Saturday, July 17, 2021

देउबा ले भनिरहेको "लोकतंत्र" र मधेस आन्दोलन प्रति प्रतिगमन

शेर बहादुर देउबा ले जब लोकतंत्र को रक्षा को कुरा गर्नुहुन्छ (हुन त गर्न छोडिसक्नु भो, अब फ़ोकट मा विश्वास को मत को कुरा मात्र आउन थालेको छ) त्यो २०४७ साल वाला लोकतंत्र हो। त्यो त मधेस आंदोलन को नजर मा घोर प्रतिगमन हो। त्यो यस्तो समय जब देउबा को पार्टी ले मधेस मा भोट सोहोर्ने तर मधेसी माथि उल्टै थिचोमिचो गर्ने एक किसिम को आधुनिक राणा शासन नै थियो। राणा शासन मा कर तिराउँथे। भोट को त के कुरा। कॉंग्रेस शासन मा भोट तिर्ने गरेको मधेसी ले। पाउनु केही छैन। 

देउबा ले आज लोकतंत्र को रक्षा गर भनेको कोड भाषा मा मधेस आंदोलन का मुद्दा हरु नउठाउ नै भनेको हो। त्यो प्रतिगमन हो। त्यस प्रतिगमन को मतियार उपेंद्र जी हुनुभएको छ। परराष्ट्र मंत्रालय मा त्यति सारहो दम छ? मधेस को मुद्दा मा तैं चुप मैं चुप गर्नुपर्ने त्यस्तो के पर्यो? 

कतै एक पटक पनि झुक्किएर पनि देउबा र यादव बीच संविधान संसोधन बारे गफ भएको कुरा आएको छैन। जसपा अहिले त्यो बाबुराम को कब्ज़ा मा छ जसको कथन छ राजनीतिक क्रांति सकियो अब सिर्फ आर्थिक विकास का मुद्दा बाँकी छन। कर्णाली जस्तो विकट ठाउँ भन्दा पछाडि छ मधेस, चाहे त्यो प्रति व्यक्ति आय मा होस, चाहे साक्षरता मा, चाहे कुपोषण को कुरा होस। सरकार ले मधेस मा विकास का लागि शुन्य पहल गर्ने गरेको भए पनि त्यति नराम्रो अवस्था हुनेवाला थिएन। त्यहाँ अत्यंत सक्रिय रुपमा एकलराष्ट्रिय राज्य ले चरम शासन र दोहन गरेको ले त्यस्तो अवस्था सृजना भएको हो। 

फ़ोकट मा विश्वास को मत दिए पछि ओली ले गरेको भन्दा ठुलो ठुलो अपमान उपेंद्र यादव को थाप्लो मा आउन लागेको छ। तर त्यो उपेंद्र यादव को व्यक्तिगत कुरा। मलाई शिकायत छैन। तर भोट बटुल्ने मधेस मा मधेसवाद को नाम मा, पार्टी केंद्रीय समिति मा चुनाव कहिले जित्ने संभावना नभएका पहाड़ी हरु (चुनाव जित्न नसक्ने मधेसी हरु को कमी छ?) ठुँसने, अनि अहिले चटक्क मधेस बिरसिदिने? ओली लाई जस्तै मधेस जान निषेध होला उपेंद्र जी। मुद्दा नछोड्नुस। 

सत्ता पनि मुद्दा हो। ११ मंत्री पद को ठाउँ मा दुई मंत्री पद त्यस्तो पनि हो? तर त्यो सानो कुरा हो। संविधान संसोधन गर्ने भए विश्वास को मत दिने होइन भने नदिने अडाण नलिए चुनाव हार्ने तयारी गर्नुस। 

लोकतंत्र विरुद्ध को प्रतिगमन सच्याउन देउबा, माधव, प्रचंड ले तपाईं को साथ खोजे, पाए, अदालत ले आफ्नो काम गर्यो। अब मधेस आंदोलन विरुद्ध भएको प्रतिगमन सच्याउन देउबा, माधव, प्रचंड को साथ खोज्नुस, अझ बाबुराम को। 






No comments: