Friday, June 04, 2021

Oli Deuba



त्रिपाठीले भने : वरीयता नमिलेकाले मन्त्रिपरिषदबाट बाहिरिएँ ‘वरीयता नमिलेको कारण म आफैं हटेको हुँ योबारे धेरै बोल्न चाहन्नँ’ उनले भने । ...... भारतबाट रोकिएको कोरोनाभाइरस विरुद्धको खोप दुई साताभित्रै आइपुग्ने ...... चीनबाट २० लाख डोज खोप खरीदको वार्ता अन्तिम चरणमा पुगेको

प्रदेश-२ मा सत्ता सहकार्य गर्न निधिसँग उपेन्द्र यादवको प्रस्ताव तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन निधिले प्रस्ताव गरे

‘संसद भंग गरेर संविधान संशोधनको कुरा गर्नु जनताको आँखामा छारो हाल्नु हो’ पार्टी विभाजन हुन्छ भन्ने मलाई लाग्दैन, विभाजन गर्न पनि हुँदैन । ....... अहिले केपी ओलीले देखाएको प्रतिबद्धता मधेशी र आदिवासी जनताको मागलाई सम्बोधन गर्नका लागि होइन । यो जनताको आँखामा छारो हाल्नका लागि हो । किनभने उहाँसँग बहुमत भएको समयमा हामीले सरकारलाई समर्थन गरेका थियौं, उहाँले कागजमा सबै काम गर्छु भन्नुभएको थियो । ......

जतिवेला दुई तिहाइ थियो, त्यतिवेला संविधान संशोधन हुनसक्थ्यो । अहिले कसरी संविधान संशोधन हुन्छ ?

....... यदि संसद जीवित भएको भए सबै समस्याको हल गर्ने ठाउँ संसद हो । जनताले पाँच वर्षका लागि चुनेको संसद किन तीन वर्षमा विघटन गर्नुभयो ?

६ महीनाभित्र चुनाव हुन सकेन भने ठूलो संकट आउँछ ।

....... मुलुक तानाशाहतर्फ जान्छ, मुलुक अस्तव्यस्त हुन्छ । ......... संविधान संशोधन हुने ठाउँ संसद हो । संसद भएको भए रेशम चौधरी, संविधान संशोधन लगायतका माग त्यहाँ उठाउन सकिन्थ्यो । विगतमा एमालेकै कारणले संविधान संशोधन हुन नसकेको हो । ..... अहिले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक भएको छैन ।


ओली मनोविज्ञान र उनको विकल्प प्रधानमन्त्री खड्गप्रसाद ओली सितिमिति सरकारबाट जाँदैनन् । ओलीले अझै राष्ट्रपतिसँग मिलेर केही उत्पात मच्चाउँछन् भन्ने ‘न्यारेटिभहरू’ राजनीतिक वृत्तमा चर्चामा छन् । भारत र जनता समाजवादी पार्टीको महन्थ खेमा पनि ‘ओली–भण्डारी’ गुटसँग समाहित छ भनी विश्वास गरिन्छ ।

यी चारै चोकडी एकै ठाउँ उभिएर बाङ्लादेशमा शेख हसिनाको सरकार जस्तो भारतपक्षीय सरकार अकण्टक नेपालमा राज चलाउने योजनामा छ

भनी राजधानीका कोठे बैठकहरूमा बहस र छलफल चलिरहेको छ । ......... प्रम ओलीलाई नजिकबाट चिन्नेहरू ‘यिनले सत्ता आफूबाहेक अरूलाई दिनुपरे संविधान च्यात्छन्’ भन्छन् । ..... यिनले प्रम हुन मात्र संविधान रातारात जारी गरेका रहेछन् भन्ने आधारहरू उनी स्वयम्को व्यवहारले प्रमाणित गर्दैछ । ....... प्रम ओलीलाई असंवैधानिक र अराजनीतिक कर्म गर्ने छुट राष्ट्रपतिले मात्र दिएको होइन, उनलाई बेलगाम हुने छुट प्रतिपक्षका नेता शेरबहादुर देउवा र को–पाइलट भनिने पुष्पकमल दाहालले पनि दिएका हुन् । .. माओवादी नेता दाहाल ‘फुर्के’ रहेछन् ।

खुला राजनीतिको कच्चा खेलाडी भन्दा पनि हुन्छ दाहाललाई । आज प्रम ओलीले गैरसंवैधानिक रूपमा सत्ता चलाएका छन् भने यो अवस्था आउन प्रचण्डको भूमिका प्रमुख छ ।

......... कांग्रेस नेता देउवा झिनामसिना आफ्ना मान्छे नियुक्ति गर्न बालुवाटार जानाले आज ओली सबैलाई हेपेर बोल्ने भएका हुन् । ....... भारतको सातौैं राष्ट्रपति ज्ञानी जैल सिंह थिए । उनी ‘विचरा’ राष्ट्रपति नामबाट चिनिन्थे । प्रम इन्दिरा गान्धी उनलाई नचाउँथिन् । ......... भारतमा यस्ता प्रमको आदेशपालक राष्ट्रपति पनि थिए भनेर उनलाई गणतन्त्रको मजाक राष्ट्रपति भनिन्छ । तर त्यही ज्ञानी जैल सिंह पनि एउटा ठाउँमा पुगेपछि इन्दिरा गान्धीसँग भड्किए, उनको स्वाभिमान जाग्यो र अटेरी भएर स्वर्ण मन्दिर गए । ....... नोकर सरह व्यवहार गर्ने इन्दिरा गान्धीसँग एउटा स्टेजमा ज्ञानी जैल सिंहले स्ट्याण्ड लिए । ....... नेपालीले गणतन्त्र नेपालमा ज्ञानी जैल सिंह पनि पाएनन् संविधानको रक्षा गर्न । ........

पटक–पटक राजनीतिक विवादमा न्यायालय तानिनु भनेको नेपालका राजनीतिक दलहरू अक्षम छन् भनी प्रमाणित हुनु हो ।

.......... नेपाल यतिखेर कोरोना महामारीबाट प्रताडित पहिलो राष्ट्र बन्न पुगेको छ । परीक्षणबाट एकतिहाइ कम्तीमा कोरोना पोजेटिभ देखिएका छन् । ....... के नेपालका न्यायाधीशहरू अर्कै ग्रहमा बस्छन् र तिनको परिवार, इष्टमित्र र आफन्त छैनन् भनी बुझ्ने प्रमको जस्तो ? कि सबै न्यायाधीशका छोराछोरी, बुवाआमा र आफन्त अमेरिका वा बेलायत गएका छन् ? जहाँ दोस्रो डोजको खोप पनि धेरैले लगाइसकेको अवस्था छ । ........

प्रम ओलीको अबको पाँच महीनामा चुनाव गराउने सनक सन्तुलित दिमागको उपज हुन सक्छ भनी कुनै राजनीतिक, वैज्ञानिक र मनोविज्ञले भन्न सक्तैन ।

.......... प्रम ओली सबै नेपालीलाई मृत्युको मुखमा पुर्‍याउन ६ महीनाभित्र चुनाव गराउन किन उद्यत भएका होलान् ? ....... निर्वाचन आयोग र सर्वोच्च अदालतले प्रमको लहडलाई नियन्त्रण गर्न कठोर निर्णय गर्न ढिलो भएको होइन ? प्रमको यस्तो परपीडक सोच र अट्टहासको पछाडि कुन मनोविज्ञानले काम गर्दछ । नेपालको प्रम अध्ययन र अनुसन्धानको विषय भएका छन् । ........... प्रम ओली आजीवन यही पदमा बस्छु भनी हठ गरे र राष्ट्रपतिले पनि समर्थन जारी राखिन् भने नेपालको संविधानले के व्यवस्था गरेको छ हटाउन ? कि सडक मात्र विकल्प रहन जान्छ ? दलहरू यो अवस्थाको लागि पनि तयार रहनुपर्‍यो । ........ प्रमको अट्टहास र प्रहसनले नागरिक पीडित छन् । म प्रत्येक घर कोरोनाबाट त्राहि–त्राहि भएको देख्छु । ........ आर्थिक, सामाजिक र सांस्कृतिक रूपले काठमाडौं तहसनहस भएको छ ।

ज्याला गरेर खाने श्रमजीवी वर्गको काखको बच्चाले ‘खान देऊ आमा’ भन्दा आमाले बच्चालाई कुट्ने स्थिति आइसक्यो ।

माक्र्सको ‘सामाजिक एलिनिनेशन’ बाट गुज्रेको र विक्षिप्त बन्दै गएको देख्दछु म नेपालको श्रमजीवी वर्गलाई । किसानको बेहाल निरर्थक छ भन्नलाई चिनियाँ क्रान्तिका नायक माओले पनि रुँदै यहाँका कम्युनिष्टलाई धिक्कार्ने छन् । .............. प्रम ओलीको यो अर्थहीन निर्वाचन घोषणालाई डटेर बहिष्कार गर्नुको विकल्प केही छ ? चुनावको सक्रिय बहिष्कार गरौं जबसम्म खोप सबै नेपालीको पाखुरामा लाग्दैन । .............. ओलीको विकल्प खासै आकर्षक छैन । ....... देउवा नेतृत्वले ओलीको विकल्पमा राष्ट्रियस्तरको ओज र प्रभाव छोड्ला भनी सोच्नु मूर्खतापूर्ण हुनेछ । नागरिक पत्याउन तयार छैनन् । ......... ओलीलाई किन हटाउनुपर्छ भन्ने सार्थक संवाद नागरिकसँग गर्न सक्ने सन्देशवाहक नेता यतिखेर ओली विरोधी गठबन्धनमा कोही देखिंदैन । .......

विगतमा झैं सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना भएमा प्रम ओलीको विकल्प संसदले दिनेछ भनी प्रत्याभूति पनि देउवा गठबन्धनले दिनसकेको छैन ।

........ कांग्रेस, माओवादी, जसपाको उपेन्द्र खेमा र एमालेको नेपाल–खनाल समूह । यो चौकडीमा सामान्य फेरबदल भएमा देउवा फेरि प्रतिपक्षको नेतामा पुग्छन् । ...... देउवा प्रतिपक्षमा रहँदा र अहिले फेरि सरकारको नेतृत्वमा जाने अवसर पाउँदा पनि राजनीतिको केन्द्रमा आउन नसक्नु विडम्बना हो ।


No comments: