Monday, September 06, 2021

News: September 6



सरकारले एकपछि अर्को गलत निर्णय गरिरहेको छ : गगन थापा थापाले आगामी चुनावमा कसैको काधमा नचढी बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने बताए । ....... कांग्रेसका नेताहरुले वडा, गाउँ–नगर, संघ, प्रदेशलगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।

गठबन्धनको सरकार विस्तार गर्दा पनि ढल्छ कि भन्ने डर छ : सुवासचन्द्र नेम्वाङ

सरकार विस्तार गर्दा दल फुट्ने हो कि दल फुट्ने हो कि भन्ने अवस्थामा चलिरहेको छ



कांग्रेस भित्रका बेथिति बढार्न महामन्त्रीमा दाबी गरेको हुँ : गगन थापा [अन्तर्वार्ता] मूल नेतृत्व सभापति र महामन्त्री दुवैमा धेरै नेताहरुको आकांक्षा छ र कुनै न कुनै रुपमा दाबी प्रस्तुत भइरहेको छ। महामन्त्रीमा औपचारिक रुपमा दाबी पेश गर्ने गगन थापा पहिलो भएका छन्। ....... मेरो अस्तिको घोषणा पूर्वनिर्धारित थिएन। मेरो टोलको पार्टी कार्यकर्ता भेलामा परिचयात्मक कार्यक्रम थियो।

पार्टीमा शेरबहादुर देउवा पनि मेरो दाइ, रामचन्द्र पौडेल पनि मेरो दाइ, कृष्ण सिटौला पनि मेरो दाइ। त्यो कार्यक्रममा भने मैले अंकल र आन्टी भन्नेहरु हुनुहुन्थ्यो।

म जन्मेको, हुर्केको यहीँ। आन्दोलनमा हिँडेको यहीँबाट, पहिलोपटक भाषण गरेको यहीँ। ........... त्योबेला नेपाली कांग्रेसमा बाल कांग्रेस भनेर जुलुसमा हिँडाउने चलन थियो। म बाल कांग्रेस भएर हिँडें। पार्टीको पोष्टर टाल्न लगाएको, माइकिङ गर्न लगाएको सबै स्मृतिहरु त्यहाँ राखें। ........ उहाँहरुलाई हामीले हुर्काएको केटो अघि बढिरहेको छ भनेर गर्व गरिरहनुभएको छ। ........ अघिल्लो निर्वाचपछि पार्टीको काममा देशैभरि हिँडेको छु। ....... अघिल्लोपटक पनि महाधिवेशन भन्दा अगाडि आदरणीय नेता प्रदीप गिरिसँग पोखरामा छलफल गरेर महामन्त्रीको उम्मेद्‌वारी दिने मिति तय गरेको थिएँ। मैले सम्पादन गरेको पार्टीको दस्तावेज विमोचन कार्यक्रमका लागि प्रज्ञा भवनको हल बुक गरेको थिएँ, त्यो विमोचन गरेर उम्मेद्‌वारी घोषणा गर्ने भन्ने तयारी थियो। प्रदीप गिरि दाइ एकमात्र वक्ता रहने तय थियो। त्यहीबेला हाम्रो आदरणीय नेता शुशील कोइरालाको निधन भयो। ........ महामन्त्री निधो गर्दा मेरो सभापति को भन्ने थिएन। ......... सभापतिका विषयमा पनि कसलाई साथ दिने? कसरी अघि बढ्ने ? भन्ने विषयमा छलफल भइरहेको छ, त्यहाँ पनि एउटा निष्कर्षमा पुग्छौं। सभापतिका प्रत्यासीहरुसँग सामूहिक र व्यक्तिगत रुपमा भेटिरहेका छौं। कुराकानी भइरहेको छ। .......... अरु १०\१२ वर्ष क्रियाशिल राजनीति गर्छु। जब यसलाई छाडेर सामान्य जीवनमा हुन्छु, त्यतिबेला मैले ३३\४० वर्ष सक्रिय राजनीति गर्दा .......... यसक्रममा सभापति छान्दै जाउँला। जो सभापतिका साथ लडेपनि म महामन्त्रीमा लड्छु। ......... मैले त अहिलेको मेरो सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै शुभेच्छा र आशिर्वाद खोज्ने हो। उहाँको कार्यकर्ता भएका नाताले त्यो मेरो अधिकार पनि हो । .......... यो पटकको प्रयास के हो भने सभापतिका जो पाँच–छ जना आकांक्षी छन्, सबैको साझा उम्मेद्‌वार खोज्ने प्रयत्न गर्ने हो। ......... एकातिर बीपी कोइरालाको सुपुत्र शशांक कोइराला र अर्कोतिर पार्टीको वरिष्ठ नेता समेत रहनुभएका मेरो ससुराबुवा अर्जुननरसिंह केसी हुनुहुन्थ्यो। त्यो चुनाव मेरो लागि पनि अनौठो भएको थियो। म निर्वाचनको उम्मेद्‌वार हुँ कि हैन भन्ने पनि लागेको थियो। त्यो समयमा मेरो उम्मेद्‌वारी फिर्ता भयो भन्ने एउटा समाचार नै प्रकाशित भयो। यसलाई खण्डन गर्न मैले म मैदानमा छु है भनेर भृकुटीमण्डपमा पत्रकार सम्मेलन नै गर्नपरेको थियो। गगनले उम्मेद्‌वारी फिर्ता लियो भन्ने हल्लाले मलाई यो अवस्थामा पुर्‍याएको थियो। निधो गरेदेखि प्रतिस्पर्धासम्म अप्ठयारो र प्रतिकूल थियो। ........ विगतमा म एक्लै थिएँ। म मेरो अजेन्डा बोकेर हिँडेको थिएँ, यसपटक साथीहरुको अजेन्डामा म हिँडेको छु। अझ भनौं ऊर्जाशिल कांग्रेस बनाउने सबैको चाहनामा म अघि बढेको छु। ......... हाम्रो पार्टीको विधानले महामन्त्रीको भूमिका निदृष्ट गरेको छ। अर्को, नेपाली कांग्रेसको वैचारिक पक्ष वा पोजिसन कस्तो हुने वा कांग्रेस कहाँ उभिने भन्ने हो। इतिहासको विश्लेषण गरेर समसामयिक विषयमा कसरी प्रस्तुत हुने भन्ने कुराको प्रस्तावक महामन्त्री हुन्छ। अहिले म पार्टीले यो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भन्ने भूमिकामा छु तर महामन्त्री हुँदा म यसलाई निर्णय गर्ने पोजिसनमा हुनेछु। .......... २००६ सालमा पार्टी बन्दै गर्दा .... पार्टीमा सांसद वा मन्त्री भइएला भनेर कोही लागेको थिएन। जिल्ला कमिटी पनि थिएन । स्रोतसाधान पनि थिएन। तत्कालीन समयमा कांग्रेस हुँदा सबैलाई गर्व थियो। त्यो क्रान्तिकारिता र एउटा मिसन थियो। ........... बीपी कोइरालाले जम्मा १८–१९ महिना सरकार चलाएको हो। अहिले पनि गाउँमा सम्झना किन हुन्छ? अहिले फेरि पनि हामी १८ महिना सरकार चलाउन पाउँछौ नि। यो समयमा देश र जनताले ५० वर्षसम्म सम्झिराख्ने कांग्रेस बन्न के गरिरहेका छौं? ........... भाषणले फकाएर होइन। आफैं आओस्। म कांग्रेसलाई भोट हाल्ने हो भनेर विश्वास गरेर आओस्। २०१५ सालमा कांग्रेसले दुईतिहाई पाएको हो। २०४८ सालमा इतिहासमै धेरै मत आएको थियो। ..............

हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जुन छ, त्यसमा छाति पिटेर गौरव गर्नुपर्छ। त्यहीँभित्र बसेर समाधान खोज्ने हो। अघि बढ्ने हो। .......... कहिले यो बदलौं भनेको छ, कहिले ऊ बदलौं भनेको छ। होइन, यसबाटै समाधान हुन्छ, तिम्रा चिन्ताहरु छन् भनेपनि म बुझ्छु भन्ने कांग्रेस बनाउने हो।

............ १० लाख क्रियाशील सदस्य व्यवस्थापन गर्न पनि यस्तो सकस? मैले त्यसलाई व्यवस्थापन गर्न सक्ने कौशल मैले राख्छु। .........

बाहिरबाट हेर्दा गगन थापा संसद्‌मा कांग्रेसको प्रतिपक्ष अनुहारका रुपमा देखिन्छ। ... पहिले महामन्त्रीमा पर्नुभएन, अहिले मन्त्रीमा?

......... पहिलोपटक पार्टीको केन्द्रीय सदस्य लडें, अत्याधिक मतले जितें। महामन्त्री लड्न गएँ। त्यहाँ पनि राम्रै भोट आयो। धेरैले एक/डेढ सयमा खुम्चिन्छ भन्ने आकलन गरेका थिए। .......... महामन्त्री भएको दिनदेखि मेरो परीक्षा सुरु हुने हो। त्यसैले जिम्मेवारी देऊ भनेको हुँ। ............ विगतमा नेतृत्वमाथि उठाएका ती प्रश्न महामन्त्री भएको दिनदेखि मैतिर सोझिन्छन्। त्यसैले म कामै गर्ने हो, अब

गनगन

होइन भनेको हुँ। ..... अहिले मंसिरमा अधिवेशन सर्ने प्रश्न आउने कुरा रातरात भएको हैन। हामीले विगतदेखि नै थिति बसाउने कुरा भत्काउँदै, भत्काउँदै लगेर यहाँ पुगेका हौं। .......... जहाँ हामीले विधिलाई पछ्याउनुपर्ने, व्यवस्थापकीय कौशल राख्नुपर्ने हो, त्यहाँचाहिँ

हामीले यो राजनीतिक संगठन हो, त्यसैले कहाँ विधि-सिधि, विधान-सिधान जस्ता प्राविधिक कुरा गरेर कहाँ हुन्छ भनेर भनिदियौं।

........ लाखौं सदस्यहरुको व्यवस्थापनको पाटोमा चाहिँ हामीले विधिलाई कुल्चने भइरह्यो। ......... हाम्रो विधानले तिमी अधिवेशन गरेको तीन वर्षसम्म क्रियाशीलका विषयमा काम गर र चौथो वर्ष

गनगन

पाउँदैनौं भन्छ। तर, हामी अहिले गरिरहेका छौं। ......... हामीले रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएका छौं। त्यसलाई हाम्रो विधानले चिन्दैन। शेरबहादुर देउवाको घरमा पदाधिकारीको बैठक बस्छ। ..........

संविधानले नचिनेको काम गर्दा हामीले कति प्रश्न उठायौं, विधानले नचिनेको काम भने धमाधम गरिरहेका छौं। सबै मिलेर गर्छौं।

....... १८ गते वडाको अधिवेशन सबै ठाउँमा गर्ने भन्ने थियो। हामी कहीँ १८, कहीँ २१ र कहीँ २२ मा गर्छौं तर ७५३ पालिकामा एकैदिन गर्छौं। त्यसपछिका कार्यतालिका कहीँ पनि तलमाथि हुँदैन। मंसिर ९ गतेबाट केन्द्रीय महाधिवेशन गर्छौं। यसपालिको लागि यो भयो। .......... हामीले जिम्मा लिएर चलाएको पार्टीको सचिवालय वा कार्यालयमा बसेको ठाउँबाट फेरि पन्ध्रौं महाधिवेशनमा कागज बोक्दै क्रियाशील सदस्यको यो गरिदेऊ भन्नुपर्ने, अनसन बस्नुपर्ने, अधिवेशन होला कि नहोला भन्नुपर्ने, भातृ संस्थाहरुले वर्षौंसम्म अधिवेशन नभएरै बस्नुपर्ने, बेहाल र बेथिति हुने, टिकट दिने बेलामा न्याय र अन्यायका कुरा हामीले वर्षौंदेखि भोग्यौं। ती केही पनि कुरा हुन दिइन्नँ। यसलाई बढार्न र सुधार्न हामी त्यहाँ जान खोजेको हो। यसलाई बढारिन्छ। यसलाई सुधारिन्छ। ....... तपाईंको नेतृत्वमा जो आउँछ, उसले आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नेछ। चुनावमार्फत् ठूलो पार्टी बन्ने चर्चाका कारण आगामी देशकै नेतृत्व पनि उसैले गर्नेछ। .......... अब आउने महाधिवेशनबाट आउने नेतृत्वले अर्को मंसिरमा हुने चुनावमा कांग्रेसलाई एक्लै प्रचण्ड बहुमत दिलाउन सक्नुपर्‍यो। बहुमत ल्याएको सरकारले प्रदेश, स्थानीय सरकार चलाउनुपर्‍यो। सरकार चलाउनु भनेको समय बिताउनु होइन। उपलब्धि दिन सक्नुपर्‍यो। नतिजा दिन सक्नुपर्‍यो। .............. कांग्रेसको अब आउने नेतृत्वको परीक्षा यो एक वर्ष सम्हाल्ने र आउने आम निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने र एकल बहुमत भएको पार्टी बनाउने हो।




कांग्रेसको १४औँ महाधिवेशनको महामन्त्रीमा ३ युवा नेताको भीडन्त हुने महामन्त्रीमा युवा नेता प्रदीप पौडेलले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । उनले कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिने भएका हुन् । ...... कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दैछन् । शर्मा शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठ्ने भएका हुन् ।

ओलीले भने - '१५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्न सक्दैन' 'देशका लागि बोल्ने, राष्ट्रियताको पक्षमा बोल्ने युवालाई बोल्न दिइँदैन, गिरफ्तार गरिन्छ । तर, नेपालीमाथि भएको ज्यादतीमा चुइँक्क बोल्न सक्दैन । एउटा पार्टी भए त बोल्न सक्दैन भन्न हुन्थ्यो, पाँच/पाँचवटा छन् । किन नबोलेको ? धाकधक्कु त साना छैनन् । नक्कली कुरा कम छैन तर चुइँक्क बोल्दैनन्' .......

एमालेसँग पाँचवटै पार्टीकै सातो गएको

बताउदै ओलीले भने - 'एमालेसँग यिनीहरूको सातो गएको छ । एमाले चितवनको एक्लो बाघ हो । शुक्लाफाँटाको बथानमा हिँड्ने कृष्णसार होइन'


बाबुराम भट्टराईले भने - अमेरिकासँग चिठी आदानप्रदान गरी एमसीसी कार्यान्वयन गरौँ

भर्‍याङमुनिको सरकारलाई छिट्टै बिदाइ गर्नुपर्छ : ओली
जसपाकै बाटोमा विवेकशील साझा परम्परागत पार्टीहरू असफल भएको भन्दै वैकल्पिक राजनीतिको बाटो अंगालेको विवकेशील साझा पनि पुरानै दलहरू जस्तै आन्तरिक कलहमा फसेको छ । ...... पार्टीकी नेतृ रञ्जु दर्शना पार्टी विभाजित हुनु हुँदैन भनेरै मिश्रले बोलाएको बैठकमा आफू पनि सहभागी भएको बताउँछिन् । तर पछाडि फर्किने एजेण्डा बोकेर पार्टीमा सहमति कायम हुन नसक्ने उनको भनाइ छ । ........ यो अवस्थामा विवकेशील साझाको गन्तव्य जनता समाजवादी पार्टीमा जस्तै हुने नेताहरू बताउँछन् । ........ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिको गर्दै जसपाको दुवै पक्षले एकअर्कालाई कारबाही गरेका थिए । ........ पाण्डे पक्षमा आन्तरिक छलफल भए पनि नेताहरू विभाजनको भारी बोक्न चाहँदैनन् । पहिलो पटक विवकेशील साझा पार्टीबीच विभाजन हुँदा फुटको दोष उज्ज्वल थापालाई गएकाले पनि उनीहरू सतर्क रहेको देखिन्छन् । ........ ‘कारबाही गरे पनि ठूला पार्टीमा जस्तो सांसद, मन्त्री पद जाने वा अन्य केही हुने होइन’ उनी भन्छन्, ‘पार्टीको मूलधार हामी हौं, आफ्नो गतिविधि अघि बढाइराख्छौं ।’ ........ यदि आयोगमा केन्द्रीय कमिटीको ६६ सदस्यको सनाखत गराउन सके मिश्र पक्षले आधिकारिता पाउनेछ । त्यो अवस्थामा पार्टीको चुनाव चिह्न र नाम मिश्र पक्षसँग रहनेछ भने संयोजक पाण्डे पक्ष महन्थ ठाकुर पक्ष जस्तै संकटमा पर्नेछ । .......... त्यो अवस्थामा तत्कालीन उपाध्यक्ष अजिता राईको नेतृत्वमा रहेको विवेकशील नेपाल दल पनि विकल्प हुनसक्ने नेताहरू बताउँछन् । यद्यपि यो तहमा छलफल नभएको नेताहरू दाबी गर्छन् । पहिलो पटक पार्टी विभाजन हुँदा भएका मतभेदलाई नटुङ्ग्याई दोस्रो एकता गर्न खोजिएको भन्दै १८ मंसिर २०७७ मा राई पार्टीबाट अलग भएकी थिइन् ।

कांग्रेस महामन्त्रीमा गगन, विश्वप्रकाश र प्रदीप पौडेल भिड्ने ! विश्वप्रकाश र प्रदीप नेविसंघको पूर्वसभापति पनि हुन् । ....... एक नेताका अनुसार संस्थापन इतरबाट एउटै मात्र उम्मेदवार बन्दा गगन महामन्त्रीका उम्मेदवार रहन्थे । अरु सहमहामन्त्रीको उम्मेदवार बन्ने अवस्था आउँथ्यो । तर सहमति जुट्ने भन्दा चार.पाँच जना सभापतिका उम्मेदवार बन्ने सम्भावना बढ्दा युवा नेताहरु पनि विभाजित भएका छन् । ...... महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन पनि १३ औं महाधिवेशनमा सिटौला समूहबाटै महामन्त्रीको उम्मेदवार बनेका थिए । अहिले पनि उनी यो समूहका छलफलहरुमा जाने गरेका छन् । तर रामचन्द्र पौडेल समूहमा पनि उनी जान्छन् । ........ सभापतिका सबै आकांक्षीसँग छलफलमा रहेका उनले कुन समूहबाट लड्ने भन्ने खुलाएका छैनन् । ........ संस्थापन समूहमा उनीसँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउद पनि महामन्त्रीका दावेदार हुन् ।

मन्त्रिपरिषद् विस्तार गर्दा सरकार नै ढल्ने डर छ : सुवास नेम्वाङ
‘म सभापतिको उम्मेदवार हुँ’

No comments: