Tuesday, July 27, 2021

उपेन्द्र यादव को चरम तानाशाही रूप

एक पटक को कम्युनिस्ट सधैँ को कम्युनिस्ट भने जस्तो। 

कम्युनिस्ट हरु गरीब को पक्ष मा बोल्ने र काम गर्ने भन्ने अर्थ मा मैले बुझ्दिन। तानाशाही सोंच को रूप मा बुझ्छु। 

यो देउबा दुध उम्लिएको हो। कांग्रेस महाधिवेशन सम्म हो यो चल्ने। 

उपेंद्र यादव ले कब्ज़ा गरेको जसपा फेरि फुट्छ। चुनाव अगाडि फुट्छ। दुई तीन पटक फ़ुटन सक्छ। 

पहाड़ पस्ने कुनै संभावना छैन। एक्लो बाबुराम को सीट पनि जान्छ अब। 

संसद विगठन गर्ने नै उपेंद्र यादव हो। आफै बोक्सी आफै धामी। संवैधानिक कारण ओली होला। कानुनी कारण ओली हो। तर राजनीतिक कारण त एक्लो उपेंद्र यादव हो। दुई पक्ष मध्ये एउटा कुनै पक्ष समात्ने लाइन लिएको भए संसद विगठन नहुने। तटस्थ बस्ने वक्तव्य निकाले। संसद विगठन भयो। 

निर्वाचन आयोग को निर्णय पहाड़ी पुर्वाग्रह सिवा केही होइन। कुनै पनि पार्टी मा अल्पमत बहुमत भनेको भइरहन्छ। बहुमत को सिंगो पार्टी भन्दै जाने हो भने कुन चाहिं पार्टी बाँकी रहन्छ? बाँकी जसपा भित्र पनि फेरि फेरि अल्पमत बहुमत शुरू हुन्छ। मंत्री को लिस्ट फाइनल हुना साथ। 

महंथ राजेंद्र पक्ष ले सरकार मा जाने गलत निर्णय गरेकै हो। संसद नै छैन भने के को संविधान संसोधन? संविधान संसोधन को संभावना नै छैन भने ओली सँग उठबस त हुँदैन। तर ओली सँग गरेको गलती भन्दा ठुलो ठुलो गलती उपेंद्र यादव गर्दैछन। फ़ोकट मा विश्वास को मत दिए। अब देउबा सँग बार्गेनिंग गर्ने कुनै आधार नै बाँकी छैन। मुद्दा को कुनै कुरा अहिले सम्म भएको छैन भने अब हुन्छ? मंत्री पद दिने नदिने अब देउबा ले गर्छ। कुन मंत्रालय भन्ने बार्गेनिंग हुँदैन। 

देउबा लाई फ़ोकट मा समर्थन गर्ने मान्छे ले अलि अलि भए पनि काम गरेको ओली लाई चाहिं अछुत मान्नुपर्ने। फ़ोकट मा नै समर्थन गर्नु छ भने जसलाई समर्थन गरे पनि के फरक पर्छ? 

अंदोलन गर्ने मधेस मा, भोट माग्दा मधेसवाद, काठमाण्डु पुगे पछि पार्टी भित्र पहाड़ी का पहाड़ी ठूँसने! एकसेएक चुनाव नजितने पहाड़ी हरु। संगत गुना को फल, अब उपेंद्र ले पनि चुनाव हारछन। देश विदेश जति घुमघाम गर्नुछ मौका अहिले हो। फेरि आउँदैन। 

फोरम पटक पटक फुट्नु को कारण यस्तो रहेछ। उपेंद्र यादव को चरम तानाशाही नेतृत्व शैली। पार्टी अध्यक्ष भनेको समायोजन गर्ने व्यक्ति हो। आदेश दिने व्यक्ति होइन। अहिले बड़प्पन देखाउने समय थियो। 

निर्वाचन आयोग को निर्णय पहाड़ी पुर्वाग्रह हो। सही हो भने पार्टी को प्रत्येक बैठक पछि पार्टी फुट्छ। कि त डर ले सबैले हो मा हो मिलाउनु परयो। 

जो बाबुराम का विरुद्ध पछिल्लो मधेसी क्रांति भयो त्यस बाबुराम लाई उपेंद्र यादव ले पार्टी सुम्पे। 

हुन त महंथ राजेंद्र को गलती को लिस्ट पनि लामो छ। महंथ ले उपेंद्र यादव लाई पार्टी को अर्को समान कदको अध्यक्ष कहिले मानेनन। सधैँ उपाध्यक्ष जस्तो व्यवहार गरे। त्यति पनि गरेनन। संवादहीनता रह्यो। 

सबैभन्दा ठुलो गलती त संसद विगठन पछि सरकारमा जानु थियो। गलती त हो तर सर्वोच्च को ७६ (५) को गलत व्याख्या ले हो गलत बनाएको। सही निर्णय हुँदो हो, ७६ (३) प्रधान मंत्री जाउ संसद मा विश्वासको मत लेउ। 

पार्टी फुट्नु ले संविधान संसोधन को एजेंडा गायब पार्छ। बाबुराम ले खोजेको त्यही हो। उपेंद्र यादव को मधेसवाद भनेको एक थान परराष्ट्र मंत्रालय। 

आयोगको अस्पष्ट निर्णयले ठाकुर पक्ष अन्योलमा, तत्काल पार्टी नछाड्ने ठाकुर पक्षलाई कार्यकारिणीबाट निष्कासन गर्ने उपेन्द्रको तयारी ........ महन्थ ठाकुर पक्षको कार्यकारिणी सदस्यको बैठकले तत्काल पार्टी गठन नगर्ने र जनता समाजवादी पार्टीमै सङ्घर्ष गर्ने निष्कर्ष निकालेको छ । 

एमालेमा तेस्रो अध्यक्षको खोजी सर्ला त तेस्रो पुस्तामा एमाले नेतृत्व ?  ..... तत्कालका लागि एमाले नफुट्ने पक्का भएको छ । ...... अब केही महिनाभित्रै हुने महाधिवेशनपछि ओली र नेपाल बाहेक तेस्रो अध्यक्षको खोजी गरिनेछ । ....... दोस्रो तहका नेताहरूमध्येबाट अध्यक्ष खोज्दा ओली पक्षबाट हाल महासचिव समेत रहेका ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल। पृथ्वी सुब्बा गुरुङमध्येबाट खोज्नुपर्ने हुन्छ । त्यस्तै माधव पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त र योगेश भट्टराईसम्म जानुपर्ने हुन्छ । ....... पार्टीभित्र विद्यादेवीको पनि गुट छ । ....... सुवास नेम्वाङ पनि ओली पक्षबाट अध्यक्षका बलिया दाबेदार हुन् । ........ एमाले नेताहरू जनजातिप्रति उदार हुने हो भने सुवास नेम्वाङपछि पृथ्वी सुब्बा गुरुङको पनि नाम आउन सक्छ । ......... तर, नेता नेपाल आफैँ अध्यक्षमा लड्ने सोचाइमा छन् । ...... तर, माधव नेपाल पक्षबाट अध्यक्षमा दाबी गर्नेहरूले केपी ओली पक्षका नेताहरूको पनि विश्वास जित्नुपर्ने हुन्छ । र, राष्ट्रपतिको गुटको पनि साथ पाउनुपर्ने हुन्छ । उता, ओली पक्षबाट अध्यक्ष बन्ने हो भने उसले माधव नेपाल पक्षको पनि विश्वास जित्नुपर्ने चुनौती छ । ........... महाधिवेशनको मिति तोक्ने तयारीसँगै पार्टीभित्र यसबारे ‘अन्डर करेन्ट’ बहस सुरु भएको नेताहरू बताउँछन् । 

रवीन्द्रजीको प्रस्तावले हामीजस्ता युवालाई कुठाराघात भएको छ : रञ्जु दर्शना 'कुरा चाँडै प्रस्ट गरिदिनुभयो, उहाँलाई बाटो पहिल्याउन सहज हुन्छ'



The Autumn of the Patriarch It’s him, she exclaimed with surprise, hurray for the stud, she shouted, hurray, shouted the men, the women, the children who came running out of the Chinese bars and lunchrooms, hurray, shouted the ones who held the horses’ legs and blocked the coach’s way so they could shake the hand of the power that was, a maneuver so swift and unforeseen that he barely had time to push aside the armed hand of his aide, scolding him in a tense voice, don’t be a damned fool, Lieutenant, let them love me, so overwhelmed by that outpouring of love and by similar ones during the days that followed that it was hard for General Rodrigo de Aguilar to make him get out of his head the idea of riding about in an open carriage so that the patriots of the nation could see him full length, what the hell, because he didn’t even suspect that the assault at the waterfront might have been spontaneous but that the ones that followed had been organized by his own security services in order to please him but without any risks.


No comments: