Tuesday, September 07, 2021

News: September 7

केपी ओली भन्छन्- एमाले अब २ जेठ ०७५ मा फर्कन्न, १०बुँदेलाई हाउगुजीका रूपमा नलिनुहोस् माधव नेपालको पार्टी फुटाएर प्रतिक्रियावादीहरूलाई फाइदा पुर्‍याउने नियत रहेछ भन्ने बुझेकाहरू एक ठाउँमा छौँ । बिग्रिएका, सडेगलेको कम्युनिस्ट पार्टी ध्वस्त पार्नुपर्छ भन्नेहरू एकातर्फ छन् । ....... एमाले नेता–कार्यकर्ताहरू धनुषबाट छुटेको वाँणजस्तो गतिमा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । ........

‘हामीसँग निर्वाचन लड्ने हिम्मत कांग्रेसको छैन । ऊ एक्लै लड्दैन । विगतमा पनि उसले माओवादी केन्द्रसँग मिलेर हामीसँग लडेको हो ।

त्यसको फाइदा मतपत्र च्यातेरै भए पनि छोरीलाई जिताएकै हुन् । ....... ओलीले गठबन्धन गरेरै चुनाव लडे पनि आफ्नो दललाई अरूले पराजित गर्न नसक्ने ठोकुवा गरे । ‘५–१० पार्टी जति उत्खनन गरेर ल्याए पनि एमालेले जित्छ ।’


संसदीय दलको बैठकमा देउवाले भने– विकासविरोधीले एमसिसीको विरोध गरे

‘एमसिसीले कति मुलुकले प्रगति गरिसके, यहाँ भने विकासविरोधीले भ्रम मात्रै फैलाए’

...... मन्त्रिमण्डल समावेशी बनाउने ...... बैठकमा सहभागीमध्ये सांसद गगन थापाले सरकारका गतिविधिका कारण पार्टीको आलोचना सुरु भएको भन्दै सरकारको आलोचना गरेका थिए। ....... ‘ओली सरकारले तीन वर्षमा के गरे भन्ने प्रश्न महत्वपूर्ण होइन, कांग्रेस नेतृत्वको सरकारले १७ महिनामा के गर्छ भन्ने महत्वपूर्ण हो।

सरकारका कारण पार्टीको आलोचना बढ्यो,’ थापाको भनाइ



एमसीसी अनुदान भएकोले अनावश्यक राजनीति नगर्नुहोस् - प्रधानमन्त्री देउवा उनले एमसीसीको विषयमा बुझेका भन्दा नबुझेकाहरूले धेरै हल्ला गरेको पनि बताए । ........ संसदहरुको प्रश्नको जवाफ दिदै एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताए । ....... विश्व बैंक र एसियन बैंकबाट ब्याजमै मोटो रकम ऋण लिइरहेको बताउदै देउवाले एमसीसी अनुदान भएको र यसमा धेरै राजनीति गर्न खोजिएको बताए ।



संसदबाट एमसीसी पास हुँदैन - प्रचण्ड 'अहिलेकै अवस्थामा संसदबाट एमसीसी पास हुने कुरा सोच्न पनि सकिन्न, अमेरिकाले थप प्रष्ट पारेपछि र संशोधन गरेपछि सोच्न सकिन्छ'

बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने, यस्ता छन् कार्यसूची
कहाँ कतिले लोसपामा सनाखत गरे ? प्राप्त विवरणअनुसार केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५ जना (रेशम चौधरीसहित) लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । यसरी नै प्रदेशतर्फ प्रदेश २ मा १६ जना, लुम्बिनी प्रदेशमा तीन जना, सुदूरपश्चिममा एक जनाले लोसपामा सनाखत गरेका छन् । स्थानीय तहतर्फ सप्तरीमा ९६, सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७ (केही थपघट हुन सक्ने), रौतहटमा ८८, बारामा १३८, पर्सामा २८, रूपन्देहीमा २० र कपिलवस्तुमा एक जनाले लोसपामा सनाखत गरेका बताइएको छ ।



क्रान्तिकारीहरुको ध्रुवीकरणमा प्रभु साह जब नेकपा दुई चिरामा विभाजित भयो, त्यसपछि माओवादी पक्षबाट आएका उनले केपी ओलीलाई साथ दिदै मन्त्री समेत बनेका थिए । तर सर्वोच्च अदालतको फैसला पश्चात एमाले ब्युतेपछी यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी अहिले उनी क्रान्तिकारीहरुको ध्रुवीकरणमा लागेका हुन् । ....... तर नेकपा एमालेले भने पूर्वमन्त्री साहको एकता अभियानलाई सहज रुपमा लिएको छैन । एमालेका एक स्थायी कमिटी सदस्यले पूर्वमन्त्री साहले पार्टी छोडेर जादा पनि आफुहरुलाई फरक नपर्ने बताए । पूर्वमन्त्री साहले अहिलेसम्म एमाले नस्वीकारेकोले उनको अभियान व्यक्तिगत भएको ती स्थायी कमिटी सदस्यले जीकिर गरे ।

रामकुमारी झाँक्रीको जिल्ला गुल्मीमा समाजवादी पार्टी रोज्ने कार्यकर्ताको संख्या ‘शून्य’
माधव नेपालप्रति ओलीको टिप्पणी- 'कुहिएको फर्सी' र 'झरेको पात'
सरकार बनेको दुई महिनामै प्रतिरक्षात्मक हुनुपरेको भन्दै कांग्रेस सांसदले गरे सरकारको आलोचना

भारत-चीन-अमेरिका 'ट्र्यांगल' सन् २०३० सम्ममा विश्वका तीन सबैभन्दा शक्तिशाली अर्थतन्त्रमा चीन, अमेरिका र भारत हुनेछन्। ..........

सन् २०५० मा चीनको अर्थतन्त्र ५८.५ ट्रिलियन डलरको हुनेछ भने दोस्रो ठूलो अर्थतन्त्रका रूपमा भारतको ४४.१ ट्रिलियन र अमेरिकाको ३४.१ ट्रिलियन डलर हुनेछ।

......... चौथो नम्बरमा उक्लने इन्डोनेसियाको १०.५ ट्रिलियन डलर मात्र हुनेछ। आजका आर्थिक शक्ति जापान, जर्मनी, बेलायत, 'टप टेन' मा त पर्नेछन्, तर उनीहरूको आकार यी तीन भीमकाय अर्थतन्त्रको दाँजोमा एकदमै सानो हुनेछ। .......... धेरै मुलुकहरूको इतिहासले भन्छ, साना मुलुकमाथि शक्तिशाली मुलुकको चासोले अवसर र चुनौती एकैपटक ल्याउँछ। ......... हाम्रो स्वार्थ हो- आफ्नो स्वतन्त्र हैसियत कायम राखेर यी तीनै मुलुकसँग सन्तुलित सम्बन्ध राख्ने र उनीहरूबाट लाभ लिने। यी प्रत्येकसँगको राम्रो सम्बन्धले अर्कोलाई सन्तुलनमा राख्न सघाउँछ भन्ने नबिर्सने। यी तीन मुलुकमध्ये कतैतिर ढल्कन खोज्नु वा कसैबाट टाढा हुन खोज्नु हाम्रो हितमा छैन भन्ने सधैं मनन गर्ने। ........ हामी बिआरआईमा त गयौं तर त्यस अन्तर्गतका परियोजनाहरू अघि बढेका छैनन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदा भएका कतिपय सम्झौता पनि खासै अघि बढेका छैनन्। चिनियाँहरू त्यसले खुसी छैनन्। ........ एक मन्त्रीले भने, 'हाम्रो कर्मचारीतन्त्र कति सुस्त छ भने आफैं केही गर्दैन। पहल नै लिँदैन। आज भन्यो एउटा पाइलो सार्छ, भोलि आफैं अर्को पाइलो सार्दैन।' ......... बिजुलीका गतिमा काम गर्ने चिनियाँहरू यस्ता 'बहाना' सितिमिति मान्दैनन्। नेपालमा काम सुस्त गतिमा हुन्छ भन्ने त उनीहरूलाई पनि थाहा छ। तर आफ्ना परियोजना राजनीतिक कारणले पनि अघि नबढाइएका हुन् कि भनेर उनीहरू सधैं शंका गर्छन्। ............ दुई ठूला भारतीय कम्पनीले माथिल्लो कर्णाली र अरूण-३ मा लगानी गरेका छन्। ........ नेपालमा चीन र भारतको प्रमुख चासो सुरक्षा हो। तर उनीहरूलाई थाहा छ, नेपालले जानाजानी त्यो चासो 'कम्प्रमाइज' गर्ने छैन। हामीले आजसम्म गरेका छैनौं, भोलि पनि गर्न हुन्न। ......... आजको दुनियाँमा चीन र भारतको नेपालमा चासो सुरक्षा मात्र होइन, लगानी र व्यापार पनि हो। नेपालमा आफ्नो लगानी र व्यापार बढोस् भन्नेमा दुवै मुलुकको चासो छ।

भारतका लागि त नेपाल दसौं ठूलो निर्यात बजार हो।

......... चीन र भारत मात्र होइन, हामीले सम्भव भएसम्म सबै प्रमुख मुलुकका लगानी भित्र्याउनु पर्छ। लगानीका लागि सम्भावित सबैलाई आमन्त्रण गर्नुपर्छ। नेपालको जलविद्युत र पर्यटनमा संसारका धेरै मुलुकका लगानीकर्ताको आकर्षण देखिन्छ। जलविद्युतमा कोरियन लगानी पछिल्ला वर्षहरूमा बढ्दो छ। जापानीहरू पनि इच्छुक देखिएका छन्। लगानीका लागि जति धेरै मुलुकका कम्पनीहरू आउँछन्, त्यसले त्यति नै हाम्रो अरू मुलुकसँग ‘डिल' गर्ने हैसियत उकास्नेछ। ........... माथिल्लो कर्णालीमा लगानी गरेको भारतीय बहुराष्ट्रिय कम्पनी जिएमआरले नेपालमा उत्पादन गरेको ५०० मेगावाट बिजुली बेच्न बंगलादेशसँग सम्झौता गरेको छ। प्रतियुनिट ७.७ सेन्ट (९ रुपैयाँ) मा बिजुली किन्ने सम्झौता बंगलादेशले गरेको हो। ........ बहुराष्ट्रिय कम्पनीका लगानी नेपालमा आउँदा तिनले चुनौती अवश्य थप्नेछन्। मल्टिनेसनल कम्पनी आएर देशको विकास गरिदिने र मुलुक धनी बन्ने होइन। उनीहरूले अरू देशमा गएर वातावरण र अर्थतन्त्र बिगारेका र सपारेका धेरै उदाहरण छन्। चीनमा ८० को दशकदेखि मुख्यगरी अमेरिकी र युरोपियन कम्पनीले लगानी नगरेको भए आज चीनको कथा अर्कै हुन्थ्यो।

८० र ९० को दशकमा चीनको आर्थिक उन्नतिमा विदेशी लगानीको ठूलो हात छ।

........... भौगोलिक हिसाबले टाढा भए पनि अमेरिका अहिले पनि भारत र चीनपछि हाम्रो तेस्रो ठूलो व्यापारिक साझेदार हो। निकासीका हिसाबले त दोस्रो प्रमुख बजार हो। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा नेपालले भारतमा ७०.१ अर्ब, अमेरिकामा ९.४ अर्ब र चीनमा १.१ अर्ब मात्र निकासी गरेका थियो। ............

जसरी भारतले नेपाल चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) को सम्झौतामा नजाओस् भनेर चाहेको थियो, चीनले पनि नेपाल एमसिसीमा नजाओस् भन्ने चाहेको देखिन्छ। ..... विभिन्न माध्यमबाट आफू पनि एमसिसीको पक्षमा नभएको सन्देश दिन भारत पछि परेको छैन।

.......... अमेरिका-भारत सम्बन्ध कसिलो हुँदैमा भारतले नेपाल-अमेरिका सम्बन्ध बलियो होस् भन्ने चाहन्छ भन्ने भ्रममा नपरौं। नेपाल आफूमा मात्र भर परोस् भन्ने भारतको चाहना विगतदेखि नै प्रष्ट छ। चीन जोड्ने अरनिको राजमार्ग नबनोस् भनेर भारतले त्यतिखेरै विरोध गरेको थियो। .......... नेपालको चीन वा अमेरिकासँग सम्बन्ध जति कसिलो बन्छ, काठमाडौंमा आफ्नो 'लगाम' त्यति नै खुकुलो हुन्छ भन्ने भारतलाई थाहा छ। संसारको 'सुपरपावर' बन्न अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले पनि नेपालसँग अमेरिकाको सम्बन्ध थप बलियो होस् भन्ने चाहँदैन। कुनै पनि शक्तिशाली मुलुकले आफ्नो निकट छिमेकमा अर्को ठूलो मुलुक आओस् भन्ने चाहँदैन। शितयुद्धका समयमा क्युबामा सोभियत संघ आउँदा अमेरिका कम तरंगित भएको थिएन। .......... एमसिसीमार्फत् आउने ५५ अर्ब रुपैयाँ अनुदानको सन्देश पनि भारत र चीन दुवैका लागि प्रिय छैन। यति ठूलो अनुदान चीन र भारतले नेपाललाई कहिल्यै दिएका थिएनन्। कुनै पनि मुलुकले दिएका थिएनन्। चीन वा भारतले नेपाललाई दिने ऋण वा अनुदानमा जस्ता शर्त हुन्छन् (आफ्ना मुलुकका कम्पनीले काम पाउनु पर्ने, आफ्नै ठेकेदार र सामग्री प्रयोग गर्नुपर्ने), त्यस्ता शर्त एमसिसीमा छैनन्। यति ठूलो अनुदानमा यस्ता शर्त नभएपछि भोलि चीन वा भारतले नेपाललाई दिने सहयोगमा पनि प्रश्न उठ्न सक्छ। ........... पछिल्लो समय हाम्रो राजनीतिमा भारत र चीनको संलग्नता हस्तक्षेपको तहमा बढेको छ। कसको सरकार बनाउने र गिराउने भन्नेसम्म उनीहरू संलग्न छन्। नेपालको राजनीतिमा त्यो तहको संलग्नता अमेरिकाको छैन। ........... मतपरिणाम आएपछि उसले प्रचण्डलाई कांग्रेससँग मिलेर सरकार बनाउन फकाउने प्रयत्न गर्‍यो। पाँच वर्ष प्रधानमन्त्री चलाउने 'ब्ल्यांक चेक' कांग्रेसले प्रचण्डलाई दिएकै थियो। ........... ओली र प्रचण्डले आधा-आधा कार्यकाल प्रधानमन्त्री चलाउने र दुवै जना समान हैसियतको पार्टी अध्यक्ष बन्ने गोप्य पाँच बुँदे समझदारी गरेका थिए। दुई वर्ष बित्न लाग्दा पनि ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्ने कुनै संकेत नदेखाएपछि प्रचण्डले ओली दिल्ली भ्रमणमा रहेका बेला त्यो सहमति बाहिर ल्याइदिए। त्यसपछि बढेको किचलो स्थायी रूपमा समाधान भएन। अन्तत: त्यो बढ्दै गएर संसद विघटन हुने र नेकपा विभाजन हुने स्थितिमा पुर्‍यायो। नेकपाभित्रको यो विवादमा चीन र भारत दुवैले खेले। ........... सरकार र पार्टीको नेतृत्वमा ओलीलाई पाँच वर्ष छाडिदिन र त्यसपछि पार्टीको नेतृत्व लिन चीनले प्रचण्डलाई दबाब दियो। .........

एमसिसी आए नेपालमा अमेरिकी सेना आउँछ, एमसिसी हाम्रो संविधानभन्दा माथि छ, एमसिसीको अनुदान लिए नेपालले सधैंका लागि अमेरिकी कानुन मान्नुपर्छ, एमसिसी अनुदानमा बन्ने ट्रान्समिसन लाइनमा अमेरिकाको स्वामित्व हुन्छ, एमसिसी चीन घेर्ने अमेरिकाको रणनीति होजस्ता अफवाह गाउँगाउँसम्म पुगेका छन्।

............. एउटा स्वतन्त्र राष्ट्रका हैसियतले हामीले सोधेका कतिपय प्रश्न आफ्नै लागि लाज मर्नु किसिमका छन्। सम्झौतामा हस्ताक्षर गरेको चार वर्षपछि यो सम्झौता हाम्रो संविधानमाथि छ कि छैन? यसले हाम्रो सार्वभौमिकता र स्वतन्त्रतामा आँच पुर्‍याउँछ कि पुर्‍याउँदैन लगायतका प्रश्न सोधिएका छन्। एमसिसीमा नेपालले लेखा परीक्षण गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न पनि सोधिएको छ। जबकि लेखापरीक्षकको कार्यालयले एमसिसीको लेखापरीक्षण दुई वर्षदेखि गरिरहेको छ। ............ सम्झौता लागू भएपछि पनि नेपालले मान्नै नसक्ने कुनै विषय आए भने ३० दिनको सूचना दिएर हामी एकतर्फी रूपमा आयोजनाबाट बाहिर सक्छौं भन्ने प्रावधान सम्झौतामै छ। ......... चीन-भारत-अमेरिका बीचको 'ट्र्यांगल' भोलि पनि विश्वमा कायम रहनेछ। आउने ५० वा १०० वर्ष यी तीन मुलुकले संसारमा प्रभुत्व जमाउने छन्। उनीहरूको प्रतिस्पर्धा चल्नेछ तर उनीहरूबीच व्यापार, लगानी र सहकार्य पनि जारी रहनेछ। ............. अमेरिका-चीनको यत्रो तनावका बीच पनि सन् २०२० मा द्वीपक्षीय व्यापार ६२० अर्ब डलर पुगेको छ। 'व्यापार युद्ध' चले पनि अमेरिकाले यो वर्ष सबभन्दा धेरै ५३९ अर्ब डलर बराबरको समान र सेवा चीनबाटै किनेको छ। .......... सन् २०२० मा भारतले सबभन्दा धेरै झन्डै ७८ अर्ब डलरको व्यापार चीनसँगै गर्‍यो। सबभन्दा धेरै, ५८ अर्बको आयात चीनबाटै गर्‍यो। ........ कतिपय मानिस चीनलाई घेर्न अमेरिकाले एमसिसी ल्याएकाले त्यो लागू गर्नु हुँदैन भन्दैछन्।

चीन, भारत वा अमेरिकाले आफ्नो रणनैतिक स्वार्थको रक्षा आफैं गर्न सक्छन्, गर्छन्। त्यसको चिन्ता हामीले लिनु पर्दैन। हामी आफ्नो चिन्ता लिऔं।

यी तीनै विश्व शक्तिसँग कसिलो सम्बन्ध कसरी बढाउने र त्यसबाट लाभ कसरी लिने, त्यसमा चिन्तन गरौं।


No comments: