ओली ले केमिस्ट्री यति सारहो बिगारेका छन कि प्रचंड र माधव को मेरे अँगने में तुम्हारा क्या काम है अझै कायम छ। मधेसी थारू को पनि त्यस्तै हो। एक भए निर्णायक तेस्रो शक्ति बन्ने हो। प्रधान मंत्री नै पड्काउने। तर क्षत विक्षत छन। कोंग्रेसी हरु बढ़ी मिलनसार होइन। तर लोकतान्त्रिक संस्कार को फाइदा भएको छ। गाली गलौज गर्छन अनि वाक स्वतंत्रता भनेर उड़ाइदिन्छन। पार्टी चाहिं एक ढिक्का राख्छन।
गठबन्धन कायम रहला जस्तो छ। त्यसमा सीके राउत थपिने। पाँच सांसद सीके को।
प्रधान मंत्री। राष्ट्रपति। उप राष्ट्रपति। सभामुख। उप सभामुख। सात प्रदेश का मुख्य मंत्री। ६ भनौं। एमाले राप्रपा ले एक नंबर प्रदेश पाए जस्तो छ।
आलोपालो को पहिलो प्रधान मंत्री प्रचंड? दाबी त्यस्तै देखिन्छ। राष्ट्रपति कुनै दलित महिला खोजेर ल्याउनु पर्छ। बाहुन प्रधान मंत्री बाहुन राष्ट्रपति चल्दैन। सभामुख महंथ ठाकुर। उप सभामुख भइसकेको मान्छे। जनमत पार्टी लाई मधेस प्रदेश को मुख्य मंत्री दिनुपर्छ। अरु पाँच मा माधव को पनि एउटा त क्लेम रहला।
पहिलो दुई वर्ष प्रचंड, अंतिम तीन वर्ष गगन पनि गर्न सकिन्छ।
अझै पनि ढिलो भएको छैन। सीके राउत ले चार पार्टी को एकीकरण गर्न पहल लिनु पर्छ। भयो भने संसदीय दलको नेता सीके नै हो। जनमत, उन्मुक्ति, जसपा, लोसपा। भोट त जनमत र जसपा को हाराहारी नै छ। एक वर्ष भित्र एकीकरण महाधिवेशन। त्यति बेला सम्म दुई अध्यक्ष। महंथ त सभामुख। होइन भने कमसेकम जनमत र उन्मुक्ति।
कर्णाली र सुदुर पश्चिम माओवादी लाई दिन सकिन्छ। मुख्य मंत्री। मधेस जनमत लाई। लुम्बिनी नागरिक उन्मुक्ति लाई किन नदिने? रेशम लाई रिहा गर्ने शर्त मा।
माधव को पार्टी लाई उप राष्ट्रपति। तर जनजाति हुनुपर्ने शर्त मा।
मत परिणामलाई कसरी हेर्ने ? रेशमको अडान : मुद्दा फिर्ता नभए पार्टीले सपथ ग्रहण नै गर्दैन ‘हामीले टीकापुर घटनाको मुद्दा फिर्ता लिनुपर्छ भनेको छौँ । सरकारले तत्काल मुद्दा फिर्ता लिए प्रदेश र संघ दुवै सरकारमा तुरुन्त सहभागी हुन्छौँ’, पण्डितले भने, ‘यदि सरकारले मुद्दा फिर्ता नलिए प्रदेश र संघको शपथ पनि लिन्नौँ । हामी सडकबाटै दबाब दिन्छौं ।’ ....... सोही घटनामा रेशमसहित प्रदीप चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा, वीरबहादुर चौधरी, सीताराम चौधरी संलग्न भएको भन्दै जन्मकैदको सजाय तोकिएको छ । उनीहरु अहिलेपनि जेलमै जीवन काटिरहेका छन् । अरु ५८ जनाले राजद्रोहको मुद्दा बोकिरहेका छन् । यस्तै टीकापुर घटनामा छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा छानबिन समिति समेत बनाएको थियो । लाल आयोगको प्रतिवेदन भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
शक्ति बाँडफाँट : दलका नजरमा ३४ पद नयाँ सरकार बन्ने प्रक्रियामा गठबन्धन बनाउने र टिकाउने प्रयास गरिरहेका दलहरूको ध्यान भने अहिलेका प्रमुख राजकीय पदहरू प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमा छ । प्रमुख यी तीनसहित ३४ पद छन्, जसमा सरकार बनाउनुअघि दलहरूबीच बार्गेनिङ सुरु भएको छ । ....... ‘अहिले मुख्य दलका शीर्ष नेताहरूको ध्यान सत्तामा छ, राजकीय पावर सेयरिङमा छ । तर, सुशासन र विकासमा छैन । जनतालाई कसरी डेलिभरी हुन सक्छ भन्नेमा छैन,’ उनी भन्छन्, ‘दलहरूबीच पावर सेयरिङको गृहकार्य सुरू भइसकेको छ ।’ ....... एमालेले चुनावअघि नै अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको थियो भने माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि प्रधानमन्त्रीका आकांक्षी छन् । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन नगरेको अवस्थासम्म आकांक्षीको लर्को छ ।...... हाल राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छ भने एक वर्षपछि अध्यक्ष पद नै रिक्त बन्दै छ । ....... पूर्वी तराईमा सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीसम्मको उदयले दलहरूलाई प्रदेशमा बहुमत पुर्याउनकै लागि भए पनि गठबन्धनमा धेरै दललाई समेट्नुपर्ने चुनौती छ । .
रवि, तपाईंको राजनीति के हो ? नयाँ दल र तिनका नेताहरूका विचार– व्यवहार पनि लामो समयदेखि कुशासन चलाउने पुराना यथास्थितिवादी दलपतिका आचरणभन्दा कति भिन्न होलान् ? समता, समावेशिता, संघीयता, धर्मनिरपेक्षताका मामिला झन् पश्चगामी त छैनन् ? ..... राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र विजेताहरू एकआपसमा दोहोरो परिचय समेत नभएको अवस्थामा उनीहरूलाई एउटै विचार, सिद्धान्त र राजनीतिको गाँठोले बाँधिएका नेता–कार्यकर्ता भन्न कसरी सकिएला ? प्रश्न ज्युँदोजाग्दो छ ।....... जनताको मतदानबाट घण्टी बजाएको नवीनतम दल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अध्यक्ष रवि लामिछानेको सत्ता आरोहणमा उनको जन्म, जन्मसँग जोडिएको जात–थरको विरासत, जात–थरसँग टाँसिएको उनको खस–आर्य समुदायको पहिचान, त्यस समुदायका शासकहरूको भाषामाथि पकडले बलियो भर्याङ र खुड्किलाका रूपमा काम गरे कि गरेनन् ? ....... रवि लामिछाने वा अन्य नेतालाई अब सवाल गर्नुपर्ने हुन्छ- तिम्रा हेराइ, बुझाइ र गराइलाई निर्देशित गर्ने वर्ग र वर्ण के हो दलपति ? ती वर्ग र वर्णबाट मुक्त भएर राज्य र समाजको लोकतन्त्रीकरण गर्न सक्छौ ? ....... गोर्खा साम्राज्य र त्यसपछिको नेपाली राज्यमा खस–आर्य समुदायका छ–थर (थरघर) राजनीतिक कुलीन पुरुषमा एकाधिकार रहेको महेशचन्द्र रेग्मीको भनाइ छ । लोकराज बराल, कृष्ण हाछेथु र हरि शर्माका अनुसार नेपाली कांग्रेस र एमालेजस्ता ठूला राजनीतिक दलसँगै अधिकांश राजनीतिक दलको नेतृत्वमा ब्राह्मण–क्षत्रीजस्ता सवर्ण जात–समूहसँगै ‘थजात’ (उपल्लो जात) का नेवाःको प्रभुत्व छ । यसले मुलुकका सामाजिक, आर्थिक, प्रशासनिक मात्रै होइन, राजनीतिक संरचनामा पनि ‘उच्च जात–समूह’ को उच्च उपस्थिति र माथिल्लो हैसियतलाई देखाउँछ । राजनीतिमा पहाडी जात–समूहको प्रभुत्वको जरो कारण हो- समाजलाई हिन्दु वर्णव्यवस्था अन्तर्गत तहगत संरचनामा बाँड्ने जात–व्यवस्था र त्यसलाई लागू गर्ने हिन्दु राज्य । .......... प्रजापरिषद्का सदस्यहरू उच्च वर्गका सन्तान थिए । यस पार्टीमा मूलतः ब्राह्मण, क्षत्री र नेवाःको सहभागिता थियो भने शूद्रहरू शून्य थिए । यसका सदस्यहरू राणा सरकारका भारदारका छोरानाति थिए, जो आफ्ना बाबुको मृत्युपछि स्वतः उक्त पदमा जागिरे हुन्थे । सरकार र व्यवस्थाबाट दुःख, गरिबी र शोषणको अनुभूति गर्न नपाएका उनीहरू राणाका सन्तानबाट पाएको अपमान र हीनताबोधका कारण असन्तुष्ट तप्का थिए । ........ राणाकै वरिपरि हुर्किएका, राणाद्वारा नै सेवित र पोषित, तर राणाको राजदरबारमा भूमिका खोसिएर बिदेसिनुपरेका खलकका सन्तान नै कांग्रेसको नेतृत्व–पंक्तिमा थिए । नेकपाका संस्थापक पुष्पलालका अनुसार प्रजापरिषद् र कांग्रेसमा विशेष गरी सहर–बजारका, त्यसमा पनि खास गरी उपत्यकाका तीन सहरका ठूला–साना मध्यमवर्गीय व्यक्ति थिए । यी पार्टीहरू संगठनको परिपाटीमा संगठित नभई नेताहरूकै व्यक्तित्वको आधारमा भुले । राणाशासनको अन्त्यपछि उनीहरूले पुँजीवादी जनतान्त्रिक अधिकार हनन गर्दै राजाको शक्ति मजबुत पार्ने तथा जनवादी शक्तिलाई कमजोर पार्ने कार्यमा अग्रिम भूमिका खेले । अतः ‘नेता प्रधान होइन, नीति प्रधान’ गरी सोच्ने बेला आएको छ ।’ ....... राज्य र समाजकै आमूल परिवर्तनको उद्घोषका साथ क्रियाशील कम्युनिस्ट पार्टीमा पनि त्यस्तो वर्णीय, लिंगीय र धार्मिक समूहको एकाधिकार कायमै रहनु तथा त्यसलाई संरचना, प्रक्रिया र पद्धतिमा हेरफेर–सुधारबाट तोड्न नखोज्नु विडम्बना नै हो । ....... नेकपा स्थापना गर्ने पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी सबै नै नेवाः समुदायभित्रका हिन्दु ‘उच्च जात’ का सदस्य थिए, पछि गएर ब्राह्मण पुरुष–सत्ता स्थापित भयो । ........ राजनीतिक दलहरू सम्भ्रान्त वर्गबाट सञ्चालित हुनाले पिछडिएका समूहका समस्याप्रति प्रतिबद्ध छैनन् ...... भ्रातृ संगठनमा संलग्न उपेक्षित अगुवाहरूले अर्काको हली पो भइएछ कि भनी विचार पुर्याउनुपर्यो ।’ ........ करिब दुई दशकअघि र पछिको राजनीतिक नेतृत्वको जातीय संरचना र प्रभुत्वमा कुनै परिवर्तन आएको छैन, राजतन्त्रसँगै कमजोर भएको क्षत्रीहरूको प्रभुत्वलाई कांग्रेसले थाम्न खोजिरहे पनि एमाले, माओवादी र अन्य दलमा ब्राह्मण एकाधिकार प्रबल छ । मधेशवादी दलमा पनि उच्च र मध्यम जातको प्रभुत्व रहेको अवस्थामा जनमत पार्टी पनि मध्यम जातको एकाधिकारबाट अलग होला भन्न सकिन्न । स्वतन्त्र वा अन्य नयाँ राजनीतिक दलमा पनि ब्राह्मण कुलीन पुरुषहरूकै एकाधिकार रहने स्थितिमा समता र समावेशिताका राजनीतिक–सामाजिक मुद्दा आकाशको फल हुन सक्छ ।
गगन थापा। गनगन थापा। अब गर्जन थापा। वर्षमान उपप्रधान। तोशिमा स्वास्थ्य। सीके राउत विज्ञान प्रविधि। जनमत मधेस सरकार मा सहभागी हुने। उन्मुक्ति रेशम लाई उनमुक्त गरेर सुदुर पश्चिम र लुम्बिनी सरकार मा। रेशम मंडेला हो। थारू मंडेला।
गठबन्धन को बहुमत आउने छाँटकाँट देखिएन। एमाले सशक्त विपक्ष बन्ने देखियो। चुनावी परिणाम नै जनता को मैंडेट हो। त्यस अर्थमा रवि लामिछाने को पार्टी, सीके राउत को पार्टी, रेशम चौधरी को पार्टी, राजेन्द्र लिंगदेन को पार्टी ले पनि मैंडेट पाएको नै भन्नुपर्छ। अंतिम नतिजा आएको छैन तर जति आएको छ त्यसले संकेत दिन्छ।
शेर बहादुर देउबा टीवी मा रयाल काढ़दै बस्ने कि कात लाग्ने? देउबा संसदीय दलको नेता भएको कांग्रेस नजिक रवि लामिछाने को पार्टी, सीके राउत को पार्टी, रेशम चौधरी को पार्टी, राजेन्द्र लिंगदेन को पार्टी आउन मिल्दैन। अंकगणित मात्र को कुरा होइन। हावा कता बगेको छ? त्यो पनि हेर्नु पर्छ। देश ले नयापन खोजेको छ।
पहिला गगन गणतंत्रवादी भएको पछि कांग्रेस। कांग्रेस को प्रत्येक सदस्य बराबर, नया पुरानो सबै बराबर भन्दै टिकट बाँड्ने काम प्राइमरी इलेक्शन द्वारा गर्ने उद्देश्य बोकेको मान्छे।
मैंडेट गगन, वर्षमान, रवि, सीके को हो। चार जनाले मिलेर सरकार बनाउनुपर्छ। बुढ़ा हरु कात लाग्ने अब।
समानुपातिक मतगणना : काठमाडौंमा घण्टीको अग्रता घण्टी चुनाव चिह्न भएको सो पार्टीले हालसम्म ६ हजार ५७८ मत पाएको हो भने दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ । यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ ।
सप्तरी–२ मा सीके राउतको पक्षमा कसरी आयो लहर? उपेन्द्र यादव पछाडि पर्नुका यी हुन् कारण गत चुनावमा २१ हजारभन्दा बढी मतले जितेका उपेन्द्र यादवलाई यसपटक स्थानीय तहको चुनावमा आफ्नै पार्टीले पाएको मतसमेत जोगाउन कठिन देखिएको छ । मधेस मामिलाका जानकार तुलानारायण साह (सप्तरी) ले सीके राउतले विगत १० वर्षदेखि गर्दै आएको तयारीलाई उपेन्द्र यादवले नजरअन्दाज गर्दै आएको कारण आज यो अवस्था आएको बताए । ...... ‘उपेन्द्र यादवमा जातीय अहंकारदेखि लिएर मधेस आन्दोलन गरेर आएको जस्ता अहंकार थियो ।’........ उपेन्द्र यादव पछाडि पर्नुमा जातीय फ्याक्टरले पनि ठूलो काम गरेको छ । उनी यादव समुदायका हुन् र उनले यादव समुदायलाई मात्र संरक्षण गरेको आरोप लाग्दै आएको छ । पार्टीमा पनि यादव समुदायकै हालीमुहाली रहेको कार्यकर्ताहरुको गुनासो छ । ....... उपेन्द्र यादवले पाँच दलीय गठबन्धन छाडेर एमालेसँग गठबन्धन गरेका थिए । जबकि एमालेप्रति मधेसमा राम्रो सोच छैन । त्यो जान्दा जान्दै एमालेसँग गठबन्धन गर्नु नै उपेन्द्र यादवका लागि ठूलो भूल भएको धेरैको विश्लेषण छ । ....... नागरिकता विधेयकमा मधेसले एमालेलाई दोषी देख्छ तर उपेन्द्र यादवले सोही एमालेसँग गठबन्धन गरे । ........ ‘यदि भारतले उपेन्द्र यादवलाई हराउन तागत लगायो भने महन्थ ठाकुरलाई किन बचाउन सकिरहेको छैन त ? त्यो गलत प्रचार हो, जनताको अगाडि कसैको केही चल्दैन । उपेन्द्र यादवले जनतालाई विश्वासमा लिएको भए कुनै शक्तिले केही गर्न सक्नेवाला थिएन ।’ ...... २०५६ यता कुनै पनि नेता त्यहाँ दोहोर्याएर जितेका छैनन् । ...... सीके राउतले पनि ठूला ठूला सपना बाँडेका छन् ।
संसदीय यात्रामा अपराजित गगन : प्रधानमन्त्रीको कुर्सी कति नजिक? व्यक्ति आफैँले प्रधानमन्त्रीको उम्मेदवारकारुपमा प्रस्तुत गरेका उदाहरण झनै कम छन् । ....... महामन्त्री गगनकुमार थापा भने आफूलाई चुनावपछिको प्रधानमन्त्रीे उम्मेदवारको रुपमा उभ्याएर भोट मागे । काठमाडौंमा स्वतन्त्र र नयाँ पार्टीको दबदबा बनिरहेका बेला तेस्रोपटक मैदानमा उत्रिएका थापा मतदाताबाट आफूलाई अब प्रधानमन्त्री उम्मेदवारको रुपमा अनुमोदन गराएका छन् । ....... काठमाडौं–४ बाट ‘हृयाट्रिक’ जित निकालेपछि मंगलबार उनले अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा लागेको घोषणा समेत गरे । ...... भर्खरै खुलेका दल, युवा र नयाँ अनुहारले देशभर स्थापित दल र नेताहरूलाई चुनौती दिइरहेका बेला पार्टीमा नयाँ पुस्ताको नेतृत्व गर्ने ४६ वर्षे थापाको घोषणाले शीर्ष नेताहरूमाझ दबाब सिर्जना गरेको छ । गणतन्त्र स्थापनाको आन्दोलनमा पार्टीभन्दा पहिले फ्रन्टलाइनमा उभिएका थापा अहिले नेतृत्व पुस्तान्तरणको दबाब बढाउँदै देशको नेतृत्व गर्न सक्ने युवा पुस्ताको अग्रपंक्तिमा छन् । ...... पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणको एजेन्डा बोकेर लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थापाको यो घोषणाले अब राष्ट्रिय राजनीतिमै पुस्तान्तरणको दबाब सिर्जना गर्ने देखिएको छ । ....... टिकट वितरणमा सभापति देउवाको दबदबा जमाएका छन् । सभापति देउवाले नै फेरि दलको नेता बन्न चाहे अहिलेकै समीकरणमा उनलाई कसैले रोक्न सक्दैन । ..... विगतमा संसद्मा हुँदा चर्को खबरदारी र निर्णायक मोडमा बलियो गरी जिम्मेवारी निभाएका थापा वाचाल समेत छन् । ....... अहिले कांग्रेसमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै कतिपय मुद्दामा उनको बोली यति अर्थपूर्ण बन्ने गर्दछ कि कुनै विवादास्पद मुद्दामा गगनले के बोल्छन् ? त्यो हेरेरमात्रै उनको पार्टी र अन्य राजनीतिक दलका नेताहरूले धारणा बनाउँछन् । ...... गणतन्त्र स्थापनापछि पहिलो संविधानसभामा समानुपातिकबाट सांसद भए । प्रत्यक्ष टिकट वितरणमा उनले टिकट नपाएपछि आन्दोलनका 'फ्रन्टलाइनर'लाई नै टिकट नदिइएको भनेर आलोचना भएपछि उनी सांसद भएका थिए । ...... उनी उम्मेदवार मात्रै होइन, आगामी पाँच वर्षमा देश यसरी चलाउँछु भन्ने खाकासहित प्रस्तुत हुँदैछन् । ....... कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको उपाध्यक्ष र महामन्त्री भएर काम गरेका थापा ०६४ सालमा ३१ वर्षमै संसद् छिरे ।संविधानमा प्रभावकारी देखाएका थापा ०६७ को कांग्रेस महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय सदस्य भए । ०७२ मा एकैपटक महामन्त्रीको चुनाव लडेका थापा यसपटकको महाधिवेशनमा भने सर्वाधिक मतसहित महामन्त्री बनेका हुन् । उनको संसदीय यात्रा पनि अहिलेसम्म अपराजित छ । ....... ‘फेरि हाम्रा पार्टीका महामन्त्रीहरू मन्त्री पनि नभई राजनीतिबाट बाहिरिएका उदाहरण पनि छन् ।’ .
'पुरानै अनुहारको नेतृत्वमा जान्नौं, बलियो प्रतिपक्षको खाँचो छ' हाम्रो लागि अबको चुनौती भनेको संगठन हो । हामीले चुस्त संगठन बनाउन पाईसकेका छैनौं । हुन त हामी क्याडरबेस्ड पार्टी होईनौं । हाम्रोमा भातृ संगठन छैन, कार्यकर्ता हुँदैनन् । हाम्रोमा अधिकारसम्पन्न सदस्यहरु हुन्छन् । उनीहरुले 'प्राईमरी ईलेक्सन'मा भोट हाल्न पाउँछन् । ....... अहिले ६४ वटा जिल्लामा हाम्रो जिल्ला समितिहरु बनेका छन् । ...... हाम्रो ध्यान यतिबेला अलिकति प्रतिपक्षमा छ । तर त्यसो भन्दै गर्दा एउटा जिम्मेवारी लिएर भोलि सरकारमा सहभागी भएर नागरिकलाई डेलिभरी दिने कुरामा पछाडि हटनु पनि सार्न्दभिक नहोला । ...... तर त्यहाँ भोलि प्रतिबद्धताहरु होलान्, नागरिकसँग उत्तरदायी हुने कुनै नयाँ टिम बन्न सक्ला वा त्यस्तो केही भएको खण्डमा वा हामीले नै नेतृत्व गर्ने कुराहरु आउन सक्ला । ...... तर यही चिजमा, यिनै पुराना अनुहारहरुको नेतृत्वको सरकारमा जाने रुचि छैन ।
मधेशमा समानुपातिकतर्फ जनमत अगाडि, जसपा पाँचौं स्थानमा मधेश प्रदेशमा समानुपातिकतर्फ जनमत पार्टी पहिलो स्थानमा पुगेको छ । ..... निर्वाचन आयोगद्वारा मंगलबार ११स्१५ मा अद्यावधिक विवरण अनुसार जनमत पार्टीले २ हजार ६४४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस २ हजार २२८ मतसहित दोस्रो स्थानमा छ ।
रवि लामिछाने उक्लिए दोस्रो स्थानमा, कृष्णभक्तको अग्रगता कायमै चितवन–२ मा एमालेको अग्रता, रवि झिनो मतले पछाडि समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो एमालेले हालसम्म २३ हजार ३७४ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २१ हजार ९४९ मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५०५ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले आठ हजार ३९८ मतका साथ चौथो स्थानमा छ । ....... राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन् । साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन् ।
हुन त मतगणना शुरू मात्र भएको छ। एक सीट मा मात्र जित घोषणा भएको अवस्था हो यो। तर सीके राउत को जनमत पार्टी र रवि लामिछाने को राष्ट्रिय स्वतंत्र पार्टी राष्ट्रिय पार्टी बन्ने देखियो।
सबैभन्दा बढ़ी जिज्ञासा को चुनाव सीके राउत र उपेन्द्र यादव को सीधा प्रतिस्प्रधा सारा देश का लागि। त्यहाँ सीके ले स्वीप नै गरेको देखियो।
कांग्रेस को भोट वाम लाई ट्रांसफर नहुने रहेछ। माओवादी को हालत खास्ता छ। तेस्रो दल हुने नहुने अवस्था जस्तो छ।
रवि, चन्द्र र रेशम। रेशम चौधरी को पार्टी ले पनि राम्रै गर्दैछ। सीके राउत ले पार्टी एकीकरण को पहल गर्नुपर्छ।
बालेन र हर्क ले लौरो टेकेको आधार मा हॉर्न बजेछ, घण्टी बजेछ।
कुनै एक पार्टी को बहुमत त्यसै पनि आउँदैन।
गगन ले पनि आफ्नो क्षेत्र मा राम्रो गरेको देखियो।
देउबा ले हारे हुने। सागर ले जिते हुने। प्रतिस्प्रधा दिएको त देखियो।
तोशिमा सबिता ले राम्रो गरेका छन। काठमाण्डु ले राम्रो सन्देश दियो।
देउबा हारेर गगन संसदीय दलको नेता बन्ने। गठबंधन भत्किने। गगन, रवि, सीके, रेशम मिलेर सरकार बनाउने। त्यो पनि हुन सक्छ। तोशिमा स्वास्थ्य मंत्री बन्ने। संख्या नपुगे राप्रपा पनि। लिंगदेन को राप्रपा। राजा अपेंडिक्स हो लिंगदेन को। नया पुस्ता को सरकार। सागर पनि।
I am here already. Every eye shall see him is a reference to the Internet. How would you have described the Internet several thousand years ago?
गगन प्रधान मंत्री, वर्षमान उप प्रधान मंत्री, अमरेश विदेश मंत्री, झाँखरी मंत्री। त्यो पनि एउटा संभावना हो। मुद्दा मिल्छ भने। वर्षमान ले भने जस्तो सुशासन लाई कड़ा मुद्दा बनाउने हो भने। नारा होइन ठोस मुद्दा, ठोस रोडमैप।
केपी ओली ले दुई दुई पटक संसद विगठन गरेको घटना ले गठबंधन लाई मलजल दिए जस्तो देखिन्छ।
मोटामोटी नक्शा अब यही हो। बरु प्रदेश सरकार लाई आफ्नै लोकसेवा आयोग र प्रहरी दिने कुरा मा काम हुँदै गर्ला।
तर सुशासन को नारा मात्र दिने, बुढ़ा हरु लाई नै कुरुवा बस्ने ताल ले तर हुँदैन। सुशासन को नारा लिएर आउने सीके राउत, रवि लामिछाने हरु का लागि ठाउँ बन्छ।
कांग्रेस का अर्का महामंत्री विश्व ले गगन प्रधान मंत्री बन्न चाहे म समर्थन गर्छु भन्नु ले ठुलो अर्थ राख्छ। प्रचण्ड र देउबा पत्नी ले आलोपालो प्रधान मंत्री बन्ने हल्ला चलेको बेला आ नेपाली जनता वासी भात खा को संकेत दिन्छ। स्थानीय चुनाव मा कांग्रेस ले राम्रो परिणाम ल्यायो। शेखर गुट ले प्रयाप्त मात्रा मा टिकट पाउने संघर्ष देखि लिएर संसदीय दलको नेता मा उम्मेदवारी दिने हिम्मत देखाउने सम्म को लामो बाटो हो। तर अरु कुनै प्रमुख पार्टी मा त्यस्तो पुस्ता हस्तांतरण को कुनै संकेत नदेखिएको बेला गगन को चहलपहल ले राम्रो संकेत दिएको छ।
रवि लामिछाने को नया पार्टी
रवि लामिछाने अर्को रविन्द्र मिश्र होइन भनेर कसरी थाहा पाउने? रविन्द्र मिश्र को भन्दा राम्रो स्टेज प्रेज़ेन्स छ लामिछाने को। नेपाल मा टीवी कार्यक्रम चलाएर बसेको हो। रवि लामिछाने लाई मैले पहिलो पटक देखेको न्यु यॉर्क को जैक्सन हाइट्स मा सड़क मा। धेरै पहिले। मलाई अत्तोपत्तो थिएन को मान्छे भनेर। त्यसै गरी धमला लाई माधव नेपाल प्रधान मंत्री भएर न्यु यॉर्क आएको बेला होटल लॉबी मा भेटेको। अत्तोपत्तो थिएन को मान्छे भनेर। नेपाली अनुहार देखेर हात मिलाएँ।
भ्रष्टाचार को मुद्दा मा लेजर फोकस गर्ने भो भने रवि लामिछाने को संभावना नभएको होइन।
राधा पोखरेल
महिला बालेन शाह को संज्ञा पाएकी राधा जी। शेयर बाजार मा काम गरिरहेकी। उदहारण नै हो।
बालेन शाह, हर्क राई
सालिक बनाउने कुरा नराम्रो होइन। तर यम बुद्ध का फैन हरुले आफै क्राउडफंडिंग गरेर किन नबनाउने?
सीके राउत को मधेस को जानी दुश्मन केपी ओली सँग कुनै गठबन्धन छैन, हुन पनि सक्दैन। झुठ बोल्न छोडम होला। गगन लाई थाहा छ जनमत पार्टी को एमाले सँग मात्र होइन कुनै पनि पार्टी सँग गठबंधन छैन भन्ने कुरा। तैपनि झुठ लाई बारम्बार दोहोर्याएर सच मा परिणत गर्ने यो गोबल्सी प्रयास।
जनमत पार्टी मधेशमा सबभन्दा #ठूलो पार्टीको रूपमा उदय हुँदै !📢📢📢 -------------------------- १८० प्रमुख/अध्यक्ष १६१ उपप्रमुख/उपाध्यक्ष १२१९ वडाअध्यक्ष ५७७८ जम्मा उम्मेदबार
भ्रममा नपरौं - सातवटै मोहर हर्न छापमा नै लगाऔं📢卐
जनमत पार्टीको नीति स्पष्ट छ - व्यक्तिगत स्तर होस् वा पार्टीगत स्तर, हामी कसैसँग कुनै गठबन्धनमा छैनौं। हाम्रो केन्द्रीय समितिको निर्णय नै त्यही हो र त्यही अनुसार हामीले सबै ठाउँमा आफ्नो उम्मेदबार पनि उठाएका छौं।
यति स्पष्टताका बाबजूद कतै कसैले भ्रम फैलाइरहेको छ भने भ्रममा नपर्नुहोला। सातवटै मोहर हर्न छापमा नै लगाउनुहोला, चाहे जसले जेसुकै भनोस्।