Thursday, September 23, 2021

समाजवादी कांग्रेस? नया पार्टी?

नेपाली कांग्रेस को महाधिवेशन अब समय मा नहुने पक्का पक्की भइसक्यो। भनेको पार्टी को वैधानिकता गुम्छ अब। तर देउबा को प्रधान मंत्री पद कायम रहन्छ। देउबा आफैले राजीनामा नदिएसम्म यस संसद को बाँकी कार्यकाल प्रधान मंत्री देउबा नै हो। आफ्नो भुईँ मुनिबाट पार्टी गायब होस मतलब हुँदैन। प्रधान मंत्री अब देउबा नै हो। नेपाल को संविधान ले त्यही भन्छ। 

भनेपछि देउबा लाई बिन्दास। अब त उमेर पनि ढ़लिसक्यो। अब फेरि पार्टी सभापति र प्रधान मंत्री नबने के फरक पर्छ र? अविश्वास को प्रस्ताव ल्याउन नपाउने  प्रधान मंत्री लाई हाईसन्चो। 

तर बाँकी कोंग्रेसी लाई समस्या छ। पार्टी नै छैन भने बीपी बीपी भन्न नपाइने भो। पार्टी को वैधानिकता समापत हुन्छ भने सबै कांग्रेसी को पद गुम्ने हो कि सबै स्वतंत्र हुने हो? शायद स्वतंत्र हुने होला। स्वतंत्र भए पछि स्वतंत्र बसे भो, अथवा अर्को कुनै पार्टी को सदस्यता लिए भो। अब हामी पनि तपाईं सँग भन्दै महंथ ठाकुर को पार्टी ज्वाइन गरे भो। अथवा आफ्नै पार्टी खोले भो। पार्टी सभापति भन्दा सानो पद नलिने अडाण मा रहेका प्रत्येक ले एउटा एउटा पार्टी खोल्ने हो भने अब कांग्रेस नाम को कमसेकम पाँच वटा पार्टी हुने भो। लगेहाथ एउटा तृणमुल कांग्रेस जाओस। 

समाजवादी कांग्रेस। तृणमुल कांग्रेस। नेपाल राष्ट्रिय समाजवादी कांग्रेस। कांग्रेस पार्टी। कम्युनिस्ट भन्दा बढ़ी कम्युनिस्ट कांग्रेस (प्रचंड सँग गठबंधन गर्ने)। एउटा भए पनि तराई कांग्रेस। ३० लाख भोट ल्याएको पार्टी ले पाँच छ वटा राष्ट्रिय पार्टी पैदा गर्ने हैसियत राख्छ। 

गगन थापा ले नया कांग्रेस नाम मा एक वर्ष भित्र प्रथम अधिवेशन गर्ने गरी पार्टी लौंच गरेको राम्रो। किन परखिने पाँच साल? आफ्नो संसद पद जोगाउन नै धेरै आइपुग्छन। हल्ला गरिदिने, पार्टी को वैधानिकता समापत भयो कि तपाईं को संसद पद चिलिम। हुरुरु आइपुग्छ। 


No comments: