Saturday, July 17, 2021

प्रचंड को एक दलीय मनस्थिति ले लथालिंग पारेको देश

माधव ले एमाले कब्ज़ा गरेर प्रचंड को पोल्टा मा हाल्दिने। बाबुराम ले जसपा कब्ज़ा गरेर प्रचंड को पोल्टा मा हाल्दिने। विप्लव पनि आइपुग्ने। माओवादी त छँदैछ। यो संभावना समस्या होइन। किनभने यो संभावना नै छैन। यो दिवास्वप्न हो। तर यो सोंच ठुलो समस्या हो। 

माधव ले एमाले कसरी कब्ज़ा गर्ने? दोस्रो पुस्ता लाई अगाडि सारेर आफै पछाडि नहटे सम्म ओली लाई फाल्न गारहो छ। पार्टी फोड़न संसदीय दल मा चाहिएको ५० सांसद कुन कुन हुन? जाऊँ प्रचंड को पार्टी मा भन्ने हो भने ती माधव सँग जान्छन कि माधव एक्लो हुन्छन् त्यति बेला? 

जसपा राजनीतिक रूपले त चकनाचुर भइसक्यो। तर कानुनी रूपले एक बाट दुई कसरी हुन्छ? उपेन्द्र यादव को अब ४०% पुगे जस्तो छ। तर जुँगा को लड़ाइ हो, उपेंद्र ले उच्छिटिएर अर्को पार्टी दर्ता गराउने संभावना छ? गराए पनि उपेंद्र बाबुराम प्रचंड सँग जान्छु भन्दा पछि पछि जाने को तेस्रो व्यक्ति हुन्छ? पार्टी मा गुट परिवर्तन एउटा कुरा हो। तर पार्टी फोड़न साथ दिने हरु राजनीति बाट सन्यास लिन चाहने हरु मात्र हुनेछन। त्यस्ता को संख्या ठुलो छैन। 

तर सोंच समस्या किन हो भने कुनै पार्टी महाधिवेशन मा चुनाव नलडी, कुनै संसदीय दलको चुनाव नलडी, सुटुक्क चोर ढोका बाट देउबा भन्दा बढ़ी सांसद भएको पार्टी को नेता बनेर देउबा लाई न्युज फ़्लैश गर्ने दाउ होइन भने के हो यो? त्यही प्रयास नेकपा भित्र गर्दा देश को राजनीति लथालिंग भएको होइन? 



संसद पुनर्स्थापना भए पछि प्रतिगमन सच्चियो। अब जाने भनेको संसदीय अंकगणित मा हो। 

सबैभन्दा राम्रो हो एमाले ले संसदीय दल को नेता मा उपनेता नेमबांग लाई ल्याउने, त्यस का लागि दोस्रो पुस्ता ले कु गर्ने पार्टी भित्र। जसपा एक ढिक्का हुने। दुबै पक्ष एक भएर नै नेमबांग सरकार मा जाने। संसद भित्र पार्टी को व्हिप नलाग्ने, तर अदालत को व्हिप लाग्ने भन्ने हुँदैन। अदालत ले व्हिप जारी गरेको छ? मैले त देखेको छैन। उपधारा (५) बाट उपधारा (२) मा पुगेर नेमबांग प्रम, उपेंद्र, राजेंद्र, योगेश उप हुने गरी, जसपा ले ११ मंत्रालय लिने गरी, संविधान संसोधन को बलियो एजेंडा का साथ।

एमाले लाई मैंडेट थियो पाँच वर्ष सरकार चलाउ। अर्थात सत्तामा चिपिकक टाँसिएर बस। सकेन। सपा र राजपा को मैंडेट नै थियो पार्टी एकीकरण। मैंडेट पुरा गर्दैन भने सबै चुनाव मा हार्ने नेता जी हरु। 

यथार्थ तर छ प्रत्येक पार्टी फुटेको छ। एमाले दुई फ्याक, जसपा दुई फ्याक, कांग्रेस त ५६ व्यंजन। टोल टोल मा कांग्रेस सभापति को उम्मेदवार। 

देउबा लाई विश्वास को मत चाहिएको छैन। कांग्रेस लाई चाहिएको छैन। व्हिप नचल्ने सदन मा आफ्नै पार्टी ले विश्वास को मत दिन्छ भन्ने छैन। देउबा लाई पनि चुनाव को हतारो। ओली लाई पनि। माधव लाई पुर्ण रूपले पाखा लगाउनु छ। जसपा का दुई पक्ष लाई पनि चुनाव को हतारो। विधिवत फुटन पायो। कति किचकिच। 



विगत ३० वर्ष सक्रिय रहेका नेता र पार्टी हरु पुतली हरु मैनबत्ती को वरिपरि फनफन घुमे जस्तै घुमिरहेका छन। कोरोना कहर को तेस्रो लहर को समय को चुनाव को प्रयास ले सबै स्वाहा। लोकतंत्र तर स्वाहा हुने होइन। नया पीढ़ि को उदय हुन्छ। 






No comments: