Sunday, September 05, 2021

सद्भावना फुट्दा फोरम को उदय, अब जसपा फुट्दा जनमत पार्टी को व्यापक उदय?

पुस्ता हस्तांतरण मा कांग्रेस कम्युनिस्ट भन्दा मधेस आंदोलन आगे देखियो। निधि को पराजय ले कांग्रेस लाई थप सानो बनाउँछ मधेस मा। जसपा त फुट्यो फुट्यो। भने पछि प्रत्यक्ष निर्वाचन मा जित्न कमै भोट ले पुग्ने अवस्था हो यो। संगठन निर्माण लाई नै प्रमुख मानेको जनमत पार्टी लाई अब चाहिएको एउटा सशक्त आंदोलन हो। स्वीप गर्छ। 





लोसपा राजनीतिक शक्ति कदापी बन्न नसक्ने जसपा अध्यक्ष यादवको दावी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको देशको राजनीतिक दिशानिर्देश जसपाले गर्ने दाबी गरेका छन् । जसपा नेपालको जनकपुरधाममा बसेको प्रदेश २ संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष यादवले नेपाली राजनीतिमा जसपा नेपाललाई बाइपास गरेर अब कुनै पनि शक्ति अगाडि बढ्न नसक्ने ठोकुवा गरे । ....... पूर्व राजपाका ८० प्रतिशत भन्दा बढि नेता कार्यकर्ताहरु जसपामै रहेको अध्यक्ष यादवले दावी गरे ।

लोकतान्त्रिक समाजवादी पार्टीतर्फ आफ्ना केही प्रदेशसभा सदस्यहरूले सनाखत गर्न थालेपछि सांसदहरूको परीक्षण गर्न जसपाले संसदीय दलको बैठक बोलाएको थियो ।

......... जसपाको प्रदेश २ संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा अधिकांश प्रदेश सांसदहरूले प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई आफ्नो गतिविधि सुधार्न र कमिकमजोरीहरुलाई आत्मसात् गर्न आग्रह गरेका थिए ।


लोसपाले मधेशमा लोभ, लालच र भ्रमको खेती गरिरहेको छ : उपेन्द्र यादव जसपाको प्रदेश २ संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा अधिकांश प्रदेश सांसदले प्रदेश सरकारको कार्य शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई आफ्नो गतिविधि सुधार्न र कमी कमजोरीहरूलाई आत्मसात गर्न सुझाव दिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी बने विश्वकै सबैभन्दा लोकप्रिय नेता ७० प्रतिशत अप्रुभल रेटिङसहित मोदी शीर्ष स्थानमा छन् । ....... गत २ सेप्टेम्बरमा अपडेट गरिएको सर्भेअनुसार मोदी निकै अगाडि छन् । ....... सन् २०२० को मे महिनामा मोदीको अप्रुभल रेटिङ ८४ प्रतिशत थियो । ....... मेक्सिकोका राष्ट्रपति लोपेज आब्राडोर ६४ प्रतिशतसहित दोस्रो तथा इटलीका प्रधानमन्त्री मारियो ड्रागी ६३ प्रतिशतसहित तेस्रो स्थानमा छन् । जर्मन चान्सलर एन्जेला मर्केल ५२ प्रतिशतसहित चौथो नम्बरमा छिन् । ...... अमेरिकी राष्ट्रपति बाइडेन भने ४८ प्रतिशतसहित पाँचौं स्थानमा छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन ४८ प्रतिशतसहित छैटौं स्थानमा छन् । क्यानडाका जस्टिन ट्रुडो ४५ प्रतिशतसहित सातौं तथा इङल्याण्डका बोरिस जोन्सन ४१ प्रतिशतसहित आठौं स्थानमा छन् । ब्रजिलका जेर बोल्सोनैरो ३९ प्रतिशतसहित नवौं, दक्षिण कोरियाका मुन जे–इन ३८ प्रतिशतसहित दशौं, स्पेनका पेड्रो सान्चेज ३५ प्रतिशतसहित ११ औं, फ्रान्सका इमानुएल म्याक्रों ३४ प्रतिशतसहित १२ औं तथा जापानी प्रधानमन्त्री योशिहिदे सुगा २५ प्रतिशतसहित १३ औं स्थानमा रहेका छन् ।

प्रदेश २ मा एमाले थप बलियो भएको छ : रघुविर महासेठ

प्रदेश २ : थप तीन सांसद लोसपाको पक्षमा गरे सनाखत सांसदहरु रानी शर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतोले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपा पक्षमा सनाखत गरेका हुन् । तत्कालीन राजपाकी सांसद शर्मा उपेन्द्र यादव समूहमा गएकी थिइन् । लोसपा अध्यक्ष महन्थ ठाकुर उनलाई आफ्नो पार्टीमा सनाखत गराउन सफल भएका छन् । यसअघि जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरिसकेका छन् । अब लोसपामा १५ सांसद पुगेका छन् ।

उपेन्द्र यादवले मधेशभन्दा पनि जातिवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिए : महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेशभन्दा पनि जातिवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् । उनले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी दिए । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले आफूलाई मधेसमा एउटा वैकल्पिक शक्ति निर्माणको लागि अग्रसर भइरहेको अवस्थामा उपेन्द्रसँग पार्टी एकता गरे पनि उनले धोका दिएको आरोप लगाए । उनले भने, ’हामी मधेसी एकतावाद जिन्दावादको नारा लगाउँदै थियो, उपेन्द्रसँग एकता गरियो । तर उनले एकतालाई गलत रुपमा बुझे । जसकारणले एकता टिकेन ।’ ........

तपाईहरुको धेरै कार्यकर्ताहरु उपेन्द्र यादवतिर गएको प्रश्नमा महतो आफूहरु पार्टी बनाउन खोजेको कारणले उनीहरुको स्वार्थलाई पूर्ति गर्न नसक्दा उता गए पनि आउने दिनमा उपेन्द्रको साथ छाड्ने दाबी गरे ।

...... महतोले उपेन्द्र यादव अहिले पनि कम्युनिस्ट मानसिकताबाट माथि उठ्न नसकेको बताउँदै उपेन्द्र पक्षले देखावटी रुपमा मधेसको कुरा गरेपनि वास्तविकरुपमा मधेस पक्षधर नरहेको अरोप लगाए । ...... महतोले वर्तमान सरकारलाई माग मुद्दाको आधारमा समर्थन गरिएको र प्रतिबद्धताअनुसार मधेशको मुद्दा सम्बोधन नगरे देउवा सरकारविरुद्ध सडकमा उत्रिने चेतावनी दिए । वर्तमान सरकारको व्यवहारअनुसार लोसपाले सरकारको विरोध र आलोचना गर्ने महतोको भनाइ छ ।


अब कांग्रेसको नेतृत्व मधेशीले गर्नुपर्छ : सांसद चौधरी तेजुलाल चौधरी, प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस ........ प्रदेशहरुमा पहिलोपटक चुनाव हुँदैछ । त्यसकारणले उम्मेद्वारहरु बढीभन्दा बढी देखिनु स्वाभाविक पनि हो । प्रजातान्त्रिक र लोकतान्त्रिक पार्टीमा बढी उम्मेद्वारी हुन्छ नै । यो महाधिवेशनबाट युवा नेता, कार्यकर्ता र जनताको चाहना नयाँ नेतृत्व आउनुपर्छ भन्ने नै हो । नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने मान्यता छ । उम्मेद्वारहरु कोशिस गरिरहनुभएका छन् । युवाहरुको जोस जाँगरले कांग्रेसलाई हाँक्न सक्छ भन्ने हाम्रो विश्वास छ । कांग्रेसमा अहिले युवाहरुको पलरा भारी छ । ....... पक्कै पनि नेपाली कांग्रेसको जग नै मधेश हो । जब–जब कांग्रेसलाई मधेशले समर्थन गरेको छ, तब–तब कांग्रेस ठूलो पार्टी बन्छ, सत्ता सञ्चालन गर्छ । नेपाली कांग्रेसभित्र पनि मधेशको भूमिका अहम् छ । ........ विमलेन्द्र निधिजी कांग्रेसको उपसभापति हुनुहुन्छ । कांग्रेसमा उहाँको व्यक्तिगतरुपमा पनि निकै नै लगानी छ । कांग्रेसमा उहाँ निकै नै संघर्ष गरेको व्यक्ति हो । उहाँले सभापतिका लागि आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । वास्तवमा

मधेशी मूलबाट पहिलोपटक सभापतिका लागि उम्मेदवारी घोषणा भएको हो ।

हामी सबैलाई आग्रह पनि गर्न चाहन्छौं कि यसपटक तराई–मधेशका नेता कांग्रेसको सभापति बनोस्, निर्विरोध होस् । अब कांग्रेसको प्रतिनिधित्व मधेशले गर्नुपर्छ भन्ने हाम्रो आशा छ । यसमा कांग्रेसका सम्पूर्ण नेताहरुले विचार पु¥याउनु पर्छ । कांग्रेसको जग भनेको तराई–मधेश हो, त्यहाँबाट उम्मेद्वार घोषणा भएको छ । तराई–मधेशको मतबाट मात्रै उहाँ जित्न सक्नुहुन्न, पहाड र हिमालका साथीहरुले पनि यसबारे ध्यान दिनुपर्छ । ............ उहाँलाई तराई–मधेशबाट राम्रै मत आउँछ । ...... माधव नेपाल र उपेन्द्र यादवजीको तर्फबाट आउनुपर्ने नामावली अहिलेसम्म आएको छैन । तर भदौ २२ गतेपछि गठबन्धनका अन्य दलहरु पनि सरकारमा आउने सम्भावना देखिएको छ । गठबन्धनको सरकार रहेकोले प्रधानमन्त्री एक्लै केही गर्न सक्ने अवस्था छैन । ....... उहाँहरुले आफ्ना मन्त्रीहरुको नाम दिन सक्नुभएको छैन । उहाँहरुले २२ गतेपछि मात्रै नाम दिन सक्ने भन्नुभएको हो । ....... सबैले चाहन्छन् कि राम्रा–राम्रा मन्त्रालय मिलोस् । तर, त्यो सहज छैन ।


उपेन्द्रजीको कारण आन्दोलनबाट स्थापित विचार कार्यान्वयनमा चुनौती थपियो : पूर्वराज्यमन्त्री शर्मा अभिराम शर्मा, पूर्वराज्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता ........ मधेशका माग र मुद्दा सम्बोधन गराउन कसले के ग¥यो समीक्षाको विषय हो । ........ मधेशको माग र मुद्दाप्रति उपेन्द्र यादवभन्दा बढी गम्भीर महन्थ ठाकुरजी देखिनुभएको छ । महन्थ ठाकुरजीको अगुवाईमा महोत्तरीमा १३९ जना आन्दोलनकारीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता भएको छ । नागरिकता विधेयक ल्याइएको थियो, संविधान संशोधनका लागि कार्यदल गठन भएको थियो । तर

उपेन्द्र यादव १८ महिनासम्म सरकारमा बस्दा केही पनि गर्नुभएन । उपेन्द्रजीले मुद्दाको समाधान कहिल्यै पनि गराउन चाहनुभएको छैन । त्यसैले मैले लोसपा नै रोजे ।

........... हाम्रो लागि त केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड वा माधव नेपाल सबै प्रतिगमनकारी हुन् । तर जसले हाम्रो माग र मुद्दा सम्बोधन गर्न सकारात्मक हुन्छ उसलाई समर्थन वा सहयोग गर्नु प्रतिगमन होइन । ....... अहिले पनि देउवा सरकारलाई हाम्रो समर्थन छ तर अहिलेसम्म केही गरेको छैन ।

शेरबहादुर र प्रचण्डजीहरु अग्रगमनकारी हो भने हाम्रा माग र मुद्दाहरु सम्बोधन गराएर देखाओस् ।

......... जब उहाँहरु उताबाट पनि केही पाउँदैन, अनि फेरि भागाभाग हुन्छ । अहिले सबैले हेरिरहेकै छन् कि

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गराउनका लागि उपेन्द्रजी लागिरहनुभएको छ । उहाँलाई थाहा छ कि सरकारमा जाने बित्तिकै जसले मन्त्री पाउँदैन उसले दल फुटाउछन् । अहिलेसम्म सरकारमा किन गएको छैन त ?

उहाँ त अग्रगमनको पक्षधर हुनुहुन्छ, अग्रगमनकारी सरकार बनाउनुभएको छ । त्यसकारणले, उपेन्द्रसँग गएकाहरु अवसरवादीहरु मात्र हुन् । .................. मधेशको मूल समस्या नै सत्ता हो । ........ आफूले गरेका गल्ती स्वीकार गरेर यदि आयो भने उपेन्द्रजीसँग सहकार्य हुन पनि सक्छ । राजनीतिमा केही पनि असम्भव हुँदैन, स्थायी शत्रु र मित्र पनि हुँदैन । त्यसैले, आगामी दिनमा उपेन्द्रजीसँग गठबन्धन बनाउने अवस्था आउँछ कि आउँदैन भन्न सकिँदैन । तैपनि मधेशको माग र मुद्दाप्रति जो सकारात्मक भएर अगाडि आउँछ, उसँग गठबन्धन हुने सम्भावना हुन्छ । उपेन्द्रजीलाई अहिले त देउवा, प्रचण्ड, माधवजीहरु नै मन पराएका छन् । ........ हाम्रो संयुक्त प्रस्ताव मधेश प्रदेश र राजधानी जनकपुर थियो । ... हामी प्रतिपक्षमा रहेपनि मधेश प्रदेशको पक्षमा मतदान गर्छौं । ........ उहाँहरुले जुन अपवित्र गठबन्धन बनाउनुभएको छ, त्यसबाट डराइरहनुभएको छ । कांग्रेस र माओवादीलाई सरकारमा ल्याइयो तर सरकार चलाउने सन्दर्भमा कुनै कुराको साझा प्रतिबद्धता छैन । ........ यो गठबन्धन भनेको बालुवाको घर जस्तै हो । ...... जहाँ माग र मुद्दासँग कुनै मेल हुँदैन, त्यो धेरै दिनसम्म चल्दैन ।




जसपा फुटसँगै फाटेको मधेशी मन सत्ता समर्पण, मुद्दा विसर्जन प्रवृत्ति रोकिएन ....... मधेशको अधिकारको लागि लड्ने प्रतिवद्धता गरी मधेशी जनताको मत लिएर संसदसम्मको यात्रा गर्ने मधेशी दलहरु आफू आफूबीच नै लड्दा मधेशको माग र अधिकार संकुचित भएको छ । मधेशीको अधिकारको लागि दल खोल्ने नेताहरु त्यसभित्र आफै नअटाउँदा मधेशको मन कुल्चिएको छ । मधशसँग घनिष्ठ सम्बन्ध भन्न रुचाउने दलहरू सत्तासँगको संघर्षकालमा ऐक्यबद्ध हुने तर सत्ताको समिप पर्नासाथ विभाजित हुने राजनीति मधेशमा अब पुरानो भइसकेको छ । ........ मधेशको लागि एक भएर लड्ने भनेर एकीकृत भएर जसपा बनाएका यी नेताहरु दुई चिरामा विभाजन भएपछि मधेशी जनमा निराशा छाएको छ । ....... कुनै राजनीतिक सिद्धान्तभन्दा पद र प्रतिष्ठका लागि नै पार्टी विभाजन भएको हो । ...... मधेशले चाहेको बलियो, कसिलो मधेशी शक्ति हो । उनीहरू मिल्दा मधेशको मतको वजन पनि बढ्छ भन्ने विश्वास मधेशी जनतामा छ । ........ २०७२ को निर्वाचनमा सहकार्य गर्दा मधेशको मतको भार संघीय समाजवादी र राजपा पक्षमा परेको थियो । जसका कारण यी दुई दलले प्रदेश २ अर्थात् कोर मधेशमा सरकार बनाउन सफल भए । मतकै मागअनुसार पछि दुवै दल एकीकरण पनि भए । ...... जसपा फुटेपछि मधेशको मत पनि बाँडिन्छ । २०६४ देखि २०७२ सालसम्मको निर्वाचनमा मधेशी दललाई परेको मतलाई मूल्यांकन गर्दा पहिलो संविधानसभामा मधेशी एक ढिक्का हुँदा मधेशभरि जितको झन्डा फहराएको मधेसी जनअधिकार फोरम चिरा पर्दा दोस्रो संविधानसभा निर्वाचनमा अखाडामै नराम्ररी पछारिएको थियो । अब आउने निर्वाचनमा पनि असर देखिने निश्चित छ । .......... मधेशमा रंगभेदको अन्त्य गर्न

२००८ सालमा कुलानन्द झा नेतृत्वको तराई कांग्रेस

२०१५ को पहिलो संसदीय निर्वाचनपछि विभाजित भए । त्यसपछि २०४० सालमा गजेन्द्रनारायण सिहंले सद्भावना परिषद् गठन गरे । .......... पछि सद्भावना पनि विभाजनको सिकार भएर टुक्राटुक्रामा छरिए । मधेशको मुद्दा बोकेर नेता बन्ने सत्तामा पुगेपछि मुद्दा बिसाउने क्रम चलिरह्यो । ........ जसका कारण मधेशी जनमा आक्रोश र असन्तुष्टिको आकार बढ्दै थियो । जसलाई क्यास गर्न उपेन्द्र यादवले मधेसी जनअधिकार फोरम खोले । संघीयता र रंगभेदको अन्तको मुद्दा बोकेका यादव २०६३ माघ १ मा जारी अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि माइतीघरमा संविधानको प्रतिलिपि जलाए । उनी पक्राउ परेपछि मधेशमा आन्दोलन उठ्यो । आन्दोलन व्यापक बनेपछि मधेसी जनअधिकार फोरम, उपेन्द्र यादव र मधेशको पहिचान स्थापित भयो । मधेसी जनअधिकार फोरम दलका रूपमा २०६४ वैशाखमा निर्वाचन आयोगमा दर्ता भयो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा फोरमले ५२ सिट जित्यो । ........... भाग्यनाथ गुप्ताले २०६४ भदौ १५ गते फोरम फुटाएर मधेसी जनअधिकार फोरम, मधेस गठन गरे । त्यसपछि त फोरममा पहिरो जान सुरु भयो । अमर यादवले २०६५ चैत ७ गते विभाजन गरेर मधेस तराई फोरम गठन गरे । दाहालपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारमा जाने विषयमा विवाद भएपछि संसदीय दलका नेता विजयकुमार गच्छदारले २८ सभासद्को साथ लिएर २०६६ जेठमा पार्टी फुटाए । उनले अर्का नेता शरतसिंह भण्डारीको साथमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे । फोरम फुटाएका गच्छदारको फोरम लोकतान्त्रिक पार्टी पनि धेरै समय सग्लो रहन सकेन । भण्डारीले २०६९ असारमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । फोरम लोकतान्त्रिक विभाजन गरी संजयकुमार साहले २०६७ पुस ६ गत्ते मधेस क्रान्ति फोरम गठन गरे । २०६८ माघ ६ गते उपेन्द्र झाले नागरिक रक्षा दल गठन गरे । २०६८ जेठ ९ गते जयप्रकाश गुप्ताले फोरमका राजकिशोर यादवसहित १३ सभासद्सहित मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी गठन गरे । बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेकै बखत गुप्ता सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल पुगेपछि कार्यवाहक अध्यक्ष राजकिशोर यादवले पार्टी नेतृत्व गरे । फोरम गणतान्त्रिकका नन्दकुमार दत्तले २०६९ पुस ११ गते उही नामको अर्को पार्टी गठन गरे । फुटको पहिरो फोरममा मात्र सिमित रहेन । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पनि २०६७ पुस १६ बाट फुट सुरु भयो । तमोलोपाका तत्कालिन महामन्त्री महेन्द्र राय यादवले २०६७ पुस १६ मा तमलोपा–नेपाल गठन गरे । ................ महतो नेतत्वको सद्भावनाका नेता रामनरेश राय यादवले विभाजन गरी २०६८ माघमा राष्ट्रिय सद्भावना पार्टी गठन गरे । उनको राष्ट्रिय सद्भावना पार्टी र तमलोपा विभाजन गरी बनेको महेन्द्र राय यादवको ‘तमलोपा–नेपाल’बीच २०७० भदौ १९ मा एकीकरण भएर तराई मधेस सद्भावना नेपाल बन्यो र अध्यक्ष बने महेन्द्र राय यादव । २०७४ वैशाखमा ६ वटा मधेश केन्द्रित दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी गठन भयो । ....... २०७६ वैशाखमा संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी बन्यो । २०७७ वैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता सामाजवादी पार्टी (जसपा) बन्यो । बलियो मधेशी शक्तिको रूपमा जनता समाजवादी पार्टी बनेसँग मधेशीको चेहरा खुसीले भरिएका थिए । ....... साथ हुँदामा जति शक्ति हुन्छ अलग हुँदा त्यति नै कमजोर हुन्छ , मधेशमा मधेशी नेताहरुले नै आफ्नो तागत आफ्नै कारण कमजोर बनाउन पुगेका हुन । ...... दलभित्रको अस्थिरता, सैद्धान्तिक विचलन, संस्थागत कमजोरी र चर्को मूल्य स्खलनले मधेशी नेताहरु संगठन जमानउन असफल भइरहेका छन् । सत्ताको जोडघटाउमा कोही मधेशी नेता बढीमा मन्त्रीसम्म बन्न सक्ला तर मधेशले राष्ट्रलाई दिन खोजेको राजनीति त्यति मात्र होइन । मधेशले राज्य र समाजको रूपान्तरण खोजेको छ, जो जसको जग अहिलेसम्म तयार हुन सकेको छैन ।






नेपालमा कोहि कम्युनिस्ट छैनन्, सबै ‘CIA’ र ‘रअ’ का कर्मचारी हुन : चीन

No comments: