Friday, September 17, 2021

Facebook: September 17 (2)



The hassle around remittances is one chief reason El Salvador President Nayib Bukele cited for declaring bitcoin legal tender. As part of the rollout, the government has launched its own national virtual wallet — called “Chivo,” or Salvadoran slang for “cool” — which offers no-fee transactions and allows for quick cross-border payments....... One of those perks is offering $30 worth of free bitcoin to every Salvadoran inside the country who signs up for the Chivo wallet. That’s no small sum in a country where the monthly minimum wage is $365.



फतिमा नेपालमा रहँदा प्रमुख राजनीतिक दलका सबै शीर्ष नेताहरूलाई भेटेर उनीहरूको धारणा बुझेकी थिइन् । सो क्रममा प्रचण्डसँगको भेटवार्तामा एमसीसी अनुमोदन गर्न प्रचण्डद्वारा प्रस्तुत गरिएको शर्त सुनेर उनी स्तब्ध बनेकी बुझिएको छ । ....... प्राप्त जानकारीअनुसार प्रचण्डले आफूमाथि अमेरिकाले लगाएको आतङ्ककारीको बिल्ला पूर्णरूपले खारेज गरिदिनुपर्ने शर्त राखेका थिए ! साथै, दुबई र सिंगापुरस्थित बैंकहरूमा रहेको खातामाथि एफबीआई (फेडरल ब्युरो अफ इन्भेष्टिगेशन, अमेरिका)ले लगाएको प्रतिबन्ध (रेड फ्ल्याग) खुला गर्नुपर्ने शर्तसमेत प्रचण्डले तेर्स्याएका थिए । यसलगायत उनले एमसीसीमा भारतीय पक्षको संलग्नता आफूहरूलाई स्वीकार्य नहुने भएकोले यसमा अमेरिकाले भूमिका खेल्नुपर्ने तेस्रो शर्त पनि राखेका स्रोतको भनाइ छ । ........ ज्ञातव्य छ, प्रचण्डहरू अनमिनमातहत शान्तिप्रक्रियामा आएपछि पनि अमेरिकाले प्रचण्ड एवम् उनको समूह अर्थात् ‘माओवादी’माथि लगाएको आतङ्ककारीको बिल्ला पूर्णरूपले हटाएको छैन । यो प्रचण्डको लागि निकै विष्मयकारी र ‘सेक्युरिटी थ्रेट’को विषय बनेर रहेको छ । त्यस्तै, कथित जनयुद्धका क्रममा बैंकहरूबाट लुटिएको, विभिन्न उद्योगपति-व्यापारीहरूसँग जबर्जस्ती असुल गरिएको र अयोग्य लडाकु समायोजनका बखत घोटला गरिएको समेत गरी लगभग

३९ अर्ब रुपैयाँ

प्रचण्डले विदेशी बैंकहरूमा लुकाएर राखेको तथ्यसँग अमेरिकी प्रशासन जानिफकार रहेको बताइन्छ । ......... एमसीसीको प्रगति विवरण लिन आएकी सुमारसँगको भेटमा प्रचण्डले आफ्ना यिनै अभीष्टसिद्धिको लागि उल्लिखित शर्त अघिसारेबाट उनी कति देशभक्त र जनताप्रति कति उत्तरदायी रहेछन्- स्वतः स्पष्ट हुन्छ । आफ्नो निजी स्वार्थको लागि देशलाई नै दाउमा राख्न पछि नपर्ने प्रचण्डबाट नेपालको विकाश र समृद्धिको त कुरै छोडौँ, देशकै अस्तित्व बाँकी रहला–नरहला प्रश्न खडा भएको छ । ......... प्रचण्डविरुद्ध हेगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था तथा मानवअधिकारवादी सङ्गठनहरूका साथै विभिन्न व्यक्तिविशेषद्वारा लगाइएका लगभग चार सय जति मुद्दा विचाराधीन छन् । तीमध्ये अधिकांश मुद्दाका आवेदकहरूले प्रचण्ड एक खुङ्खार अन्तर्राष्ट्रिय ‘आतङ्ककारी’ भएको र नेपालमा हत्या-हिंसा मच्चाएर सत्र हजार मानिसको अनाहकमा ज्यान लिएको जिकिर गर्दै फाँसीको सजाय माग गरेका छन् । .......... फतिमा सुमारसँगको भेटमा प्रचण्डले आफ्नो शर्त पूरा गरिदिएमा एमसीसी अनुमोदनको सम्पूर्ण जिम्मा आफूले दिने विश्वास दिलाउने प्रयत्न गरेका थिए । प्रचण्डको कुटिल शर्त सुनेर विस्मित हुन पुगेकी सुमारले प्रचण्डलाई जवाफ दिँदै ‘तपाईंको यो शर्त राष्ट्रिय सरोकारको विषय नभइ व्यक्तिगत आकाङ्क्षा तथा निजी स्वार्थको मामला भएकोले सम्भव होला जस्तो त लाग्दैन, तथापि तपाईंको प्रस्ताव सम्बन्धित निकायसम्म पुर्‍याउने प्रयास गर्नेछु’ भनी आश्वासन दिएको .......... बोली फेर्न र मौकाअनुसार अभिव्यक्ति दिएर दुनियाँलाई गुमराहमा पार्ने विशेषता बोकेका प्रचण्डले अहिले अमेरिकासँग बार्गेनिङ गरेर आतङ्काकारी बिल्ला हटाइ आफूलाई स्वच्छ, स्वतन्त्र र बलियो तुल्याउने, त्यसपछि चीनसँग साँठगाँठ गरी अमेरिकाविरुद्ध नै गतिविधि अघि बढाउने रणनीति बनाएका खुमलटारनिकट सुत्रले दाबी गरेको छ ।


No comments: