Wednesday, September 29, 2021

News: September 29

माओवादी बैठकमा संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेस
प्रदेश–२ मुख्यमन्त्री कार्यालयमा अख्तियार छापा ‘बेटी पढाऊ, बेटी बचाऊ’ साइकल खरिदका नालीबेली बर्दिबासस्थित अख्तियार कार्यालयको मेघराज रिमालको नेतृत्वमा खटिएको ६ सदस्यीय टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । ..... प्रदेश–२ सरकारले २०७५ मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । उक्त अभियानअन्तर्गत चार वर्षका अवधिमा करिब २९ करोड रुपैयाँ खर्ची फरक–फरक दररेट ४१ हजार २ सय ६८ साइकल खरिद गरिएको थियो । तीमध्ये ८ हजार साइकल वितरण नगरी गोदाममै थन्किएको छ । ....... मुख्यमन्त्री कार्यालयले छात्राहरूलाई बाँड्न गत असारमा खरिद गरेका १० हजारमध्ये दुई हजार जति मात्रै वितरण गरिएको थियो । बाँकी साइकल जनकपुर चुरोट कारखानाको सूर्ति राख्ने गोदाममा राखिएको ‘बेटी बचाऊ’ अभियानकी प्रियंका यादवले बताएकी छिन् । उनका अनुसार, कोरोना महामारीको कारण साइकल वितरण गर्न नसकिएको हो । तर चाँडै नै वितरण प्रक्रिया अघि बढाइनेछ ।



No comments: