Saturday, September 11, 2021

नेपाल मा एमसीसी को विरोध र अमेरिका को टी पार्टी मुवमेन्ट (Tea Party Movement)

बराक ओबामा राष्ट्रपति भएको शायद एक डेढ़ वर्ष पछि एउटा प्रतिक्रांति को रफ़्तार मा अमेरिका मा एउटा आंदोलन शुरू भयो। यस्तो लाग्यो कि आम मानिस तात्तिए। ग्रास्सरूट्स बाट नै उठे जस्तो लाग्थ्यो। तर कालांतर मा थाहा भयो मुट्ठी भर बिलियनेयर हरु ले पैसा को बल मा पैदा गरेको राजनीतिक क्रियाकलाप थियो त्यो। नेपाल मा एमसीसी को विरोध को चरित्र त्यस्तै छ। तर त्यहाँ पर्दा पछाडि पनि होइन, खुल्लम खुल्ला नै एउटा ट्रिलियनेयर छ। त्यो हो चीन। 

चीन सँग तर्क खासै केही छैन। एमसीसी को विरोध मा पस्कियका तर्क हरु मनगढंत किसिम का छन। तर त्यहाँ तर्क वितर्क का लागि खासै ठाउँ छैन। एमसीसी को विरोध मा सुनियोजित ढंग ले लागेका हरु लाई तर्क वितर्क सँग मतलब नै छैन। तिन लाई तर्क को बल मा परास्त गर्न सकिँदैन पनि। तिनलाई जनताका सामु नांगेझार भने गर्न सकिन्छ। 

एमसीसी पनि स्वागतम। बीआरआई पनि स्वागतम। तर बीआरआई पनि एमसीसी जस्तै  १००% पारदर्शी हुनुपर्छ र अनुदान सहयोग को रुपमा आउनुपर्छ। केही अनुदान केही ऋण हो भने पनि १००% पारदर्शी हुन कर लाग्छ। कुन ब्याज दरको ऋण हो? कहिले सम्म मा तिर्नुपर्ने? 

एमसीसी वापस गयो भने गरीबी पोखरी मा फुल पार्दै बसेका कम्युनिस्ट लाम्खुट्टे हरु लाई चुनाव मा लोप्पा खुवाउनुपर्छ। 

भारत र अमेरिका एकातिर छ। चीन अर्को तिर छ। त्यस किसिमको ध्रुवीकरण छ। तर नेपाल त भारत र अमेरिका जस्तो बहुदलीय लोकतंत्र हो। नेपाल र भारत एउटै भारतवर्ष हो। यद्यपि चीन ले उदाहरणीय आर्थिक प्रगति गरेको छ। 

चीन ले अरहाएको भर मा एमसीसी अनुदान सहयोग नलिने नौकर मानसिकता मुर्दाबाद। नेपाल चीनको उपनिवेश होइन। 

अमेरिका को अनुदान सहयोग नेपाल मा आउन चीन ले रोक्न यस्तो विधि छलकपट गर्नुपर्छ भने चीन र अमेरिका बीचको प्रतिस्प्रधा मा चीन हारेको हो। 








No comments: