Friday, September 17, 2021

भ्रष्टाचार को मुद्दा र आज को राजनीति

भ्रष्टाचार को मुद्दा र आज को राजनीति 

विक्रम सम्वत २००६ मा राणा शासन को ज्यादती मुद्दा बन्न सक्थ्यो। विक्रम सम्वत २०४६ मा पंचायती तानाशाही लाई राजनीतिक मुद्दा बनाउन सकिन्थ्यो। बलियो मुद्दा कठिन हुन्छ। तर त्यस लाई डिस्टिल गर्दै एक शब्द मा व्यक्त गर्न सकिन्छ। विक्रम सम्वत २०४६ मा गणेशमान सिंह ले एक शब्द भने: बहुदल। ठुलो आन्दोलन गर्नु परेन। सोवियत संघ जस्तै पंचायत भित्र भित्र आफै ढ़लिसकेको थियो। गणेशमान ले हल्का धक्का दिए। ढल्यो व्यवस्था। 

ज्ञानेंद्र को ज्यादती ले गणतंत्र मुद्दा बन्यो। सन २००६ को १९ दिने क्रांति ले उर्वर बनाएको राजनीतिक भुमि ले पहिलो मधेसी क्रांति संभव बनायो। मधेसी क्रांति ले अंतरिम संविधान मा संघीयता लेख्यो। 

लोकतंत्र भनेको विधिको शासन हो। तर नेपाल मा प्रधान मंत्री ले संविधान मा खुट्टा नै नटेकेर संसद विगठन गर्ने देखि लिएर संविधान मा रहेको पार्टी विभाजन को प्रावधान (जुन कि अध्यादेश को बाटो संसोधन गर्न मिल्दैन) बलमिच्याइ गर्ने देखि लिएर आरक्षण को प्रावधान मा अदालत ले संविधान र कानुन को व्याख्या गर्न पाउने तर संसोधन गर्न नपाउने व्यवहार ले देखाइरहेको छ नेपाल मा विधि को शासन अझै छैन। त्यस मानेमा लोकतंत्र अझै होइन नेपाल। मधेस मा पहाड़ी प्रहरी ले नै हफ्ता वसुली गरिरहेको हुन्छ। त्यस लाई त उपनिवेशवाद पनि भन्न मिल्दैन। त्यो त माफिया उपस्थिति हो। गणतंत्र भनेको शाह वंश को समाप्ति मात्र होइन। श्री ५ राजा हटाएर श्री ६ पार्टी अध्यक्ष हरु को स्थापना भएको छ। नेता हरु को व्यवहार मा गणतंत्र देखिँदैन। संघीयता संविधान मा लेखिदियो तर त्यसै संविधान मा अर्को ठाउँ मा संघीयता अपहरण गर्ने काम भएको छ। प्रदेश सरकार सँग न शक्ति छ न स्रोत। न आफ्नो कर्मचारी छ। 

अर्थात बहुदल, लोकतंत्र, राणा शासन को समाप्ति, गणतंत्र, संघीयता सब थोक आउनै बाँकी जस्तो किन लागेको? त्यस को कारण हो भ्रष्टाचार। देश, समाज र राज्य को नशा नशा मा भ्रष्टाचार कुदिरहेको छ। आज को राणा शासन भनेको भ्रष्टाचार। आज को पंचायत भनेको भ्रष्टाचार। आजको महेंद्र ज्ञानेंद्र दुबै भ्रष्टाचार। 

गणेशमान ले विक्रम सम्वत २०४६ साल मा बहुदल लाई राजनीतिक मुद्दा बनाए जस्तै आज को दरो राजनीतिक मुद्दा भनेको भ्रष्टाचार। आज त्यस मुद्दा लाई समात्न सक्ने सबैभन्दा उपयुक्त ठाउँ मा रहेको छ सीके राउत नेतृत्व को जनमत पार्टी। जनमत पार्टी सँग चुनाव जित्ने लाभ छैन। व्यवस्था ढाल्नुपर्ने चुनौती छ: पाँच सात दलीय भ्रष्टाचारतंत्र। नेपाल मा गरीबी को कारण भ्रष्टाचार हो। नेपाल मा रोजगारी सिर्जना नहुने कारण भ्रष्टाचार हो। भ्रष्टाचार नियन्त्रण बिना देश मा आर्थिक क्रांति संभव छैन। तर मरीचमान ले पंचायत विरुद्ध लडन सक्दैन। भ्रष्टाचार विरुद्ध को लड़ाइ कांग्रेस कम्युनिस्ट ले लडन सकने लड़ाइ होइन। 

जनता फेरि जाग्ने बेला आएको छ। अब का तीन तहका चुनाव लाई साधारण चुनाव होइन एउटा भ्रष्टाचारी व्यवस्था विरुद्ध को आन्दोलन बनाउनु परेको छ। भ्रष्ट नेता हरु को हात मा देश छ भने त्यहाँ का जनता अझै गुलाम नै हुन। 




No comments: