Tuesday, June 22, 2021

Dinesh Tripathy





प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी चलाउनु ? सर्वोच्चले संसद पुनःस्थापना गर्ने ओलीको विश्लेषण
मन्त्री पद नै गएपछि के हुन्छ जसपाभित्रको विवाद ? उपेन्द्र भन्छन्, ‘माफी हुँदैन’, निवर्तमान मन्त्री भन्छन्, ‘उपेन्द्रसामु झुकिँदैन, कानुनी लडाइँ लडिन्छ’
२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश (आदेशसहित)
सर्वोच्चको आदेशबाट एमाले आश्चर्यचकित
सर्वोच्चको आदेश लोकतन्त्र र संघीयताको पक्षमा : उपेन्द्र यादव
यी दुई मन्त्री, जसको हेलिकोप्टरमा उड्दा–उड्दै मन्त्री पद गयो
अदालतको फैसलाबारे योगेशको टिप्पणी– बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड
भीम रावलको प्रश्नः प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला?
१८ दिनमात्र टिके कामचलाउ सरकारका यी २० मन्त्री
विमलेन्द्रको विश्लेषण : शेरबहादुरले एक्लै चुनाव जित्दैनन्
केपी ओलीमा ‘दुर्योधन प्रवृत्ति’
एमालेको एकता भाँडिएको बालुवाटारको निष्कर्ष




कांग्रेसमा होला त नयाँ ध्रुवीकरण १४औं महाधिवेशनमा पनि पहिलो पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका बेला दुवैतर्फका दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वका लागि आफूलाई अघि सारेका छन्। युवा पुस्ताका केही नेताले आगामी महाधिवेशनबाट पहिलो पुस्तालाई बिदा गर्नुपर्ने बताइरहेका बेला उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वका लागि आकांक्षा देखाउँदै तयारीमा जुटेका हुन्। ......... निधिले सोमबार महामन्त्री शशांक र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएका हुन्। आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा शशांक र सिंहलाई आफ्नो निवासमा ‘लन्च मिटिङ’ आयोजना गरेको बताइए पनि नेताहरूबीच पार्टीभित्र नयाँ समीकरणका लागि छलफल थालिएको विश्लेषण गर्न थालिएको छ। ........ ‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलपछि कांग्रेसमा उहाँहरू (विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह) नै महत्वपूर्ण फ्याक्टरहरू हो। उहाँहरू तीनैजना एकै ठाउँमा बसेर छलफल गर्नु राम्रो कुरा हो। यसले महाधिवेशनको एउटा तरंग प्रारम्भ गरेको छ।’ ......... सर्वसम्मतिबाट नेतृत्व चयनका लागि यसले एउटा वातावरण निर्माण गर्न सक्ने ......... वंशजलाई आधार बनाएर तथा आन्तरिक झगडाको फाइदा उठाएर मात्र पार्टी नेतृत्वमा पुग्ने परम्परा विकास भएको भन्दै

संगठन र मुलुक सञ्चालनका लागि योजना र कार्यक्रम दोस्रो तहबाट पनि नआएको बताए।

........... पार्टी उपसभापति निधि महेन्द्रनारायणका पुत्र हुन् भने महामन्त्री शशांक कोइराला बिपीपुत्र हुन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह गणेशमान सिंहका पुत्र हुन्। बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिप्रति कांग्रेस नेता तथा कार्यकर्ताको गहिरो आस्था र विश्वास छ। ........ नेपाली कांग्रेसबाट विभाजन भएर गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकको महामन्त्रीमा सिंह र निधिको पहिलो वरीयतामा विवाद लामो समय चलेको थियो। दुई नेताबीच विवाद चुलिएपछि सभापति देउवाले उपसभापतिको पद थप गर्दै सिंहलाई महामन्त्री र उपसभापतिमध्ये एक पद रोजाएका थिए। ......... त्यसपछि पनि दुई नेताबीच सम्बन्ध सुमधुर हुन नसकेको जानकारी दिँदै

देउवाले निधिलाई बढी च्यापेको भन्दै सिंहले गुट परिवर्तन गरेका थिए।

........... शशांक र पूर्वमहामन्त्री सिंहबीच पनि राम्रो सम्बन्ध छैन। सभापति देउवासँग संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा गरेका सिंह आफ्नो प्रस्तावक नबसेको भन्दै शशांकसँग असन्तुष्ट छन्। ........ सिंगो परिवार राजनीतिमा होमिँदा कोइराला परिवार सम्हालेका केशव तथा नेत्री नोनाका पुत्र शेखर १४औं महाधिवेशनमा हरहालतमा सभापतिको उम्मेदवार बन्ने बताउँदै तयारीमा जुटेका छन्।


टिम समेट्न देउवालाई दबाब उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने ........ १३औं महाधिवेशनमै १४औं महाधिवेशनमा निधिलाई सहयोग गर्ने आश्वासन तपाईं (देउवा) ले दिएको ...... ‘१३औं महाधिवेशनका बेला मपछि तँ हो भनेको हुँ। १४औं मै भनेको होइन।’ ....... देउवा र निधि दुवै एकअर्काको सहयोगबिना नेतृत्वमा पुग्ने सम्भावना कम रहेको ........ नेपाल विद्यार्थी संघको नेतृत्व देउवाले निधिलाई हस्तान्तरण गरेको र पार्टीको नेतृत्व पनि देउवाले आफूलाई हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा अस्वाभाविक नभएको ......... नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बिपी कोइरालाको प्रस्तावमै निधि संघको अध्यक्ष बनेको ...... देउवा र निधि सुरुमा कांग्रेसभित्रको फरक गुटमा थिए । देउवा कोइराला गुटसँग नजिक थिए भने निधि कृष्णप्रसाद भट्टराईसँग । ......... २०५१ मै कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूको प्रतिनिधित्व गर्दै कांग्रेसका ३६ सांसदले पार्टी नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार गिराउन भूमिका खेलेका थिए । ......... ‘पुष्पकमल दाहाल नेतृत्व सरकारमा निधिजी उपप्रधान तथा गृहमन्त्री बन्नुभयो । त्यस बेला नेपाल प्रहरीको प्रमुख नियुक्तिलाई लिएर दुई नेताबीच करिबकरिब सम्बन्ध विच्छेदकै अवस्थामा पुगेको थियो ।’ .......... सभापतिले अघि सारेको व्यक्तिलाई निधिले अस्वीकार गरेपछि बढेको चिसो निकटका नेताको समझदारीमा टुंग्याए पनि पहिले जस्तो आत्मीय बन्न नसकेको ........

‘एक वर्षअघि निधिले सभापतिको उम्मेदवार बन्ने भन्दै देउवासँग सहयोग मागेपछि दुई नेताबीचको सम्बन्ध औपचारिक मात्र छ ।’



अन्योलबीच कांग्रेसमा नेतृत्व जोडघटाउ सुरु देउवाले भने, ‘ऊ (विमलेन्द्र निधि) पनि लड्छ। म पनि लड्छु, सहयोग गर्नुहोला।’ .......... पार्टीभित्र र आमजनतामा सकारात्मक माहोल नभएको भन्दै केही निकटवर्तीले नेतृत्वका लागि फेरि प्रतिस्पर्धा नगर्न देउवालाई सुझाउँदै आएका ....... सभापति देउवाले शनिबार दिउँसो गरेको छलफलमा प्रदेश २ बाट आनन्द ढुंगानासहित चार नेता मात्र सहभागी भएको एक नेताले जानकारी दिए। प्रदीप गिरी, चित्रलेखा यादवसहितका केही नेता काठमाडौं भएर पनि देउवाले बोलाएको छलफलमा सहभागी भएनन्। महेन्द्र यादव, रमेश रिजालसहितका केही नेता जिल्लामा रहेको जनाउँदै सहभागी भएनन्।

निधि रणनीति : संस्थापनबाट बाहिरिने, अरूको समर्थन जुटाउने कांग्रेस महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंहसँग सोमबार दुई घन्टा भेटवार्ता गरेलगत्तै निधिले गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डे, दीपक गिरी, जीवन परियार र सरिता प्रसाईसँग गरे छलफल .................. सोमबारको भेटमा निधिले १४औँ महाधिवेशनमा आफू सभापतिमा लड्ने भन्दै सहयोगका लागि कोइराला र सिंहसँग प्रस्ताव गरेका थिए ।

जवाफमा कोइराला र सिंहले पनि सभापतिका लागि सहयोग मागेका थिए ।

तर, भेटपछि तीनैजना नेताहरू १४औँ महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा भने एकमत भएका छन् । त्यसका लागि आवश्यक सहकार्यका लागि छलफललाई निरन्तर राख्ने सहमतिसमेत गरेका छन् । ............. कांग्रेसका संस्थापक नेतात्रय बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूको यो भेटवार्तालाई कांग्रेसभित्र महत्वका साथ हेरिएको छ । ........ तीन नेताबीच एकपटक पार्टीको नेतृत्वमा प्रतिस्पर्धा गरिसकेको व्यक्तिलाई स–सम्मान बिदाइ गर्नुपर्ने र नयाँ नेतृत्व आउनुपर्छ भन्नेमा नेताहरूबीच सहमति बनेको छ । ......... निधिले युवा नेताहरूसँग पुरानो बानेश्वरस्थित अनुपम फुडल्यान्डमा छलफल गरेका हुन् । भेटमा नेताहरू दिपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डे, जीवन परियार र सरिता प्रसाई सहभागी थिए । ‘म सभापति पदमा लड्दै छु, तपाईंहरूको कुरा के छ, तयारी के छ ? मैले सभापतिजीसँग पनि प्रस्ताव गरिसकेँ, अरू नेताहरूसँग पनि छलफल गरिरहेको छु । मैले सबैलाई आफ्नो कुरा राखिरहेको छु । मलाई सहयोग गर्नुपर्‍यो,’ निधिले भनेका थिए । ......... यो अहिलेको तयारी होइन, अघिल्लो महाधिवेशनदेखिकै तयारी हो,’ निधिले भनेको उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘११औँ महाधिवेशनदेखि नै मैले सभापतिजीलाई सहयोग गर्दै आएको हुँ । १३औँ अधिवेशनमा आएर उहाँले मलाई १४औँ महाधिवेशनमा तपाईं सभापतिको उम्मेदवार हो भन्नुभएकै हो । त्यहीअनुसार मैले उहाँलाई प्रस्तावक भएर मलाई सभापति बनाउन आग्रह गरेको छु । तपाईंहरूले पनि सहयोग गर्नुपर्‍यो ।’ ............... निधिले अब पार्टीको नेतृत्वमा परीक्षण भइसकेका देउवा, पौडेल र सिटौलालाई स–सम्मान बिदाइ गर्नुपर्ने र नयाँ पुस्ताले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । ‘उहाँ पहिले यसरी प्रस्तुत हुनुभएको पाएको थिइनँ । निकै कन्फिडेन्स देखिनुभयो । ......... निधिको दाबीलार्ई युवा नेताहरूले भने स्वागत गरेका छन् । बैठकमा सहभागी सबैजसो युवा नेताहरूले पुस्तान्तरण चाहेको अवस्थामा निधिको चाहनालाई स्वागत गरेको ....... ‘तपाईं मधेसको प्रतिनिधि हो । तर, तपाई राष्ट्रकै नेता हो । तपाईं सभापति हुने कुराले पार्टी र सिंगो देशमा एउटा सन्देश पनि जान्छ ।’ ....... ‘पुरानो सोच र नीति बोकेको नेतृत्वबाट अब कांग्रेस चल्दैन, नयाँ ऊर्जा र नेतृत्व भए महाधिवेशनलगत्तै हुने चुनावमा जान पनि सजिलो हुन्छ,’ उनले भनिन्, ‘त्यसैले साझा उम्मेदवारका रूपमा अघि बढेर महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा बदलौँ, तपाई भूमिका खेल्नुस् ।’ .......... महाधिवेशनकै सन्दर्भमा सोमबार पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार यही साता मात्रै कोइराला र सिंहबीच यो तेस्रो भेट हो । पौडेल समूहबाट पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा.शेखर कोइराला सभापतिमा दाबी गर्दै आएका छन् । एक नेताका अनुसार संस्थापनबाट देउवा र निधि दुवैजनाले उम्मेदवारी दिने र नदिने अवस्थामा इतर पक्षका नेताहरूको पनि छुट्टा–छुट्टै रणनीति छ । ........... निधि देउवाले नसघाएको अवस्थामा संस्थापनबाट आफूनिकटलाई लिने र संस्थापनइतर समूहको समर्थन बटुलेर अघि बढ्नेमा देखिएका छन् । ......... विद्यार्थी राजनीतिदेखि पार्टी विभाजन भएर एक्लिएको अवस्थामा समेत आफूसँगै रहेका निधिको चुनौतीले देउवामाथि दबाब परेको छ । ..........

निधि संस्थापन समूहमा उपसभापति मात्रै होइनन्, देउवाको समेत उत्तराधिकारी मानिन्छन् 

......... अहिले उनी सभापतिको दाबी गर्दै गर्दा उनको पछि एकजना पनि केन्द्रीय सदस्य उभिएका छैनन् । ‘अहिले कोही खुलेका छैनन्, तल्ला तहको अधिवेशन सकिँदै गर्दा माहोल बन्छ, त्यसपछि खुल्ने रणनीति छ, हामीसँग राम्रै संख्या र समर्थन छ,’ निधिनिकट स्रोतले भन्यो । .............. देउवापछि ०३६ सालमा नेविसंघको सभापति बनेका निधि ........ पार्टी फुटाएर कोइरालाहरूसँग छुटिएपछि देउवालाई निरन्तर बलियो साथ दिनेमध्ये निधि एक थिए । देउवाले विभाजनकै वेला निधिलाई महामन्त्री पनि बनाए । तर, एकतापछि १२औँ महाधिवेशनमा महामन्त्री उठेका निधि प्रकाशमान सिंहसँग पराजित भए । निधिप्रति त्यहीकारण अधिकांश केन्द्रीय सदस्यहरूले उदारभाव र सद्भाव प्रस्तुत गरेका छन् । ......... ‘उहाँसग एउटा केन्द्रीय सदस्यसमेत छैन ।


निधिको उम्मेदवारीले असर नगर्ने देउवाको निष्कर्ष

दशौँ महाधिवेशन आयोजक कमिटी विवाद : पुनरावलोकन जाने ओलीको निर्णयले एकता झन् जटिल ओली पक्ष भन्छ– दलीय पद्धति बचाउन भ्याकेट .......... नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएकोजस्तो देखियो । सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ, सहजै देख्न सकिन्छ ।’ .......... एकता वार्तामा सहभागी नेपाल पक्षका नेताहरू पाण्डे, विष्ट र आचार्यले प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसँग बेग्लाबेग्लै छलफल गरेका छन् । आइतबार राति १ बजेसम्म करिब चार घन्टा ओलीसँग छलफल गरेका उनीहरूले सोमबार दिउँसो नेपालसँग पनि त्यति नै लामो समय कुराकानी गरेका हुन् । ........... ‘दशौँ राष्ट्रिय आयोजक कमिटी नेकपा एमालेको पार्टीको आधिकारिक संरचना होइन । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दल त्यागसम्बन्धी विषयमा कारबाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारबाही गर्न सक्ने व्यवस्था छ । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनले नचिनेको संरचनाबाट गरिएको निर्णय बदरभागी छ,’ केन्द्रीय कमिटीले मात्रै सांसदहरूलाई कारबाही गर्न सक्ने भन्दै सर्वोच्चको २७ जेठको अन्तरिम आदेशमा उल्लेख छ । .........

ओली पक्षले पुनरावलोकन निवेदन दिएकै आधारमा एकताको प्रयास भने अवरुद्ध नहुने नेपाल पक्षका नेताहरूको भनाइ छ

....... ‘माधव कमरेडले बुढानीलकण्ठ पुगेर हस्ताक्षर फिर्ता नलिने, चुनावसम्मै बलियो गठबन्धन बनाउने, आफ्नै सरकारविरुद्ध आन्दोलन गर्ने एकपछि अर्को बलियो प्रतिबद्धता जनाउने शृंखला रोक्नुभएन, पार्टी प्रमुख भइसकेको नेताले एकताको अन्तिम कोसिस चलिरहेका वेला विधि, पद्धति सबै ख्याल गर्नुपर्ने हो,’ वार्तामा सहभागी ओली पक्षका एक नेताले भने, ‘हामी कसरी विवादलाई सहज ल्यान्डिङ गर्ने, सबै नेता–कार्यकर्ताले पूर्ववत् जिम्मेवारी पाउने, पूर्वमाओवादीका साथीहरूलाई पनि अपमान नहुने गरी मिलाउने कोसिसमा छौँ । तर, उहाँले सबै सीमा र मर्यादा भत्काउनु भएकैले दलीय पद्धति बचाउनका लागि पनि भ्याकेट जानुपर्ने नै स्थिति बनेको हो ।’ .......... ‘हस्ताक्षर फिर्ता गर्ने हो भने तपाईंले संसद् विघटन फिर्ता गर्नुपर्छ । विघटनकै कारण हस्ताक्षर ........ नेपाललाई उद्धृत गर्दै एक नेताले भने, ‘मलाई त ओलीप्रति यति पनि विश्वास छैन, तपाईंहरूलाई अझै बालुवा पेलेर तेल निकाल्न सकिन्छ भन्ने लागेको छ भने लाग्नुस्, म त अन्तिमसम्म एकताकै पक्षमा हुनेछु ।’ .......... ‘हेर्दै जानुहोला, दुई–चार दिनमा नयाँ–नयाँ घटनाक्रम हुँदा सरकार धेरै अप्ठ्यारोमा पर्दै छ । जुन शक्तिको आड र भरोसामा तपाईं लाग्नुभएको छ, त्यो कुनै भरपर्दो शक्ति होइन, स्वार्थपूर्ति हुनेबित्तिकै तपाईंलाई सडकमा मिल्काइदिन्छन्,’ ओलीलाई दिएको चेतावनी उद्धृत गर्दै ती नेताले भने ।


No comments: