Thursday, September 16, 2021

News: September 16



कांग्रेस र एमालेको सरकार बनाएर चुनाव जाने स्थिति बन्दै छः हृदयेश त्रिपाठी
तेस्रो पटक विघटनको संघारमा संसद! भोलि कुनै पनि बेला गठबन्धनका दलहरुलाई पाखा लगाउँदै देउवा र ओलीको मिलोमतोमा प्रतिनिधि सभा तेस्रो पटक विघटनमा जाने सम्भावना पनि बढ्दो छ । ....... दुई पटक प्रतिनिधि सभाको विघटन गरेका एमाले अध्यक्ष ओलीलाई वर्तमान संसद प्रति मोह छैन । उता सरकारको नेतृत्व सम्हालेका नेपाली कांग्रेसका सभापति देउवा समेत सहयोगी गठबन्धनका दलबाट आजित भइसकेका छन् । गठबन्धनका दलहरुसँग देउवा विरक्तिन थाल्नु, प्रमुख प्रतिपक्षी दलले कुनै पनि हालतमा संसद चल्न नदिनु तथा सभामुखले समेत संसदमा विपक्षीलाई पेलेर जाने नीति अख्तियार गर्नुबाट नेपालको संसदीय प्रणालीलाई नै असफलता तिर लैजाँदै छ भन्न सकिन्छ ।

यि हुन् विहिबारदेखि निष्क्रिय भएका अध्यादेशहरु नेपालको संबिधान २०७२ कोे धारा ११४ अनुसार व्यवस्थापिकाको पहिलो बैठक बसेको ६० दिनभित्र अध्यादेश स्वीकृत नगरेमा स्वतः निष्क्रिय हुने ब्यवस्था छ । अध्यादेश आएपछि संसद्को पहिलो बैठक साउन ३ गते बसेको थियो  । ....... यसरी निस्क्रिय भएका अध्यादेशहरुमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश,नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय–पहिलो संशोधन) अध्यादेश,तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश,फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश,कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश रेल्वे अध्यादेश,शपथ सम्बन्धी अध्यादेश र बजेट सम्बन्धी अध्यादेश रहेका छन् ।



भीम रावलले दिए ओलीलाई चुनौती
सत्ता गठबन्धन दुर्घटनातर्फ, नयाँ गठबन्धनको कसरत गठबन्धनका दलहरुमध्ये नेकपा एस र जसपा अध्यादेश निष्कृय नभई मन्त्रीको नाम बुझाएमा फेरि दल फुट्नसक्ने भन्दै सतर्क छन् । नेकपा एस ५ र जसपा ४ सांसद मिलेर फुटाउन सक्ने अवस्था छ । मन्त्रीका आकांक्षी धेरै छन् । ....... अध्यादेश निष्कृय बनाउन राष्ट्रपतिले सक्छिन् । संविधान अनुसार राष्ट्रपतिबाहेक संसदले अस्वीकृत गरेर या ६० दिनभित्र सदनले कुनै निर्णय नलिंदा स्वतः निष्कृय हुने व्यवस्था छ । .....

प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने विषयलाई प्रतिष्ठासँग जोडेका छन् । प्रचण्ड र माधव नेपाल पास गर्न तयार छैनन् ।

........ काँग्रेसले अब बाँकी मुख्य मन्त्रालयमा आफ्नो दाबी प्रस्तुत गरेको छ । ...... नेकपा एसले बागमती र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । काँग्रेस बागमतीमा मुख्यमन्त्री छाड्ने पक्षमा छैन । ...... पूर्वमन्त्री हृदयश त्रिपाठीले अहिलेको गठबन्धन तोडिनसक्ने भनेका छन् । काँग्रेस र एमाले मिलेर देशलाई अर्ली इलेक्शनमा लानसक्ने अनुमानहरु हुन थालेका छन् । यसले गठबन्धनमा दुर्घटना हुनसक्ने सम्भावनाको संकेतहरु गर्न थालेको छ । सत्ता गठबन्धनमा कुनैपनि बेला दुर्घटनाको संकेतहरु देखिनथालेका छन् । २ महिनासम्म मन्त्रिमण्डल विस्तार हुननसक्नु र एकपछि अर्को नयाँ चुनौती विकास हुनुले त्यो संकेतलाई बल पुगेको छ ।


को बन्ला काँग्रेस सभापति ? कस्को कति शक्ति नेपाली काँग्रेसमा सभापतिका एक दर्जन दाबेदार देखिएका छन् । महाधिवेशनको मिति नजिकिएपनि दाबेदार कसैले ब्याक भएको घोषणा गरेका छैनन् । बरु सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् । ..... ७० कटेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत पनि सभापतिका दाबेदार छन् । उनीहरु कुनै हालतमा पछि नहट्ने अडानमा छन् ।

उमेरका कारण पनि यसपटक सभापति बन्न नपाए अवसर नआउने सम्भावना रहने कारण पनि उनीहरुको अडान कायमै छ ।

...... ६५ कटेकामध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य सुजाता कोइराला पनि दाबेदार छन् । वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । ...... ६० कटेका चन्द्र भण्डारी देखि ५० आसपासका कल्याण गुरुङ पनि सभापतिका दाबेदार छन् । ....... देउवाले सभापति दोहोराउन खोजेपछि उपसभापति विमलेन्द्र निधिले साथ छाडिसकेका छन् । ....... महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला एक भएमा माहोल फरक हुन सक्छ । अर्जुननरसिंह केसी, डा. रामशरण महत देखि कल्याण गुरुङ समेतले साझा उम्मेदवार बनाउन सक्ने सम्भावना छ । सिटौलाको साथ कस्लाई होला ? यो पनि चासो बनेको छ । निधिले साथ लेलान् या देलान् ? ...... अहिलेसम्म वडामा सभापतिसहित पदाधिकारी र प्रतिनिधिहरु चयनको अवस्था केलाउँदा कुनै पनि पक्ष बहुमतमा नभएको देखिन्छ । अब दुई मुख्य समूहलाई अन्य समूहको साथ अनिवार्य भएको छ । जस्ले साथ पाउँछ उसैले बाजी मार्छ । देशभरको अवस्था त्यही देखिन्छ । .......... काँग्रेसभित्र रहेका विभिन्न समूह र नेता विशेषले लगभगत कुनैपनि जिल्लाका वडा तहमा आफ्नो वर्चश्व बनाउन सकेनन् । ....... काँग्रेसभित्र देउवा र पौडेल कुनैपनि समूहमा नरहेको गुटहरुको मत पनि उल्लेख्य बनिसकेको छ । ....... अहिलेसम्मको काँग्रेसको चुनावी लहर हेर्दा देउवा पक्ष पहिलो नम्बरमा, पौडेल पक्ष दोस्रो नम्बरमा र त्यसपछि उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला क्रमशः तेस्रो र चौंथो स्थानमा रहेका छन् ।


मदन भण्डारीको हत्या गरिएको थियोः बादल ‘मदन भण्डारीको किन हत्या गरियो ?’ बादलले नेकपा एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘यसका पछाडि राजनीतिक कारण छ ।’ मदन भण्डारी राजतन्त्रको विरुद्ध गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । साम्राज्यवाद र विस्तारवादको विरुद्ध हुनुन्थ्यो । ...... बादलले जनताको बहुदलीय जनवादको समेत व्याख्या गर्दै भण्डारीको विचारले कम्युनिस्ट आन्दोलनमा नयाँ जग बसालेको बताए । बादलले नेकपा एमालेको विभाजनतर्फ संकेत गर्दै दक्षिणपन्थी धार परास्त भएको बताए ।



No comments: