Friday, September 10, 2021

News: September 10



उम्मेद्वारी घोषणा गरेका निधि र विश्वप्रकाश एकसाथ निधिले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् भने विश्वप्रकाश शर्माले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका छन् । कांग्रेस उपसभापति समेत रहेका निधिले उम्मेद्वारी घोषणा गरेर थापागाउँको बानेश्वर ब्यांक्वेटलाई चुनावी सचिवालयमा परिणत गरेका छन् । ....... उम्मेद्वारी घोषणा गरिसकेका निधि र विश्वप्रकाश एकसाथ देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रधानमन्त्री देउवा र एमसीसीकी उपाध्यक्ष सुमारबीच भेटवार्ता



अख्तियारको समानान्तरमा प्रदेश-२ मा जनलोकपाल आयोग संविधानविद्हरूको टिप्पणी : ‘आयोग असंवैधानिक छ’



एमसीसी हाम्रो मुद्दा होइन- डा. सीके राउत एमसीसी विषयमा आफूले बोलेर केहि नहुने अध्यक्ष डा. राउत बताउँछन् । नेपाल प्रेससँग उनले भने, ‘निर्णय गर्ने अधिकार संसदमा बस्ने मान्छेहरुको हो । हामीले बोलेर के हुन्छ ? इनर्जी लगाउनु पनि टाइम पास मात्र हुनेछ ।’ ‘एमसीसी हाम्रो मुद्दा होइन्’, डा. राउतले भने, ‘हामीले उठाउनुपर्ने हजारौं मुद्दा छन् । ति मुद्दाहरुको विषयमा त बोलिरहेकै छौं । अरुको मुद्दामा बोलेर फाइदा छैन ।’ सरकारले हामीसँग आधिकारिक सुझाव माग्यो भने दिन्छौं– उनले थपे ।



सेनाभित्रको बेरुजुका कथा २०७३ मा ७ प्रतिशतमा सीमित रहेको अनियमित खर्च २३ प्रतिशत नाघेको छ । सार्वजनिक भएको प्रतिवेदनअनुसार बेरुजु रकम ६ खर्ब ७६ अर्ब ४१ करोड औल्याइएको छ भने राजश्व बक्यौता रकम २ खर्ब १५ अर्ब ५७ करोड देखाइएको छ । ...... बेरुजु उठाउँदैमा अनियमितता गरेको मान्नु हुँदैन, फर्स्योटका लागि उपयुक्त समय दिई सुपरीक्षण गर्ने अवसर पनि दिइन्छ । बेरुजु असूल गर्नुपर्ने, अनियमित खर्च भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको, सोध भर्ना नलिएको र पेश्की बाँकीमा वर्गीकरण गरिएको हुन्छ । ........ गत आर्थिक वर्ष २०७६/७७ मा ७२.७२ प्रतिशत बेरुजु फर्स्योट गरेर नेपाली सेनाले उल्लेखनीय उदाहरण देखाएको छ । सैन्य प्रणालीकै गतिमा १३-१४ अर्बसम्म पुगेको बेरुजु अंकलाई घटाउन सम्पूर्ण संयन्त्रलाई क्रियाशील तुल्याइएको, आर्थिक सुशासन सम्बद्ध कार्यनिर्देशिका कार्यान्वयनमा ल्याइएको र बेरुजु फर्स्योटको प्रगतिलाई कार्य सम्पादनको माप दण्ड तोकिएको जस्ता कदमबाट बेरुजुलाई ८ करोडमा सीमित गरेको तथ्यबाट नेपाली सेनाको साहसिक सफलता उजागर भएको छ । .....

हाम्रो सामाजिक मान्यतामा देवस्व र राजस्वको अपचलनलाई अधर्म मानिन्छ । आर्थिक अराजकता बढ्न गएमा मुलुकको सुशासन विलीन भएर जान्छ ।

No comments: