Friday, June 18, 2021

एउटा राम्रो संभावना: एमाले जसपा छ वर्ष सत्तामा

महामारी को समय मा चुनाव गराउने प्रयास नहोस। मेरो प्रथम प्राथमिकता त्यो हो। त्यस का लागि संसद पुनर्स्थापना हुनुपर्छ। हुन्छ जस्तो लाग्छ मलाई। अदालत ले गर्छ। त्यति सम्म सजिलो हो। त्यस पछि को एक कदम गारहो हो। त्यसरी फर्केर आएको संसद फेरि विगठन हुनु भएन। त्यस का लागि सबैभन्दा उपयुक्त भनेको एमाले र जसपा को उपधारा (२) अनुसार को सरकार। माधव कामरेड सीपी मैनाली बन्ने बाटोमा जानु हुँदैन। ओली ले आफु सँग रक्षा राखेको उपेंद्र यादव का लागि हो। जसपा एक ढिक्का भएर सरकार मा सहभागी हुनुपर्छ। त्यसो हो भने समय अगाडि निर्वाचन गर्नु परेन। 
 
उपधारा (२) अनुसार को एमाले जसपा सरकार ले संविधान संसोधन गर्नुपर्छ। त्यस का लागि कांग्रेस र माओवादी को पनि समर्थन चाहिन्छ नै। विज्ञ हरु को कार्यदल चाहियो। फ़ास्ट ट्रैक मा नै गर्नुपर्छ। 

त्यस पछि एमाले र जसपा देशव्यापी नै चुनावी गठबंधन मा गए चुनाव पछि पनि सरकार बनाउन सकलान। मधेसमा कांग्रेस को सफाया गर्न एमाले ले जसपा लाई मदद गर्दा एमाले लाई केंद्र मा फाइदा हुन्छ। हुन त अब जसपा ७७ जिल्ला मा छ। पश्चिम तराई मा पनि गठबंधन हुन्छ। पहाड़मा पनि। 

जसपा त पहिला एक हुनुपर्यो। भावनात्मक रूपले नै एक हुनुपर्यो। त्यस पछि हृदयेश त्रिपाठी सँग एकीकरण गर्नुपर्यो। माथि एक जना बीपी, अनि त्यस मुनि तीन जना गणेशमान, कृष्णप्रसाद र गिरिजा, त्यस्तो संरचना पो चाहिन्छ कि? महंथ र महंथ मुनि उपेंद्र, राजेंद्र, हृदयेश। एकीकरण गर्नुमा सबै पक्ष लाई फाइदा छ। चार जना लाई पार्टी बाट निकालेको नै मिलेन भन्ने निर्णय आउँदा अर्को नौ जना लाई निकालेको घोषणा गर्ने काम ले हुने भनेको जगहँसाई मात्र हो। लेनिन ले भनेको दो कदम आगे एक कदम पिछे। अहिले एक कदम पिछे लिने समय हो, महंथ र उपेंद्र दुबै का लागि। 

‘महन्थ ठाकुर र उपेन्द्र यादव एक स्टेप पछाडि हटेर एकता जारी राख्नुपर्छ’

देउबा र प्रचंड को गठबंधन संभव छैन। प्रचंड लाई छोडेको प्रत्येक जसो सीट मा कांग्रेस को बागी उम्मेदवार खड़ा हुन्छ। नेपाली कांग्रेस एउटा अनुशासनविहीन "लोकतान्त्रिक" पार्टी हो। ३० वर्ष सत्ताधारी पार्टी का रुपमा असफल, तीन वर्ष विपक्षी पार्टी का रुपमा असफल। अब कांग्रेस को जरूरत नै छैन। प्रचंड बहुदल नमान्ने मान्छे। जबज नमान्ने भनेको के? हॉकी को खेलाड़ी भकुन्डो मैदान मा। असफल हुनु स्वाभाविक छ। कहिले लट्ठीले यसको खुट्टामा हानेको छ, कहिले उसको। 

संविधान संसोधन पछि आर्थिक विकास प्रमुख मुद्दा हो। दुई अंक को आर्थिक वृद्धि दर दिन सक्छ चुनाव पछि को एमाले जसपा सरकार ले। 

बाबुराम को जसपा भित्र को उपस्थिति ले जसपा लाई २० बढ़ी सांसद दिन्छ पहाड़मा। अशोक राई ले अब चुनाव जित्ने समय आएको बेला पार्टी फोडेर हिड्ने? राजेंद्र श्रेष्ठ ले कीर्तिपुर मा चुनाव जित्छ। राजेंद्र महतो का नातागोता ले भोट देलान। 

अर्को संसद मा एमाले को १०० र जसपा को ६० हुन सक्छ। पार्टी दुबै एक छन भने। कम्फर्टेबल सरकार बन्छ। 















No comments: