Thursday, September 23, 2021

News: September 23



न संसदबाट सरकार बन्यो न सरकारले मन्त्री परिषद बनाउन सकेको छ : महतो
केपि ओली सामन्ती हिन्दू अतिवादी हो : प्रचण्ड (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । ‘ कम्युनिस्टले यस्तो काम गर्छ त ?’ ओलीले महान् नेता हुने अवसर गुमाएको पनि प्रचण्डले बताए । ......

‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन ।



उपप्रधानमन्त्री पाए मात्र उपेन्द्र यादव सरकारमा जाने जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु यादवको नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको हो । ..... ‘त्यसो नभए रेणु यादव वा रामसहाय यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने सामान्य छलफल भएको छ ।’ उनका अनुसार देउवा गठबन्धन सरकारमा जसपा नेपालले बढीमा पाँच र कम्तिमा चार मन्त्रालय पाउनेछ । ...... ‘तर २० प्रतिशतले पार्टी बिभाजन गर्ने अध्यादेश प्रतिस्थापन नभइकन जसपा नेपाल सरकारमा सहभागी भने हुने छैन,’ उनले अगाडि भने, ‘त्यसका लागि प्रतिस्थापन विधेक तुरून्त ल्याउन आग्रह गरिएको छ ।’ जसपा नेपालले मन्त्रालय कम भएको अवस्थामा २० प्रतिशत कायम राखेर जाँदा पुनः पार्टी विभाजन हुने खतरा औँल्याउँदै आएको छ ।

वाईसीएललाई प्रचण्डको निर्देशन - जाली, फटाहा, गुण्डा र भ्रष्टलाई ठोक्नुस्, गोद्नुस् वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले गलतविरुद्ध नडराएर लड्न युवाहरूलाई निर्देशन दिए । त्यसबेला परिआउने स्थितिमा आफूले व्यहोर्ने उनले प्रतिबद्धता जनाए । ..... प्रचण्डले वाईसीएलले २०६४ कै माहोल फर्काउनुपर्ने बताए । 'जो डरगया ओ मरगया हुन्छ । हिजो पनि जितेकै हो आज पनि जित्छौं । २०६४ जस्तो माहोल बनाउनै पर्छ । ढाँट्ने, छल्ने, पुलिस लगाएर चुनाव जित्नेलाई लखेट्नुपर्छ । गुण्डा र भ्रष्टलाई ढोक्नुस् । या केही नगरी दिउँसै रात पार्नेहरूलाई ठिक गर्नुपर्छ । जाली फटाहालाई ठिक पार्ने । जनताको सेवा गर्ने गर्नुस् । फटाहा आयो भने गोद्ने । चैनसँग बस्न नदिने । जनतालाई रक्षा गर्ने । यसो गरियो भने नतिजा २०६४ भन्दा पनि बढी हुन्छ,' उनले भने । ....... डराएको भए जनयुद्ध हुँदैनथ्यो । नडराउँदा संसद् ब्युँतियो । अहिले केन्द्र सरकारमा हामी छौं । अर्थमन्त्री हाम्रै छ । प्रदेश सरकारमा छौं । बागमती र प्रदेश १ मा एक साताभित्र हुन्छ । हाम्रा मन्त्री हुन्छन्,' उनले भने

एशिया मा युद्ध हुन लाग्यो
प्रचण्ड: अनावश्यक मान्छे
प्रचंड फटाहा मान्छे
प्रचण्डको पार्टी संग एकीकरण गर्न हाम्रो पार्टीको हैसियत पुग्दैन : रामकुमारी झाँक्री झाँक्रीले अहिले माओवादी केन्द्रसंग एकीकरण गर्ने हैसियतमा आफ्नो पार्टी नपुगेको जनाएकी छिन् । ....... अहिले नेकपा (एस) बामे सर्ने क्रममा रहेकोले आगामी निर्वाचनसम्म गठबन्धन सम्म हुनसक्ने तर प्रचण्डको पार्टीसंग एकीकरण गर्ने सम्भव छैन । नेकपा (एस) अहिले सुरुवाती अवस्थामा रहेको तर माओवादी केन्द्र पार्टी स्थापित भईसकेकोले अहिले एकीकरण भन्ने सम्भव नरहेको सांसद झाँक्रीले जनाएकी छिन् । ......

जब सम्म हाम्रो पार्टी आफ्नो खुट्टामा उभिने हुन्छ संगठन देशभरि बलियो हुन्छ अनि मात्र हामीले एकीकरण बारे सोच्छौ

...... प्रचण्डले बरु आफ्नो भागमा भएको दुई मन्त्रालय समेत अरु दललाई दिएर भएपनि यो गठबन्धनलाई आगामी चुनाव सम्म लैजानु पर्ने जोड दिएको कुरा उल्लेख गरेकी छिन् । ...... सांसद झाँक्रीले भनिन्, "प्रचण्ड जीले मलाई नै भन्नुभएको छ कि आफ्नो भागमा रहेको दुई मन्त्रालय बरु गठबन्धनमा रहेको अरु दलहरुलाई दिन तयार रहेको तर यो गठबन्धन कुनै हालतमा पनि फुट्न दिन हुन्न भनेर भन्नुभएको छ । त्यसैले जसले जे खेल खेलेपनि यो गठबन्धन आगामी निर्वाचन सम्म रहन्छ ।" ........ "हाम्रो तर्फबाट कुनै किसिमको असहयोग भएको छैन । प्रधानमन्त्री देउवालाई खुलेर काम गर्न भनेका छौं तर गठबन्धनमा धेरै दलहरु भएकाले सबैलाई मिलाएर लान खोज्दा ढिला भएको होला ।"


एमाले छोडेपछि वामदेवको राजनीति: न टेक्ने भूइँ, न समात्ने हाँगो !
सानेपामा संस्थापनइतर पक्षको विरोध, मंसिरमा महाधिवेशन हुनेमा गगन थापाको आशंका
गठबन्धनलाई 'पञ्चे गुट'को संज्ञा दिँदै ओलीले भने– मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले एमालेसँग प्रतिस्पर्धा गर्ने?
मंसिरमा महाधिवेशन हुन्छ भनेर ढुक्क हुने अवस्था छैन: गगन थापा
अंग्रेजी फिल्ममा काम गर्नु सफलता होइन– नवाजुद्दीन सिद्दिकी

No comments: