Wednesday, September 01, 2021

Facebook: September 1 (3)





माधव नेपालको दल दर्ताविरुद्ध सर्वोच्चमा ओलीका तीन रिट
एमाले विभाजनपछि सम्पत्ति बाँडफाँडबारे के भन्छन् सरोकारवाला ? दलहरू आफैँ पारदर्शी छैनन्, त्यसैले अदालत जाने आँट पनि गर्दैनन् । ....... एमाले–माले विभाजन हुँदा पनि सम्पत्ति बाँडफाँड भएकै हो । त्यतिवेला ४० प्रतिशत फुटेको थियो, अहिले थोरै २० प्रतिशतमा फुटेको हो । .... यी सबै पृष्ठभूमिमा फुटेको दलले सम्पत्तिमा दाबी गर्ने हो भने कानुनी हक प्राप्त हुन्छ भन्ने विश्वव्यापी ध्रुवसत्य हो, हामीकहाँ नजिर छ कि छैन भन्नेले अर्थ राख्दैन । ........ अन्तर्राष्ट्रिय प्रचलनअनुसार जसले जति प्रतिशत पुर्‍यायो त्यति नै सम्पत्ति बाँड्ने भन्ने पनि छ । भारत, बेलायत, बंगलादेशलगायत मुलुकमा यस्तो प्रचलन छ । ........ बाध्यकारी ऐन नभए पनि जुट्दाखेरि सम्पत्ति एक ठाउँमा बनाउने, फुट्दा त्यहीअनुसार विभाजन गर्ने हुनुपर्ने हो । .......... हाम्रोमा माओवादीले त्यो अभ्यास गरेको छ । माओवादी विभाजन हुँदा उनीहरूले सल्लाहमा नै सम्पत्ति बाँडेका हुन् । त्यसमा माओवादीले परिपक्वता देखाएको छ । तर, हाम्रोमा त्यस्तो चलन छैन, त्यसैले अदालतले नै टुंग्याउला ।

काठमाडौं उपत्यकामा विद्यालयबाहेक सबै चल्न पाउने (भिडियोसहित)
देशभर कति छ एमालेको सम्पत्ति ? ०७२ सालमै थियो तीन अर्ब ६३ करोडको सम्पत्ति, पार्टी विभाजनपछि नेकपा एस सम्पत्तिमा कानुनी दाबी गर्ने आधार खोज्दै, एमाले पुनः अभिलेखीकरण गर्दै .......... एमाले देशको सबैभन्दा धनी पार्टी हो, ऊसँग केन्द्रदेखि जिल्लासम्म मात्र होइन, विदेशमा पनि सम्पत्ति छ । ......... ‘बरु, विशुद्ध एमालेलाई फुटाउने गरी अध्यादेश ल्याउँदा सम्पत्ति भागबन्डाको विषय राख्नै बिर्सिनुभएछ । त्यसैले कानुनमा व्यवस्था नभई उहाँहरूले कुनै दाबी गर्ने नै स्थिति छैन ।’ ......... देशभरिको सम्पत्ति विवरण र देशभर पार्टी कार्यालयको खाताको विवरण केन्द्रीकृत भइसकेपछि देश–विदेशमा रहेका जोकोहीले एमालेको सम्पत्ति जान्न पाउने गरी वेबसाइटमा अभिलेखीकरण गर्ने एमालेको तयारी छ । ........ ०७२ सालमै थियो एमालेसँग तीन अर्ब ६३ करोड मूल्यबराबरको सम्पत्ति काठमाडौं उपत्यकाभित्रै एमालेको बल्खुमा नौ रोपनी दुई आना जग्गा र त्यसमा रहेको भूकम्पले भत्काएको भवन, पुतलीसडकमा मनमोहन मजदुर भवनको नाममा जिफन्टको कार्यालय रहेको जग्गा र भवन, ललितपुर च्यासलमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौंको चम्पादेवीमा पुष्पलाल प्रतिष्ठानको नाममा रहेको भवन छ । .......... एमालेका जिल्ला कमिटीसँग आफ्नै भवन छन् । कतिपय क्षेत्र, नगर–गाउँ कमिटीका पनि आफ्नै भवन छन् । तिनै भवनबाट पार्टीले दैनिक कार्यालय सञ्चालन गर्दै आएको छ । सम्पत्ति र संगठनका हिसाबले एमाले नेपालका अन्य दलमध्ये धनी र अब्बल मानिन्छ । उसको भारतको नयाँदिल्लीस्थित उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्यको जग्गा छ । ........... त्यतिवेलै ६६ जिल्लामा आफ्नै भवन बनिसकेको थियो, भवनले चर्चिएको जग्गासहित चलन–चल्तीको हिसाब गर्दा तीन अर्ब ६३ करोड मूल्यबराबरको सम्पत्ति थियो,’ आचार्यले नयाँ पत्रिकासँग भने, ‘पार्टीसम्बद्ध प्रतिष्ठानबाहेक त्यतिवेलाको चलनचल्तीको मूल्यमा हिसाब गरिएकाले ६ वर्षको अन्तरालमा पक्कै पनि सम्पत्तिको मूल्य धेरै बढेको हुनुपर्छ ।’ ............... अहिले एमालेको भौतिक सम्पत्ति मात्रै कम्तीमा पाँच अर्बमाथि पुगेको छ भन्ने अनुमान लगाउन सकिन्छ । पछिल्लो ६ वर्षमा एमालेले अरू सम्पत्ति पनि जोडेको छ । ............ पार्टी एकताताका एमालेको खातामा चार करोडभन्दा माथि पैसा रहे पनि एकता भंग भएर एमालेसमेत पुनर्गठित भएपछि एमालेले बैंकमा रहेको अन्तिम मौज्दात निकालिसकेको छैन ।

पार्टीको नियमित खर्च लेबीबाट चल्दै आएको छ ।

......... एमालेले तत्कालीन पार्टी प्रमुख रहेका माधव नेपाल र झलनाथ खनालको नेतृत्वकालमा अदृश्य रूपमा सम्पत्ति राखेको हुन सक्ने आशंका गर्दै खोजबिनसमेत गर्ने भएको छ । ‘एमालेको सम्पत्ति कहीँ–कतै हिजो पार्टी प्रमुख हुँदा कसैले अदृश्य रूपमा राखेको छ कि भनेर खोजी गर्ने कुरा भएको छ । एमालेको सम्पत्ति बुझबुझारथ गर्नैपर्छ,’ कार्यालय सचिव तामाङले भने, ‘सम्पत्ति अनसिन छ भन्ने अहिले अनुमान छैन, पार्टी पारदर्शी नै छ । तर, यदि एमालेका देशैभरिका सम्पत्तिको लेखाजोखा, अद्यावधिक र कसैको जिम्मामा छ भने आर्थिक विभागको बैठकबाट खोजी गर्ने निर्णय भएको छ ।’ पछिल्लो समय ०५० देखि ०६५ सम्म नेपाल महासचिव र ०६५ देखि ०७१ सम्म खनाल अध्यक्ष थिए ।




देशको राष्ट्रिय राजनीति तातिरहेकै बेला सीके राउत पनि उत्रिए एक्सनमा



भिरैभिरको बाटो देखेर अत्तालिएका प्रचण्ड यो छिद्र प्रयोग गरेर भविष्य चम्काउने रणनीतिमा ! केपी ओलीलाई संविधानको अतिक्रमण गरेको आरोप लगाइरहेका सत्तारूढ दलभित्र अहिले आश्चर्यजनक ढंगले प्रतिनिधि सभाको आयु एक वर्ष लम्ब्याउने एजेन्डाले प्रवेश पाइरहेको स्रोत बताउछ । ...... संविधानको धारा ८५ ९१० मा संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष रहने उल्लेख भए पनि धारा २ मा १ वर्ष थप गर्न सकिने व्यवस्था छ । तर त्यसका लागि मुलुकमा संकटकालीन अवस्थाको घोषणा वा आदेश लागू भएको हुनुपर्छ । ........ संविधानको यही क्षीद्र प्रयोग गरेर अहिले प्रतिनिधि सभाको कार्यकाल एक वर्ष थप गर्नेगरी सत्ता साझेदार दलबीच छलफल अघि बढाइएकोमा सबैजसो दलले सहमति जनाएको बताइन्छ । सत्ताधारी दलबीच यस्तो सहमति बने पनि जबरजस्त संकटकालीन अवस्था घोषणा गर्न परिस्थितिजन्य अवस्थाले साथ दिने अवस्था भने निकै कम छ । किनभने, अबको एक वर्षमा मुलुकले स्वभाविक रूपमा संकटकालीन अवस्था घोषणा गर्नुपर्ने परिस्थिति निर्माण हुन देखिँदैन । ...... संविधानको क्षीद्रमा पसेर १ वर्ष प्रतिनिधिसभाको म्याद थप गर्दा न्यूनतम कार्यकाल नै २६ महिना हुने भएकाले उनी उत्साहित छन् ....... तर अहिले देउवाको स्वार्थ र चाहनाविपरीत अर्कै पात्रलाई प्रधानमन्त्री बनाउने विषय पनि उठेको छ ।प्रतिनिधिसभा जोगिनुमा माधवकुमार नेपालको निर्णायक भूमिका रहेको र एमालेबाट अलग हुनुपर्ने परिस्थितिसमेत बनेकाले प्रचण्डले उनीप्रति सहानुभूति देखाएका छन् । ....... माधवकुमार नेपाल नेतृत्वको दल यही स्वरूपमा रहने सम्भावना कम छ । यसका नेताहरूले सार्वजनिक रूपमै माओवादी केन्द्रलगायतसँग शीघ्र एकता हुने बताइसकेका छन् । ...... प्रतिनिधि सभाको अवधि बढेमा संगठन विस्तारका लागि पर्याप्त समय मिल्ने माधव पक्षको दाउ छ । संगठन ध्वस्त रहेकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि संविधानको उक्त क्षीद्र प्रयोग गरेर सके माधव नेपालसँग एकता गर्ने नभए संगठनलाई मजबुत पारेर निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।

एमाले एकताको पक्षमा खम्बाझैँ उभिएका योगेशले खोले माधव नेपालको अर्को पोल, जादाजादैं यतिसम्म गरेका रहेछन् !
एमसीसी पास गराएरै छाड्ने संकल्पका साथ मैदानमै उत्रियो अमेरिका, सिंगो नेपाल तंरगित ! मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) को संसदीय अनुमोदनमा सहमति नजुटिरहेको बेला उक्त पूर्वाधार परियोजनाकी उपाध्यक्ष फतिमा सुमार आगामी साता काठमाडौं आउने भएकी छिन् । एमसीसी नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टका अनुसार सुमार एमसीसीको पछिल्लो अवस्थाको अध्ययन गर्न नेपाल आउन लागेकी हुन् । ..... नेपालले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौता अन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन र सडक मर्मतका लागि ५०० मिलियन डलर (करिब ६० अर्ब रुपैयाँ) प्राप्त गर्नेछ ।



प्रचण्ड र माधव नेपालले हैरान पारेपछि प्रधानमन्त्री जुटे भयङ्कर ठूलो तयारीमा, अब के गर्लान् प्रचण्ड–माधवहरु ? पाँच दलीय गठबन्धनले हैरानी दिन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा भयङ्कर तयारीमा जुटेका छन् । प्रम देउवाले पनि संसद विघठन गरेर नयाँ निर्वाचन तिरै देशलाई लैजाने भित्री कसरत गर्न थालेका हुन् । ...... पाँच दलीय गठबन्धन बाट बनेको सरकार बाट देउवा वाक्क बन्दै गएको स्रोतको दावी छ । सरकार बनेको दुई महिना हुन लागी सक्दा पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेर चेपुवामा परेका देउवाले बरु संसद विघठन गरेरै चुनावमा जानु उपयुक्त हुने निष्कर्ष निकाल्न थालेका छन् ...... देउवाले मङ्गलबार आफ्ना विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सन्देशसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाए । कार्कीले देउवाको महत्वपूर्ण सन्देशहरु ओलीलाई सुनाएको बुझिएको छ । ...... राष्ट्रिय सहमतिको सरकारसहित अर्ली इलेक्शनको सम्भावनाबारे कार्कीले ओलीसँग छलफल गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले आउँदो वैशाखमा चुनाव गर्नसकिने सम्भावनाबारे ओलीसँग छलफलका लागि कार्कीलाई पठाएका हुन् ।त्यसका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनको चाहना पनि सुनाएका छन् ।

प्रचण्ड भन्दा एक कदम अघि बढेर मोदीविरुद्ध नारायणकाजी उत्रिए मैदानमै, एकाएक बढ्यो जनसम्मान !



रामकुमारी झाक्रीलाई मन्त्री भन्दा ठूलो पद दिने तयारी ! नेतृ झाक्री शिक्षा मन्त्री बन्न लागेको कुरा बाहिरिए पनि उनलाई त्यो भन्दा ठूलो अफर आएको छ । ...... संघीय संसदको प्रतिनिधि सभामा उपसभामुख रिक्त रहेको २० महिना पुग्न लागेको छ ।

अमेरिकामा फेरि फैलियो कोरोना : बालबालिका बढी संक्रमित दुई महिनादेखि १२ वर्ष उमेरसम्मका बालबालिका कोरोनाबाट थलिएका छन्, एक साताभित्र ३४ राज्यका एक लाख ८० हजार बालबालिका संक्रमित भएका छन् ...... यसपटक कोरोनाको असर स–साना बालबालिकामाथि परेको छ ।अमेरिकाका ३४ राज्यका अधिकांश बालबालिका कोरोना संक्रमित भएको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । यी राज्यहरूमा कोरोनाका कारण गम्भीर रूपमा बिरामी भएका बालबालिका पहिलोपटक अस्पताल भर्ना भएका छन् । ....... दुई महिनादेखि १२ वर्ष उमेरसम्मका बालबालिका कोरोनाबाट थलिएका छन् । यो एक साताभित्र ३४ राज्यका एक लाख ८० हजार बालबालिका संक्रमित भएको मिडियाहरूले जनाएका छन् । जसमध्ये ६ हजार एक सयको अवस्था चिन्ताजनक छ । सबैजसो राज्यका चिकित्सकहरूले एक सातादेखि बिदामा नबसी उपचार गरिरहेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन हस्पिटल एसोसिएसनले जनाएका छन् । ..... क्यालिफोर्निया र न्युयोर्कजस्ता ठूला सहरमा पनि बच्चाको केस बढिरहेको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण चार सय बालबालिकाको निधन भएको एसोसिएसनले जनाएको छ ।

शाहरुखले लिए बलिउडमा हालसम्मकै धेरै पारिश्रमिक अमेरिकास्थित प्यारोट एनालाइटिक्सले यो वर्षको जुलाई २० देखि अगस्ट १८ सम्म गरेको अध्ययनले उनलाई विश्वमै धेरै डिमान्डका कलाकारका रूपमा देखाएको हो। ..... खानले ‘पठान’ चलचित्रका लागि १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्। ..... उनीपछि महँगा मानिएका सलमान खानले एउटा चलचित्रका लागि ६०–७० करोड, आमिर खानले ५०–६० करोड र अक्षय कुमारले ५० करोड पारिश्रमिक लिने गरेका छन्।

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन नयाँ रुटको सर्भे सुरु, लागत एक अर्ब घट्ने पाँच हजार मेगावाट क्षमता वहन गर्न सक्ने प्रसारण लाइन १० अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य, दूरी पनि पाँच किलोमिटर घट्ने ..... अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल–चीनबीच तीन हजार मेगावाट विद्युत् आदान–प्रदान गर्न सकिने भएको छ । प्रसारण लाइनमा पाँच हजार मेगावाट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ । ६ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । डेढ वर्ष बितिसकेको छ । यो गेम चेन्जर आयोजना हो । ....... प्रसारण लाइन निर्माण भएपछि नेपालमा उत्पादन भएको विद्युत् चीनले खरिद गर्नेछ । प्रसारण लाइन निर्माण भएमा नेपालले बंगलादेशलाई समेत विद्युत् बेच्न सक्नेछ ।



महामारीपछिको मानसिक स्वास्थ्य : विश्वभर २१.३ प्रतिशतले बढ्यो मानसिक समस्या काठमाडौं उपत्यकामै १४ प्रतिशतले वृद्धि ........ कम आय भएका देशहरूमा सिभियर मेन्टल डिसअर्डर खेपिरहेका ७६ देखि ८५ प्रतिशत उपचारबाट वञ्चित : विश्व स्वास्थ्य संगठन ....... नेपालमा महामारीपछि मानसिक समस्याबारे बृहत् अध्ययन नभए पनि स्वास्थ्य समस्या लिएर अस्पताल आउने प्रत्येक १० जनामध्ये एकजनाले कुनै न कुनै मानसिक समस्या भोगिरहेको चिकित्सकहरूको अनुमान

No comments: