Thursday, September 09, 2021

MCC बहस: विभिन्न कोण

राणा र अशिक्षा, कम्युनिष्ट र ग़रीबी 

प्रथम पक्ष मैले यो देखिरहेको छु। एमसीसी ले बनाउन लागेको विद्युत प्रसारण लाइन यति सारहो आवश्यक छ कि अमेरिकी अनुदान नलिने भए विश्व बैंक बाट लोन लिएर पनि तुरन्त बनाइहाल्नुपर्छ। निस्किन लागेको विद्युत कतै सप्लाई गर्ने बाटो त हुनुपर्यो। एमसीसी को विरोध गर्ने हरु ले सोझै नेपाल का गरीब जनता को घाँटी थिचे जस्तो मैले मानिरहेको छु। 

गरीब देश लाई धनी हुन बाट रोक्ने प्रथम कुरा नै उर्जा हो। अशिक्षा होइन, पुँजी को अभाव होइन। ती पनि हुन तर प्रथम होइनन। 

तीन रुपैया र तीन वर्ष मा बन्ने मेलम्ची ३० रुपैया र ३० वर्ष लगाएर बनाउने 

एमसीसी को विरोध भएको होइन कि मह को भाँडो खोइ मलाई देउ अनि तिमी छुमंतर गायब भैजाउ, यो काम पाँच वर्ष मा सम्पन्न गर भनेर तिमीले भनेर हुन्छ? हामीले काठमांडु मा बंगला बनाउनु परेन? त्यो चोर पापी सोंच हो। 

भारत विरोध, अमेरिका विरोध 

भारत विरोध लाई नै राष्ट्रियता भन्ने गरेका हरु ले अब अमेरिका विरोध लाई नेपाल को राष्ट्रियता भन्न थाले। ती एक एक लाई चुनाव को समय मा लु खा नेपाली माटो भन्दै चुनाव को समय मा धुल चटाउनु पर्छ। 

चीन, अमेरिका 

चीन र अमेरिका बीच आमने सामने को प्रतिस्प्रधा छ। त्यति त हामी पनि देखिराखेका छौं। ब्राज़ील र जर्मनी विश्व कप फाइनल मा उत्रिए जस्तो हो। प्रतिस्प्रधा हो दुश्मनी होइन, गर्न देउ। (हुन त तिम्रो अनुमति माँगेको मैले देखिरहेको छैन।) तिमी चीन नजिक को मान्छे हो भने जाउ चीन बाट ६०० मिलियन डॉलर अथवा ९०० मिलियन डॉलर को अनुदान लिएर आउ। ल्हासा त के बेइजिंग सम्म नै अर्को प्रसारण लाइन लगे हाथ बनाइदि हालम। एमसीसी फर्केर गए चीन ले टेरदैन। एमसीसी छ र तिम्रो अलि अलि भाउ छ चिनिया राजदुत को मा। एमसीसी को गुणगान गाउ। 





 

No comments: