Pages

Thursday, September 02, 2021

जपा, जसपा, लोसपा, नेसपा, नेका: पहाड़ पसनै पर्ने बाध्यता



२२ गते पछि मात्र मन्त्री परिषद विस्तार हुन्छ : उपेन्द्र यादव (भिडियो) मन्त्रालयलाई लिएर माधव नेपालसंग बिबाद भएको सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नमा पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मन्त्रालय भागबण्डामा कुनै बिबाद नरहेको बताए । प्रदेश २ मा २२ गते सम्म सांसदहरुले पार्टी रोज्न पाउने भएको र पार्टी फुटन सक्ने डरले त्यसपछि मन्त्री परिषद विस्तार गर्ने सोच्नु भएको हो ? भन्ने प्रश्नमा उनले तत्काल फुरसतको कमी रहेकाले २२ गते नै गरौं भन्नेमा सवै सहमत भएको खुलाए । ........ उनले लोसपाका महन्थ ठाकुर सहितका नेताहरुलाई बिचारा भन्दै उनीहरुसंग जसपाको तुलना नगर्न आग्रह गरेका छन् ।



लोसपा तर्फ आज ११ सांसदको सनाखत, वाँकी २१ सम्म गराउने तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । पछि जसपा भएपछि ५४ र एक स्वतन्त्र जसपामा लागेपछि ५५ सांसद सहित जसपाको सरकार थियो ।

लोसपाको शक्ति अरु कसैले भनेर हुदैन, जनताले भन्ने हो : ठाकुर ठाकुरले हाम्रो बारेमा कसैले बिश्लेषण गरेर हुँदैन आफुहरु जसपा भन्दा स्ट्रोङ्ग रहेको बताए । ...... तत्कालिन राजपा नेपालबाट निर्वाचित अधिकांश जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जसपामै रहेको समयमा लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी र राजेन्द्र महतोको जनकपुरधाम आगमनलाई महत्वका साथ हेरिएको छ । जसपा विभाजन पश्चात नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गरिरहेको अवस्थामा लोसपाका केन्द्रिय नेताहरू जनकपुरधाम आएका हुन् ।



हृदयेश त्रिपाठी समूहले तत्काल नयाँ पार्टी खोल्दै




जपा, जसपा, लोसपा, नेसपा, नेका: पहाड़ पसनै पर्ने बाध्यता

यदि राष्ट्रिय पार्टी बन्न का लागि पहाड़ पसनै पर्ने हो भने नेका त पहाड़ मा छ नै। तर निधि नेका सभापति बनिसकेका छैनन। प्रत्येक पार्टी फुटेको बेला कहिले एक नहुने पार्टी कांग्रेस ले बाजी मार्छ कि भन्ने छ कांग्रेसी हरु लाई। माधव नेपाल अपमान को कुरा गर्छन। कांग्रेसी हरु लाई अचम्म लाग्छ। त्यस्तो अपमान त कति सहियो, कति गरियो। विधान को कुरा। नेका को विधान त छ तर संवैधानिक राजतन्त्र जस्तो। आसन मा छ। खासै महत्व छैन। 

जसपा, लोसपा, नेसपा को एजेंडा एउटै हो। र त्यो यस्तो एजेंडा हो जसलाई चुनाव अगाडि नै समाप्त गर्नुपर्ने छ संविधान संसोधन गरेर। संविधान संसोधन हुन्छ भने मधेसवादी हरु को एजेंडा नै समाप्त। नया मुद्दा समात्ने होइन भने आधार नै समाप्त। 

देउबा दुई हप्ता मैं गन्हाउन थालेका। डेढ़ वर्ष बाँकी छ। 

जसपा र लोसपा एक हुँदा त बल्ल बल्ल दुई नंबर प्रदेश मा बहुमत ल्याएका। अब त त्यहाँ अरु का लागि मार्गप्रशस्त गरिसके। दुई नंबर मा लोपोन्मुख जसपा ले पहाड़ मा झंडा गाड्छ भन्ने कुरा त्यो काल्पनिक कुरा हो। 

ओली को कार्यकाल मा स्वास्थ्य मंत्रालय उपेंद्र यादव ले पनि चलाए, हृदयेश त्रिपाठी ले पनि चलाए। त्रिपाठी को मैनेजमेंट तुलनात्मक राम्रो रह्यो। 

सद्भावना को स्थापना काल देखि नै पार्टी राजनीति मा नरमाउने, संसदीय राजनीति मा मात्र रमाउने गरेका त्रिपाठी प्रथम पटक पार्टी राजनीति मा सक्रिय चासो लिँदैछन। तर पहाड़ पस्ने हो भने कुन पहाड़? आफ्नै लुम्बिनी प्रदेश पस्ने बाटो छ त? पस्न सके धेरै राम्रो हो। 

स्थानीय चुनाव मा को क़ति पानी मा देखिए पछि बल्ल घैँटो मा घाम लाग्ने हो कि? अहिले त ओली, देउबा, प्रचंड सबैलाई देश नै स्वीप गर्छु जस्तो लागिरहेको छ। 

३% भनेको पाँच लाख भोट हो। 

जपा, जसपा, लोसपा, नेसपा लाई त्यो नाघनै पर्ने बाध्यता छ। अहिले त्यो दौड़ मा नंबर एक स्थान मा छ जनमत पार्टी। 

तर नेपाली कांग्रेस लाई कम आंकन सकिँदैन। विमल सभापति, गगन महामंत्री मा आए नेका मा नया संचार हुन सक्छ सबै पार्टी फुटेको बेला। तर मधेसी अनुहार पनि नसारने, संविधान संसोधन पनि नगर्ने, अरु फुटेको आधार मा मात्र चुनाव जित्ने कांग्रेस को प्रयास मा दम हुने छैन। कांग्रेस मधेस मा थप खुम्चिन्छ। 

तर देशव्यापी अन्ना केजरी गर्न सकेको खंड मा सबैभन्दा बलियो जनमत पार्टी नै हो। त्यस का लागि दिल्ली मा जस्तो आंदोलन नै चाहिन्छ। एउटा रामलीला मैदान कब्ज़ा गरेको आधार मा आप ले दिल्ली कब्ज़ा गरेको। 

अहिले तर जसपा, लोसपा, नेसपा ले मिलेरै संविधान संसोधन का लागि पहल गर्नु बाध्यकारी अवस्था हो। देउबा सरकार ले संविधान संसोधन नगरे उपेन्द्र यादव सरकार छोड्न तैयार भएर बस्नुपर्छ। 

नेका ३० लाख, ओली २० लाख, माधव १० लाख, प्रचंड १० लाख। जनमत पार्टी १० लाख, जसपा ५ लाख, लोसपा ५ लाख, नेसपा ५ लाख। तर अन्ना केजरी गरेको खंड मा जनमत पार्टी ३५ लाख। ३५ देखि ५० लाख। नया मतदाता ३० लाख, पछिल्लो चुनाव मा कसै लाई भोट नदिएको तर यस पटक दिन सक्ने १५ लाख। 



कित्ता परिवर्तन गरेका गगन थापालाई पौडेल पक्षले देला महामन्त्री ?  नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् ।  ......  अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् । महाधिवेशनमा महामन्त्री दिने शर्तमा गगन पौडेल पक्षमा खुलेको स्रोतको दाबी छ ।

No comments: