Tuesday, September 21, 2021

News: September 21

ए.समाजवादी जव डढेलोको रुप लिन्छ अनि ठुलो रुख भनिने एमाले नउठने गरि ढल्छ : झाँक्री
संविधान संसोधन हुनैपर्छ भन्नेमा अझै प्रतिबद्व छु : प्रचण्ड प्रचण्डले आफूहरु एमसीसीविरुद्ध नरहेको पनि बताए । एमसीसी परिमार्जन सहित सर्वदलीय संयन्त्रबाट पास गर्नुपर्नेमा उनले जोड दिएका छन् । अर्को प्रसंगमा उनले जनता समाजवादी पार्टी र नकपा एकीकृत समाजवादी पार्टीका कारणले मन्त्री परिषद विस्तार नअड्किएको बताउँदै असोज ४÷५ गतेभित्र सरकारले पूर्णता पाउने दाबी पनि गरेका छन् । ....... प्रचण्डले मधेसी, आदिवासी तथा जनजाति एवं थारुको मागको सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने पक्षमा आफू सुरुदेखि नै रहेको र अहिले पनि संशोधनको पक्षमा अडिग रहेको बताए ।



माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : दाहाल जनताले एमसीसी नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको र यसलाई पुनःपरिभाषित गर्नुपर्ने पक्षमा माओवादी रहेको उनले उल्लेख गरे ।

छिट्‍टै बागमती र प्रदेश १ मा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्‍छ : माधव नेपाल उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा‍ कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरू अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गरे ।

महाकालीमा नेपालले गुमाएको त्यो अवसर संसदको दुई तिहाई बहमुतबाट महाकाली सन्धि पारित भएपछि पूर्वप्रधानमन्त्री कृृष्णप्रसाद भट्टराईले साप्ताहिक विमर्शको एक अन्तर्वार्तामा भनेका थिए, ‘महाकाली सन्धि दुई तिहाईले पारित भएकोमा म जति खुसी शायद अरु कोही छैन होला, तर तपाईं लेखेर राख्नोस् यो सन्धि कार्यान्वयन हुँदैन, भइहालेछ भने पनि तपाईं–हामीले आफ्नो जीवनमा देख्न पाउने छैनौं ।’ .......

नेपाली कांग्रेसका केही सांसद महाकाली सन्धिको विपक्षमा थिए । प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले कांग्रेसका ती ‘असन्तुष्ट सांसद’ लाई विश्वस्त तुल्याउन केपी ओलीलाई लगाएका थिए ।

ओलीले कांग्रेस संसदीय दलको बैठकमै गएर भनेका थिए, ‘महाकाली सन्धि पारित भएमा नेपाललाई वर्षको १ खर्ब २० अर्ब रुपैयाँ प्राप्त हुन्छ ।’ विपक्षीको दलमा गएर यसरी ‘विश्वस्त’ तुल्याउने चेष्टा गरिएको त्यो पहिलो घटना थियो । महाकाली सन्धि गराउन प्रमुख भूमिका निर्वाह गरेका ओली ४४ वर्षका थिए, त्यतिबेला । ....... तर केपी ओलीले सन्धि जसरी पनि पारित हुने र असन्तुष्टहरुले विरोध गर्दैमा महाकाली सन्धि नरोकिने भन्दै सार्वजनिक रुपमै भाषण गरे, ‘फट्यांग्राले लात्ता हान्दैमा हात्ती ढल्दैन ।’ ....... तत्कालीन जलस्रोत मन्त्री पशुपति शमशेर जबराले अब पश्चिमबाट सूर्य उदाउँछ भने ।

तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले पञ्चेश्वरको बिजुली स्याटलाइटबाट तेस्रो मुलुकलाई निर्यात गर्न सकिन्छ भने ।

त्यतिबेलाका पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर पश्चिम मात्रै होइन, मुलुककै कायापलट हुन्छ भने । ......... देउवाले भनेका थिए, ‘महाकाली सन्धिमा पहिलोपटक पानीमा नेपालको हक कायम भएको छ । महाकाली एउटा सीमा नदी हो । त्यसकारण तल्लो तटीय फाइदा, जो भारतले पाउँछ, त्यसबाट पानीमा नेपालको हक पहिलोपटक स्थापित भएको छ’ ............

२५ वर्षसम्म पनि महाकाली सन्धि एउटा पाइलो पनि हिंडेन । पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ६ महिनाभित्र बनाउने भनियो, तर भएन ।

........ नेपाल र भारतका विभिन्न मामिलामा नेपालको हात सम्भवतः पहिलोपटक माथि परेको थियो । नेपालले भारतसित मागेको कुरा पाउने अवस्था थियो । किनभने भारतले नेपालको अनुमतिबिनै टनकपुरमा नेपाली भूभाग मिचेर पूर्वी एफलक्स बण्ड (बाँध) बनाएको थियो । भारतलाई कति आत्तुरी परेको थियो भने त्यो बाँध नबनाए उसको सम्पूर्ण संरचना (नहर, ब्यारेज र बिजुली) बेकार हुने थिए । जबर्जस्ती बनाए पनि एउटा ठूलो छिमेकीले सानो राष्ट्रको आत्मसम्मान र सार्वभौमसत्तामाथि प्रहार गरेको अन्तर्राष्ट्रिय सन्देश प्रवाहित भइरहेको थियो । ......... उत्तर प्रदेशको सिंचाइको एकमात्र विकल्प नै महाकाली हो । उत्तर प्रदेश आफैमा अर्धमरुभूमि क्षेत्र हो, जहाँ बिहारमा जस्तो पानी पर्दैन । भूमिगत पानी पनि निकै कम छ । ........ पञ्चायतको करिब अन्तिम दशकमा नेपाललाई सोध्दै नसोधी टनकपुरमा ब्यारेज बनाउन भारत उद्यत रह्यो । भारतीय पक्षले नेपाललाई टनकपुरले कुनै हालतमा असर पुर्‍याउँदैन भन्न थाल्यो । त्यति मात्र होइन, भारतले उसकै भूमिमा बनाएको र नेपालको कुनै चासो नभएको समेत बतायो । यो टनकपुर परियोजना सन् १९८८ मा पूरा भयो । .......... विद्युत् उत्पादन गरेर त्यसको टेलरेसबाट निस्केको सबै पानी शारदा नहरमा खसाउने गरी र पानी डाइभर्ट गर्ने संरचना (वेयर) महाकालीको वारपार बनायो । तर यहाँनेर प्राविधिकहरु फेल खाए । महाकाली त त्यो बाँधमाथि बग्न थाल्यो । जसले नेपालको ३३ एकड जमिन बगायो (ज्ञवाली, दीक्षित १९९१) । अर्थात् महाकालीको पानी एकलौटी लैजाने भारतीय नियत सफल भएन । अब भने भारतलाई नेपालको सहमति÷अनुमति नलिई सुखै नहुने स्थिति आयो । ....... भनिन्छ, पञ्चायत ढाल्न भारतले सहयोग गर्नुको पछाडि चीनबाट हतियार खरिद प्रकरणपछि टनकपुर पनि हो । ......... सन् १९९० को जनआन्दोलनपछि अन्तरिम प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईलाई भारतीय प्रधानमन्त्री चन्द्रशेखरले सन् १९९१ मे १७ मा उक्त एफलक्स बण्ड बनाउन पत्र लेखेर अनुमति मागे । अझ भट्टराईको भारत भ्रमणमा पनि यो विषय उठ्यो । भट्टराईले आफू संविधान बनाउन र निर्वाचन गराउने कार्यादेश मात्र पाएको सरकार प्रमुख भएकाले निर्वाचित सरकारले यस विषय सल्टाउने सुझाए । स्वदेश फिर्तीका क्रममा भट्टराईलाई चन्द्रशेखरले अँगालो हाले । अनि भट्टराईको खल्तीमा एउटा खाम पनि । भट्टराईले खोलेर हेर्न खोजे, चन्द्रशेखरले ‘बाद मे’ (पछि) भने । लेखिएको थियो-टनकपुरमा नेपालको सहमति । .......... भट्टराईले कूटनीतिक रुपमै टनकपुर अस्वीकृत गरेका थिए । ...........

कोइरालाले भारतले भनेको सर्लक्क मानिदिए ।

......... सुरुमा नेपाली कांगे्रसलाई सिध्याउन एमालेले हतियारको रुपमा टनकपुरलाई उचाल्यो । ...... सीता सुरक्षित थिइन् । तर रावणका अनेक प्रपञ्चले गर्दा लक्ष्मण रेखा नाघ्न पुगिन् र हरणमा परिन् । भारतसित हुने सबै ‘डिल’ हरुमा सीताको यो सन्दर्भ नजानिंदो तवरले लागू हुन्छ । टनकपुर प्रकरणमा नेपालले हस्ताक्षर नगरेको भए नेपालको हात सधैं माथि नै रहिरहन्थ्यो । त्यो एउटा सुनौलो अवसर पनि थियो नेपालका लागि । कालापानी प्रकरण सुल्झाउन सकिन्थ्यो (चुच्चे नक्सा निकाल्दैमा भूभाग त आएको छैन) । दुवै पक्षको जित (वीन–वीन) हुने अवस्था थियो । भारतलाई अन्तर्राष्ट्रिय वैधता दिलाउनु थियो । नेपालको उच्च जमिन बिना उसको टनकपुर ब्यारेजको पानी बेकार थियो । नेपालको अनुमति नलिनु पनि त्यतिकै घातक । त्यही भएर उसले नेपालका अधिकांश नेताहरुलाई आफ्नो पक्षमा पार्न सफल भयो । त्यतिबेला एमालेले उठाएका राष्ट्रवादी विषय (कालापानी प्रकरणदेखि समुद्रसम्मको पहुँच) लागू गरे मात्र महाकाली सन्धि अनुमोदन गरिदिने अडान लिइदिएको भए आज भारतले महाकालीको ९६ प्रतिशत पानी एकलौटी पार्दैनथ्यो । ........ सन् १८१६ मा भएको सुगौली सन्धिले पश्चिम नेपालको सिमाना महाकालीलाई कायम गरिदियो । महाकाली सन्धिले अधिकांश भागलाई सीमा मान्यो, सिंगो महाकालीलाई होइन । साझा नदी भनिए पनि पानी आधा चन्द्रशमशेरको पालामा पनि भएन र महाकाली सन्धिमा पनि । महाकालीमा नेपालले गुमाएको भनेको पानीमाथिको हक हो । यसरी नेपालका प्रमुख तीन नदी कोसी, गण्डक र महाकाली आफ्नो कब्जामा पा¥यो । कोसीमा धेरै नेपालको भूभाग भारतको लागि उपयोग भए । गण्डकमा पनि नेपाली भूभाग डुबानमै पार्ने, नेपाली भूभागमै पश्चिमी नहर बनाउने तर पानी नपाउने अवस्था छ भने महाकालीमा पनि भारतले पानी एकलौटी लग्यो ।

त्यो लैजान दिन अरु कोही होइन, अहिले सत्ता चलाउने र विपक्षमा बस्नेहरू ।





संविधान दिवस: दमननाथ ढुंगानालाई तीन प्रश्न संविधान संशोधनको विकल्प छैन राजनीतिक दलहरूले संविधानलाई केवल सत्ताको भर्‍याङ बनाएको र संविधान कार्यान्वयनप्रति प्रतिवद्ध र इमानदार नदेखिएको बताउँछन् । संविधानलाई जीवन्त र दीगो बनाउन कार्यान्वयनको यो अवधिको अनुभवका आधारमा यसमा समसामयिक संशोधन आवश्यक रहेको उनको भनाई छ ..........

संविधान निर्माण गर्न संविधान सभाले सात–आठ वर्ष लगायो । संविधान जारी भएको पनि अहिले छ बर्ष पूरा हृंदैछ ।

........ ठूला संघर्ष र बलिदानका प्रतीक हाम्रा दलहरू आफैंले ल्याएको परिवर्तनप्रति प्रतिवद्ध/ इमान्दार देखिइरहेका छैनन् ।

अव पनि हाम्रा दलहरू स्वार्थ र संकीर्णताको दलदलबाट निस्कन सक्दैनन् भने हामी डुब्दैछौं भन्ठाने भयो । देशमैं उज्वल भविष्यको आशा गर्ने तन्नेरीहरूले सबभन्दा राम्ररी बुझ्नुपर्ने र कम्मर कस्नुपर्ने मुख्य विषय यही हो ।

समस्या झागिंदैछन्, समाधान साँघुरिदैंछन् । घाउ बल्झाउने होइन, लोकतान्त्रिक प्रकृया बाटै समस्या सुल्झाउने नेतृत्व आज देशलाइ चाहिएको छ ।


No comments: