Friday, June 18, 2021

जसपा एकता मन्त्र: एक कदम पछाडि, दुई कदम अगाडि

जसपा एकता मन्त्र: एक कदम पछाडि, दुई कदम अगाडि 

एक कदम पछाडि 

उपेंद्र र महंथ ले अहिले सम्म गरेका कारवाही अदि इत्यादि सबै फिर्ता लिने। निर्वाचन आयोग र अदालत मा दर्ता गरेका सबथोक फिर्ता लिने। दुई नंबर प्रदेश को सारा नौटंकी फिर्ता लिने र फेरि जसपा को साबिक एक्लो सरकार बनाउने। अनि पाँच सात जना शीर्ष नेता हरु एक ठाउँ भेला भएर दाँत माझ्ने काम गर्ने। पहिला दाँत माझ्ने, मन माझ्न मार्गप्रशस्त गर्ने। दाँत माझ्ने भनेको बाहिर मीडिया मा एकले अर्का को विरुद्ध नबोल्ने। संविधान संसोधन गराउनु छ भने त्यति अनुशासन देखाउने। 

दुई कदम अगाडि 

संसद पुनर्स्थापना का लागि त परखिनैपर्छ। होइन भने उपेंद्र जी को इमेज ख़राब हुन्छ। संसद पुनर्स्थापना भए पछि उपेंद्र जी लाई नपचेको  प्रतिगमन सच्चियो। त्यस पछि आफ्नो लागि केपी ओली ले साँचेर राखेको रक्षा मंत्रालय लिने। रक्षा र उप। 

दोस्रो कदम। पार्टी पुनर्संरचना गरेर बीपी को ठाउँमा महंथ, र त्यस मुनि गणेशमान, कृष्णप्रसाद, गिरिजा को ठाउँ मा उपेंद्र, राजेंद्र, हृदयेश राखेर हृदयेश समुह सँग पार्टी एकीकरण गर्ने। लुम्बिनी प्रदेश मा १० सांसद चाहिएको हो भने। 



सर्वोच्चमा बुझाएको हस्ताक्षर स्वीकार्न सकिन्न, जेठ २ को एमाले २४१ केन्द्रीय सदस्यसहितको हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]  सर्वोच्चले अदालतको फैसलापछि एमाले भएपछि हामी जेठ २ गते नै पुग्यौं। हाम्रो विरासत सीमा रेखा त्यही हो। ..........  अबको एमाले भनेको हिजोको एमाले होइन, एकीकरणको ‘स्पिरिट’लाई पनि प्रतिनिधित्व गर्ने एमाले हो। त्यसरी आएका साथीहरु कति केन्द्रमा हुनुहुन्छ, कति प्रदेशमा हुनुहुन्छ। स्थानीय तहमा नयाँ साथी संगठित हुनुभएको छ। त्यसैले यसका दुईटा आयाम छन्, विरासतको सीमा रेखा त्यही जेठ २ गते हो। यसलाई यान्त्रिक ढंगले मात्रै बुझ्नु हुँदैन। विकसित अवस्था पनि यहीँभित्र छ भनेर बुझ्नुपर्छ। .......... कि नेकपा एमालेमा देखिएका यी समस्यालाई समाधान गर्नुपर्‍यो, कि नेकपा एमालेका नेता कार्यकर्ताले अहिलेसम्म नझेलेको समस्या झेल्नका लागि तयार हुनुपर्‍यो। ........ यसीबीचमा मत मात्रै होइन, मन पनि फाटे। मतसँगै मन कसरी मिलाउने भनेर जिम्मेवारीका साथ हामीले छलफल गरिरहेका छौं। ........ टीका लगाएर, घोषणा गरेर सेलिब्रिटी ढंगले प्रस्तुत भएर मात्रै हुँदैन। आफ्नो परिभाषित जिम्मेवारीमा क्षमता देखाएर मात्रै नेतृत्वको दाबी गर्न सकिन्छ। ...........  आन्दोलन र पार्टीलाई कमजोर बनाएर हामी बलियो बन्न सक्दैनौं। ........ हाम्रो व्यक्तिगत जीवन र पदभन्दा ठूलो पार्टीको एकता हो। अखण्डित एमाले नै हो। ........ एमालेभित्र पदीय हिसाबले म दोस्रोपटक महासचिव छु। मेरो इतिहास र निष्ठाले जिम्मेवारी लिने कुरा अन्यथा होइन। तर, अहिले त्यो बेला होइन। 

असई मणिकान्त झामाथि रंगभेदी व्यवहारको घटना: कसले लिने प्रहरीको मनोबल गिरेको जिम्मा?

एमाले विवाद : जेठ २ मा फर्कनेबारे सहमति नजिक, हस्ताक्षर फिर्ताको विषयमा ‘मध्यमार्गी उपाय’ खोजिँदै उक्त संरचनालाई क्रियाशील बनाएर त्यसपछि बस्ने संयुक्त बैठकले वर्तमान परिस्थितिअनुसार पार्टी केन्द्र र अन्य संरचनालाई अद्यावधिक गर्ने सहमति जुटेको हो। यससँगै नेपालपक्षले २०७७ साल फागुन २८ गतेपछि गरिएका निर्णय खारेज गर्ने दोस्रो बुँदाको माग सम्बोधन भएको छ। 

पार्टी मिलाउने हो भने केपी ओलीले जेठ २ को ‘बेस लाइन’ मान्नुपर्छ, अर्को कुरै छैन : योगेश भट्टराई [अन्तर्वार्ता]  जब हामी दशौं महाधिवेशनको हलमा जान्छौँ र नयाँ केन्द्रीय कमिटीको निर्वाचन हुन्छ। त्यसपछि मात्रै नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग हुन्छ। ......... सर्वोच्च अदालतले दशौं महाधिवेशन कमिटी विधानले चिन्दैन भन्यो। त्यस आधारमा जति पनि गतिविधि भएका छन्, अमान्य हुन्छन्। अदालतले यस्तो भनेपछि हामी र पार्टी अध्यक्षसँग पार्टीलाई जेठ २ गतेको पुरानो कमिटीमा फर्काउनु बाहेक कुनै विकल्प छैन। ......... जेठ २ गते भनेको एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित एउटा सग्लो कमिटी हो। त्यहाँ अध्यक्ष केपी ओली हुनुहुन्छ। पाँच जना उपाध्यक्ष, दुई जना वरिष्ठ नेता, एक जना महासचिव, दुई जना उपमहासचिव र हामी पाँच जना सचिव छौँ। त्यसपछि स्थायी कमिटी र केन्द्रीय कमिटी छ। यो जेठ २ गतेको कमिटी हो। जेठ ३ गतेमा जाँदा एमाले र माओवादी केन्द्रका बीच पार्टी एकता हुने निर्णय भइसकेको हुने दिनमा पुग्छौँ। एकताको निम्ति त्यहाँ केन्द्रीय कमिटीमा ३७ जना नयाँ सदस्य थपेका छौँ। जेठ ३ गतेमा पुग्दा अध्यक्ष केपी ओली रहनुभयो। हामीहरु स्थायी कमिटी सदस्य मात्रै रह्यौँ। .................  सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनःस्थापना गर्ने संकेत देखाएपछि केपी ओलीले आफ्नो पद जोगाउन एमाले एक बनाउन पहल गरेको भन्छन् नि? ................... जब हामी एमाले हुँदै छौँ भने अरु पार्टीबाट धेरैभन्दा धेरै मान्छे आउन् भन्ने चाहना राख्नु राम्रो हो। माओवादीबाट मात्रै किन कांग्रेसबाट आउनुपर्‍यो। त्यति मात्रै होइन, एमालेलाई एकताबद्ध गरेर फेरि वामपन्थी एकताको स्टेपमा जान सक्छौँ। त्यो ढोका बन्द भएको छैन। .......... संसद दुई पटक विघटन भयो। ती दुवै पटकको विघटन संविधानतः गलत छन्। आज अध्यक्षले त्यसको पक्षमा वकालत गर्नु भएको छ। हामी विपक्षमा वकालत गरिरहेका छौँ। पार्टी भनेको त्यही हो। फरक मतहरु, भिन्न मतहरु त्यहाँ बस्न सक्छन्। ........... पाँचौँ महाधिवेशनबाट जनताको बहुदलीय जनवाद अगाडि सार्यौ। जबजको सारांश पार्टीभित्र पनि लोकतान्त्रीकरण हुनुपर्छ भन्ने हो। पार्टीको लोकतान्त्रीकरण भनेको पार्टी नेतृत्व पार्टी सदस्यबाट निर्वाचित हुन्छ। पार्टीको सार्वभौम सत्ता पार्टी सदस्यमा निहित हुन्छ। पार्टीभित्र विभिन्न व्यक्तिहरुले विचारहरु स्वतन्त्रतापूर्वक राख्न पाउँछन्। त्यस वापत दण्डित गरिँदैन। पार्टीमा बहुमतले पारित गरेको विचार कार्यान्वयन गरिन्छ, अल्पमतलाई सम्मान गरिन्छ। त्यो फरकमत हुन्छ, छलफलमा लगिन्छ। ..........  नेपालले पार्टी सदस्यता दिएका मान्छे स्थायी कमिटीमा छन्। कति मन्त्री छन्। ......... बामदेव गौतम आफैं अध्यक्ष उठेको भए पनि त्यति खट्नुहुन्थेन होला, ओलीलाई अध्यक्ष बनाउन त्यति खट्नुभएको थियो। आज उहाँ ओलीसँग हुनुहुन्न। ........ कोही नेपाल विचार समूह छाडेर ओलीतर्फ जानु र कोही ओली विचार समूह छाडेर नेपालतर्फ जानु भनेको एउटै हाँडीमा भुटिरहेका मकै हौँ। हामी कहाँ जाने तरु त्यहीँ ठोक्किएर न फूल उठ्ने हो। एकअर्कामा ठोकिन्छ र फूल उठ्छ। .......... पहिले त मान्छे स्वतन्त्र हुन्छ भन्ने कुरा बुझ्नुपर्‍यो। यदि यो बुझ्दैनौं भने हामी मार्क्सवादी होइनौँ। ........ कब्जा भनेको माओवादीका साथीहरुको भाषा हो। कब्जा कहीँ पनि हुँदैन। पार्टी भनेको कब्जा गर्ने भन्ने हुँदैन। पार्टीमा क्रियाशील हुने हो। .......... एमालेले व्यापक मध्यम वर्गको र त्योभन्दा तल्लो क्लासको गर्छ। ठूलो संख्या मध्यम वर्ग छ। अर्कोतिर एमालेले माथिल्लो वर्गका देशभक्तहरुको प्रतिनिधित्व गर्छ। विचारमा यो पार्टी समाजवादी छ। .............. कुनै कुनै संघर्षहरु विभाजनको निम्ति हुन्छ। कुनै कुनै संघर्ष एकताका निम्ति हुन्छ। आज एमालेभित्रको संघर्ष विभाजनको निम्ति होइन। एकता र रुपान्तरणको निम्ति हो। एमालेलाई योभन्दा उन्नत लोकतान्त्रिक पार्टी बनाउन, योभन्दा उन्नत देशभक्तिपूर्ण आन्दोलनमा अग्रसर गराउन, एमालेभित्र देखिएका कतिपय गैरराजनीतिक चरित्रहरुलाई सच्याउन र एमालेलाई राजनीतिक चरित्रको पार्टी बनाउन हाम्रो संघर्ष हो। विभाजनको लागि होइन। ........... हाम्रो पार्टीको विधानले नै ७० वर्षभन्दा पछि कार्यकारी पदमा आउन पाइँदैन भनेको छ। ......... हामी २०७५ जेठ २ गतेको स्थायी कमिटी बस्छौँ। बस्नुपर्छ। त्यहाँबाट सुरु हुन्छ। त्यो स्थायी कमिटीले २०७५ जेठ ३ गते थपिएका साथीहरुलाई समायोजन गर्नुपर्छ। ....... त्यो स्थायी कमिटीले कमरेड बादल लगायत माओवादीतर्फबाट समाहित हुनुभएका कमरेडहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्नुपर्छ। ........ एकताको निम्ति जाने हो भने अविश्वासहरुलाई विश्वासमा बदल्दै जाने हो। ........ महाभारतको युद्ध पाण्डवहरुले जिते। तर, उनीहरुको विजयोत्सव मनाउने मान्छे बाँकी थिएनन्। आफन्त कोही पनि थिएनन्। राज्य प्राप्त गरेको खुसीयाली साट्ने मान्छे थिएनन्। 

 



‘महन्थ ठाकुर र उपेन्द्र यादव एक स्टेप पछाडि हटेर एकता जारी राख्नुपर्छ’  प्रदेश २ को सरकारसँग केन्द्र सरकारले भेदभाव गरेकै हो, यसमा दुईमत छैन । तर हामीलाई दिइएको पैसा पनि त खर्च गर्न सक्नुपर्ने हो नि । आफूलाई दिएको पैसा खर्च गर्न नसक्ने अनि अझै पैसा देऊ भन्नु तर्कपूर्ण होइन । तसर्थ, चालू आर्थिक वर्ष २०७७÷७८ को बजेटलाई हेर्दा अन्त्यसम्म ५०–६० प्रतिशतभन्दा बढी खर्च हुने अवस्था छैन । ........... कांग्रेस, एमाले र माओवादीको मधेश हेर्ने दृष्टिकोण एउटै हो । किनभने हामी सडकमा कराउँदा–कराउँदै यी तीन दलले अधुरो संविधान बनाए । सहज परिस्थितिमा यिनीहरुले मधेशीलाई केही दिँदैन । तर आज यिनीहरुलाई अप्ठ्यारो भएको भने हाम्रा मागहरु पूरा गर्न तयार छन् । असहज परिस्थितिमा भएपनि हाम्रा मागहरु पूरा गर्न तयार हुन्छन् भने हामीले लिन सक्नुपर्छ । विगतमा उपेन्द्र यादवजी ओलीको सरकारमा बस्दा के–के माग पूरा गराउनुभयो, त्यसको हिसाब त दिनुप¥यो नि । .............. हाम्रा दुवै नेता महन्थ ठाकुर र उपेन्द्र यादवलाई आग्रह छ कि दुवै जना एक–एक स्टेप पछाडि हट्नुस् । हुन त निर्वाचन आयोगले एकले अर्कालाई गरेको कारबाही त्यसै पनि खारेज ग¥यो । दुवै अध्यक्षले एक स्टेप ब्याक गर्नुभयो भने फेरि एकता हुन्छ । किनभने जसपासँग उपेन्द्र यादव वा महन्थ ठाकुरको मात्रै भविष्य जोडिएको छैन नि । यसमा धेरै नेता कार्यकर्ताहरुको योगदान छ । राजपा र समाजवादीबीच एकीकरण हुँदा मधेशमा उत्साह छाएको थियो । तर अहिलेको गतिविधिले गर्दा जनतामा निराशा र आक्रोश देखिन थालेको छ ।

आयोग जाने पीडितहरु हुन्, हामी निर्णयलाई पर्खन्छौँ  : महन्थ पक्ष



केपी–माधव पक्षका पाँचजना नेताको समिट होटलमा वार्ता, के भयो उपलब्धी ?  



No comments: