Friday, September 24, 2021

देउबा लाई प्रचंड सँग छाडेर विमल गगन ले नया पार्टी किन नबनाउने?

देउबा एमसीसी को पक्षधर। प्रचंड विरोधी। तर सरकार को निर्णय हुन्छ के? एमसीसी पास गर्नु पर को कुरा, संसद मा पेश पनि हुँदैन। प्रचंड लाई सरकार मा त्यसरी भिटो पावर दिने देउबा कांग्रेसी होलान, रुख छाप पनि होलान, तर लोकतंत्रवादी होइनन। यो संसदीय अंकगणित को बाध्यता होइन। प्रचंड ले चाहेर पनि देउबा लाई प्रधान मंत्री पद बाट हटाउन सक्दैनन। नेपाल को संविधान ले त्यही भन्छ। यो त देउबा ले मानसिक दासता प्रदर्शन गरेको। तीन तीन महिना मंत्री मंडल विस्तार हुन नदिएको प्रचंड ले हो। देउबा लाई असफल प्रमाणित गरेर कांग्रेस लाई चुनाव मा लोप्पा खुवाउने दाउ हो। कांग्रेस ले आफुसँग चुनावी गठबंधन गर्दैन त्यति थाहा नभएको मान्छे होइन प्रचंड। 

देउबा लाई महाधिवेशन मा परास्त गर्ने बाटो ले कांग्रेस को वैधानिकता मात्र समाप्त गर्छ। कांग्रेस भनेको रुख होइन। रुख प्रति को मोहभंग गर्नुपर्छ। पार्टी फोड्नुपर्छ। नया पार्टी मा अध्यक्ष सहअध्यक्ष बरु विमल र प्रकाश, संस्थापक महामंत्री गगन। मलाई लाग्छ त्यसो गर्दा देउबा सँग २०% पनि सांसद बाँकी नरहला। बरु नया पार्टी को प्रथम महाधिवेशन छ महिना भित्र गरिहाल्ने। नया पार्टी मा क्रियाशील सदस्य भन्ने नराख्ने। सबै सदस्य बराबर। 

प्रचंड को पुच्छर बनेको देउबा ले नेपाली कांग्रेस लाई सय हंडर खुवाउँछ। चेतना भया। 

नाम समाजवादी कांग्रेस। झंडा हरियो। चुनाव चिन्ह आँप। आँप छाप। 





No comments: