Sunday, June 06, 2021

Oli Madhav



एमालेलाई एक बनाउने भन्दै ओलीले भने : २०७५ जेठ ३ अघिको अवस्थामा फर्कन तयार छु

प्रदेश-२का ४ मन्त्री बर्खास्त मुख्यमन्त्री लालबाबु राउतले ठाकुर समूहका मन्त्रीहरू जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् । ...... आइतबार साँझ मुख्यमन्त्री राउतले मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । यो कदमभन्दा पहिलेजनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव खेमाले राउतलाई संसदीय दलको नेता चयन गरेको थियो ।

टीकापुर घटनाका पीडितको प्रश्न: सत्ता टिकाउन रेशम चौधरी जेलमुक्त हुन्छन् भने न्याय खोज्न हामी कहाँ जाने ? दुवै छोरा गुमाएका प्रेमसिंह बोहराको न्याय नपाउने चिन्ता !
प्रधानसेनापति थापाको नेतृत्वको एक हजार दिन अबको प्रधानसेनापति शर्मा : नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु
प्रदेश-२ जसपाको दलको नेता चयन गर्नु अवैधानिक : ठाकुर समूह ‘त्यसरी नेता चयन गरिएको संचार माध्यमबाट थाहा पायौंं’ सोनलले इकागजसँग कुरा भने, ‘विधान नै नरहेको अवस्था दलको नेता चयन गर्नु गलत हो ।’ ...... त्यसमा तत्कालीन सपाका ३० र राजपाका ८ जना गरी ३८ जनाको हस्ताक्षर छ । ...... सपा, कांग्रेस र माओवादी मिल्दा ५७ सदस्य पुग्छ ।

देउवा दाम्पतीले आइजिपी बन्न नदिएका सिलवाल गृहमन्त्रीको रेशमा, तर छैन आसान
मुख्यमन्त्रीमा राउतकै निरन्तरता, माओबादी सरकारमा जाने कांग्रेस बिचाराधिन माओबादी सरकारमै जान पनि तयार भइसकेको छ भने कांग्रेस सम्मानजनक स्थान पाए मात्र सरकारमा जाने भएकाले बिचाराधिन रहेको

ठाकुर पक्षमा लागेका एक मन्त्री सहित ४ हटाइए, ठाकुर पक्षद्वारा स्वागत
उपप्रधानमन्त्री महतो अभिव्यक्तिको पक्षमा ८१ जनाको समर्थन सहित विज्ञप्ती साझा वंश, इतिहास, संस्कृति, भाषा र साझा क्षेत्र वा भूगोलमा आवाद गरेका जनताहरुको समहुलाई ‘राष्ट्र’ भनिने उनीहरुको जिकिर छ । नेपालको जनगणना २०६८ ले नेपालमा १२५ भन्दा बढी राष्ट्र÷जातीहरु रहेको उल्लेख गर्दै उनीहरुले पृथ्वीनारायण शाहको गोर्खा साम्राज्य विस्तार भएपछि सैन्य बल प्रयोग गरेर यहाँका बहुलराष्ट्रहरु माथि जातीय संहारमार्फत एकलराष्ट्रिय राज्य बनाउने काम भएको जनाएका छन् । ........ ‘गोर्खालीहरुको यस्तो एकलराष्ट्रिय राज्य गणतन्त्रमा पनि कायम रहनु भनेको आन्तरिक औपनिवेशिकता हो,’ विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘हजारौं वर्षदेखि यस भूमिलाई आवाद गरेका भूमि पुत्र÷पुत्रीहरुको सामाजिक–सांस्कृतिक, आर्थिक र राजनैतिक प्रणालीलाई सैन्य बल तथा औपनिवेशिक कानुनमार्फत समाप्त पारेर एकल हिन्दु राष्ट्रिय राज्य निर्माण गर्दै अन्य सार्वभौम राष्ट्रहरुलाई राज्यविहीन बनाउने औपनिवेशिक परियोजनालाई २१आंै शताब्दीका नेपालका सार्वभौम जनताहरुले अस्वीकार गर्दछ ।’

पार्टी एकताका लागि नेपाल समुहको मागअनुसार जेठ ३ अघिको अवस्थामा फर्कन तयार भए ओली (पूर्णपाठसहित)
नवराज सिलवाल गृहमन्त्री र महेश बस्नेत सञ्चार मन्त्री बन्ने !
एमाले अध्यक्ष ओलीद्वारा एकता प्रस्ताव : हस्ताक्षर फिर्ता लिनुस् जेठ ३ मा फर्कन तयार छु
ओली सत्ताकब्जाको कम्बोडियन मोडल खोज्दै छन् : शेखर कोइराला डा. शेखर कोइरालाले नेपाल कुनै पनि हालतमा बहुराष्ट्रिय देश हुन नसक्ने बताएका छन् । ...... भोलि संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि त्यो सरकारले पनि निर्वाचन नै गर्ने बताउँदै कोइरालाले नेपाली कांग्रेसको नेकपा (माओवादी केन्द्र)सँगको मेलमिलाप भनेको संसद् पुनःस्थापना गर्नको लागि भएको स्पष्ट गरे । ....... चुनाव नहुने देखिन्छ । ...... संविधान बचाउन र संविधान ट्रयाकमा ल्याउन्जेलसम्म हो, माओवादी अनि कम्युनिस्टसँगको गठबन्धन । तर, कांग्रेस चुनावमा आफ्नै बाटो लागेर जानुपर्छ ....... “संसद् पुनःस्थापना हुन्छ । संसद् पुनःस्थापनाले पनि बाटो त चुनाव नै हो । संसद् चल्न सक्दैन भन्ने पनि हामीले बुझेका छौँ । ओलीजीको नेतृत्वमा निष्पक्ष चुनाव हुन सक्दैन । ....... ओलीलाई तानाशाह बनाउन बाटो सहज गरिदिने काम कांग्रेसले गरेको बताउँदै उनले जसरी, जुन दिन ओली प्रधानमन्त्री बनेका थिए, त्यसपछिका क्रियाकलाप सत्ताकब्जा गर्दै जानेतर्फ उन्मुख भएको सुनाए । सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभाग आदिलाई कब्जा गर्दै जानु र कांग्रेस चुप लागेर बस्नुले पनि मनोबल बढेको बताउँदै कोइरालाले भने, “सडक र संसद् दुवैतिरबाट कांग्रेसले जोडदार ढंगले जवाफ दिएको भए आज ओलीको मन बढ्ने थिएन ।” ......... ओली सत्तामा आउनुअघि नै एउटा कार्यक्रममा सत्ताकब्जा कसरी गर्न सकिन्छ भनेर अभिव्यक्ति नै दिएको ....... “कतिपटक त कम्बोडिया नै गएजस्तो लागेको छ । कि विपक्षीलाई सखाप बनाएर जाने बंगलादेशी मोडलमा जान खोजेको हो ? तीसवर्षे पञ्चायत पनि आन्दोलनले ढलेको थियो । अब ओलीलाई ढाल्ने विकल्प आन्दोलन मात्र हो ।” ....... काठमाडौंमा जम्मा भएर महाधिवेशन गर्न सक्ने अवस्था छैन । संविधानले पनि दलहरुको निर्वाचन गर्नुपर्छ भनेको छ । अधिवेशन भनेको छैन ........ २०१४ साल र त्यसअघि जसरी जिल्ला–जिल्लामा निर्वाचन हुन्थ्यो, मतगणना केन्द्रमा ल्याएर गणना हुन्थ्यो । सभापति, केन्द्रीय पदाधिकारीको त्यसरी नै चुनाव हुनुपर्छ ।

आफ्नो पक्षमा नआएपछि प्रदेश २ का महन्थ पक्षीय मन्त्रीहरू बर्खास्तीमा उनीहरूलाई जसपाका अध्यक्ष उपेन्द्र यादव समूहमा आउन आइतबार साँझसम्मको समय दिइएको थियो । तर उनीहरूले कुनै प्रतिक्रिया नदिएपछि बर्खास्तीमा परेका हुन् । ...... उपेन्द्र पक्षधर आइतबार नै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतले चयन गरेको छ । उनीहरूले आफू अनुकूल विधानसमेत पारित गरेका छन्

ओलीको प्रस्तावपछि खनाल–नेपाल समूह आन्तरिक छलफलमा, सोमबार मात्रै धारणा सार्वजनिक गर्ने
केपी ओली संविधान–गणतन्त्र मास्ने दिशामा छन्, पार्टी एकता सम्भव छैन अष्टलक्ष्मी शाक्य, नेतृ– नेकपा एमाले
देउवालाई नियुक्त गरेको भए दुईजना प्रधानमन्त्री बनाउन चाहेका ओलीले लफडा गर्न सक्नुहुन्थ्यो चन्द्रकान्त ज्ञवाली– वरिष्ठ अधिवक्ता/संविधानविद् ...... उपधारा ३ अनुसार प्रधानमन्त्री भइसकेपछि उहाँले विश्वासको मत लिनु भएन, राजीनामा पनि दिनु भएन । पत्रकार सम्मेलन गरेर के भनिदिनुभयो भने– म सरकार चलाउन सक्दिनँ, मैले मार्गप्रशस्त गरे भन्नुभएको छ । उहाँलाई मनमा लाग्दैमा मार्गप्रशस्त हुँदैन । एउटा त प्रधानमन्त्रीको मृत्यु भएमा प्रधानमन्त्री पद रिक्त हुन्छ । दोस्रो, राजीनामा गर्‍यो भने रिक्त हुन्छ । तेस्रो, अविश्वास प्रस्ताव पारित भयो भने पदमुक्त हुन्छ र पद रिक्त हुन्छ वा प्रतिनिधिसभा विघटन भइसकेपछि पदमुक्त हुन्छ र रिक्त पनि हुन्छ र प्रधानमन्त्री काम चलाउ हुने हो । ........

उहाँ संविधानानुसारको प्रक्रियामै जानुभएको छैन, जान चाहनु नै भएन । संसदीय व्यवस्थामा संसद्लाई बेवास्ता गरेर, संसद्मा फेस नगरीकन, संसद्मा फेस गर्नुपर्ला भनेर जस्केलाबाट भागेर हिँडेपछि संवैधानिकता भन्ने कुरा प्रधानमन्त्रीमा रहँदैन ।

...... जवाफदेही नबनीकन संसद्बाट अर्को सरकार बन्ने आधार हुँदाहुँदै पनि हठात् रुपमा धारा ७६ (४्र) बमोजिमको प्रक्रियाको प्रयोग नै नगरीकन, संसद् अधिवेशन नबोलाइकन, उहाँ प्रधानमन्त्री पदबाट मुक्त नभईकन र प्रधानमन्त्री पद रिक्त नभईकन ७६ (५) बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभयो, आह्वान मात्र गर्नु भएन, आफैँ दाबी पनि गर्न जानुभयो । ......... विघटन सदर हुने ठाउँ मैले देखेको छैन । ७६ (३) को अवस्थाले उपधारा ४ अनुसार पूर्णता पाइसक्दा प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा मात्र उपधारा ५ को अवस्था आउने हो । .......

एउटा बहालवाला प्रधानमन्त्रीले अर्को धाराअनुरुपको प्रधानमन्त्री बनाइदिनुस् भन्दै निवेदन हाल्नै पाउँदैन ।

...... नेपालको संविधानले दुईवटा प्रधानमन्त्रीको परिकल्पना गरेकै छैन । धारा ७६ (३) को प्रधानमन्त्री बहाल रहँदारहँदै धारा ७६ (५) को प्रधानमन्त्री हुने कुराको कुनै परिकल्पना संविधानले गरेको पनि छैन । संसारमा यस्तो हुन पनि सक्दैन । ....... धारा ७६ (३) को प्रधानमन्त्रीले धारा ७६ (४) को प्रक्रिया नै प्रयोग नगरीकन त्यसलाई निस्क्रिय बनाएर एकैचोटि हामफालेर ७६ (५) को सरकार बनाउने परिकल्पना हाम्रो संविधानले गरेको छैन । ....... म त ७६ (३) अनुसारकै प्रधानमन्त्री, म कसरी छोड्न सक्छु’ भ्रन्न सक्नुहुन्थ्यो । उता, राष्ट्रपतिले नियुक्त गरिसकेपछि शेरबहादुरजी पनि प्रधानमन्त्री बन्नुहुन्थ्यो । ..... मार्गप्रशस्त त विश्वासको मत फेल भएर हुन्छ, राजीनामा दियो भने प्रशस्त हुन्छ, विघटन गरे पनि उहाँ पदमुक्त भएर काम चलाउन हुने हो । तर, उहाँ त्यो पनि मान्न चयार हुनु हुन्न र आफूलाई कार्यकारी हुँ भन्न छोड्नु हुन्न । .........

यदि शेरबहादुरजी प्रधानमन्त्री हुनुभएको भए उहाँले अर्को लफडा गर्नसक्ने ठाउँ राख्नुभएको थियो ।

...... बेलायतमा ‘फिक्स टर्म पार्लियामेन्ट एक्ट’ छ । त्योबमोजिम संसद् विघटन गर्नै पाइन्न । ....... संसद्बाट सरकार बन्दासम्म संसद् विघटन गर्न पाइँदैन भन्ने संसदीय व्यवस्था भएका मुलुकहरुबाट स्थापित रिसेन्ट ट्रेन्ड छ । ६६ मुलुकले त्यो अभ्यास गरिरहेका छन् । ........ हरेक मुलुकमा संसद्ले नीति, कार्यक्रम र बजेट पारित गरेन भने मात्रै विघटन गर्न पाउने, सरकार जन्माउने अवस्था भएन भने मात्र विघटन गर्न पाउने व्यवस्थाको अभ्यास गरेका छन् । ......... प्रधानमन्त्रीलाई मन लाग्दैमा विघटन गर्न पाइन्छ भन्ने अवस्था अन्तर्राष्ट्रिय रुपमै अन्त्य भएको छ । ........ त्यसकारण प्रतिनिधिसभा पुनःस्थापना नहुने आधार देखिँदैन । त्यसकारण प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरामा १०० मा १०० प्रतिशत म विश्वस्त छु । ....... धेरै रिटले जटिल संवैधानिक विषय नभएकाले अन्तरिम आदेशमार्फत नै गलत कदम सच्याउन माग गर्दैै बृहत् इजलासबाट सुनुवाइ माग गरेका छन् । ........ धेरै व्याख्या अघिल्लो फैसलामै भइसकेको छ । त्यसैले हिजोजस्तो महिनौँ बहस गर्नुपर्छ भन्ने मलाई लाग्दैन ...... ७६ (३) बाट ४ को प्रक्रियामै प्रवेश नगरी ७६ (५) मा जान सक्छ कि सक्दैन भन्ने र ७६ (३) को अनुरुप नियुक्त भई विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको प्रधानमन्त्रीले सिफारिस गरेर ७६ (५) को प्रधानमन्त्री को प्रक्रिया सुरु हुन्छ कि हुँदैन भन्ने प्रश्न निरुपण गर्नुछ । अर्को, सरकार बन्न सकेन भनेर त्यही प्रधानमन्त्रीले विघटन सिफरिस गर्न सक्छ कि सक्दैन भन्ने कुरा मात्र सेटल गर्ने हो । अन्य कुरा सबै सेटल भइसकेको अवस्था छ । यदि, अदालतले इजलासबाट राम्रोसँग व्यवस्थापन गर्न सक्यो भने मलाई लाग्छ, सबै मुद्दाहरु एक सातामा सेटल गर्न सक्ने खालका छन् ।

कांग्रेसले धर्म निभाएको छैन नेताहरुले राजनीति र व्यवस्थाप्रति नै वितृष्णा फैलाए सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीका सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् .......

देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने दिशामा अग्रसर भएको

...... सत्ता हत्याएपछि, सत्तामा पुगेपछि, चाहे त्यो पार्टीको सत्ता होस्, चाहे त्यो राज्यको सत्ता, जब सत्तामा पुग्छन् अनि

त्यहाँ बसेर अन्धाधुन्ध कमिसनको खेल चल्छ । अर्बौँका खेलहरु हुन्छन् ।

.......... हामीचाहिँ यहाँ जोखना हेरेर बस्ने ? जोखना हेरेर बस्दा पहिलो अवसर गुम्यो । जुन बेलामा एमाले र माओवादी बनाएर अदालतले फैसला गरेको थिएन । .............. केपी ओली हटाउने भनेर पार्टीले निर्णय गर्ने, पार्टी नेतृत्वले चाहिँ आलटाल गरेर बस्ने काम भयो । ....... वैधानिकता र अवैधानिकता बारे हाम्रो पार्टीको नेतृत्वले परवाह नै गर्न छोड्यो । ........ हाम्रो पार्टीको कार्यकाल सकिएको त डेढ वर्ष भइसक्यो । अहिले पनि मानिसहरुलाई चिठ्ठी काटिँदै छ । नियुक्ति बाडिँदै छ । देशभरि त यो विभागको, प्रतिष्ठानको, उपशाखाको सदस्य भइस् भन्दै मान्छेहरुलाई अन्धाधुन्ध अवैधानिक तरिकाबाट पत्र काट्ने काम भइरहेको छ । ......... अधिवेशन समयमा सम्पन्न नहुँदा हाम्रो पार्टीको वैधानिकता नै संकटमा पर्छ । पार्टी विधानमा त संकट परिसक्यो । पार्टीको विधानले त हामी सदस्य नै होइनौँ । शेरबहादुरजी सभापति पनि होइन । म केन्द्रीय सदस्य पनि होइन । अब देशको संविधानअनुसार भदौभन्दा उता हामी कोही पनि सदस्य रहँदैनौँ । कोही पनि पदाधिकारी रहँदैनौँ । हाम्रो कुनै पनि दाबी पार्टीमा हुँदैन ।


६ बुँदे मागमा ओलीको ६ बुँदाकै प्रस्ताव : धर्मसंकटमा माधव नेपाल ! यदि ओलीले भनेजस्तै गर्ने हो भने एमाले एक रहने ठाउँ निर्माण भएको छ।
‘सरकारले न्यायालयमै बलमिच्याईं गर्‍यो, न्यायपालिकालाई आफ्नो बाटोमा हिँडाउन खोज्यो’ ‘पञ्चायत र राजाको समयमा लिन नसकेको हुर्मत आज गणतन्त्रमा सरकारले लिँदै छ,’ भट्टराईले भने, 'संवैधानिक इजलाससम्बन्धी नियमावलीमा त सरकारले पहिल्यै न्यायाधीशमाथि बहस गर्ने उल्लेख छैन। हामी कसको निवेदनमाथि बहस गरिरहेका छौं? पेशीमा त अरु कसैको मुद्दा छ। कसको मुद्दा हो यो बहस भइरहेको?’

माधव नेपाल पक्षको मागअनुसार ओली जेठ २ मा फर्किन तयार
एकताकाे आह्वान सकारात्मक : योगेश भट्टराई
ओलीले एकताको एकतर्फी घोषणा गरेर झुक्याउन खोजे : झाँक्री
मापदण्ड पालना नगरे महामारी झनै भयावह बन्र सक्छ अहिले काठमाडौैं बाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ। यसले

गाउँ-गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ।

..... कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो। अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो। ..... धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न। दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागे धान्न सक्ने धैर्यता सायद नरहन सक्छ।


जसपा विग्रहको छायाँ : प्रदेश २ मा हावी हुँदै बाबुराम-उपेन्द्र जसपाका ५५ प्रदेश सभा सदस्यमध्ये बाबुराम-उपेन्द्र पक्षमा ३५ जना खुलेको दाबी ...... पछिल्लो समय जसपा ध्रुविकरण बढ्दै गएपछि तत्कालीन राजपा पक्षका सांसदहरू बाबुराम–उपेन्द्र पक्षतिर तानिन लागेका हुन्। मुख्यमन्त्री लालबाबु राउत बाबुराम–उपेन्द्र पक्षका भएकाले मन्त्री पद र अन्य प्रलोभनमा पारेर आफ्नो कित्तातिर तानेको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका एक प्रदेश सभा सदस्यले बताए। ..... प्रदेश सभामा बहुमत भएकाले बाबुराम–उपेन्द्र पक्ष पेलेरै जाने रणनीतिमा छ। मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता बनाएर उनीहरूले त्यसको शुरुआत गरिसकेका छन्। ..... आफ्नो पार्टीमा बहुमत हुँदासम्म विकल्प नखोजिने बाबुराम-उपेन्द्र पक्षका एक नेताले बताए। ....... ‘अहिले जसपाकै एकल बहुमत छ। यस्तो अवस्थामा अर्को पार्टीसँग बहुमतका लागि किन गुहार्नु पर्‍यो? महन्थ-राजेन्द्र पक्ष निस्कने अवस्था आएमा कांग्रेस र माओवादीसँग सहकार्य गरेर हाम्रै सरकार बन्छ’

No comments: