Pages

Tuesday, July 13, 2021

माधव गठबंधन छोड़ेर हिडे पछि के हुन्छ?



माधव गठबंधन छोड़ेर हिडे पछि के हुन्छ? 




संसद विगठन प्रतिगमन थियो। त्यो सच्याउनु थियो। सच्चियो। तर अब त माधव एमाले को नेता हो। दलीय धरातल को कुरा आउँछ। माधव देउबा लाई देश सुम्पिन लागेका होइनन। कुनै पनि जिम्मेवार नेता ले त्यो गर्न मिल्दैन। (अदालत में बड़ा अन्याय कर दिया)

माधव गठबंधन बाट बाहिरिनु भनेको देउबा सरकार लाई ३० दिन भित्र विश्वास को मत प्राप्त नहुनु हो। तर देउबा लाई विश्वास को मत नदिनु पनि र नया सरकार को समीकरण तैयार नगर्नु पनि ले देश देउबा लाई छ महिना का लागि दिन्छ, देश मा कोरोना को तेस्रो लहर आएको बेला चुनाव गराउने प्रयास हुन्छ। चुनाव त हुँदैन, प्रयास हुन्छ। जन धन को क्षति। 

देउबा लाई विश्वास को मत नदिने र एमाले-जसपा को नया उपधारा (२) को सरकार बनाउने काम एक साथ हुँदैन भने देश जाने भनेको दुर्घटना मा हो। त्यो समीकरण ओली ले संसदीय दल को नेतृत्व उपनेता नेमबांग लाई हस्तांतरण नगरे सम्म संभव छैन। 

ओली को नाम मा त्यो नया समीकरण संभव छैन। लगे हाथ पुस्ता हस्तांतरण गर्दिहाल्ने। 


 





सिंहदरबार छाड्नुअघि ओलीको सम्बोधन : अदालत र माधव नेपालमाथि आक्रोश, देउवाप्रति आशंका ओलीले २०५२ सालमा मनमोहन अधिकारीले गरेको संसद विघटनलाई अदालतले मान्यता नदिँदा राजनीति ट्र्याकभन्दा बाहिर गएको भन्दै अहिले पनि राजनीतिलाई जनप्रतिनिधिबाट निरुपण हुन नदिएर अन्त लगिएको दावी गरे । ...... ‘जनताको जनादेश त मेरो पक्षमा थियो । परमादेश शेरबहादुरजीको पक्षमा भयो । सर्वोच्चको परमादेशका कारण सरकारको जिम्मेवारीबाट विदा लिँदैछु’ ....... ‘मेरो शुभकामना छ, बाँकी अवधि संसद चलोस्, समयमा निर्वाचन होस् । तर

मलाइ शंका छ, जे जस्ता घटना विकास हुँदैछ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्न सरकार सही सलामत ढंगले अगाडि बढ्ला शंकै छ’

...... सर्वोच्चको फैसला आइसकेपछि पनि देशमा संकटकाल लगाउँछ, सेना पारिचालन गर्छ जस्ता हल्ला चलाइएको भन्दै ओलीले अराजनीति हत्कण्डा प्रयोग नगर्ने बताए । ‘अराजनीतिक हत्कण्डा जनता र जनप्रतिनिधिमूलक संस्थाबाहेक अन्यत्रबाट कुनै अस्वस्थ गतिविधि अस्वस्थ तरिकाबाट जान मलाई मन्जुर छैन’ उनले भने । ...... सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला हुनुमा नेकपा एमालेका २६ सांसदको भूमिका देखिएको भन्दै ओलीले पार्टीभित्र अराजकता र अनुशासनहीनता देखिएको बताए । ...... ‘आफ्नो खुट्टामा पास दिनुपर्ने खेलाडीले विरोधीका खुट्टामा पास दिन्छ । गोलरक्षक हुनुपर्ने ठाउँमा पोष्ट खाली गरिदिन्छ । पोष्टमा कोही बस्यो भने त्यसलाई लखेट्न खोज्छ । यो खालको स्थिति हामीले देख्यौं’ ....... ‘तर प्रतिपक्षमा बस्ने म्याद पनि बेस्सरी नै भएदेखि डेढ वर्ष न होला । त्योभन्दा अगाडि त कसैले रोक्ने ठाउँ छैन । फेरि जनताको बीचमा जानुपर्ने होला ।’ ........ ‘एकछिन बादल लागेको छ । फेरि सूर्य बादल हटाएर उदाउनेछ’




No comments: