Wednesday, June 02, 2021

जसपा विवाद र संविधान संसोधन को संभावना

पार्टी अध्यक्ष ले आदेश दिने र अरु पार्टी नेता हरु ले मानने, त्यो कम्युनिस्ट सोंच हो। संसदीय दल भन्दा माथि केन्द्रीय समिति हुने संसदीय व्यवस्था मा हुँदैन। चीनमा भने पार्टी अदालत भन्दा पनि माथि हुन्छ। प्रचंड ले ओली लाई प्रधान मंत्री पद बाट फाल्न महिनौं पार्टी भित्र संघर्ष गरे, त्यति बेलाको नेकपा भित्र। ताजुब को कुरो। एक दिन संसदीय दलको बैठक बोलाएर गरिने कुरो संसदीय व्यवस्थामा। 

संसदीय दल मा फलानो को बहुमत छ तर केन्द्रीय समितिमा ढिकानो को भन्ने संसदीय व्यवस्थामा हुँदैन। राजेन्द्र महतो संसदीय दल को नेता बनेको प्रक्रिया अपुग हो। त्यो मलाई पनि लागेको। तर आफु लाई संसदीय दलको नेता बनाउने सबैले निर्णय नगरे संसदीय दलको विधान केंद्रीय समिति बाट पास नै हुन नदिने त्योभन्दा अगाडि को उपेंद्र जी को अड़ान बढ़ी अचम्म को हो। पार्टी एकीकरण को वर्षौं को प्रयासमा त्यही तगारो खड़ा हुने गरेको। उपेंद्र यादव लाई अध्यक्ष बनाउने भनेकै छैन कसरी एकीकरण हुन्छ? भन्ने सोंच फेरि देखियो। 

एक जना हुनुहुन्छ शरद सिंह। पंचायत मा पनि नेता। निर्वाचित। कांग्रेस कालमा पनि नेता। फोरम कालमा पनि नेता। अहिले ओली कालमा पनि नेता। वहाँ सँगै छिमेकी धनुषा जिल्ला मा जब्बर रहेका हेम बहादुर भने पंचायत ढले सँगै गायब भए। खेलाड़ी मान्छे त हो। देखियो। मधेसमा ४०% आज पहाड़ी छ। शरद जी त्यो पहाड़ी मधेसी। पुर्ण रूपले मधेसमा हुर्केको तर दशैं मा टीका लगाउने। 

अंतरिम संविधान मा जुन संघीयता भन्ने शब्द छ त्यो राख्न मा फोरम को ठुलो हात छ। तर त्योभन्दा १५ वर्ष अगाडि संघीयता को कित्तामा राजेंद्र महतो र हृदयेश त्रिपाठी उभिएको, उपेंद्र महतो नउभिएको पनि त हो। 

ओली ले देउबा सँग मिलेर तीन वर्ष भागबण्डा को राजनीति गरे। पैसा लिएर नियुक्ति दिने काम। जाउ पद लेउ घुस खाउ नै भनिएको हो। त्यो देउबा ओली को विकल्प कसरी हुन सक्छ? म त ओली लाई मंगल ग्रह कसरी पठाउने भनेर सोच्ने मान्छे। तर अहिलेको धरातलीय यथार्थ त फेस गर्नैपर्छ। 

उपधारा (३) बाट एकै चोटि हामफालेर उपधारा (७) मा पुग्न मिल्दैन। तर त्यो गलती सच्याउने काम त अदालत को हो। बरु संसद फर्केर आउँदा जसपा एक ढिक्का भएर सरकारमा सहभागी भए संसद आफ्नो पुरा कार्यकाल रहने हुन्छ र संविधान संसोधनको पनि संभावना रहन्छ। उपधारा (५) ले देशलाई निर्दलीय व्यवस्थामा लाँदैन। अदालत ले देउबा लाई प्रधान मंत्री बनाउन मिल्दैन। र उपेंद्र यादव लाई परराष्ट्र मंत्री बन्नु छ भने त्यहाँ पुग्ने बाटो पार्टी एक ढिक्का हुने बाटो हो। 

संसदीय व्यवस्थामा पार्टी भित्र को झगड़ा निर्वाचन आयोग पुर्याउने काम पनि हुँदैन। बचकाना हरकत। महंथ लाई काटिएको पत्र मुनि फेरि एउटा गुमनाम कहिले चुनाव जित्ने संभावना नरहेको पहाड़ी नाम छ। त्यो उपेंद्र जी को सपा पहाड़ पसेको होइन कि सपा भित्र दुई चार जना पहाड़ी पसेको। संसद पुग्ने संभावना नै नरहेको मान्छे हरु लाई केंद्रीय समिति नै संसद जस्तो लागिरहेको हुन्छ। 

अहिले संसदीय दलको नेता बन्ने रेस मा उपेंद्र यादवको हार भएको हो नै। तर पार्टी अध्यक्ष पद त छ। अर्को संसदमा फेरि संसदीय दलको नेताको चुनाव हुन्छ। त्यति बेला फेरि उम्मेदवारी दिन पाइन्छ। मही चाटन पायेन भनेर घ्याम्पो फुटाउने प्रयास सही होइन। मंत्री पद त ओली ले नै दिराख्या छ। 

बरु चुरे सखाप पारेर मधेस लाई मरुभुमी बनाउने नया मुद्दा आएको छ। ३६ साल को चुनाव जित्न सुर्य बहादुरले चुरे मासे। ओली ले यस पटक चुनाव जित्न चुरे नै मास्ने निधो गरेछन। मधेस मरुभुमी बन्छ भने त नागरिकता भएका मधेसी पनि त्यो त्याग गरेर विदेश जान्छन। 


ओली को पुच्छर बनेर देशको वैकल्पिक शक्ति बनिंदैन। तथाकथित ध्रुवीकरण वैकल्पिक शक्ति बन्न नदिने षडयंत्र हो। रिसोर्ट गए कि फँसे। 

तर अहिलेको तरल राजनीति को समयमा संविधान संसोधन भै पो हाल्छ कि भन्ने हो। मुख्य कुरा त पार्टी एकता हो। आमने सामने बस्नै नसक्ने। एकले अर्का सँग युट्युब मार्फ़त गफ गर्ने। 

ओली र देउबा बराबर को ख़राब हो भने संविधान संसोधन का लागि चाहिने दुई तिहाइ सम्म पुग्ने बाटो जसपा एक ढिक्का भएर ओली सरकारमा सहभागी हुनु हो। तर दुबै हातमा लड्डु छ। फुटको बाटो ले संविधान फेल हुन्छ र देश नया संविधान सभामा पुग्छ।  (Democracy's Chance To Rejuvenate In Nepal)






(फोटो: डोलेश्वर)


उपेन्द्र पक्षलाई महन्थ पक्षकाे आरोप– राजनीतिक आवरणमा जनतालाई धोका दिने काम गरे आज अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै  यादव सरकारमा रहँदा बनाउन नसकेको संविधान संशोधन कार्यद बनेको पनि बताएका छन् । ........  “नागरिकता सन्दर्भमा संविधान जारी भएको मिति देखि जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरीकता पाइरहेका थिएनन जसले गर्दा शिक्षा, रोजगारी लगायत राज्यबाट पाउने सुविधाबाट बञ्चित थिए जसलाई अध्यादेश मार्फत सम्बोधन गरिएको छ, संविधान संशोधनको सवालमा उपेन्द्र जीले बनाउन नसकेका संविधान संशोधन कार्यदल बनाइएको छ र छिटै यसले गर्दा परिणमहरु पनि देखिने छ तथा अन्य पनि बाँकी रहेका मागहरु सम्बोधन गराउन पहल भैरहेको छ । तर आफूले जस नपाउने तुच्छ सोच र उधारो सहमति गरी भोलिको दिनमा सत्तालिप्साको अभिलासा पूरा गर्ने बाटो नै बन्द हुने देखेर आफ्नो व्यक्तिगत महत्वाकाक्षाको लागि राजनीतिक आवरण दिई फेरी जनतालाई धोका दिने कार्य शुरु गर्न खोजेका छन् । अहिले हामिले माग मुद्दा सम्बोधन गराउदा पनि न्वारन देखिको बल लगाई हाम्रो बारेमा भ्रम छर्न प्रयासरत छन् तर आम नागरीक यसबाट सचेत छन्,”विज्ञप्तिमा भनिएको त । 

कस्तो होला अबको मधेश राजनीतिको परिदृश्य?  कुनै बेला एमालेको कार्यकर्ता थिए, उपेन्द्र यादव। २०४८ सालको निर्वाचनमा उनी सुनसरी-४ मा एमालेकै तर्फबाट उम्मेदवार थिए। तर, पराजित भए। जितेका भए, सायद उनी आज एमाले नेताकै रुपमा रहन्थे, चिनिन्थे। गणित र विज्ञान शिक्षक समेत रहेका यादवले निर्वाचनमा प्राप्त असफलतालाई मधेशको समस्या बुझ्ने अवसरको रुपमा प्रयोग गरे। अध्ययनशील पृष्ठभूमि उनको सबल पक्ष थियो। ‘मधेसी जनअधिकार फोरम’ नामको गैरसरकारी संस्था स्थापना गरेर अन्तरक्रिया गरे। सो संस्थालाई विभिन्न पार्टीका नेताहरुको साझा थलो बनाउँदै अघि बढे। .............  यही संस्थाको आवरणमा उनले माओवादी राजनीति गरेको भनेर सत्तापक्षले उनलाई पटक-पटक दुःख दिएको थियो। माओवादी भएकै आरोपमा उनी दिल्लीमा पक्राउ पनि परेका थिए। त्यही समयमा पक्राउ परेका अन्य माओवादी नेताहरुलाई सुपुर्दगी गरिए पनि यादव भने रहस्यमयी ढंगले रिहा भएका थिए। २०६३ माघ १ गते जारी भएको ‘अन्तरिम संविधान, २०६३’ लाई काठमाडौंको माइतीघरमा जलाएपछि भने उनलाई चिन्नेहरुको दायरा फैलियो। उनी गिरफ्तार भएपछि मधेश आन्दोलन सुरु भयो। झन्डै एक महिना चलेको सो आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक हप्तामा दुई पटक राष्ट्रका नाममा सम्बोधन गर्नुपर्‍यो। ............  सोही आन्दोलनले मधेशी जनताको दमित आवाजलाई प्रष्फुटन गरिदियो र उपेन्द्र यादवलाई मधेशको नेताको रुपमा स्थापित गरिदियो। त्यतिबेला उपेन्द्रको उदय मात्रै भएन, मधेश राजनीतिको बलियो आधार तयार भयो। त्यतिबेलै मूलधारका पार्टीमा राजनीति गरिरहेका कैयौँ मधेशी नेताहरु हतारहतार मधेश झरे। .............. तर, एकताको एक वर्ष बित्दै गर्दै जसपा विभाजनको औपचारिकता पर्खिरहेको छ। ......... संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले हालै तमासा नगरी हात मिलाएर आफ्नो बाटो लागौँ भन्ने प्रस्ताव नै गरेका थिए। ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ। अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ! हात मिलाएर आ-आफ्नो बाटो लागौँ! हिँडिरहे फेरि भेट हुनेछ!’, भट्टराईले आइतबार ट्वीटरमा लेखेका थिए। ..............  भट्टराईले प्रस्ताव गरेजस्तो हात मिलाएर होइन, प्रतिशोध सहित पार्टी विभाजनको स्थितिमा पुगेको छ। सम्भवतः केही दिनमै दुवै पक्ष फरक-फरक पार्टीको रुपमा अस्तित्वमा देखिनेछन्। .......... आवश्यक परे ओलीले ठाकुरलाई सहयोग पुग्नेगरी कुनै अध्यादेश जारी गरिदिन पनि सक्छन्। तर, त्यो अध्यादेशले आफ्नै पार्टी एमाले फुट्न सहज बन्ने भयो भने चाहिँ ओली हच्किन सक्छन्। ..........  २०७७ वैशाख ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सहज हुनेगरी अध्यादेश जारी गरिदिए। त्यो अध्यादेश मुख्यतः यादवकै दल समाजवादी पार्टीलाई विभाजन गर्ने अभिप्रायले जारी गरिएको थियो। त्यसकै लागि महेश बस्नेत लगायतले यादव पक्षका नेता सुरेन्द्र यादवलाई जनकपुरबाट रातारात काठमाडौं ल्याएका थिए। तर, राजपाको सहयोगले दल विभाजन हुनबाट जोगिएको थियो। ............ ‘२०७७ वैशाख १० गते तानाशाही प्रवृत्तिले चलाउँदै गरेको समाजवादी पार्टी फुट्नै लाग्दा जोगाइ दिन खालि कागजमा पनि हस्ताक्षर गरि एकीकरण गर्न हतारिएका उनलाई तत्कालीन समयमा हामीले पार्टी फुट्नबाट जोगाइदिएको यथार्थ कसैबाट लुकेको छैन’, मंगलबार यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको सम्बन्धमा जारी प्रेस विज्ञप्तिमा ठाकुरले भनेका छन्। ..........  यादव र ठाकुर अब दुई किनारातिर लाग्दैछन्। उनीहरुको विभाजनसँगै वैकल्पिक शक्तिको रुपमा जसपाको सम्भावना सकिएको छ। ...........  जसपा एकीकृत रहेको भए एमालेको विभाजनबाट फाइदा लिन सक्थ्यो। .......... विभाजनको केही समयसम्म दुवै पक्षले सवाल जवाफमै बिताउने लाभको आकलन छ। ‘सरकारमा गएर मधेसीको धेरै मुद्दा सम्बोधन गर्न लगायौँ भन्छन्, ठाकुर पक्षले। यादवलाई पनि उपप्रधानमन्त्री बन्दा केही गर्नु भएन भन्ने प्रश्न पनि छँदैछ। यादवले पनि ठाकुरलाई  देशमा प्रतिगमन भएको बेलामा लोकतन्त्रको लागि लड्नुपर्ने हो, त्यतिबेला सत्तामा जानु ठीक नभएको भन्छन्। हामी प्रतिपक्षमा बसेर लोकतन्त्रको लागि लडिरहेका छौँ भन्छन्’, उनी भन्छन्। ...................  प्रतिनिधि सभा विघटनका विरुद्ध परेको मुद्दामाथि फैसला हुँदा प्रधानमन्त्री ओलीको कदम सदर भयो भने जसपा सरकारमै रहेर आगामी चुनावमा सहभागी हुनेछ। जसले ओली-ठाकुर गठबन्धन झन् कसिलो बन्ने छ। चुनावमै पनि ठाकुर पक्षलाई अतिरिक्त लाभ दिलाउने प्रयास हुनसक्छ। अघिल्लो निर्वाचनमा ओलीले जसरी राजेन्द्र महतोलाई सहयोग गरेका थिए, सहयोग आदानप्रदानको दायरा थप विस्तारित हुनसक्छ। ..............  ओली-ठाकुर गठबन्धनको लागि दक्षिणी सद्भाव रहेको विषय अब गोप्य रहेन। त्यसैले यादवलाई थप कठिन स्थिति सिर्जना गराउने प्रयास हुनसक्छ। विगतमा पनि यादवलाई कमजोर बनाउन उनको पार्टीलाई अनेक पटक विभाजित गराइएको थियो। जुन यसपटक पनि दोहोरिन सक्छ। उनका पक्षका नेताहरुलाई ठाकुरतिर तान्ने प्रयत्न पनि चल्ने नै छ। ................ यादव र ठाकुर दुवैको साझा समस्या भनेको दुवैले साख गुमाएका छन्। त्यसैले उनीहरुले मधेशी जनतालाई ‘अपिल’ गर्ने क्षमता गुमाएका छन्। ‘महन्थजीले जति जस कमाउनुभएको थियो नि, त्यसमा केही न केही कटौती त भएकै छ। सर्वमान्य नेताको रुपमा उहाँ हुनुहुन्थ्यो। राजनेता बन्ने सम्भवना पनि थियो। त्योचाहिँ देखिएन’, लाभ भन्छन्, ‘उपेन्द्र यादव पनि सर्वमान्य नेताको रुपमा रहन सक्नुहुन्थ्यो। तर सक्नुभएन। त्यत्रो मधेश आन्दोलन हाँकेको मान्छे। पटकपटक सत्तामा पुग्ने प्रयत्नले गर्दा उहाँको साख पनि गुमेको छ। समग्रमा भन्दा कुनै नेताको पनि साख छैन। कुनै पनि पार्टीको साख छैन।‘ ...............   जसको विरोधमा मधेश आन्दोलनमा शब्द- वाण प्रहार भएको थियो, उनीहरु नै एक ठाउँमा जाँदा त मधेसी जनताले नमीठो अनुभव गर्छन्। त्यसैले चुनावमा गाली खान्छन्। मधेशमा जुन किसिमको वातावरण बनेको थियो, त्योचाहिँ भताभुंग हुने भयो। ...............  ठाकुरजीमा खासै गतिशीलता छैन। तर उहाँका एकथरी पक्षधरहरुले उहाँलाई एउटा प्रतीकको रुपमा लिन्छन्। आफू सरकारमा नजाने र त्यागी नेताको रुपमा लिन्छन्। अर्कोथरीले उहाँ पनि जातपातमा लाग्नुभयो भन्छन्। ..................  आउँदो चुनावमा दुईवटा मोर्चा बन्लान्। अहिले विपक्षी गठबन्धनमा रहेकाहरुले एउटा मोर्चा बनाउँछन्। त्यस्तै, एमालेको  संस्थापन, जसपाको ठाकुर गुट, हृदयश त्रिपाठीदेखि राप्रपासम्मको एउटा मोर्चामा हुन्छन्। ..............  अहिले रिक्तताको अवस्था छ। कुन शक्तिको कतिबेला उदाउँछ, कसले विश्वास प्राप्त गर्छ त्यो अहिल्यै भन्न सकिन्नँ तर यी नेताहरुबाट चाहिँ हुँदैन। नयाँ शक्ति कुनै आयो भने उसले हिमाल, पहाड र मधेशको समस्यालाई जोड्नुपर्छ। विगतका आन्दोलनले अबको राजनीति भनेको नेपालको विविधतालाई सम्बोधन गर्ने हुनुपर्छ भन्ने दृष्टिकोण दिएको छ। जसले यो कुरा सम्बोधन गर्छ, ऊ अघि बढ्न सक्ने रिक्तता छ।


नयाँ जंगेको ‘गनतन्त्र’ संसद् र संविधानभन्दा सैन्य मुख्यालय र अध्यादेश प्यारो हुन थाल्नु सर्वसत्तावादी प्रवृत्तिको अभिव्यक्तिबाहेक अर्को हुन सक्दैन । ..............  लोकतान्त्रिक गणतन्त्रलाई दलतन्त्रमा, दलतन्त्रलाई पनि ओलीतन्त्रमा खुम्च्याउँदै हिँडेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको निजी सरकारले जंगी अड्डामा गणतन्त्र दिवस आयोजना गरेर के सन्देश दिन खोजेको छ ? 




हिजो हामीले काँध थापेर उहाँको राजनीति जोगाइदियौं, आज उपेन्द्रजी छपाछप तरबार हान्न थाल्नुभयो: शरतसिंह भण्डारी 'जसपामा कसको बहुमत छ भन्ने निर्णय निर्वाचन आयोगले गर्छ' .........

दुबैले आफूले गरेको कारबाही फिर्ता लिए पार्टी मिलिहाल्छ नि।

पार्टी कुनै सैद्धान्तिक र वैचारिक मतभेदले फुटेको त होइन। कुनै सरकारले हाम्रो माग पूरा गर्छ भने हामीले किन त्यसको विकल्प खोज्ने भन्ने हो।


पार्टीमा महन्थजीको हैसियत प्रथम अध्यक्षको होइन: मोहम्मद इस्तियाक राई रिसोर्टमा मान्छेहरू लगेर राख्ने काम भयो। ......... ठाकुरजीहरू संविधानलाई मास्ने, कानुनलाई मास्ने लोकतन्त्रलाई समाप्त पार्ने, गणतन्त्रलाई समाप्त पार्ने, संघीयता समानुपातिकलाई समाप्त पार्ने गतिविधिको मतियार बन्न लाग्नुभयो। मतियार बनेर राति १२ बजे शितलनिवास गएर 'चिया खाने’ काम भयो। ....... सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीको आधिकारीक निर्णय बिनानै वार्ता समितिमा राखियो। ........ पार्टीको महाधिवेशन नहुदाँसम्म पार्टीका निर्णय सर्वसम्मतिको आधारमा हुनेछ। सर्वसम्मतिले निर्णय हुन नसकेको खण्डमा बहुमतबाट निर्णय हुनेछ। .....

५० मध्ये २७ जनाको हस्ताक्षर छ र ३ जनाको जुम सहमति छ।

जुम सहमति बुझाउन मिलेन। तर निर्णय ३० जनाको हो। ....... पार्टी फुट्ने त कुरै भएन। ......... पार्टीमा अनुमोदन नभइकन संसदीय दलको विधान सक्रिय हुँदैन। सक्रिय नभएको विधानको नेता कसरी चयन हुन्छ? ........ तीन जना सांसदसहित चार जना निष्कासन भइसकेको अवस्था हो। त्यसपछि भएका सांसदमध्ये कसैले बहुमत पुर्‍याउँछ भने त्यो दलको नेता हुन सक्छ। मैले पनि पुर्‍याउन सक्छु। पहिला पार्टीको संसदीय दलको विधान पारित भएर संसद सचिवालयमा दर्ता हुनुपर्छ। विधान दर्ता भइसकेपछि मात्रै निर्वाचन हुन्छ। ......... महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर गरेर बोलाएको बैठक हो। केपी ओलीको विरूद्धमा हामी बस्छौं भनेर महन्थ ठाकुरले सार्वजनिक रूपमा भनेका हुन् कि होइनन्? ...... राष्ट्रिय सहमतिको सरकारमा जाने भन्ने निर्णयमा उहाँले पनि हस्ताक्षर गर्नुभएको हो। त्यसमा कांग्रेस, माओवादी केन्द्र, हाम्रो पार्टी र जनमोर्चा छ। माधव नेपालसहितको टिम आयो भनेपछि आधा एमाले आएको हो। अनि त्यसलाई राष्ट्रिय सहमति भन्ने कि नभन्ने? ..........

ठाकुरजीले प्रधानमन्त्री बन्न पाउँदा पनि अस्वीकार गरेको हो।

........ राष्ट्रिय सहमतिको सरकार पनि नेतृत्व गर्दिनँ भन्नुभएको हो। त्यसपछि उहाँ त राति नै चिया खान गएको अरे। राष्ट्रपति कार्यालय क्यान्टिन हो की, के हो राति १२/२ बजे चिया खान पुग्छन्। ......... केपी ओलीजस्तै लाजशरम नभएको र सबै कुरा पचाइसकेको अवस्थामा ठाकुरजी पनि पुग्नुभयो। जसरी भए पनि सत्तालिप्सामा डुबी राख्ने, नियम कानुन र संविधानलाई गोजीबाट बदल्न सक्ने मनसायको मतियार बन्नुभयो। ....... राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को १,२ र ३ अनुसार कारबाही भएको अवस्थामा ५१ को १,२ र ३ बमोजिम अध्यावधिक गर्नुपर्ने कानुनी प्रावधान छ।


No comments: