Sunday, July 11, 2021

जनमत पार्टी: राष्ट्रिय पार्टी बन्ने र संसद मा १०-२० सांसद दर्ता गर्ने

नेकपा त एक पटक मात्र फुट्यो। मधेसी दल तीन ठाउँ छन। तमलोपा बाट राजपा नगयेका त्रिपाठी। राजपा समुह। सपा समुह। भ्रष्टाचार को मुद्दा अन्ना हजाड़े र अरविन्द केजरीवाल  ले जस्तो दरो सँग समाते त हो, तर अहिलेसम्म जनमत पार्टी ले त्यस्तो छाँटकाँट देखाएको छैन। एउटा बाटो छ नेका, एमाले, माओवादी, त्रिपाठी को नया बन्न लागेको पार्टी, महंथ-राजेंद्र समुह, उपेंद्र-बाबुराम सबै लाई समान मानेर नया ग्राउंड सिर्जना गर्ने। तर अहिले त्यहाँ छैन जनमत। आफ्नो विपक्षी पार्टी जसपा मात्र भए जस्तो कहिलेकाहीँ कुरा आउँछ। आज को आज चुनाव हुने हो भने मधेसवादी को हालत खास्ता छ। 

एमाले फुट्नु ले लोकतंत्र कमजोर हुन्छ। जसपा फुट्नु ले पनि मधेस आंदोलन र लोकतंत्र कमजोर हुन्छ। पाँच वर्ष सरकार चलाउने मैंडेट नेकपा ले पुरा गर्न सकेन। सपा र राजपा लाई जनादेश नै एकीकरण को थियो। त्यसको पालना गर्ने प्रयास भएको देखिएन। 

अहिले जनमत पार्टी राष्ट्रिय पार्टी बन्ने र संसद मा १०-२० सांसद दर्ता गर्ने ठाउँ मा हुन सक्छ। त्यो राम्रो नतिजा होइन। सत्ता मा जान पनि अरुसँग मिल्नुपर्छ। विपक्ष मा बस्न पनि अरुसँग मिल्नुपर्छ। अहिले को जस्तो क्लीन स्लेट रहँदैन त्यस पछि। त्यो गारहो बाटो हो। सजिलो बाटो हो भ्रष्टाचार को मुद्दा समातेर आंदोलन गर्ने। दिल्ली मा केजरीवाल ले गरे जस्तो। (Remote Relay अनसन: चुँकि रामलीला मैदान उपलब्ध नहीं है)





संसद् विघटन मुद्दाको फैसला आज आउन सक्ने
प्रधानमन्त्रीका सल्लाहकारबाटै अदालतको मानहानी भयो : माधव नेपाल उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन्, “हिजो राति नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमनत्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्नेगरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरु सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।” ...... प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले अब शेरबहादुर देउवाको साथमा बहुमत सांसद नरहेको भन्दै सर्वोच्चले आदेश वा परमादेश जारी गर्न नसक्ने बताएका थिए । उनले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका थिए ।



बाहिर सहमति गरेर हुन्छ ? मलाई मान्य छैन : माधव नेपाल

जसपा एकीकरण नै अप्राकृतिक थियो : रेणु यादव हतार–हतारमा एकता गर्दा उहाँहरुसँग नीति र सिद्धान्त मिलेन । उहाँहरुको कतिपय ठाउँमा संगठन पनि थिएन । हाम्रो सबै ठाउँमा संगठन थियो तर उहाँहरुको एउटा भीड जम्मा भएको जस्तो थियो, अध्यक्षमण्डलको रुपमा थियो । त्यो अवस्थामा पार्टी एकीकरण त भयो तर समायोजन प्रक्रियामा जहिले पनि उहाँहरुको भागवण्डा मिलिरहेको थिएन । ....... हामीले केपी ओलीको प्रतिगामी कदममा साथ दिनु हुँदैन, यो अवस्थामा सरकारमा जान हुँदैन भन्दाभन्दै पनि एकलौटी ढंगले पार्टीमा छलफल नै नगरी सरकारमा जानुभयो । पार्टीको निर्णयविपरीत केही नेताहरु हतार–हतारमा सरकारमा जानुभयो । ....... जब केपी ओलीको असंवैधानिक कदममा जसरी उहाँहरुले साथ दिन खोज्नुभयो त्यो हाम्रा लागि असहनीय, निन्दनीय र जनताको भावनाविपरीत गर्नुभयो । त्यसपछि हामीबीच दूरी बढ्दै गयो .......

हाम्रो एउटै एजेण्डा हो, मुद्दा एउटै हो भने एकता किन नगर्ने भन्ने विषयमा लामो समयदेखि गृहकार्य भइरहेको थियो । जनताको पनि अपेक्षा थियो कि यी दुई दलबीच एकीकरण होस् भनेर ।

....... हामी कुनै पनि कार्यक्रममा जनताले दुवै पार्टी किन मिल्न सक्दैन भन्ने प्रश्न गर्थे । त्यसैले हामी यो देशको एउटा वैकल्पिक र शक्तिशाली पार्टी बनाउन सक्छौं भन्ने सोच थियो । हामीलाई पहाडका आदिवासी जनजातिले पनि पत्याएका थिए । हामी वैकल्पिक शक्ति निर्माण अभियानमा लागेका थियौं । तर उहाँहरु क्षेत्रीय पार्टीभन्दा पनि व्यक्तिगतरुपमा पार्टी चलाउन थाल्नुभयो । ........ उहाँहरु ओलीको सरकारमा जुन कुरा देखाएर जानुभयो त्यो एउटा पनि पूरा भएको छैन । नागरिकता अध्यादेशलाई उहाँहरुले ठूलो जीतको रुपमा लिएर सरकारमा जानुभयो । तर हामीलाई थाहा थियो कि संसदमा बहस नै नगरी त्यो कार्यान्वयन नै हुन सक्दैन । ओलीजी आफ्नो कुर्सी बचाउनका लागि त्यो अध्यादेश ल्याउनुभएको थियो । तर त्यसलाई सर्वोच्च अदालतले खारेज गरिदियो । रेशम चौधरी लगायतका मुद्दाहरु त्यस्तै छन् । यसबाट के देखियो भने उहाँहरु सत्तामा जान लागि कति दिनदेखि लालायित थिए, रातारात नै झण्डावाला गाडीमा हतारमा बस्नुभयो । यसको नतिजा के भयो भने कोही हेलिकप्टरमै हुँदा र कोही गाडीमै हुँदा मन्त्री पद खुस्कियो । .......... निर्वाचन आयोगले पनि राजनीति गर्न थाल्छ भने निर्वाचन प्रणाली कस्तो हुन्छ ? न्यायालयका न्यायाधीशहरु राजनीति गर्न थाल्छ भने आम जनताले न्याय माग्न कहाँ जान्छन् ? त्यसैकारणले निर्वाचन आयोगले नीति, नियम र कानूनअनुरुप आधिकारिकता दिनुपर्दथ्यो । तर आयोगले त्यो गर्न सकेन । पार्टीहरुलाई मिलाउने काम निर्वाचन आयोगको होइन । आयोगले दस्तावेजहरु हेरेर निर्णय दिनुपर्ने हो । ........... अब माधव नेपालजी मिल्नु हुन्छ कि मिल्नु हुन्न भन्ने कुरा छैन ।

माधव नेपालजी केपी ओलीसँग मिल्नुहुन्छ जस्तो हामीलाई लागेको छैन ।



रातारात सहमति गर्नुपर्ने थिएन, प्लेन छुट्नेवाला थिएन- माधव नेपाल नेता नेपालले 'प्याकेजमा सबै कुरा क्लियर नभएसम्म आफू कुनै पनि बैठकमा नजाने र सहमतिमा नआउने' पनि बताएको ...... ‘कार्यदलले गरेको सहमतिको विषय मैले हेर्न पाएको छैन। अध्ययन गर्न पाएको छैन। जबसम्म सबै कुरा क्लियर हुँदैन, तबसम्म म कुनै पनि बैठकमा जान्न,’ नेता नेपाललाई उद्धृत गर्दै ती नेताले भने, 'अदालतको सम्बन्धमा कुनै प्रभाव पार्ने र ढाँचा परिवर्तन गर्ने खालको कुरा मलाई मञ्जुर छैन।’

ती जम्मै नक्कली कम्युनिष्ट हुन् उस्तै समानता छ हृदयेश त्रिपाठी र पद्यरत्न तुलाधरमा । तुलाधर सूर्य चिह्न लिएर चुनाव लडे र केही समय स्वतन्त्र रहे । हृदयेश पनि उसैगरी सूर्य चिह्नबाट लडे र आफूलाई स्वतन्त्र भनाइरहे । आजको पुस्ताले त्रिपाठीलाई मधेशवादी राजनीतिज्ञ भनेर चिन्छ तर कम्युनिष्ट स्कुलिङमा हुर्किएका हुन् । ....... आफू हिजो, आज र भोलि पनि प्रगतिशील विचारधारामै रहने प्रतिबद्धता व्यक्त गर्छन् । ३० को दशकमा रायमाझी समूहको एउटा हाँगोमार्फत कम्युनिष्ट कार्यकर्ता रहेका उनी बीचमा वाम राजनीति छाडेर मधेशवादी बने । ....... तीनपटक मन्त्री बने, गिरिजा, सूर्यबहादुर थापा र बाबुराम भट्टराईको पालामा । ....... चौथोपटक प्रधानमन्त्री ओलीको क्याबिनेटमा संघीय मामिला तथा सामान्य प्रशासन, पछि स्वास्थ्यमन्त्रीको भूमिकामा थिए ...... ठुल्ठूला भ्रष्टाचार प्रकरण लेखा समितिमा प्रवेश गराएर चर्चा कमाएका पात्र हुन् त्रिपाठी । उनले लाउडा, धमिजा,चेज एयर र चाइना साउथवेष्ट विमान काण्डलाई नियालेका छन् । ........ माक्र्सवाद, लेनिनवाद मैले छाडेको हैन ..... अरूले घरमै पढे, दुई–चार पुस्तक । मैले विश्वविद्यालयमा पढेको हुँ । नेपालका कम्युनिष्टहरूको न नैतिकता छ, न त चरित्र, विचार, इमान्दार नै छ । प्रगतिशील थिएँ, अहिले पनि छु, भोलि पनि रहनेछु । ....... क्षेत्रीय राजनीतिमा तीन दशकभन्दा बढी समय व्यतित गरें । हामीले जुन ढंगको त्याग ग¥यौं, त्योअनुसारको उपलब्धि भएन । ........ प्रगतिशील शक्तिले लिड गर्छन् कि भन्ने मेरो भ्रम रह्यो । प्रगतिशील भनिएकाहरू यथास्थितिवादी बढी देखिए ...... संघीयता, संविधानमा उल्लेख भएका विभेद अन्त्य, वर्गीय हिसाबले किसानको प्रतिनिधित्व हुने गरी नयाँ पार्टी गठन गर्ने तयारी गरेका हौं । कम्युनिष्टहरूले वर्गीय हिसाबले किसानको कुरा त उठाए तर उत्पादन गर्ने वर्गभन्दा लाभ लिनेका दलाल भए । कांग्रेस विशेष गरी शहरिया उच्च वर्गको पार्टी भयो । ........ सरकारले किसानलाई मतदाता र करदाताको रूपमा मात्र लियो । यीभन्दा फरक छन् हामीबाट देशको आर्थिक अनुशासनलाई महत्व दिने, मस्यौदा तयार भइसकेको छ । मस्यौदा लेखनमा पूर्व सचिव, राजदूतहरू सहभागी हुनुभएको छ । अब तीन–चार वटा भेलाबाट मस्यौदाउपर छलफल गरी नयाँ पार्टी निर्माण गर्नेछौं । ......... मेरो मूल्य–मान्यता अरूभन्दा अलि फरक छ । त्यही कारण पनि राजनीतिमा दुःख पाएको । म स्वतन्त्र चिन्तक, स्वाभिमान बेच्दिनँ, देशभित्र होस् वा देशबाहिर । राजनीतिमा अपेक्षित रूपमा लाभ हासिल गरेको नदेखिएला तर मजति सुखी कोही छैन । ......... अष्ट्रेलियन र कोरियन दुईवटा कम्पनीले नेपालमा खोपको तेस्रो ट्रायलका लागि अनुमति मागे । मैले दिइनँ, हाम्रो जनसंख्या सीमित छ, अमूल्य छ । म गिनिपिग हुन दिन्नँ । ट्रायलमा रहिरहेको खोप हानेर मानव शरीरलाई जोखिम पार्न दिन्नँ भन्ने नै लाग्यो । खोपको ट्रायलका लागि कार्यविधि बनाउनुप¥यो भनेर विभिन्न ठाउँबाट अनुरोध आएको थियो । मैले मानिनँ, अहिले सुन्दै छु यो कार्यविधि क्याबिनेटबाट पास भयो रे ! .........

सडक विस्तार, रेल्वे अध्ययन, टनेल मेरै पालामा भएको हो, मेट्रो पनि ।

......... संविधान निर्माणका क्रममा तटस्थ व्यक्तिहरूको एउटा परामर्श समिति वा आयोग बनाउन चुक्यौं । त्यसले कहाँ सुधार्नुपर्ने हो, सुझाव दिन्थ्यो । अहिले अदालतमा यति धेरै मुद्दा जानुको कारण संविधानको अस्पष्टता, व्याख्याको क्रममा देखिएको अस्पष्टता हो ।

अनुहारमा मैलो छ, हामी ऐना पुछिरहेका छौं । समस्या संविधानको लेखाइमा हो तर हामी त्यहाँ प्रवेश गरेका छैनौं ।

संविधानको समाप्तितिर देशलाई लैजाँदै छौं । ............. हामी संविधान निर्माणका क्रममा असन्तुष्ट थियौं यद्यपि यो संविधान रहोस् भनेर चाहिरहेका छौं । संविधान निर्माणबाट जो बढी सन्तुष्ट थिए, तिनै अहिले यो संविधान सिध्याउन लागिरहेका छन् । अहिलेको यथार्थ यही हो । ........ उहाँ मधेशवादी शक्तिभन्दा कांग्रेस वा माओवादीसँग बढी झुकाव राख्नुहुन्छ । दुई नम्बर प्रदेशलाई पनि मधेशवादीको हिसाबले उहाँहरूले सम्हाल्न सक्नुभएन । .......... अब तमलोपा ब्यँुताएर त्यतै जाने सम्भावना बिल्कुलै छैन ।


महन्थ र हृदयेशको सुटुक्क साउती यसैबीच बालुवाटारले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेपनि ठाकुर खेमाका खास भनेर चिनिएका सर्वेन्द्रनाथ शुक्लाले स्वास्थ्यवाहेक अन्य मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि अहिले मन्त्रालय भागबण्डाको बिषयमा पूर्व राजपा खेमाभित्रै लफडा श्रृजना भएको छ । स्वतन्त्र खेमाबाट मन्त्री नियुक्त हृदयेश त्रिपाठीलाई पछिल्लो समय अप्ठ्यारो परेको बुझिएको छ । बालुवाटारले स्वास्थ्य मन्त्रालय छाडिदिन दबाब दिएपछि आफूलाई सहयोग गरी पद जोगाइदिन हृदयेशले महन्थसँग आग्रह गरेको पूर्व राजपा स्रोतको दावा छ । ....... दुई नेताबीचको भेटमा आफूलाई सहयोग भएको खण्डमा पार्टी एक गराएर जाने बिषयमा समेत छलफल भएको थियो । पूर्व तमलोपा व्युँताउने र मन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण गराउने बिषयमा समेत छलफल भएको सो स्रोतको दावा छ । ...... बीचमा राजपा गठन गर्नै समेत उनै हृदयेशको भूमिका मुख्य थियो । तर अध्यक्षमण्डलमा सहभागी नगराइएपछि उनी एकता प्रक्रियाबाट बाहिरिए । ...... उता बालुवाटारको इच्छाचाहिँ स्वतन्त्र समूहबाट राजनीति गरिरहेका हृदयेश र बृजेश गुप्ताहरुलाई पूर्व राजपा समूहमै एकीकृत गराई बाबुराम-उपेन्द्र समूहलाई काउन्टर दिने रहेको बुझिन्छ ।

शोलेको ठाकुर र महन्थ ठाकुर एकपटक उनको सामू बन्दुकै आएर झर्दा पनि उनले उठाएर पड्काउन सक्दैनन् । यस्ता थिए शोलेका ठाकुर । अब अर्का ठाकुर हुनुहुन्छ हाम्रो नेपालका लोकल ठाकुर,अर्थात् महन्थ ठाकुर । शोलेका ठाकुर र महन्थ ठाकुर दुवै ठाकुरै भए पनि फरक खालका ठाकुर हुन् । तर ठाकुर फरक भए पनि नियती भने दुवैको एउटै देखिन्छ । शक्तिशाली भएर पनि शोलेका ठाकुरले जसरी आफ्नो काम आफै गर्न सक्दैन, हाम्रा महन्थ ठाकुर पनि आफ्नो काम आफैँ गर्न सक्दैनन् । शोलेका ठाकुरको जस्तो महन्थ ठाकुरका पनि दुवै हात बाँधिएका छन् । त्यसैले प्रधानमन्त्रीकै अफर आउँदा पनि चलाउन सकेनन् । हातै अरुले बाँधेको छ कसरी चलाउनु ?



जसपाभित्रको विवादलाई नियाल्दा देखिएको चित्र यिनीहरू न संसद बचाउने शर्तमा, न मधेसको मुद्दामा विभाजित भए । मात्रै को सत्तामा जाने भन्नेमा विभाजित हुन पुगेका हुन् ........... सद्भावना पार्टीले मधेसको सवाललाई ठिक ढंगले उठाएन । मधेसको नाममा सत्ताको राजनीति मात्रै गरिरह्यो । मधेसको मुद्दालाई बिर्सियो भनेर मधेसकै कुरा गर्ने, तर अलिकति उग्र कुरा गरी अलिकति बढी क्रान्तिकारी फोरमको जन्म भयो । ...... पहिलो कुरा, सद्भावना पार्टी असफल भयो । आफ्नो उद्देश्य सद्भावनाले पूरा गर्न सकेन । ....... उपेन्द्र यादवको धार भनेको वैचारिक रुपमा ‘पाको वामपन्थी’ धार हो । ........ ६०/६१ वर्ष मात्रै भयो होला उपेन्द्र यादवको उमेर । तर, यहाँ भन्न खोजिएको विचारले उपेन्द्र जी पाको कम्युनिष्ट हुन् । लामो समयसम्म कम्युनिष्ट पार्टीमा बसेको । हरेक अन्तरविरोधलाई कम्युनिष्टहरूको जुन शैली हुन्छ विश्लेषण गर्ने, त्यो शैलीबाट हेर्ने । ...... महन्थ–राजेन्द्रहरूको प्रजातान्त्रिक विचारधारा र उपेन्द्रहरूसँग वामपन्थी पृष्ठभूमिको विचारधारा । यी दुवै फरक दृष्टिकोणका कारण अन्तर विरोधहरू देखा परिरहेका हुन्थे । ........ दोस्रो मधेस आन्दोलन भारतको मध्यस्थतामा सहमति गर्नका लागि राजेन्द्र महतो र महन्थ जीहरू तम्सिसकेको, बालुवाटार पुगेको अवस्थामा थियो । तर, उपेन्द्र यादव त्यसमा हस्ताक्षर गर्न तयार नभएको अवस्था थियो । ........ उपेन्द्र यादवलाई विजय गच्छेदारहरूले पार्टी विभाजन गर्दा भारतले आफ्नो पार्टी तोडिदिएको भन्ने लागेको छ । भारतले मधेसलाई सधै सत्तासँग बार्गेनिङ गर्न मात्र प्रयोग गरेको भन्ने सोच उपेन्द यादवमा छ । तर, राजेन्द्र र महन्थको सोच बिल्कुल फरक देखिन्छ । ......... त्यो बेलाको एकता खासगरी उपेन्द्र यादवमाथिको संकट टार्न गरिएको थियो । किनभने उपेन्द्र जीका ६ जना प्रतिनिधिसभाका सांसदलाई केपी ओलीले विभाजित गर्न लागेका थिए । त्यो विभाजनलाई रोक्न उपेन्द्र जीले १२ बजे राति महन्थ ठाकुर कहाँ पुगेर पार्टी एकता भयो भनेर विज्ञप्ति निकालिएको थियो । ....... पार्टी मिलेको घोषणा गरिए पनि भित्री मत भिन्नतालाई सँगै बोकेर उनीहरू जसपा बनेका थिए । मिल्नु पर्ने कुनै कुरा मिलेका थिएनन् । ........ पछिल्लो समय केपी ओलीसँग उपेन्द्र जीको ‘इगो’ अध्याधिक थियो । उपेन्द्र जी ओली नेतृत्वको सरकारमा सहभागी थिए । तर उनलाई स्वास्थ्य मन्त्रीबाट अपमानजनक ढंगले केपी ओलीले कानुन मन्त्रालय पठाएका थिए । तर, त्यहाँबाट पनि उपेन्द्र जी हट्नु परेको थियो ।

यो कुरालाई उपेन्द्र जीले एकदमै ‘इगो’को विषय बनाए ।

............. त्यसकारण उपेन्द्र यादव केपी ओलीसँग कुनै हालतमा सहकार्य गर्न नसक्ने अवस्थामा थिए । यता राजेन्द्र महतो र महन्थ ठाकुरहरू उपेन्द्रप्रतिको केपी ओलीको व्यवहार र उपेन्द्रको केपीप्रतिको इगोलाई बुझ्दै गर्दा केपी ओलीसँग सहकार्यका लागि दौडिरहेका थिए । केपी ओलीसँग सहकार्य गर्दा न मधेसको मुद्दा प्रमुख विषय भयो, न आफ्नो पार्टीलाई एक गरेर जाने कुरा प्रमुख विषय बन्यो । खाली ‘पर्सनल एडजस्टमेन्ट’का आधारमा सबै कुरा मिलाएर केपी ओली, महन्थ ठाकुर र राजेन्द्र महतोबीचमा पहिले नै भित्री सहमति बनिसकेको थियो । ............ त्यसपछि उपेन्द्रलाई पनि आफ्नो अस्तित्व रक्षा गर्नु पर्ने बाध्यता आइलाग्यो । महन्थ जीहरूले ओलीसँग गरेको सम्झौताका कारणले आफू अल्पमतमा परेको कुरालाई स्वीकार गरेर बस्ने कि छुट्टै एउटा धार बनाउने ? उपेन्द्रका लागि चुनौती थपियो । ........... आफ्नो मूल उद्देश्यका लागि उनीहरू विभाजित भएका होइनन् । यिनीहरू न संसद बचाउने शर्तमा विभाजित भए। न मधेसको मुद्दामा विभाजित भए । को सत्तामा जाने ?

एउटा समीकरणको सरकारमा बस्ने वा अर्काे बन्ने समीकरणको सरकारमा गएर बस्ने ? त्यही कारण हो, जसपाभित्रको विभाजन । यो अत्यन्त निरासाजनक विभाजन भयो ।

............... राजनीतिमा व्यक्तिगत सम्बन्ध उत्तिकै महत्वपूर्ण हुन्छ । महन्थ र उपेन्द्रको व्यक्तिगत सम्बन्ध कहिल्यै समधुर बन्न सकेन । राम्रो कहिल्यै रहेन । ........... आम सभाहरूमा उपेन्द्र यादवले तराई मधेस लोकतान्त्रिक पार्टीलाई संक्षेपमा तमलोपा नभनी ‘तामालोटा’ भन्नु हुन्थ्यो । तामालोटा बाहुन–पण्डितहरूले बोकेर हिड्छन् नि । महन्थ जी ब्राम्हाण –पण्डित हुन् । .......... व्यक्तिगत सम्बन्धको पनि राजनीतिमा ठूलो सम्बन्ध हुन्छ । त्यो कहिल्यै सौहार्दतामा रहेन । एकअर्कामा संवाद गर्ने, एक अर्कालाई सम्मान गर्ने दुवैमा कहिल्यै भएन । ........... महन्थ जी जुन मानिसबाट घेरिनु भएको थियो, तिनीहरू उपेन्द्रलाई भन्न केही बाँकी राख्दैन्थे । महन्थ जीका जुन मान्छेहरू छन्, उनीहरूले जुन भाषा शैली प्रयोग गरे । आलोचनाको तौरतरिका अवलम्बन गरे, त्यो उपेन्द्रले महन्थलाई बोल्ने जस्तै भाषाहरू थिए, महन्थले नबोले पनि । .......... केपी ओली र उनका निकट मानिसहरूको आंकलन छ, महन्थ ठाकुर र राजेन्द्र महतोलाई साथ लिएपछि खासगरी २ नम्बर प्रदेशमा एमालेको त्यसमा पनि ओलीको जनाधार बढ्न पुगेको छ । ......... केपी ओली अलोक प्रिय छन्, उनले प्रजातन्त्रलाई नोक्सान पुर्याए । संसद विघटन गरे, मैले सही अडान लिएँ भन्ने कुरा उपेन्द्रले जुन भनिरहेका छन्, त्यसलाई अलिकति मधेसमा मान्छेहरूले रुचाएको जस्तो देखिन्छ । राजेन्द्र महतोहरूले ठिक गरेनन्, बरु उपेन्द्रले ठिक गरे भन्ने पनि मधेसमा सुनिन थालिएको छ । अब यो साच्चै मधेसको मान्छेहरूले रुचाएको हो भने उपेन्द्रलाई केही फाइदा हुने देखिन्छ । ...... केपी ओली अबको अदालतको निर्णयले तल जाने स्थिती बन्यो भने राजेन्द्र –महन्थहरूका लागि बोल्ने ठाउँ रहँदैन । त्यसपछि हामीले ठिक गर्याैँ भन्ने ठाउँ रहँदैन ।


No comments: