Sunday, June 20, 2021

बाबुराम का लागि समाजवाद परिभाषित गर्ने सुनौलो अवसर



देश को संविधान ले समाजवाद उन्मुख देश भनेर लेख्दियाछ। 

आजको एमाले एउटा बिजनेस मैत्री पार्टी हो। कम्युनिस्ट हो भने त्यसको नया व्याख्या गर्ने जमर्को गरेका छैनन। दलाल पुँजीवाद (crony capitalism) देखिन्छ व्यवहार मा। अझ त्यसमा गुंडागर्दी र माफियाकरण थपथाप। अलि अलि हुन सेन प्रवृति पनि। आफ्नो मान्छे त कांग्रेस ले पनि ठुँसने गरेको। तर एमाले ले रेकॉर्ड तोड़ेको छ। 

बीपी रहँदा कांग्रेस समाजवादी पार्टी हो। कांग्रेस ले निर्दल पनि छोड्यो, समाजवाद पनि छोड्यो। समाजवाद भने पछि गरीब जनता झुक्किने। कांग्रेस का लागि त्यो शब्द भएको छ समाजवाद। नया किसिमले बुझ्ने, व्याख्या गर्ने प्रयास भएको छैन। 

कांग्रेस ले समाजवाद बुझेन बढ़ी नभनौं। म आफै बुझ्दिन। 

नाम मा नै समाजवादी जनता समाजवादी पार्टी। त्यस पार्टी का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई। आज जसपा को ७७ जिल्लामा सम्मानजनक उपस्थिति छ।  त्यो बाबुराम जी को योगदान हो। होइन भने उपेंद्र जी संगठन विस्तार गर्न पहाड़ पस्दा एक दुई पटक ढुङ्गा मुढा भएको। फेरि जसपा को आतंरिक संरचना यस्तो छ कि अरु बेला पार्टी अध्यक्ष जो हो सो हो तर संघीय परिषद को बैठक बस्दा त्यस बैठक को अध्यक्षता गर्ने भनेको संघीय परिषद अध्यक्ष ले। अर्थात त्यति बेला पार्टी अध्यक्ष नै संघीय परिषद अध्यक्ष। 

कति कम्युनिस्ट हुन्छन् रटने। भटटट कम्युनिस्ट। कति जड़सूत्रवादी हुन्छन्। अलजेब्रा को फोर्मुला सिकें भने जस्तो। तिनलाई देश दुनिया कहाँ पुग्यो अत्तोपत्तो हुँदैन। बाबुराम भट्टराई सोच्न सक्ने मानिस। निकै पढ़ेलेखेका। होइन भने भारत मा बीए पास छ मुख्य मंत्री भने कति धेरै पढ़ेलेखेको नेता भन्ने गरिन्छ। 

समाजवाद परिभाषित गर्ने जमर्को गर्ने देश को प्रमुख पार्टी जसपा बन्ने एउटा अवसर छ। त्यो गर्न सक्ने भनेको जसपा भित्र बाबुराम भट्टराई मात्र हो। होइन भने उपेंद्र यादव को समाजवाद भनेको उत्तर प्रदेश वाला समाजवाद हो। यादव मुस्लिम गठबंधन मुलायम सिंह वाला। 

बाबुरामको नया समाजवाद: केजरीवाल पथ? 




देउवा र ओलीको तानातानमा माधव नेपाल केपी जेठ २ मा फर्किए माधवले के गर्लान् ?  ओली यो वार्तापछि पनि नेता नेपाल एमालेमा नआए पनि अरु केही प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा पार्न र नेपाललाई एक्ल्याउन सकिन्छ भन्ने बुझाइमा छन् । उता, विपक्षी गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षलाई भने नेपाल समुह ओलीसँग मिल्न गए ओली विरुद्धको गठबन्धन कमजोर बन्ने चिन्ता छ ।  नेता नेपाल ओलीसँग मिल्न गए ओलीले प्रधानमन्त्रीको हैसियतले चालेका कदमविरुद्धका लडाइमा हार्ने डर विपक्षी गठबन्धनलाई छ । विपक्षी गठबन्धनलाई कमजोर पार्ने योजनाअनुसार नै ओलीले एमालेभित्रको एकता प्रक्रियालाई तीव्र बनाएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । यस्तो विश्लेषणपछि विपक्षी गठबन्धनका नेताहरुले नेता माधवकुमार नेपालसँग निरन्तर संवाद गरिरहेका छन् । ....... यतिसम्म कि अहिलेसम्म अन्य नेताका घरमा विरलै पुग्ने देउवा सोमबार भने आफ्ना सहयोगी अर्का काँग्रेस नेता पूर्णबहादुर खड्कालाई साथमै लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए ।  ....... प्रधानमन्त्री ओली भने एमालेका सके सवै सांसद नभए माधव समुहमा लागेका एकाधबाहेकका अरुलाई आफैसँग राख्ने रणनीतिमा छन् । .......  नेपाल पक्ष ओलीसँग मिल्न गए विपक्षी गठबन्धन कमजोर हुने र ओली थप शक्तिशाली बन्ने त्रास गठबन्धनका नेताहरुलाई छ ।  ....... प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले नेता नेपालको घरमा काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गएर गरेको भेटवार्तालाई एमाले सिध्याउन गरेको घरदैलोको संज्ञा दिएका छन् ।  ......... ‘गठबन्धनसँगको कुरा स्पष्ट छ, यदि हामीले नै भनेका सर्तमा ओली पुगे भने हामी जान्छौं भन्ने त उहाँहरुलाई थाहा छ, यसमा अलमल हुने कुरै भएन ।’  ........ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको विवादलाई नेता नेपालले मिलाउन सहयोग गरेका उदाहरण छन्’  ....... त्यसरी जेठ २ मा फर्कंदा एमाले केन्द्रीय समितिबाहेक सबै कमिटीमा माधव नेपालको बहुमत हुन्छ । माधव नेपाल बहुमतमा हुने गरी ओलीले उनलाई स्थान दिँदैनन्’

प्रभु साह एमालेमा बस्न नचाहेपछि....   प्रभु साहले नेकपाकै राजनीतिक वैचारिक कार्यदिशाको निरन्तरता हुनुपर्ने अर्थात जनताको बहुदलीय जनवाद नभई जनताको जनवादसहितको राजनीतिक वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्किने गरी पार्टीको नयाँ नामाकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भाव अनुरूप हुनुपर्ने अर्थात् पार्टीको आगामी महाधिवेशन पनि एकताकै महाधिवेशन गर्नुपर्ने जस्ता माग राख़्दै आएका थिए, जसलाई केपी ओलीले मन पराएका थिएन  ....... आफ्नो मागको ठोस सम्बोधन नहुँदासम्म अगाडी बढ्न नसक्ने अडान प्रभु साहको थियो । प्रधानमन्त्री लगायतका एमाले नेताहरुले प्रभु साहलाई पटक पटक फकाउने प्रयास गरेतापनि साह भने टसमस भएनन् । प्रधानमन्त्री स्रोतले भन्यो, “एमाले ब्युतेपछि पार्टीको निर्णय पुस्तिका (माईन्युट) मा प्रभु साहले हालसम्म पनि हस्ताक्षर गर्न नमाने पछि प्रधानमन्त्री ओली झन क्रुद्ध हुनुभयो ।”

काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाई सेवा  काश्मिर क्षेत्रका ६ हजार २१ स्टेशनमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको ....... रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेम्वाङलाई संसदीय दलको नेता बनाएर एमाले मिलाउने प्रयास एमाले मिल्न नदिनेहरू सक्रिय हुँदा समस्या परेको हो : सल्लाहकार थापा ....... संविधान सभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई नै संसदीय दलको नेता बनाएर दुई खेमामा विभक्त पार्टी मिलाउने प्रक्रिया अघि बढेको एक नेताले बताए । नेम्बाङले त्यस विषयमा छलफल गरेको कुरा अस्वीकार गरे । एमाले नेताहरू नेम्वाङलाई दलको नेता बनाएर जाने विकल्पमा पनि कुराकानी भइरहेको बताउँछन् । ..... अदातलको फैसला कुरेको पनि हुनसक्ने ....... नेम्वाङले वार्ता सकारात्मक रहेको र केही दिनमा शीर्ष नेता सम्मिलित संयुक्त बैठक बसेर टुंगोमा पुग्‍ने बताए । उनले भने, ‘मेरो बारेमा कुरा अघि बढेको छैन । हामी समग्र दल मिलाउन लागेका छौँ । केही दिनमा टुंगोमा पुग्छाैं । ’ ....... नेम्वाङले आफू संसदीय दलको नेता हुने विषयमा सोचिनसकेको र त्यो स्तरमा कुरा नभएको प्रष्ट पार्दै भने, ‘विभिन्‍न विकल्पमा कुरा भएको छ । कतै न कतै पुगेर मिल्नै पर्छ । हामी छिट्टै एक जुट हुनेछौँ । प्रयास जारी छ ।’

देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन : डा. भट्टराई कांग्रेस ‘कांग्रेस’नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु, समाजवादी ‘समाजवादी’नरहनु ! नै अहिलेको समस्या रहेको



बाबुराम भट्टराई भन्छन्– पार्टीहरुलाई आमूल रूपान्तरण गर्ने आँट गरौँ रुपान्तरण हुन नसके समयले अर्कै गति लिने र अहिलेको दलहरुको अस्तित्व नै नरहने खतरा बढ्न सक्ने



No comments: