन। 

४६ सालमा गणेशमान ले नेवार र मधेसी को अलायन्स बनाउ, आंदोलन गरौं भनेनन। मुद्दा बहुदल। ४६ सालमा मात्र होइन ६ सालमा पनि गणेशमान निर्णायक हो। बीपी त भारतीय नागरिक थिए। 

आंदोलन को बाटो एक मात्र उपलब्ध बाटो हो। होइन भने जपा ले लडेको प्रत्येक क्षेत्र मा पाँच पाँच हजार भोट ल्याउने, राष्ट्रिय पार्टी बन्ने तर सीट अत्यंत कम जितेर आम कार्यकर्ता को मनोबल अत्यंत गिरावट भएर जाने हुन सक्छ। जनमत पार्टी का लागि झापा देखि कंचनपुर सम्म को सबैभन्दा ठुलो पार्टी नबन्नु चुनावी हार सरह हुनेछ। 


आंदोलन ले पार्टी लाई ७७ जिल्ला मा लान्छ। 






No comments: