Tuesday, June 01, 2021

RIP Ujwal

विवेकशील साझाका पूर्वसंयोजक उज्वल थापाको निधन 

ठाकुर पक्षको काउन्टर कारवाही : उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित

सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता लिइने

थापाको निधनसँगै विवेकशील साझाको आकस्मिक बैठक : यस्ता छन् निर्णय

महन्थ ठाकुरसहित चार नेतालाई निष्काशन गरेकोसम्बन्धी आयोगमा पठाइएको पत्रमा के छ ? (पत्रसहित)

उज्जवल थापाको उपचार जारी छः मेडिसिटी अस्पताल

उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालियो

ओलीलाई ठाकुरको आग्रह : पार्टी विभाजनमा सहयोग चाहियो

'माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको हो'

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने आँकलन

जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी हुने नेता कर्ण भन्छन् : वार्तामा प्रधानमन्त्रीले सरकारमा आउनुस् भन्‍नुभयो, हामीले हुन्छ भन्यौं ........ ‘केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रा काम गरिदिएको छ । सुरुदेखि नै सरकारमा आउनुस् भन्‍नुभएको थियो, आजको छलफलमा हुन्छ भनेका छौँ’ .......... अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बिहान १० बजे बालुवाटार पुगेका थिए । कर्णका अनुसार दुई बजेसम्म चलेको बैठकमा सरकारमा सहभागिता र मुद्दा टुंग्याउने विषयमा छलफल भएको थियो । ........ मुद्दा फिर्ता र सरकारमा सहभागिताका विषयमा वार्तामा छलफल भएको कर्णले बताए । आठ मन्त्री र दुई राज्यमन्त्री बनाउने ओली र जसपाको ठाकुर समूहबीच सहमति भएको छ । तर, पार्टीभित्र विवाद भएकाले कहिले शपथ गर्ने भन्‍ने नटुंगिएको कर्णले बताए । ‘प्रधानमन्त्रीले भोलि नै शपथ गर्ने भन्‍नुभएको थियो । हामीले पार्टीमा पनि विवाद छ, पर्सीसम्म छलफल गरेर टुंग्याउँछौं, अनि शपथ गरौँला भनेका छौँ,’ कर्णले भने । ....... सरकारमा पार्टीको नेतृत्व महतोले गरेर जाने कि, शरतसिंह भण्डारीले गरेर जाने भन्‍नेमा पनि विवाद छ । 

उज्ज्वल थापाको कोभिड रिपोर्ट नेगेटिभ, अवस्था जटिल



विधिको शासन कि भताभुङ्गे राजाको लथालिङ्गे चाला ?  पहिलेका योग्य शासकहरू धर्म र शास्त्रको आधारमा शासन गर्थे । समयानुकूल दरबारमा विद्वान्, पण्डितहरूको भेला गराउँथे । ...........  तिनलाई शास्त्रका विषयमा वाद-विवाद गराउँथे । तिनै वादविवाद श्रवण गरी ज्ञान प्राप्त गर्ने गर्दथे । यसैबाट शासनमा के गर्न हुने ? के गर्न नहुने ? त्यसको ज्ञान असल शासकले लिने गर्थे । स्वयं दरबारमा योग्य पण्डित र गुरुहरू राखेर तिनीहरूको सरसल्लाहबाट न्याय-अन्याय छुट्याएर सजाय गर्ने गर्थे । ............ अमेरिकामा सन् १७८९ तिर त्यहाँको संविधान लागू भएको हो, तर आज पनि यही संविधान निरन्तर कायम छ । पहिलेको ग्रेट ब्रिटेन इङल्यान्डमा ‘ह्विग’ र ‘टोरी’ दल थिए । तिनै पछि कन्जरभेटिभ र लिबरल दल बने । जसको शासन बेला-बखतमा एकपछि अर्को गरी चलिरहेको छ । ............  अमेरिकामा पनि कैयाँै वर्षदेखि दुई दल कायम छन्, ‘डेमोक्य्राट’ र ‘रिपब्लिकन’ । हाम्रो मुलुकमा सातपटक संविधान क्रमशः फेरिँदा पनि संविधानको खेती गर्नेहरू अझै अघाएका छैनन् । ................ जुन मुलुकले निरन्तर विकासशीलको दर्जा पाएको छ, सदा-सर्वदा पिछडिएको छ । चरम गरिबी छ । कयौँ वर्षदेखि विकास हुन नसकी शून्य अवस्थामा छ । त्यस्ता मुलुकमा बहुदलको स्थापना हुनासाथ सयौँ दल जन्मन्छन् । अभ्यासबाट के पाइएको छ भने यहाँ पूर्ण बहुमतको सरकार नै चल्ने अवस्था रहँदैन भने मिलिजुली खुद्रे सरकार त झन् के चल्ने ? ..........  विगतका दिन धेरै दलहरूको मिलीजुली संयुक्त सरकार जस्तै, यसपालि यो मन मिलेका केही दल मिलेर बनेको सरकारबीच कुनै अन्तर नै रहेन । ............. यसको मूल कारण हो, एउटै दलभित्र अनगन्ती गुट पैदा हुनु र सबै गुटबीच पदीय प्रलोभन रहनु । निर्वाचन हुँदा मतदाताबीच अनेक वाचा बन्धन गरिनु र दलभित्र पनि मतैक्य देखिन्छन् । तर सत्तामा बहालपछि भने नागरिक र दलभित्रका अन्य नेता-कार्यकर्ताहरू सबैलाई बिर्सेर भाइ-भतिजा र फरियावादको मार्ग-प्रशस्त गर्नु । ................... तर नेपालमा आफ्नै दलभित्र छत्तिसे-चौहत्तरे, देउवा गुट, पौडेल गुट, ओली गुट, वामदेव गुट र नेपाल गुट । दल गुटै-गुटमा बाँडिने, छुट्टिन्‍ने र टुट्ने फुट्ने प्रवृत्ति जहिले पनि देखिएको छ । यो रोग नेपालका सबै दलीय नेताहरूमा नेपाली जनताले यथोचित रूपमा पाएका छन् । एकाधबाहेक कुनै दल गुट-प्रवृत्तिबाट मुक्त छैनन् । ...............   सत्तामा पुगेपछि नेतालाई निजामतीदेखि न्याय, सेना, प्रहरी, सबै सरकारका अंगहरूले शक्ति पृथकीरणको सिद्धान्त विपरीत एकमुष्ठ रूपमा नतमस्तक भई सघाउनुपर्ने प्रवृत्ति हाबी छ । वास्तवमा भन्‍ने हो भने एउटा शासकका निम्ति मुलुकमा शासन गर्न विधि-पद्धति अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ । यो किन भनिएको हो भने यदि विधिअनुसार चल्ने हो भने रेलको मार्ग जस्तै शासनको मार्ग पनि शासकका निम्ति स्वतः प्रस्ट रूपमा प्रशस्त हुन सम्भव हुन्छ । ............. शासकले कानुनको अक्षरशः पालन गर्नुपर्छ । त्यसको उल्लंघन गर्न पनि हुँदैन । कानुनप्रति त्यति नै उत्तरदायी हुनैपर्छ । तर यहाँ यी तथ्यलाई आत्मसात् कहिले पनि गरिँदैन र आफूलाई सरल मार्ग बनाउन संशोधनका नाममा जहिलेसुकै अध्यादेश ल्याउने वा संविधानलाई संशोधन गरी छिद्र बनाउने प्रयास अन्तरिम संविधानदेखि आजसम्म कायम छ । ............  जब कुनै दल सरकारमा जानेतिर लक्षित हुन्छ । अनि दलका नेताहरूबीच कमाउ विभाग र कुर्सी पाउन विवाद सुरु हुन्छ । यही विन्दुबाट दलीय टुट-फुटको सम्भावना देखापर्छ । शासकहरू शासन र सत्तामा हाबी भएपछि जनताप्रति उत्तरदायी भई तिनको हितमा वा मुलुकको विकासतिर लक्षित हुँदै काम गर्नेतिर होइन कि भएसम्म भ्रष्टाचार गर्ने वा आफ्ना नातागोतालाई ठाउँ-ठाउँमा नियुक्ति दिलाई भरमग्दुर कुम्ल्याउन लगाउने प्रवृत्ति देखिएको छ । ................. नेपालमा व्यापक भ्रष्टाचार हुने दुई कारण देखिएको छ, पहिलो त, सत्तामा रहनेले सात पुस्तालाई पुग्‍ने गरी अर्बौँ-अर्बमा सम्पत्ति संग्रह गर्ने । अनि दोस्रो चुनावको खर्च पनि करोडौँ-करोडको राशि सञ्चय गर्ने । ............ नेपालमा आजभोलि लोकतान्त्रिक आदर्शसहितको निर्वाचन हुन छाडेका छन् । भोट, नोटबाटै खरिद भन्‍ने कुरा सर्वविदितै छ । जनताले पनि पाँच वर्षको कार्यकाल केही रकममा एउटा नेताको हातमा बेच्ने गर्छन् भन्‍ने आमगुनासो छ । त्यो सानो रकमको लेनदेनमा एउटा भ्रष्ट नेताले पाँच वर्षसम्म नागरिकको हक हितमा काम नगरी आफ्नो दुनो सोझ्याउन सरलैसँग सक्छन् । .................  यस्तो महाव्याधिबीच पनि शासकीय वृत्तका पात्रहरू संसद् भंग र मध्यावधि निर्वाचनको दुष्चक्र निम्त्याउँदैछन् । के भन्‍ने ? उनीहरूले महामारीबीच बारम्बार राजनीतिक उथलपुथल ल्याइरहेका छन् । यो नितान्त स्वार्थवश निर्वाचनमा एकतर्फी जित हासिल गर्ने लक्ष्य राखी संविधानवाद तथा विधिको शासनविरुद्ध गतिविधि हुनु मुलुकका निम्ति दुर्भाग्यपूर्ण हो ।

इन्स्टाबाट कुस्त कमाउनेमा शाहरुख–अमिताभभन्दा प्रियंका अगाडि  ६ करोड ३८ लाख फ्लोअर भएकी प्रियंकाले भने एउटा पोस्टवापत २ करोड लिने गरेकी छिन् ।

‘समयले ध्रुवीकरण मागेको छ, तमासा नगरौँ, भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊ’  नयाँ निर्माणका निम्ति पुरानो भत्कनु पर्ने ......... जसपा फुटको संघारमा पुगेको अवस्थामा बाबुरामले किनबेचको तमासा नगर्न अनुरोध गरेका हुन्। गत फागुनमा सर्वोच्च अदालतले नेकपा एकताको वैधानिकतामाथि प्रश्न गर्दै पूर्व एमाले र माओवादीलाई यथावत् अवस्थामा फर्काएको थियो। त्यसपछि सत्तारुढ एमाले फुटको संघारमा पुगेको छ भने जसपासमेत फुट नजिक छ। ......... ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो’ 

सत्ता समीकरणका उल्झनहरू बहुदलीय व्यवस्थामा प्रवेश गरेदेखि पछिल्लो ३० वर्षको संसदीय लोकतान्त्रिक प्रयोगमा दलहरू पूर्णरूपमै असफल भएकै देखिन्छन् ......... महामारीका समयमा स्वास्थ्योपचारलाई पन्छाउँदै निर्वाचनको घोषणा गर्नुले आमजनतामा नैराश्यता र आक्रोशपूर्ण आशक्तिहरू सिर्जना गरेका छन् ......... राजनीतिक संकट, स्वास्थ्य संकट, आर्थिक संकट साथै मानवीय संकटका बीच फेरि चुनावको घोषणा गर्नुले दूरदर्शी राजनीतिक समाधान भने पक्कै होइन ........  वर्तमान समयमा महामारी नियन्त्रणका लागि संयन्त्र, सामग्री र बजेट कै अपुग छ । अन्तर्राष्ट्रिय निकायसँग महामारी नियन्त्रणका लागि अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री, औषधि लगायतका सहयोगको हारगुहार गर्नुपरेको छ । यस्तो अवस्थामा अध्यादेशबाट आउने साँघुरो विनियोजित बजेटका लागि घोषित चुनावी खर्च र महामारीबाट थिल्थिलिएका जनता कसरी तयार होलान् ? ............. निकट समयमा आउँदै गरेको आवधिक चुनावलाई लत्याउँदै रातारात प्रतिनिधिसभाको विघटन गरी मध्यावधि चुनावमा जाने निर्णय भने अत्यावश्यक परिस्थिति अनुरूपको होइन । ............. बलियो राजतन्त्र र असंगठित दलका कारण फेरि राजनीतिक अधिकार खोसियो । राजा महेन्द्रले नेपालको संविधान २०१९ को लागू गरी पुनः प्रजातन्त्रको हरण गरे । पञ्चायती शासन व्यवस्था लागू गरे । त्यसयता पनि राजाका अधीनमा कठपुतली सरकारहरूको गठन र विघठन निरन्तर जारी रह्यो । कुनै पनि सरकार स्थायी र निरन्तर रूपमा पाँच वर्षसम्मको कार्यकाल पूरा गर्न सकेनन् । ........... बहुदलीय व्यवस्थामा प्रवेश गरेदेखि पछिल्लो ३० वर्षको संसदीय लोकतान्त्रिक प्रयोगमा दलहरू पूर्णरूपमै असफल भएकै देखिन्छन् । देश दलीय स्वार्थकेन्द्रीत घनचक्करको दलदलमा फस्यो । ............ तोकिएको समयमा निर्वाचन भए पनि नभए पनि दाहाल, देउवा, पौडेल, महत, भट्टराई, ओली जो आए पनि विगतका दशकभन्दा कुनै फरक राजनीतिक कोर्स नदेखिने प्रशस्त लक्षणहरू देखिन्छन् । ............  महामारीका बीचमा झन् बढी सक्रिय भएर प्रतिनिधिसभामा छलफल र नीति नियम निर्माण गर्नुपर्ने समयमा अध्यादेशबाट राजकाज चलाउनु पर्ने अस्वाभाविक संकट देखिएको छ । योभन्दा ठुलो राजनीतिक संकट के हुन सक्छ ? 

वामपन्थी राजनीतिमा रस्साकस्सी सिद्धान्तसँगै डुब्ने वा ठगहरूसँग पौडिने .......... ‘राष्ट्रपति तपाईं हो, तपाईं नै हो’ भन्दै एकैसाथ गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, साहना प्रधान र रामराजाप्रसाद सिंहका कानमा चिनी हाल्ने ठग शिरोमणिको अवतरण नै अहिलेको नेपालले भोग्नुपरेको मूल समस्याको नाभीस्थल हो। प्रचण्डको इमान्दारिताको अभावको अलिखित खातामाथि जनताको अदालतले कारबाही प्रक्रिया सुरु गरिसकेको छ। .................  २०५० को दशकको कांग्रेसको ईष्याले दरबार र दिल्लीसँग एमालेको गति, लय र सम्भावनामा क्षति पुर्‍याउन गिरिजाप्रसाद कोइरालासँग, कोइराला र कांग्रेस रोक्न एमाले र फोरमसँग, माधवकुमार नेपालको सरकार ढाल्न झलनाथ खनालसँग, एमाले–कांग्रेस गठबन्धन तोड्न तथा सुशिल कोइरालामाथि प्रतिशोध साँध्न ओलीसँग, ओली र एमाले ताछ्न देउवासँग, ओलीको लोकप्रियताप्रतिको जलनले माधव झलनाथसँगको हिमचिम, निकटता, साँठगाँठ प्रचण्डको उपयोगितावादी राजनीतिको सिलसिला हो। एकका विरुद्ध अर्कालाई उपयोग र काखैमा रहेर पनि सुम्सुम्यार सिध्याउने प्रचण्डको चर्तिकला देखेर वनका ब्वाँसाहरू पनि छक्क पर्ने अवस्था छ। प्रचण्डको प्रयोग गरी एमालेको वेग रोक्न खोज्ने गिरिजाप्रसादको निष्कर्ष ब्वाँसोले आफ्नो शरीरको लुतो हटाइदेला ठान्ने सोझो अर्नाको जुम्स्याइँ जस्तै थियो। ...............  आफ्नो उत्कर्षकालमा कांगे्रसले टाउको भएको तर खुट्टा नभएको नेताका रूपमा कृष्णप्रसाद भट्टराई र खुट्टा भएको टाउको नभएको नेताका रूपमा गिरिजाप्रसाद कोइरालालाई पायो भने आजको कांग्रेससँग टाउका र खुट्टा दुवै नभएका नेताहरू थन्काइएको कन्टेनर मात्र हो। ...............  मोदीमय भारतका लागि बेचैनीको विषय ओलीमय नेपाल बन्नुको आधार नै नेपाली जनताको असली औकात हो। ............ भूकम्पले ढालेको धरहरा, माधवले ढालेको एमाले, प्रचण्डले गालेको सेना र गिरिजाले प्रचण्डलाई सुम्पिएको लोकतन्त्र फेरि उठ्नुको एकलौटी श्रेय ओलीलाई जान्छ। सन्तसँग सरल, शालीनसँग नरम, विद्धान्सँग विद्धत् र घामडसँग महाघामड बन्न सक्ने ओलीको बहुआयामिक व्यक्तित्व संकटग्रस्त नेपालका लागि झाडापखालका बिरामीलाई जीवनजलसरह साबित भएको छ। .............  चुनावको माध्यमबाट विजयी हुने विश्वको एक मात्र कम्युनिष्ट पार्टी 

एमाले नमिल्नुमा नेपालकै अनिच्छा  एकताभन्दा पनि एमालेको ठुलो हिस्सा लिएर नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने ........... नेपालले अनेरास्ववियु, युवा संघ नेपाल, अखिल नेपाल महिला संघलगायतका भातृसंगठनदेखि जिल्लास्तरमा समानान्तर कमिटी बनाए। ............. सुरुआतमा जिल्ला तहमै छुटै गतिविधि गरेर आफ्नो पक्षलाई बलियो बनाउन ध्यान केन्द्रीत गरेका नेपालले केन्द्रिय तहमा उनका अति विश्वास पात्र मूलधारमा फर्किन थालेपछि भने झस्किए। ...........  आफूनिकट सबै सांसदलाई सिंहदरबार बोलाइयो तर भविष्य भएका दोस्रो तहका नेताले राजीनामा दिन अस्विकार गरे। ............  नेकपा रहँदा नै दाहाल, नेपाल, गौतमलगायत सचिवालयका बहुमत सदस्य ओलीविरुद्ध लागे। पार्टीकै नेताहरू आफूलाई सरकारबाट च्युत गराउन सक्रिय भएपछि ओलीले २०७७ पुस ५ प्रतिनिधि सभा नै विघटन गरिदिए। ...........  नेपाल ओलीसँग मिल्न नचाहनु कुनै वैचारिक र सैद्धान्तिक कारण नभएर इगो मात्रै थियो। १५ वर्ष एकछत्र पार्टीमा राज गरेका नेपाललाई अर्को व्यक्तिको मातहतमा काम गर्न अत्यन्त असहज भयो। ओलीबाट उनले सम्मान पाएनन्। 


राजनीतिक समझ और त्रिकोणात्मक चक्रव्यूह :अजय कुमार झा   जहां के राजनेता और विद्वान लोग निरंतर इसी दांवपेंच और षड़यंत्र में लगे रहते हैं कि चाहे देश रहे या जाए परंतु अपनी आवश्यकता और महत्वाकांक्षा को हर हाल में पूरा करना है; तो इसे हम राजनीति कह सकेंगे ? यदि हां, तो हमें सामूहिक आत्महत्या के शिकार होने से कोई नहीं रोक सकता । ........... हम कह सकते हैं कि, राजनीति परस्पर सहयोग, प्रतिस्पर्धा एवं संघर्ष का क्षेत्र है । लेकिन इसमें इन दो शब्द (सृजनात्मक और सहयोगात्मक प्रतिस्पर्धा) को जोड़ दिया जाय तो राजनीति विश्व कल्याण और सर्वजन हिताय हो सकता है । ..............  वैसे राजनीति के द्वारा समाज के सभी सदस्यों पर सत्ता का प्रयोग किया जाता है एवं नियम बनाए जाते हैं तथा निर्णय किए जाते हैं, ताकि उनके बीच सहयोग, प्रतिस्पर्धा एवं संघर्ष को नियमित और संयमित किया जा सके । राजनीति के अंतर्गत ही सार्वजनिक जीवन को श्रेष्ठ एवं उन्नत बनाने के लिए नागरिकों के अधिकार, कर्तव्य एवं दायित्व सुनिश्चित किए जाते हैं । यह सब सैद्धांतिक रूप से ठीक है, लेकिन व्यावहारिक रूप में आते ही खींचातानी शुरु हो जाती है । और राजनीति भ्रष्टाचार, दंगा, खून खराबा, हिंसा और षड़यंत्र में परिणत हो जाता है । आज नेपाल फिर से उसी मोड़ पर आ खड़ा हुआ है । .................  परमेश्वर के पुत्र जीसस के सेवा का क्या होगा ? साक्षात् परमपिता कृष्ण के मोक्ष का और पैगंबर के जन्नत का क्या होगा ? ..........  क्या हम गुलामी और अजायबघर में रहने के लिए जन्म लिए हैं ? यदि नहीं, तो हमें अच्छे लोगों को सम्मानपूर्वक राजनीति में प्रवेश दिलाना होगा । ................  अच्छे लोगों के हाथों में राजनीति आ जाए तो अभूतपूर्व परिवर्तन हो सकते हैं क्योंकि बुरा आदमी बुरा सिर्फ इसलिए है कि अपने स्वार्थ के अतिरिक्त वह कुछ भी नहीं सोचता जबकि अच्छा आदमी इसलिए अच्छा है कि अपने स्वार्थ बदले दूसरे के स्वार्थ को प्राथमिकता देता है, जो राजनीति के परिभाषा को आमूल रुप से प्रशोधित कर सम्पूर्ण कायाकल्प करने की क्षमता रखता है । जो ‘राजनीति’ अभी व्यक्तियों का निहित स्वार्थ बनी हुई है, वही राजनीति समाज का सामूहिक स्वार्थ बन सकती है । ................   जब एक राजनीतिज्ञ बुरे साधन का प्रयोग करके मंत्री हो जाता है, तो एक गरीब आदमी भी बुरे साधनों का उपयोग करके अमीर होने का उपाय करने लगता है । एक शिक्षक बुरे साधनों का उपयोग करके वाइस–चांसलर बन जाता है । और एक दुकानदार बुरे साधनों को उपयोग करके करोड़पति बनने में लग जाता है । सब ओर बुराइयों का बोलबाला होने लगता है । स्याल दरबार (गा पा) से लेकर सिंह दरबार (संसद भवन) तक एक ही सूत्र काम करता हुआ दिखाई देता है । .............  जिसके निचोड़ में यह व्याख्या की जाती है कि जनता ही बेईमान है, उसने पैसा लेकर वोट दिया है । वह दूध में पानी मिलाता है । चावल और दाल में कंकड़ मिलाता है । मसाले में आटा और भूसा मिलाता है । आखिर वो क्यों न मिलाए ? हर कोई अपनों से बड़ो से ही सीखता है न । जब विद्वान सचिव और मंत्री चोरी करने में नही शर्मातें हैं तो आम नागरिक को कैसा शर्म ! .................  क्या आज नेपाल में भला होना असफलता की पक्की ’गारंटी’ नहीं है ? किसी को सांसारिक जीवन में असफल होना हो, तो भले होने से अच्छा ’गोल्डन रूल’ दूसरा नहीं है । बस भला हो जाए, असफल हो जाएगा । ..............  नेपाल के बेटियों को विदेश में बेचने वाला उन्हीं बेटियों के कमाई को लूटकर मुसकाता है और महिला दिवस में हम उसके गले में माला डालकर सम्मानित करते हैं, क्या हमारी आत्मा जिंदा है ? .............  अच्छे लोग राजनीति से हटते गए और दुष्टों के लिए जगह खाली होती गयी, यही पर हम भारी भूल कर लिए । ............  नेपाल में गणेश मान सिंह के त्याग और भट्टराई जैसे संत के उदारवादी व्यवहार के कारण गिरिजा जैसे अयोग्य के हाथों हमें दीनता को देखना पड़ा, माओवादी नरसंहार को झेलना पड़ा । लेकिन यह परंपरा है हमारी, कि अच्छा आदमी हट जाये । लेकिन हम कभी नहीं सोचते, कि अच्छा आदमी हटेगा, तो जगह खाली तो नहीं रहेगी, बुरे लोग उसे अपनी कब्जा में ले लेंगे, फिर बुरे को हटाने के लिए उससे भी घटिया और बुरे लोगों की आवश्यकता होगी जो एकदिन सर्वनाश को निमंत्रण कर नष्ट हो जाएगा । आज वही हो रहा है । प्रधान मंत्री ओली और प्रचंड में । ................  अच्छा आदमी राजनीति में जाये तो राजनीति शोषण न होकर सेवा बन जाती है । ऐसा अच्छा आदमी राजनीति में न जाये, तो राजनीति केवल ‘पावर पालिटिक्स’, सत्ता और शक्ति की अंधी दौड़ हो जाती है । ” ................  राजनीतिज्ञ, जो झूठे वायदों पर जीते और पलते हैं– वे विश्व में सर्वाधिक अयोग्य लोग हैं । उनकी एकमात्र योग्यता है कि वे भोलेभाले जनता से छल कर सकते हैं; अथवा गरीब देशों में गरीब जनता के मत को खरीदकर उन्हें गुलामी के जंजीरों में जकड़ जनता के सेवक से वे सीधा जनता के स्वामी बन जाते हैं । वर्तमान नेपाल में इस तरह के कम–से–कम तीन हजार राजाओं को हम कटोरीमल से करोड़ीमल होते देख रहे हैं । तीब्र गति से बढ़ती इनकी संख्या को देख आम नागरिक को सिर्फ चिंता ही नही अपनी अस्तित्व और पहचान खोने का डर लगने लगा है । सत्ता और सम्पत्ति की होड़वाजी के कारण नेपाल और नेपाली के मौलिक अस्तित्व पर ही काले बादल मंडराते दिखने लगा है । ....................  चीन और भारत के साथ साथ अब अमेरिका और यूरोप भी नेपाली नेताओं को निर्देशन और नेपाली राजनीति में निर्णयात्मक हस्तक्षेप बढ़ाने लगे हैं । चिनको चिंतित और तनावग्रस्त बनाने के लिए नेपाल के उत्तरी क्षेत्र में रह रहे तिब्बती शरणार्थी को स्वाधिकार प्राप्ति और स्वदेश फिरती हेतु वैचारिक समर्थन और प्रोत्साहन करना कुछ विशेष ही संकेत करता है । ..............  जनता को भूखा मरने के लिए बाध्य किया जा रहा है, ता कि वह क्रान्ति करने के लायक भी न रह जाय, रोजी रोटी कमाने में ही उसकी जिंदगी तबाह हो जाय, बची–खुची जिंदगी दवा दारू में पस्त हो जाय । संभवतः इसे ही हमारे पूर्वजों ने पिशाच नीति कहा होगा । शायद महाभारत का इतिहास इसी अयोग्यता की ओर संकेत करता है । मधेशी, हिमाली तथा थारूओं को दबाने की व्यस्तता तथा भारत विरोधी नेपाली राष्ट्रीयता को खड़ा करने की धृष्टता ने आज नेपाल को राजनीति भिखारी के हैसियत में लाकर खड़ा कर दिया है । 



No comments: