Monday, June 21, 2021

बाबुराम को नया समाजवाद र मदन भंडारी को जबज

म जस्तो गैर कम्युनिस्ट का लागि बहुदल मानने भनेको केही न केही। तर कम्युनिस्ट हरु का लागि त्यो कति ठुलो फड्को रहेछ भन्ने कुरा प्रचंड को विगत केही वर्ष को व्यवहार ले देखायो। त्यस अर्थ मा बाबुराम को नया समाजवाद मेरो लागि केही न केही लाग्ला तर त्यो कम्युनिस्ट हरु का लागि ठुलो कुरा नै हुन सक्छ। प्रचंड र माधव ले पार्टी को नाम मा कम्युनिस्ट शब्द राख्न छोड्नु ठुलो कुरा हुनेछ। हंसिया हथौड़ा नभए पनि हुने। जबज ले मुख्य रूपले राजनीतिक सोंच दिएको हो। नया समाजवाद ले आर्थिक सोंच पनि थप्न खोजेको देखिन्छ। 

मिश्रित अर्थतंत्र को दायरा अत्यंत फराकिलो हुन्छ। आखिर चीन मा डेंग स्योपिन्ग ले पुर्ण राष्ट्रियकरण ले भुखमरी ल्याउँदो रहेछ भन्ने देखे। निजी स्वामित्व को आफ्नै महत्व हुँदो रहेछ। गुजरात को मुख्य मंत्री हुँदा नरेंद्र मोदी ले सरकारी स्वामित्व मा रहेको प्रत्येक कंपनी लाई नाफ़ा मा लगेर देखाइदिए। कसरी भन्दा राजनीतिक घोंचपच नगर्ने, सही मान्छे लाई नियुक्ति दिएर काम गर्न दिने। अर्थतंत्र मा निजी क्षेत्र को रोल कति र सरकारी क्षेत्र को रोल कति, त्यो त कहिले नटुङ्गिने बहस हो। प्रयोग हरु भइरहन्छ। 

मदन को जबज नमानेका प्रचंड ले यदि बाबुराम को नस (नया समाजवाद) मानेर हृदय ले नै बहुदल मान्छन भने त्यो पनि एउटा सफलत नै हुनेछ। गोर्बाचेव को नाम सुन्दा कन्सिरी तातेर आउने माधव ले पनि फड्को मार्छन भने त्यो पनि राम्रो हुनेछ। नेकपा एमाले, नेकपा माओवादी केंद्र विसर्जन गरेर एउटा नया समाजवादी केंद्र को स्थापना हुनेछ भने त्यो पनि राम्रो नै हुनेछ। तर मेरो दावा यति मात्र हो कि त्यो फड्को प्रचंड र माधव ले मार्ने छैनन। दुबै लाई कम्युनिस्ट शब्द सँग त्यति प्यार छ। 







No comments: