Friday, June 04, 2021

हृदयेश त्रिपाठी, राजेन्द्र महतो


पार्टी खोल्न लागेको हल्ला निराधार ः मन्त्री त्रिपाठी आज पश्चिम नवलपरासीमा पत्रकारहरुसंग कुराकानी गदै मन्त्री त्रिपाठीले आफुले केही नेताहरुलाई मात्र मान्ने र महन्थ ठाकुर पनि त्यसमा पर्ने मन्त्री त्रिपाठीले बताए । मन्त्री त्रिपाटीले अहीलेको अवस्था सहज भएपछि म आफैले नयाँ पार्टी खोल्ने बताए ।





बरियतामा आफूभन्दा जुनियरको मातहत बस्‍न उचित नठानेर मन्त्रीबाट हटेँ : हृदयेश त्रिपाठी ‘म जिल्लाबाटै फर्कदै थिए, आज मलेखु आइपुग्दा प्रधानमन्त्रीको फोन आयो’ त्रिपाठीले इकाजसँग भने, ‘प्रधानमन्त्रीले भन्नुभयो कि उनीहरु (जसपा) उपप्रधानमन्त्री नदिइकन नआउने भए । उनीहरूलाई मैले उपप्रधानमन्त्री नदिइकन भएन । राजेन्द्र महतो आउने भए, त्यसमा तपाईंको के स्थिति हुन्छ ?’ ....... यद्यपि प्रधानमन्त्रीले रघुबीर महासेठ उपप्रधानमन्त्री हुने उल्लेख गरेका थिएनन् । मैले प्रधानमन्त्रीसँग भने, ‘बरियताक्रममा आफूभन्दा जुनियर मातहत बस्न मिल्दैन भनेँ । तर म मन्त्रालयको जिम्मेवारीमा असन्तुष्ट होेइन र भाग्न खोजेको पनि होइन, त्यो पनि महामारीका बेला । बरियता तलमाथि भएमा मलाई गाह्रो हुन्छ ।’ ........ यो मन्त्रिपरिषद् गठन हुँदा जुन बरियता आयो, ती मभन्दा जुनियर नै आए । उनीहरुको मातहतमा मलाई नैतिक रुपले त्यहाँ बस्न गाह्रो भयो । ......

मभन्दा जुनिएर उपप्रधानमन्त्री हुन आएपछि उनीहरुको मातहतमा बस्न नैतिकताले दिएन ।

...... म महामारीको चुनौतीबाट भाग्न खोजेको होइनँ । मैले के-कति गर्न सकेँ, सकिनँ, मैले मूल्यांकन गर्ने विषय होइन । दोस्रो त, मेरो राजनीतिक विजय के भइसकेको थियो भने मैले एमालेसँग चुनावी तालमेल गरेको थिएँ, त्यसबेला तराई -मधेशमा दुई पार्टी थिए, उपेन्द्र यादव नेतृत्व र राजपा थिए । तिनले मलाई भक्कुमार गाली र आलोचना गरेका थिए । तर, चुनावी परिणाम आएपछि हतार गर्दै उपेन्द्र यादव त सरकारमा सामेल भए । अर्काे पक्ष जो मलाई पानी पिई पिई गाली गरिररहेको थियो, राजपा आज सरकारमा सामेल भएपछि मेरो नैतिक विजय भएको छ । ....... महामारीबाट भाग्ने मेरो विचार र इच्छा चाहिँ होइन ।


प्रदेश-२ मा केन्द्रकै मोडलको सहकार्य, कांग्रेस उपसभापति निधि बाधक प्रदेश-२ मा निधिका कारण नै कांग्रेस पटक-पटक समस्या परेको भनिरहँदा यादवले निधिसँग वार्ता गरेका हुन् । निधिले बिहीबार शेरबहादुर देउवासँग भेटेर केन्द्रमा जे भए पनि प्रदेशमा केपी शर्मा ओली पक्ष एमालेसँग मिलेर सहकार्य गर्ने विषय सुनेपछि यादवले निधि भेटेका हुन् । संविधान जारी भएपछिको पहिलाे आम निर्वाचनमा माओवादीसँग कांग्रेसले गर्ने भनेको सहकार्य प्रदेश दुईमा नै कुरा नमिलेपछि बिग्रिएको यथार्थ कांग्रेसको हो । ....... राउतलाई निकालेर कांग्रेस नेतृत्वको सरकार त्यहाँ बनाउन जुन खाले सहकार्य पनि गर्न सक्ने प्रकारको धारणा निधिको छ । ...... ओली समूहसँग कांग्रेस मिलेमा अन्यले बल नै गर्न नपर्ने अवस्था रहेकाले निधि कांग्रेसको तर्फबाट मुख्य मन्त्री लिएर ओलीसँग मिल्न पनि तयार देखिएका हुन् ।







उपप्रधानमन्त्री राजेन्द्र महतो भन्छन्– अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्छौं लामो अवधि मन्त्री खान गएको होइन, जति दिन चल्छ–चल्छ ...... नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएका छन् । ....... ‘हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।’ ....... ६ महिना मधेसमा त्यत्रो घनघोर आन्दोलन भएको थियो । दर्जनौंले साहदत दिएका थिए । सयौं घाइते भएका थिए । तेस्रो मधेस आन्दोलनका माग र मुद्दाहरु काँधमा थिए र छन् । त्यो पूरा गर्नु हाम्रो दायित्व हो । त्यो दायित्व निर्वाह गर्न हामीले सरकारसँग निरन्तर रुपमा वार्ता गर्यौं । त्यसमध्ये केही सवालहरु पूरा भएका थिए । मुद्दा फिर्तादेखि लिएर संविधान संशोधनका लागि कार्यदल बनेको छ । नागरिकताको विषय समाधान भयो । अब थप विषय सरकारमा बसेर पूरा गर्दै जान्छौं । ...... हिजो हाम्रो माग मुद्दा सम्बोधन भएका थिएन । अहिले आएर केही सम्बोधन भएका छन् । केही अब हामी गर्दै जान्छौं । ......... यो लक्ष्यमा जनता समाजवादी पार्टी सरकारमा भए पनि नभए पनि अगाडि बढिरहन्छ । .......

विघटनको मुद्दा अदालतबाट टुंगो लाग्ला हेर्दै जाउँ ।

....... बरु हाम्रा अर्का मित्रहरु विपक्षी समीकरण बनाएर सरकार बनाइहाल्ने काममा लाग्नुभएको छ । उहाँहरुसँग मधेसको कहाँ एजेण्डा छ ? कुन एजेण्डा छ ? ..... केही नेता यता–उता हुन्छन् । तर, पार्टी विभाजन हुँदैन । जनतमत र कार्यकर्ता एक ठाउँमा रहन्छ ।


राजेन्द्र महतोको ‘बहुराष्ट्रिय राज्य’ को अभिव्यक्तिको योगेशद्वारा विरोध उनले पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भैसकेको बहुराष्ट्रिय राज्यको बहसले संकेत राम्रो नगरेको उल्लेख गरेका छन्। उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि प्रधानमन्त्रीले बेलैमा लगाम लगाउनुपर्नेमा समेत जोड दिएका छन् । विविधतामा आधारित नेपाली राष्ट्रियता नै साझा राष्ट्रियता भएको भट्टराईले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

मन्त्री बनेपछि केही बचत, घरायसी सामान र पुस्तकबाहेक मेरो अरु सम्पती थपिएको छैन : प्रदीप ज्ञवाली
पदबहाली पछि राजेन्द्र महतोले भने– अदालतले के भन्छ त्यो हाम्रो सरकारको विषय होइन देशमा वैकल्पिक शक्ति निर्माण गर्ने विषयलाई पार्टीको एजेण्डा बनाउने बताए । उनले भने, ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग र मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने तयारी गरेका छौं ।’ उपेन्द्र समूहलाई आफ्नो केही भन्नु नभएको बताए । महतोले भने, ‘जो जो सहमत छैनन्, असहमति व्यक्त गर्न सक्छन् केही छैन ।’



धनुषालाई ओलीको उपहार, अहिले सम्म दुई उपप्रधान समेत छ मन्त्री र महत्वपुर्ण मन्त्रालय धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित राजेन्द्र महतो उपप्रधान र शहरी विकास मन्त्री, क्षेत्र नं. ४ बाट निर्वाचित रघुविर महासेठ उपप्रधान र परराष्ट्रमन्त्री तथा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित जसपाका उमाशंकर अरगरिया बन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।



उपेन्द्रको रणनीति : बाहिर विरोध, भित्रभित्रै मन्त्रालयका लागि बार्गेनिङ्ग प्रधानमन्त्री केपी शर्मा ओलीको कट्टर विरोधीको रुपमा छवि बनाएका जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले भित्रभित्रै सरकारमा सहभागी हुन बार्गेनिङ्ग गरिरहेको समाचार प्राप्त भएको छ । शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउनका लागि कांग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर उपेन्दै यता पनि मन्त्री पाउने रणनीति अपनाएका छन् भने अर्को ओलीकै सरकारमा सहभागी हुन लविङ्ग गरिरहेका छन् । देउवाको नेतृत्वमा सरकार बन्ने आधार कमजोर हुँदै गर्दा उपेन्द्रले ओलीसँगै सरकारमा जाने बार्गेनिङ्गमा लागेको उनीनिकट एक नेता बताउँछन् । तीन नेताले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भनेका छन्, ‘उपेन्द्रजी जसरी पनि सत्तामा जान लालायित हुनुहुन्छ । ओलीको सरकारबाट अपमानजक बहिर्गमनमा परेकोले उहाँले खुलेर नै विरोध गर्नुभयो तर देउवाको नेतृत्वमा सरकार बन्ने आधार बलियो नभएर अन्ततः ओलीसँग बार्गेनिङ्ग गरिरहेका छन् ।’ स्रोत भन्छ, ‘यसपटकको संसद विघटनविरुद्ध सर्वोच्चमा मुद्दा परेपनि प्रधानमन्त्री ओलीको पक्ष बलियो छ । यसपटक संसद पुनस्र्थापना हुने सम्भावना न्यून छ ।’ भनेपछि संसद पुनस्र्थापना हुने आधार कमजोर भएको देखेर उपेन्द्र यादवले आफूसहित महेन्द्र यादवलाई पनि सरकारमा सहभागी गराउनुपर्ने शर्त प्रधानमन्त्री समक्ष राखेको स्रोत बताउँछन् । यता प्रधानमन्त्री ओली उपेन्द्रप्रति सकारात्मक छैनन् ।

यदि महेन्द्र यादवलाई पनि सरकारमा सहभागी नगराए महन्थ समूह छोडेर आएका उनी पुनः महन्थकै गुट जाने अवस्था रहेको छ ।

महेन्द्र यादवलाई पनि एउटा मन्त्रालय दिनुपर्ने उनको इच्छा देखिएको छ ।


No comments: