Saturday, June 05, 2021

राजेन्द्र महतो ले भनेको विविधता

राजेन्द्र महतो ले भनेको विविधता पृथ्वी नारायण शाह ले भनेको विविधता भन्दा फरक होइन। विविधता छ त नेपालमा। जैविक विविधता छ। सांस्कृतिक विविधता छ। त्यो संपत्ति हो। जसरी ऑक्सफ़ोर्ड विश्वविद्यालय को पुस्तकालय उसको संपत्ति हो त्यसरी नै नेपालको सांस्कृतिक विविधता नेपालको संपत्ति हो। तर वामदेव लाई कालो अक्षर भैंस बराबर। वामदेव लाई रोग छ: मानसिक दासता। भारतमा गएर दरबान जागीर खाएर फर्केको मान्छे। नपकाएको मासु खाने लाई मासु पकाएर मसाला लगाएर दियो भने पोलिस मासु भन्छ। राजेन्द्र महतो को प्रयास नेपालमा नभएको राष्ट्रियता निर्माण गर्ने हो। (नेपालमा राष्ट्रियता छैन) त्यसमा देश बिखंडन देख्छन बामदेव। ऋतिक रोशन कांड का रचनाकार। नरसंहारी सोचको मान्छे। 


तामिल राष्ट्रियता हो। मराठा राष्ट्रियता हो। पंजाब राष्ट्रियता हो। बंगाली हरु बंगाली हुनुमा बड़ा गर्व गर्छन। ती सबैलाई समेटेर बृहत भारतीय राष्ट्रियता बन्ने हो। ती सबै राष्ट्रियता हरु लाई मटियामेट गरेर कुनै राष्ट्रियता बन्दैन। 

हात खुट्टा बलियो बनेर न शरीर बलियो बन्ने हो। ए, यसले त खुट्टा बलियो बनाएर शरीर ध्वस्त पार्न लाग्यो पो भन्ने बामदेवको तर्क। 

कुनै पनि बच्चा ले आफ्नो प्रारंभिक शिक्षा आफ्नो मातृभाषा मा पाउनु ले उसको आत्मविश्वास पछि सम्म का लागि बलियो बन्छ। त्यो विज्ञान हो। बुझ्ने लाई विज्ञान, बामदेव लाई भैंस। 

आफु लाई नेपाली नभन, मनुष्य मात्र भन, त्यस्तो जिकिर त गरिँदैन। एउटा जनकपुरको मान्छे पहिला मिथिलावासी हो, त्यस पछि बल्ल नेपाली हो। नेवार पहिला नेवार हो। त्यस्तो धनी नेवारी संस्कृति छ। मिथिला एउटा राष्ट्रियता हो त। नेवारी राष्ट्रियता नै हो। एउटा नेवार ले नेवार हुनुमा गर्व गर्दैन भने उ सच्चा नेपाली हुनै सक्दैन। 







भारतको नांगो दलालहरुको सरकारमा हालीमुहाली : माधव नेपाल ‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् ।’ ....... ‘चुरे फाँडेर नेपाललाई मरुभूमि बनाएर इण्डियाको भलाइ गर्ने । आयोडिन नुनजस्तो सस्तोमा उपलब्ध हुने वस्तुलाई व्यापारीको जिम्मा लगाउनुले दक्षिणपन्थीको चंगुलमा फसेको देखिएको छ ।’ ..... शुक्रबार मधेसी नेताहरुलाई सरकारमा सहभागी गराएर विस्तार गरिएको मन्त्रिमण्डलमा प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाउन अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिलेको पनि नेपालको आरोप छ ।



मन्त्रिपरिषद्को हेरफेरमा अँझ छताछुल्ल भएको भन्दै भीम रावलले भने - ओलीले वाह्य शक्तिलाई मक्ख पार्न महन्थलाई धुपबत्ती गरे
मन्त्री नियुक्त भए लगत्तै विवादमा तानिए राजेन्द्र महतो, वामदेवले भने - नेपाललाई बिघटन गर्ने आन्दोलन स्वीकार्य हुन सक्दैन
राजेन्द्र महतोले फेरि दिए विवादीत अभिव्यक्ति, भने - 'नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्छ'



खनाल–नेपाल समूहका १५ स्थायी कमिटीका नेताको एकै स्वर– राजेन्द्र महतोको अभिव्यक्ति निन्दनीय छ
प्रदेश–२ मा सत्ता फेरबदलको कसरत जारी, राजपाका मन्त्री ‘आउट’ हुने
बहुल राज्य नभएसम्म अधिकार र पहिचानको लागि आन्दोलन भइरहन्छ : उपप्रधानमन्त्री महतो “नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण ३६ जातको फूलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो । नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्योअनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ,” उनले भने, “विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन, बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र, यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार, पहिचानका लागि संघर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानको लागि ।” ...... “नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ । बनाउनुपर्छ । जहाँ–जहाँ कमी कमजोरी छ, जहाँ–जहाँ विभेद छ, जहाँ–जहाँ एकल जातीय राज्य सञ्चालन गर्ने, एकल जातीय हिसाबले जहाँ प्रभाव परेको छ, त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ” ....... महतोले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने पनि बताए । देशका सबै कुरा ठिकठाक नभएको भन्दै उनले नियम, कानुन, संविधान र शासनमा भएको कमी–कमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने बताए

महन्थ भन्छन्– प्रधानमन्त्रीले सक्नेजति गर्छु भन्नुभएको छ

No comments: