Sunday, September 12, 2021

News: September 12



एमसीसीमा विकास सहयोगबाहेक केही छैन, यसलाई राजनीतिकरण नगरौं
'एमसीसी सम्झौताको संसदीय अनुमोदनमा ढिलाइ नहोस्' एमसीसीबारे नेपालमा गलत धारणा फिजाइँनु दुर्भाग्यपूर्ण

नेपालका कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार परे : माधव नेपाल ‘नेपालका कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट विचारधाराबाट चल्न सकेका छैनन् ।





उपाध्यक्ष सुमारले भनिन् : एमसिसी पास गर्न ढिला भइसक्यो, दलहरूबीच एकता हुने विश्‍वास छ ‘दुई वर्षअघि नै संसदबाट अनुमोदन भइसक्नुपर्ने अझै भएको छैन । धेरै ढिला भइसक्यो’ उनले भनिन् । ..... सुमारले कोभिडका कारण थलिएको नेपालको अर्थतन्त्र सुधारका लागि एमसिसीले महत्वपूर्ण योगदान दिने पनि बताइन् ।

एमसीसीमा अल्झन 'एमसीसी सम्झौताको संसदीय अनुमोदनमा ढिलाइ नहोस्' एमसीसीबारे नेपालमा गलत धारणा फिजाइँनु दुर्भाग्यपूर्ण अमेरिकी जनताले नेपाली जनतलाई दिएको उपहारमाथि भएको अतिराजनीतिकरण र भ्रामक प्रचारले आजित बनेका अमेरिकी अधिकारीहरुले घुमाउरो शैलीमा भनेका छन्,

‘यहाँ उपयोग हुन नसके अन्य मुलुकहरू सहयोग लिन आतुर छन् । कोभिडले आक्रान्त विश्वमा अनुदानमा आधारित आर्थिक विकासको सहयोगको माग बढेको छ ।’

........ यो नेपाल सरकारकै आग्रह भएको सम्झौता हो ।’ फतिमाले एमसीसीबारे नेपालमा उत्पन्न भएका गलत धारणा दूर्भाग्यपूर्ण रहेको बताइन् । उनले यो सम्झौता आर्थिक विकाससँगमात्र सम्बन्धित रहेको भन्दै कुनै सुरक्षा रणनीतिको अंग नभएको पटक-पटक दोहोर्‍याइन । ........ फतिमाले नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको हुनाले संसद्मा अनुमोदन नभई यो कार्यावन्यनमा जान नसक्ने प्रष्ट पारेकी छन् । उनले विगत कोट्याउँदै भनिन,

‘यो सम्झौता प्रक्रिया यता विभिन्न आठ फरक–फरक सरकार बनिसकेको

र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएकोमा यो पारित हुने र नेपाली जनताको जीवन स्तर उकास्‍न अमेरिकी उपहार उपयोग हुने मेरो बुझाई छ ।’ नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी पुरानो भनाईलाई पुन दोहोर्‍याउँदै भनिन्,‘यो परियोजनाले नेपालमा रोजगारीको सिर्जना गर्नेछ । आर्थिक उन्नती हुनेछ ।’ ........ उनको संकेत थियो, सबैको सहमतिमा यो परियोजना आयो भने नेपालमा काम गर्न सहज हुन्छ । नेपालमा सरकार परिवर्तन भइरहने र अघिल्लो सरकारले गरेको कामको अपनत्व पछिल्ला सरकारले नगर्ने भएपछि यो अवस्थाको बारेमा छलफल भइरहेको पनि उनले बताइ । सबै राजनीतिक दल विद्वत वर्ग यसमा सहमत छन तर किन यो ढिला भइरहेको छ आफैँ आश्चर्यमा रहेको उनले बताइन् । ........ ‘सबैले राम्रै कुरा गरेको हुन्छन अमेरिकी सहयोग स्वीकार्य छ पनि भनिरहेका छन तर किन अनुमोदनमा ढिलाई यो गम्भीर प्रश्न हो,’ उनले नेपाल भ्रमण सम्पन्न गरेर फर्कनुअघि पत्रकारसँगको अन्तरक्रियामा भनिन, ‘ एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको छ । दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुनु गम्भीर हो । सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्छ ।’ ........ ‘यो नेपाल र अमेरिकाको ७० वर्ष लामो सम्वन्धको एक पाटो हो । यसलाई हामीले जोड गर्ने भन्दा पनि

नेपालले यो रकम खर्च गरेर थप परियोजना माग्‍न पर्ने थियो । तर किन भइरहेको छैन ।’

......... ‘सरकारले सोधेको हरेक प्रश्नको जवाफ हामीले दिएका छौँ । अनि स्पष्ट पारेका छौँ यो सून्य सैन्य सहयोग हो । यसमा कुनै सैन्य गतिविधि रहेको छैन ।’ उनले सबैलाई स्पष्ट हुन भनिन्, ‘ एमसीसी कम्प्याक्ट एक परियोजनामात्र नभएर कानूनतः भएको एक सम्झौता हो । यो तत्काल संसदबाट अनुमोदन हुनुपर्छ । यसको अर्को कुनै बाटो छैन । यदी नेपाललाइ आशंका छ भने सम्झौता अनुसार पछि हट्न सक्छ ।’ ........ सबै भेटवार्ता सकरात्मक रहेको उल्लेख गर्दै नेपालले यो अवसर गुमाउन नहुने पनि बताइन । जतिसक्यो छिटो सम्झौता संसदबाट अनुमोदन गर्न आवश्यक रहेको सुझाव पनि दिइन । तर यो सम्झौता संसदबाट अनुमोदन नभएमा नेपालले एउटा महत्वपूर्ण अवसर गुमाउने बताउँदै भनिन्, ‘यसले नेपाल र अमेरिकी जनताबीचको ७० वर्ष भन्दा लामो सम्वन्धमा असर गर्दैन । नेपालले आवश्यक नभए स्पष्ट जानकारी दिनसक्छ । नेपाल-अमेरिका साझेदारीको एक अङ्गमात्र हो ।’ ........ चार वर्ष अघि नै सम्झौता भउको यो अनुदान परियोजना नेपालको संसदबाट अनुमोदन गरेपछि कार्यान्वयनमा जाने र पाँच वर्ष भित्र यसलाई सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी नियम छ । सो अनुदानबाट अन्तर्देशीय विद्युत प्रसारणलाइन काठमाडौंको लप्सिफेदि देखि भैरहवा हुँदै भारतको प्रशारण लाइनमा जोड्ने छ । त्यससँगै पूर्व–पश्चिम राजमार्ग र सहायक मार्गको स्तरोन्नति पनि यसमा रहेको छ ।




कांग्रेसको १४ औँ महाधिवेशन देउवा-निधि टकरावको चेपुवामा यादव निर्वाचन समिति संयोजकको राजीनामा अस्वीकृतको अन्तर्कथा संयोजक यादव सभापति देउवा र उपसभापति विमलेन्द्र निधिबीचको टकरावको चेपुवामा परेर राजीनामा बुझाउन बाध्य भए । राजीनामा बुझाएपछिको प्रे;र थेग्न नसकेर फिर्ता लिए । ........ निधिले विवादबीच वडा अधिवेशन नगराउन निर्वाचन समिति संयोजक यादवलाई दबाब दिए । निकटस्थ नेताहरूका अनुसार निधिले यादवलाई पटक–पटक टेलिफोन गरेर ‘डडेलधुरामा सभापतिबाट अन्य नेता कार्यकर्तामाथि अत्याचार भएको छ, यस्तो अवस्थामा वडा अधिवेशन नगर्नुस्, रोक्नुस्,’ भन्दै दबाब दिएका थिए । ........ आफू पनि मधेसको निधि पनि मधेसको अझ त्यसमाथि प्रदेश पनि एउटै । निधिको तारन्तारको प्रेसर थेग्न यादवलाई गाह्रो भयो । सभापतिको गृह जिल्लामा सभापतिको सहमतिविना अधिवेशन रोक्ने आँट पनि गर्न सकेनन् । ‘उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा विवादबीच वडा अधिवेशन नगर भनेर तारन्तार दबाब दिए,’ कांग्रेसका एक नेता भन्छन्, ‘सभापतिको गृह जिल्ला भएकाले सभापतिको सहमतिबिन रोक्ने आँट संयोजक यादवमा भएन, प्रेसर थेग्न पनि सक्नुभएन र आफै राजीनामा दिनुभयो ।’ ........ यादवले निधि र देउवाबीचको टकराव नभएको भए पेलेर अघि बढ्थे । यादव कांग्रेसमा नेता रामचन्द्र पौडेल र कोइराला परिवार विरोधी अधिवक्ताका रूपमा चिनिन्छन् । देउवाको गृह जिल्ला डडेलधुरामा पेलेर अधिवेशन गर्न थालिएपछि सभापतिको उम्मेद्वारी घोषणा गरेका निधि र नेता डा. शेखर कोइरालाले विरोध गरेर विज्ञप्ति नै निकालेका थिए ।

सत्ता गठबन्धन बैठक: भएन कुनै सहमति, छलफलको निरन्‍तरता मात्रै प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्‍मा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् ।

No comments: