Thursday, July 29, 2021

वैकल्पिक शक्ति होइन पुच्छर शक्ति

हुन त पानी बगिसक्यो। धेरै मन्थन गरेर काम छैन। दुबै पक्ष को राजनीति समाप्त भएर जान्छ। पहिलो संविधान सभा मा टुटफुट भएर त्यस पछि जसरी सबैले चुनाव हारे, अब त्यो अवस्था मा पुगे। त्यति बेला पार्टी एक गर्ने मौका थियो। यस पटक त्यो मौका छैन। उमेर ले पनि साथ दिँदैन। प्रचंड अब जंगल पस्न मिल्दैन, उमेरले साथ दिँदैन भने जस्तो। 

मानसिक दासता रोग को सामान्य लक्षण हो आफु आफु मिलेर बस्नै नसक्ने। जो आफै मानसिक दासता को रोगी हो उसले पहाड़ी पुर्वाग्रह सँग कसरी लड्ने? 

यो नाटक को शकुनी भने बाबुराम हो। एमाले भित्र हुँदा अशोक राई सँग नपाएको सामीप्य, माओवादी भित्र हुँदा बाबुराम सँग नपाएको सामीप्य अहिले उपेंद्र जी लाई पाए जस्तो लागिरहेको छ। राजा लाई भेट्न जान्छन मानिस हरु आज पनि। 

ओली ले आफु लाई बेइज्जत गरेर मंत्रीमंडल बाट निकाल्यो भन्ने एजेंडा हो उपेंद्र यादव को। पार्टी एक राखेर दुबै पक्ष सँग बार्गेनिंग गरेर आफ्नो दुनो सोझ्याउने हो। तर अहिले फोकटमा देउबा को पछि लागेका छन। मुद्दा पुर्ण रूपले छोडेको अवस्था छ। 

महंथ ले पनि झुठा मुद्दा फिर्ता को वार्ता शुरू गर्दा अर्को पार्टी अध्यक्ष सँग विचारविमर्श गर्नु पर्दैन? कसलाई पठाउने, किन पठाउने? दुबै अध्यक्ष बसेर गफ गर्नु पर्दैन? ओली को घाम तापेर पार्टी भित्र उपेंद्र यादव लाई माइनस गर्ने? अहिले उपेंद्र जी देउबा प्रचंड को घाम तापेर महंथ राजेंद्र लाई माइनस गर्ने? मानसिक दासता रोग नै त्यस्तो हो। आफु आफु मिलेर बस्नै नसक्ने। जो आफै मानसिक दासता को रोगी हो उसले पहाड़ी पुर्वाग्रह सँग कसरी लड्ने? 

संसदीय अंकगणित अनुसार महंथ को रणनीति सही थियो। तर त्यस का लागि चरम पार्टी एकता र अनुशासन को आवश्यकता थियो। त्यस को गरे ठीक उल्टो। महंथ राजेंद्र ले। 

महंथ राजेंद्र ओली को पुच्छर हो, उपेंद्र देउबा प्रचंड को पुच्छर हो भने मधेसी जनता महंथ राजेंद्र उपेंद्र को पछि पछि किन लाग्छ?

३० वर्षे दुइ दलीय भ्रष्टाचारतंत्र का साइड हीरो हरु। ३० वर्षे दुइ दलीय भ्रष्टाचारतंत्र का लोकेन्द्र बहादुर शेर बहादुर। 

मधेसी जनता को मैंडेट थियो, राजपा र सपा एकीकरण। मैंडेट पुरा नगर्दा दुबै पक्ष को राजनीति समाप्त हुने देखियो। वैकल्पिक शक्ति होइन पुच्छर शक्ति हो। नंगरी। 




No comments: