Thursday, July 29, 2021

अर्को चुनाव सम्म मा एमाले माओवादी फेरि मिल्न सक्छन

ओली र माधव दुबै किनारा लागेर पार्टी नेतृत्वमा सुबाष नेमबांग, पृथ्वी सुब्बा गुरुंग, योगेश भट्टराई हरु पुग्छन भने एमाले र माओवादी ले फेरि चुनावी गठबंधन बनाउने अथवा पार्टी एकीकरण नै गर्ने ठुलो संभावना रहन्छ। अब त जे गरे पनि दुई तिहाई त आउँदैन तर बहुमत ल्याउन सक्ने संभावना तर रहन्छ। अहिले को एमाले कांग्रेस को हाराहारी मा छ। त्यसमा माओवादी थप्दा बहुमत पुग्ने हो। चुनाव पछि को गठबंधन भन्दा चुनाव अगाडि को गठबंधन बढ़ी फाइदाजनक हुन्छ। प्रत्यक्षमा एक सीट जित्न केही हजार मत को फरक प्रयाप्त हुन्छ। समानुपातिक को एक सीट पाउन दश हजार बढ़ी मत चाहिने हुन्छ। 

ओली र माधव मात्र होइन प्रचंड पनि उमेर का कारण ले किनारा लाग्ने समय आउनै लाग्यो। वर्षमान पुन, जनार्दन शर्मा आदिले पार्टी हाक्लान। कांग्रेस मा पनि देउबा किनारा लाग्ने हुन। 

एमाले र माओवादी एक ठाउँ आउँदा कांग्रेस र जसपा एक ठाउँ आउन करै लाग्छ। आएनन भने चुनाव अगाडि नै विपक्षी पार्टी हरु भन्ने हुन्छ। यदि निधि को नेतृत्वमा कांग्रेस पार्टी पुगेछ भने जसपा लाई चुनावी गठबंधन गर्न के गारहो? 

तर जनमत पार्टी वाइल्ड कार्ड हो। जनमत एक मात्र पार्टी हो जसले भ्रष्टाचार को मुद्दा समात्न सक्छ। तर अहिलेसम्म त्यहाँ पुगेको देखिँदैन। अरविन्द केजरीवाल ले दिल्ली मा समाते जस्तो गरी नेपाल मा जपा ले त्यो मुद्दा समात्ने हो भने देश भरि ६०% सीट जित्न सक्ने पार्टी हो जनमत। अहिलेसम्म तर त्यो मुद्दा समातेको देखिँदैन। 



No comments: