Tuesday, September 28, 2021

News: September 28

समाजवादी र जसपाले क–कसलाई बनाउँदैछन् मन्त्री ? एकीकृत समाजवादी विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने ....... जसपाले नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

मन्त्री बन्ने रहर छैन, म सरकारमा जान्नँ : उपेन्द्र यादव ‘म पार्टी संगठनकै काममा लाग्छु, पार्टीलाई व्यवस्थित बनाउनका लागि गर्नुपर्ने कामहरु धेरै छन् ।’ ...... २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवाबाहेक २४ मन्त्रालयमा ४ दललाई समानरुपमा सहभागी गराउनुपर्ने जसपाको अडान रहेको यादवको भनाइ छ । ...... बराबरीका आधारमा भागवण्डा गर्दा माधव नेपाल र उपेन्द्र यादवको पार्टीबाट भने ६/६ जना मन्त्री हुन पाउँछन् । तथापि अहिलेसम्म गठबन्धन दलहरुले कतिवटा र कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागिसकेको छैन ।



एमालेलाई ‘एककोषीय’ बनाउने प्रयास पार्टीभित्रको दुई लाइन संघर्षलाई ‘किचकिच’ को संज्ञा ....... एमालेलाई कस्तो बनाउने भन्ने नीति तय गर्न असोज १५–१७ ललितपुरको गोदावरीमा तीन हजार बढी एमालेजन भेला हुँदैछन् । ....... तीनवटा दस्तावेजमाथि छलफल गर्ने एमालेको तयारी छ । पहिलो– अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ६९ पृष्ठको राजनीतिक प्रतिवेदन । दोस्रो– महासचिव ईश्वर पोखरेलले तयार पारेको ५३ पृष्ठ लामो संगठनात्मक प्रस्ताव र तेस्रो– विष्णु पौडेलले तयार पारेको ४७ पृष्ठको विधान संशोधन प्रस्ताव । ....... तीन नेताले तयार पारेका दस्तावेजमाथि स्थायी कमिटीमा पटक–पटक छलफल भइसकेको छ । त्यसपछि केन्द्रीय कमिटीको बैठकमा तीन दिनसम्म ‘ग्रुप डिस्कसन’ भएको छ । ...... पार्टीभित्रको अन्तरविरोध र बहसलाई ओलीले ‘किचकिच’को संज्ञा दिने गरेका छन् । ‘किचकिच गर्नेहरु’ ले छाडेपछि नेकपा एमाले झन् बलियो बनेको र नयाँ पालुवा हालेको विश्लेषण ओलीले ०७७ पुसदेखि अहिलेसम्म निरन्तर गरिरहेका छन् । पार्टी फुटेकोमा ग्लानि र आत्मालोचना हैन, विजय भाव देखिन्छ । ....... बहुमतको सरकार ढलेर एमाले सडकमा आइपुगेको स्थिति छ । प्रदेशमा पनि एमालेका सरकारहरु ढलिरहेका छन् । नेकपा फुटेको छ र त्यसपछि एमाले पनि चोइटिएको छ । दुई चोटि गरिएको संसद विघटन बहादुरी हो कि गल्ती हो भनेर छुट्याउनुपर्ने स्थिति छ । सर्वोच्च अदालतको भण्डाफोर गर्ने कि सम्मान गर्ने भन्ने प्रश्न छ । संसदमा भइरहेको अवरोध ठीक कि बेठीक भन्ने प्रश्न पनि एमालेसामु खडा भएको छ । .... नवौं महाधिवेशनयताका सबै समस्या ‘माधव समूह’ को टाउकोमा थोपरेर दस्तावेजमा ओलीलाई एकमात्र ‘सत्यवादी हरिश्चन्द्र’ देखाउन खोजिएको आरोप छ । ....... विधान महाधिवेशनमा एकातिर ‘पूर्वमाओवादी’ र अर्कोतर्फ ‘नवौं महाधिवेशनको अल्पमत पक्ष’ ले बेग्लाबेग्लै ‘विचार समूह’ ब्यूँताउने संकेत देखिएको छ । ओली समूहभित्रै पनि गोकुल बास्कोटा र महेश बस्नेतहरुबीच अन्तरविरोध छँदैछ । अन्ततः

एमाले उही पुरानै ‘अन्तरविरोधपूर्ण’ अवस्थामा रुमल्लिने लक्षण देखिएको छ ।

...... हुन त आठौं महाधिवेशनमा एमालेलाई लोकतान्त्रीकरण गर्ने भन्दै बहुपदीय प्रणालीमा लैजाने प्रस्ताव ओलीले नै अघि सारेका हुन् । जब ओली पार्टीको सत्तामा आए, उनले बहुपदीय प्रणालीप्रति अरुचि देखाए । सरकार सञ्चालन र संसदलाई हेर्ने मामिलामा पनि ओलीमा बहुलवादप्रति अरुचि देखिएको छ । ........ महासचिव पोखरेलले आफ्नो प्रस्तावमा बहुपदले बहुकेन्द्र जन्माएको र पार्टीजीवनको लोकतान्त्रीकरणको क्रममा अराजकता र गुटबन्दी बढेको निश्कर्ष निकालेका छन् । ओलीको प्रतिवेदनले पनि पार्टीभित्रको जनवाद र लोकतान्त्रीकरणलाई भन्दा ‘अनुशासन’ मा बढी जोड दिएको छ । .........

ओलीको ‘फिलोसोफी’ नै यस्तो देखिन्छ कि उनी ‘किचकिच’ विनाको पार्टी चाहन्छन् । ‘किचकिच’ बिनाको संसद चाहन्छन् । उनी एमालेलाई बहुलवादी होइन, एककोषीय बनाउन चाहन्छन् ।

........ एमाले र केपी ओलीलाई पर्यायका रुपमा हेर्नुहुँदैन भन्ने उनीहरुको जिकिर छ । तर, एमालेको विधान अधिवेशनमा पेश गर्ने दस्तावेजहरु र संगठनको संरचना हेर्दा एमाले र केपी ओली एकअर्काका पर्याय देखिन्छन् । ....... पछिल्लो समय ओलीले दोहोर्याएर पार्टी अध्यक्ष नबन्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीमा पनि युवालाई ठाउँ दिनुपर्छ भनेका थिए । तर, आगामी दशौं महाधिवेशनमा सहजरुपमा नेतृत्व हस्तान्तरण गर्नुको साटो ओली पुनः पार्टी अध्यक्ष बन्न इच्छुक देखिएका छन् ।


सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति, कुन दललाई कति मन्त्रालय ?
‘देश देशावरलाई’ ‘बेस्ट सेलर बुक अवार्ड’ सन् २०१७ मा स्थापित भएको किताब यात्रा नेपालको सबैभन्दा ठूलो अन लाइन बुक स्टोर भएको बताइएको छ । ........ चितवन जिल्लाको पदमपुरमा जन्मिएर मस्कोबाट इन्जिनियरिङ गरेका लामिछानेले जर्मनीलाई कर्म थलो बनाउँदै आएका छन् । उनी गैरआवासीय नेपाली सङ्घका संस्थापक सदस्य तथा पूर्व अध्यक्षसमेत समेत हुन् ।

No comments: