Friday, September 17, 2021

Facebook: September 17



स्थायी/अस्थायी नियोजनको तथ्यांक भन्छ— पुरुष महिलाको शरीरलाई मेसिन ठान्छ दुई बच्चाकी आमा भएपश्चात् पनि उनले दुईपल्ट गर्भपतन गराउनुपरेको थियो । दोस्रोपटक गर्भपतन गराउँदा अप्सराले ज्यानको बाजी नै थाप्‍नुपर्‍यो । ‘पहिलो पटक गर्भपतन गराउँदा दिदीलाई साथ दिएर अस्पताल गएकी थिएँ,’ उनले सुनाइन्, ‘दोस्रो पटक भने कसैलाई भनिनँ । दिदीको डरले आफैँ मेडिकलबाट औषधि ल्याएर सुटुक्क खाएँ । तर, औषधिले १५ दिनसम्म ओछ्यानबाटै उठ्न नसक्ने गरी थला पार्‍यो । त्यो बेला बाँच्छु जस्तै लागेन ।’ ......... गर्भ बसेको पनि १२ हप्ता कटिसकेको थियो । जसका कारण गर्भ बस्यो र ती दुवै गर्भपतनमा कुनै साथ नदिएका श्रीमान्‌ सम्झेर उनलाई भरोसाभन्दा पनि भय मिल्यो । उनलाई लाग्यो- यस पटक पनि श्रीमान्‌‌लाई समस्या बताउनुको अर्थ छैन । आफ्नो शरीर मेसिन सम्झिने श्रीमान्‌ उनलाई साथीभन्दा पनि आदेश मात्रै दिने मालिक र यौनप्यास मात्र मेट्ने स्वार्थी लाग्छ । अनि उनी गाउँमा रहेका श्रीमान्‌‌लाई केही नभनी एकजना साथीले चिनेको क्लिनिकमा गइन् । .......... अप्सरा हिजोआज आफूलाई शारीरिक रूपले निकै कमजोर महसुस गर्छिन् । रिंगटा लागिरहन्छ । बेलाबेला ज्यान कटकटी खान्छ । यो सबै सम्झिँदा श्रीमान्‌प्रति असाध्यै चित्त दुखेर आउँछ, उनलाई । ‘श्रीमान्‌‌ले बन्ध्याकरण गरिदिएको भए मेरो यो हालत हुने थिएन,’ उनले दुखेसो पोखिन्, ‘न परिवार नियोजनको साधन प्रयोग गर्न मान्‍ने, न बन्ध्याकरण नै गर्ने । आफूलाई अस्थायी साधन फाप्दैन, साइड इफेक्ट देखाउँछ । तीनपटक गर्भपतन गराएको शरीरमा अब म कसरी बन्ध्याकरण गर्नु ?’ ........ ‘महिलाभन्दा पुरुषलाई स्थायी बन्ध्याकरण गर्न सजिलो हुन्छ भन्‍ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘तर, उहाँ पटक्कै गर्न मान्‍नुभएन । छोराछोरी जे भए पनि अर्को एउटा पाउनुपर्छ भन्‍नुहुन्थ्यो ।’ ........ ‘पिल्स खाँदा वाकवाकी लाग्ने, टाउको दुख्ने, महिनावारी नहुँदा पनि रगत बग्ने हुन थाल्यो । बच्चा जन्माउने योजना नभएपछि यो सबै किन सहने भन्‍ने लाग्यो र, बन्ध्याकरणको योजना बनाएँ ।’ अन्शुलाई पनि श्रीमान्‌को साथ मिलेन । सन्तानको चाहना नपुगी बन्ध्याकरण गराएको भन्दै मनमुटाव सुरु भयो । मनमुटाव यथावतै छ । विवाद अहिले अर्को बिहे गर्ने धम्कीसम्म पुगेको छ । ...... ‘पुरुषका लागि एउटा मात्र अस्थायी साधन छ,’ उनी भन्छन्, ‘स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गर्न धेरै अफवाह फैलाइएको छ । कम्मर दुख्छ, कमजोर भइन्छ भनेर धेरैले गर्न नमानेको देखिन्छ ।’



The Fullness Of My Humanity
सीके राउतको पार्टीमा कडा अनुशासन, कार्यकारिणी सदस्यले जागिरबाट राजीनामा दिनुपर्ने



No comments: