Wednesday, June 02, 2021

जसपा एक ढिक्का हुन करै लाग्छ




एमाले एक हुन्छ भने जसपा एक हुन करै लाग्छ। संसद पुनर्स्थापना हुने संकेत हो ओली लचक हुने संकेत। (संसद पुनर्स्थापना को पुर्ण संभावना छ) संसद फर्केर नआए ओली लाई माधवको खासै जरूरत थिएन। एमाले एक ढिक्का हुन्छ भने देउबा-प्रचण्डको अंकगणित फेल खान्छ। त्यसले उपेन्द्रको १२ लाई निस्तेज बनाउँछ। 

जसपाले आफ्नो आतंरिक संवादहीनता को स्थिति अन्त्य गर्नुपर्छ। सरकारमा जान पनि सकिन्छ नजान पनि सकिन्छ भन्ने खुला मनका साथ बहस गर्नुपर्छ। चुरे विनाशको निर्णय फिर्ता लिनुस भन्ने अब त प्रथम शर्त नै हुनुपर्छ। संविधान संसोधन भन्दा पनि माथि। (ओली को चुरे संहार को प्रस्ताव नरसंहार स्तर को हो

ओली लोकतंत्र को लागि त्यति सारहो खतरा हो भने माधव नेपाल कुनै पनि हालतमा फर्किने थिएनन। गलती गर्यो। अदालतले सच्यायो। महंथ र राजेंद्र को लाइन सही हो भने पनि उपेंद्र लाई कॉन्फिडेंस मा लिने प्रयास भएको देखिएन। त्यही तर्क अर्को तर्फ पनि लागु हुन्छ। परिस्थितिजन्य कुरा हो। 

पार्टी एक ढिक्का छैन भने अस्तित्व नै समाप्त हुन्छ। (पुरानो पुस्ताको हाराकिरी) त्यो के का लागि? वैकल्पिक शक्ति बन्न चाहने पार्टी न यो ध्रुव न त्यो ध्रुव। ओली को अथवा देउबा को पुच्छर बनेर वैकल्पिक शक्ति बनिंदैन। 

एकले अर्का लाई कारवाही गरेका पत्र हरु फिर्ता लिनुपर्छ। आमने सामने बसेर घनीभुत छलफल गर्नुपर्छ। सरकारमा जाने भए सबै जना मिलेर नै जानुपर्छ। तटस्थ पनि बस्न सकिन्छ। सबै कुरा आफ्नै अनुसार गर्न एक्लै बहुमत लिएर आउनुपर्छ। आफ्नो बहुमत छैन भने लचक त हुनैपर्छ। 

उपेंद्र बाबुराम ले देशमा लोकतंत्र बचाउने प्रयास हुटिटयाउ ले आकाश थामे जस्तो। लोकतंत्र लाई त्यति नै खतरा थियो भने देउबा लाई महंथ प्रधान मंत्री बनाउने कुरा स्वीकार हुन्थ्यो। भएको छैन। 

उपेन्द्र यादव ले आह्वान गरेर अहिले मधेसमा न आंदोलन हुनेवाला छ न गर्नु जिम्मेवारीपूर्ण कुरा नै हो। महामारी को तेस्रो वेभ निम्त्याउने काम गर्नु हुन्न अहिले। (तेस्रो लहर: अक्टोबर/नोभेम्बर/डिसेम्बर: बालबालिका बढी प्रभावित हुने) ओली ले गरेको गलती आंदोलन ले होइन अदालत ले सच्याउने हो। (संसद पुनर्स्थापना को पुर्ण संभावना छ)

जसपा नफुट्नु नै ओली को राजनीतिक हितमा छ। चुरे लगायतका माग पुरा गरे दुई दलको सरकार बन्छ। 






Upendra Yadav
‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’ अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको ........ संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए। राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको स्रोतले जनाएको छ। ........ कहिलेकाहीं सडकको डिलमा पुगेको गाडीलाई ब्याक गरेर बचाउन सक्ने अवस्था हुन्छ। अहिले हामी दुवै नेता ब्याक हुनसक्ने अवस्था केके छन्, त्यसबारेमा छलफल गरिरहेका छौं

एमाले फुट्न नदिन दोस्रो तहका नेता सक्रिय महासचिव पोखरेलले आज पार्टीका नेता योगेशकुमार भट्टराईसँग छलफल गरेका छन् । ........ नेता भट्टराईलगायत केही नेता नेपाल निकट मानिए पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन गठबन्धन वा नयाँ पार्टी दर्ता गर्ने विषयमा असहमत भएका उनीहरुले एकताका लागि अग्रसर भएका छन् । ........ ........ पार्टीलाई नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको अवस्था कायम रहने गरी सर्वोच्च अदालतले गत फागुन २३ गते दिएको फैसलाका आधारमा २०७५ जेठ ३ गतेको एकता अगाडिको संरचनामा संचालन गर्नुपर्ने अडान राख्दै आएको नेता नेपाल पक्षले समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ । ........ विघटन भएको प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टी एमालेमा अन्य वैचारिक विवाद नभए पनि कार्यशैली र आपसी स्वार्थको दाउपेच चल्दै आएको छ । ........ विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र सर्वोच्च अदालतमा दिइएको रिट निवेदनमा सहभागिता नहुने तथा पार्टीमा फर्कने शर्तमा पार्टीलाई २०७५ जेठ २ कै स्थितिको साङ्गठनिक संरचनाका आधारमा अघि बढाउन संस्थापन पक्ष लचिलो भएको छ ।




No comments: