Wednesday, June 16, 2021

बाबुरामको नया समाजवाद: केजरीवाल पथ?

बाबुराम को नया समाजवादी केन्द्र
कम्युनिस्ट एकता कि नयाँ समाजवादी केन्द्र? कार्ल मार्क्सकै भनाइलाई आधार मान्ने हो भने जसरी ‘क्षमताअनुसारको काम, आवश्यकताअनुसारको दाम’ सम्भव छैन, त्यसै गरी ‘क्षमताअनुसारको काम, कामअनुुसारको दाम’ सम्भव छ। मानिसलाई ‘सर्वव्यापी शिक्षा र स्वास्थ्य सेवा’ बाट क्षमतावान् बनाउन सम्भव छ। सोहीअनुसारको रोजगारी सिर्जना गर्न र समतामूलक समाज बनाउँन सम्भव छ।

मदन भंडारी ले बहुदल आविष्कार गरेको होइन। बाबुरामले ताततातो पस्केको नया समाजवाद हुबहु केजरीवाल पथ सँग मिल्छ। यद्यपि त्यो नाम को आदर्श कतै उल्लेख छैन। केजरीवाल लाई तपाईं पुंजीवादी कि समाजवादी भन्दा उसले अचम्म मानला। बाबुराम को नया शक्ति भनेको केजरीवाल को आम आदमी पार्टी को नक्कल गर्न खोजेको नै हो। प्रयोग असफल रह्यो। सपा हुँदै जसपा पुगे। तर त्यहाँ उनको बौद्धिक तानाशाही नचलेको देखेर नमजा मानेका छन। समाजवाद नाम सँग प्यार हो भने जसपा को नाम मा छ त त्यो शब्द। 

अमेरिकी राजनीतिमा कसैलाई गाली गर्नु पर्यो भने त समाजवादी भनिदिने गरिन्छ। कसैलाई चुनाव हराउनु छ भने समाजवाद को बिल्ला लगाइदियो। चुनाव हार्छ त्यो मान्छे ले। 

साउन मा आँखा फुटेको गोरुले हरियो देख्छ भने जस्तो। पिछला शताब्दी को पुँजीवाद साम्यवाद वाला झगड़ा समाप्त भयो। अब मानव अधिकार वाला बहुदलीय लोकतंत्र र मिश्रित अर्थतंत्र सबैले मानने भन्ने भयो। अर्थात वादविवाद सकियो। तर बाबुराम जी का लागि वादविवाद सकिएको छैन। 

लोकतंत्र र मिश्रित अर्थतंत्र मानने नमान्ने वादविवाद को कहिले पनि केजरीवाल ले सामना नै गर्नुपरेन। त्यो भित्र रहेर सरकारले गर्नुपर्ने सीमित काम सकेसम्म राम्रो गर्ने भन्ने हो। मुख्य रूपले शिक्षा र स्वास्थ को क्षेत्रमा राम्रो गर्ने। मान्छे ले काम गर्ने त निजी क्षेत्रमा हो भन्ने छ। राम्रो पढेको छ भने राम्रो कमाउला। त्यो सोंच हो। 

अर्थात डेलिवर (deliver) गर्ने। भन्ने ले त्यसलाई post-ideology politics पनि भन्छन। 

बाबुराम जी को प्रयास गलत होइन। जायज छ। तर विफल यस मानेमा हुन्छ कि राजतन्त्र बांदर लाई संवैधानिक राजतन्त्र को नाच सिकाउने प्रयास गर्दै बीपी ले जीवन बिताए। बाबुराम जी प्रचंड लाई बहुदल, माधव लाई साम्यवाद/जनवाद छोड्न सिकाउन मैं आफ्नो समय दिन चाहन्छन। आफ्नो आफ्नो कुरा हो। मेरो ठोकुवा छ प्रचंड र माधव ले आजीवन कम्युनिस्ट शब्द छोड्ने वाला छैनन। हुन त तिनको राजनीतिक जीवन त समापत नै भइसक्यो। 

बरु जसपा को नया पीढ़ि लाई केजरीवाल सिकाए उपलब्धि हात लाग्दो हो। 




मन्त्रीबाट हठात् हटाइनु राजनीतिक बेइमानी हो : जितेन्द्र सोनल [अन्तर्वार्ता]  जसरी अहिले जनता समाजवादी पार्टीभित्र राजनीतिक घटनाक्रमको विकास भएको छ, पार्टीको केन्द्रदेखि प्रदेशसम्मको स्थिति त्यति राम्रो छैन। ........ महन्थ ठाकुरजीलाई कारबाही गर्ने कुरा मैले कल्पनासम्म गर्न सक्दिन। त्यसैगरी उपेन्द्रजीमाथि पनि। एउटै पार्टीको दुई नेता सदनमा शुभकामना मन्तव्य राख्दा दुई धारको कुरो राख्नु, एक नेता विपक्षीसँग गठबन्धन गरेर वैकल्पिक सरकारको कुरो गर्नु। .............. केन्द्रीय अध्यक्ष आउनुभएको छ। उहाँ सबैसँग एक्लै–एक्लै भेट गरिरहनु भएको छ, माइन्युटमा हस्ताक्षर गराइराख्नु भएको छ। त्यसपछि मलाई लाग्यो, यो राजनीतिक बेइमानी हो। उहाँले काठमाडौंमा के गर्नुभयो? कसले कसलाई कारबाही गर्‍यो, त्यो त्यागेर प्रदेशमा ५५ जनालाई बोलाएर उहाँले कुरा गर्नुपर्थ्यो। तर उहाँले चोरबाटो भएर सबै प्रक्रिया अगाडि बढाउनुभयो। जब मैले सञ्चारमाध्ययमबाट जानकारी पाएँ, त्यसपछि अन्तरमनमा लाग्यो अब यो सहकार्य अगाडि जानेवाला छैन। ............. समस्या के छ भने जनता समाजवादी पार्टी दुई पार्टी मिलेर बन्यो। तत्कालीन संघीय समाजवादी पार्टीभित्र विभिन्न गुट छ। तत्कालीन राजपा त झन् ६ पार्टी मिलेर बनेको थियो। त्यसकै अन्तरद्वन्द्व सबैठाउँमा देखिन्थ्यो। ........ शेरबहादुर देउवाजीले प्रचण्डजीको टाउकोको मूल्य तोक्नु भएको थियो, उपेन्द्र यादवजी प्रचण्डको डरले लुकीछिपी बस्नुहुन्थ्यो। तर आज हेर्नुुस् एकै ठाउँमा छन् तीनै जना। 




तीन प्रदेशमा विपक्षी गठबन्धनबाट कसरी बाहिर निस्कियो खनाल–नेपाल समूह ? पार्टी एकता जोगाउन खनाल–नेपाल समूहले लिएको लचक नीति हो वा सरकार फेरबदलको अवस्थामा निर्णायक भूमिका खेल्ने रणनीतिको हिस्सा भन्ने अझै अस्पष्ट

आफ्नै निवासमा विपक्षी गठबन्धनको  बैठक राखेर माधव नेपालले दिए सन्देश–  एमाले एकताको आधार बनेको छैन,  हामी गठबन्धनमै छौँ शीर्ष नेताहरूले ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन, राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको’ भन्दै पुनः स्पष्टता दर्शाएका छन्, साथै आपसी सम्बन्ध बलियो बनाउने र एक–आपसमा अविश्वास उत्पन्न गराउने विषयबाट सजग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्







‘खोप कूटनीतिमा सरकार पूर्ण रूपमा विफल भयो’ प्रधानमन्त्री ओलीले संसदबाट भारतलाई गाली गरेको, अमेरिकासँग एमसीसीबारे पाँच वर्षदेखि जोरी खोजिरहेको र विभिन्न कारणले बेलायतको विश्वास पनि गुमाएको भन्दै उनले भने, ‘ओलीले विदेश नीतिलाई आफ्नो सत्ता बचाउने खेलमा प्रयोग गर्दा हाम्रा ऐतिहासिक सम्बन्धहरूमा ठूलो समस्या उत्पन्न भयो । यिनै कारणले गर्दा नेपालले समयमा खोप ल्याउन सकेन ।’ ...... सबैभन्दा अनौठो त के देखियो भने स्वास्थ्य सामग्री, भ्याक्सिन लगायत विषयमा कहिल्यै पनि संसदमा बहस र छलफल नै भएन । ...... राज्यले यति ठूलो समस्यालाई समाधान गर्नका लागि कुनै रणनीतिक पेपर नै बनाउन सकेन । ........ गत वर्ष स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार भएका विषय बाहिर आए । बिचौलिया, राजनीतिक दलका आफन्तहरू यो लुट्ने बेला हो, धेरै कमाउने बेला भयो भनेर लागे । हामीले स्वास्थ्य सामग्री खरीदमा व्यापक भ्रष्टाचार भएको देख्यौं । कमिसन नआई सामान नकिन्ने र जनताको स्वास्थ्यमा खेलबाड गर्ने काम भयो । ..........

प्रत्येक संकटलाई यहाँ राजनीतिक दल र कर्मचारीतन्त्रले मनग्य आम्दानी गर्ने स्रोतको रूपमा बुझेका छन् । समस्यालाई संकटमा परिणत गरेर त्यहाँबाट फाइदा उठाउने प्रवृत्ति छ ।

....... भ्रष्टाचारले सबै बिगार्‍यो । जानीजानी एजेन्ट खडा र समस्या सिर्जना गर्ने काम भयो । कमिसनको नाउँमा भारतबाट खोप ल्याउन ढिलाइ गर्दा पनि ती व्यक्तिलाई कसैले कार्बाही गरेको छैन । ...... हामीले चार डलरमा २० लाख किनेका छौं, पछि ६ डलरमा ल्याउने प्रयास भयो । ५० लाखमा पचास प्रतिशत कमिशन खान खोज्ने भनेको कति बढी खान खोजेको हो देखियो । .......... राष्ट्रपतिले किन लेखेको चिठी ? उनले भारत र चीनलाई किन चिठी लेखेको ? भारतीय राष्ट्रपतिको खोपसँग के सम्बन्ध छ ?

बेलायतकी महारानीको खोपसँग के सम्बन्ध छ ?

......... प्रश्न के हो भने गत वर्ष यही समयमा नेपालको प्रधानमन्त्रीले संसद मार्फत भारतलाई गाली गरिरहेका थिए । उनले भारतको सिम्बल र झण्डालाई गाली गरिरहेका थिए । अमेरिकासँग हामी पाँच वर्षदेखि जोरी खोजिरहेका छौं । एमसीसी अमेरिकाले हामीलाई प्रदान गर्ने अनुदान हो तर यसलाई हामीले राजनीतिको विषय बनायौं । हामीले अमेरिकासँगको विश्वसनीयता गुमाउने काम गर्‍यौं । .......... जी–७ मुलुकले गरीब मुलुकलाई दिने भनेका छन् तर त्यो २०२२ मा मात्र आउँछ । हामीलाई तत्काल आवश्यक छ । ........ हामीले चीनसँग खरीद गर्न खोजिरहेका छौं, उसले अरू मुलुकलाई बेचिरहेको छ तर नेपाललाई दिएको छैन । यस्तो अवस्थामा हाम्रो सम्बन्ध एकदमै राम्रो छ कसरी भन्न सकिन्छ ?


माधव नेपाल भेट्न कोटेश्वर पुगे डा बाबुराम

No comments: