Thursday, June 03, 2021

Gang Of Five



बजेटमा रजगज : प्रधानमन्त्रीसहित पाँच पहुँचवाला नेताको क्षेत्रमा ओइरो रुपन्देही र झापासँगै दाङ, भक्तपुर र काभ्रेलाई प्राथमिकता ....... तर सरकारले चुनावलाई हेरेर लोक रिझाउने बजेट मात्र ल्याएन, प्रधानमन्त्री र उनी निकट नेताहरुको गृह जिल्लाले बजेटमा राम्रै स्थान पाएको छ । ‘बजेट म्यानुपुलेट गर्ने प्रवृत्ति नांगो रुपमा आयो । पहुँच भएकाहरुले आफ्नै पोल्टाे बढी भरेको देखियो’ पूर्व मुख्यसचिव विमल कोइराला भन्छन् । ...... रुपन्देहीमा पनि बढीजसो बजेट बुटवल उपमहानगरपालिकामा केन्द्रित छ ।

नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा अमेरिकाले जुन महिनाको अन्तिमसम्ममा ८ करोड डोज कोरोना खोप विश्वभर सहयोग गर्दैछ । यसमध्ये पहिलो चरणमा दिइने साढे २ करोडको खोप वितरणको योजना अमेरिकी राष्ट्रपति जो बोइडेनले सार्वजनिक गरेका हुन् । ..... पहिलो चरणमा दिइने साढे २ करोड डोज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख कोभ्यास कार्यक्रमलाई दिइनेछ । यसमध्ये करिव ६० लाख ल्याटिन अमेरिका र क्यारेबियन देशमा जानेछ । बाँकी ७० लाख दक्षिण र दक्षिणपूर्वी एसिया तथा ५० लाख अफ्रिकामा जानेछ । बाँकी ६० लाख डोज खोप क्यानडा, मेक्सिको, भारत तथा दक्षिण कोरियका साथै कोरोना महामारीसँग जुधिरहेका देशहरुलाई दिइने राष्ट्रपति बाइडेनले बताए ।

प्रदेश २ सरकार : कांग्रेसको साथ खोज्दै जसपाको दुबै पक्ष जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई कारबाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको छ । त्यो टुंगो नलाग्दासम्म कानूनी रुपमा जसपा पार्टी एक भएपछि व्यवहारिक रुपमा विभाजित भइसकेको छ ।...... जसपाका एक सांसदले पनि नयाँ सत्ता समीकरणका लागि प्रयास भइरहेको स्वीकार गर्छन् । उनका अनुसार उपेन्द्र यादव पूर्व राजपालाई सरकारबाट निकालेर कांग्रेस, माधव नेपाल समूहको एमाले र माओवादीसँग सरकार बनाउन खोजेका छन् । केन्द्रमा पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा रहेको पूर्व राजपा पक्षले भने एमालेको साथ लिएर सरकार बनाउन चाहेको छ । जसपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भने तत्काल सरकार परिर्वतनको सम्भावना नभएको दाबी गर्छन् । ‘हामी नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेका छौं’ उने भने । ........ उपेन्द्र यादव पक्षले केन्द्रमा विपक्षी गठबन्धनमा रहेको कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन सक्छ । त्यसो भएमा सहजै सरकार बन्छ । तर राजपाले एमालेको मात्र साथ पाएर सरकार बनाउन सक्दैन । कांग्रेस वा माओवादी केन्द्रमध्ये कम्तीमा एक दलको समर्थन जुटाउनुपर्छ । जुन सहज देखिँदैन ।

‘मधेशको मागमा धेरै सफलता मिलेको छ, अब छिट्टै सरकारमा जान्छौं’ समाधान हुन पनि सक्छ । संसारमा कत्रा–कत्रा विवादहरू समाधान भएका छन्, हाम्रो पार्टीको नहुने भन्ने छैन । समाधान भएन भने कानूनी रूपमा विभाजन नै हो, अरू के विकल्प छ र ! ...... आन्दोलनको आह्वान हामीले गरेका हौं । उपेन्द्रजी समेतले त्यसमा साथ दिएका हुन् । त्यो आन्दोलनको माग पूरा भइरहेको छ भने हामी सतर्क र सजग रहेर माग पूरा गराउँदै जाऊँ, अगाडि बढौं ।



विपक्षी गठबन्धन कहाँसम्म पुग्छ भन्ने ओलीको व्यवहारले निर्धारण गर्छ : डा. शेखर कोइराला [अन्तर्वार्ता] राष्ट्रपति विद्यादेवी भण्डारी संवैधानिक हो। उहाँ अमेरिका, चीनलगायतका मुलुकको जस्तो कार्यकारी राष्ट्रपति होइन। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको नीति तथा कार्यक्रम पढ्नुभयो। राष्ट्रका नाममा सम्बोधन गरेर नीति तथा कार्यक्रमको महत्त्वलाई हल्का बनाउने कार्य गर्नुभयो। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिले हो। प्रधानमन्त्रीले गर्नुपर्ने कार्य राष्ट्रपति र राष्ट्रपतिले गर्ने कार्य प्रधानमन्त्रीबाट भएको छ। ............. कार्यकारीले गर्ने कार्य राष्ट्रपतिले गर्न हुँदैन। संविधानले उहाँलाई कार्यकारी हुन दिँदैन। ......... अब त देश नै अध्यादेशबाट चलाउन लागिएको छ। संसद् चल्दाचल्दै पनि प्रधानमन्त्रीले अध्यादेशहरु ल्याउनुभयो। ....... संविधानको खिलाप गर्दै बजेट आएको छ। संविधानअनुसार जेठ १५ मा बजेट आउनुपर्छ। त्यसअघि नै संसद् विघटन उहाँले गरिदिनुभयो। लोकतन्त्रमा नैतिकता र संस्कार हुन्छ। ती कुरा नै उहाँले अबलम्बन गर्नुभएन। ........ नेपालको बजेटको कार्यान्वयनपक्ष धेरै पहिलेदेखि कमजोर देखिँदै आएको छ। संरचनागत हिसाबले हामी अघि बढ्नै सकेका छैनौं।

फास्टट्र्याकका लागि छुट्याइएको बजेट ‘हात्तीको मुखमा जिरा’ जस्तो छ।

आठ अर्बको आयोजना यस्तै बजेट विनियोजन हुँदै गयो भने कहिले सकिन्छ? बजेट बनाउँदा ठूला-ठूला आयोजना एकै पटक टुंग्याउने गरी बजेट बनाउनुपर्छ भन्दै आएको छु। आयोजना सक्ने गरी बजेट विनियोजन हुनुपर्‍यो। अहिले गरिएको बजेट विनियोजन कनिका छरेको जस्तो भयो। .......... .....वृद्धभत्ता एक हजार रुपैयाँ बढाइएको छ। त्यो एक हजार स्वास्थ्य बिमामा गाभिदिएको भए हुने थियो। वृद्धभत्ता पाउने उमेर भएकाहरुलाई स्वास्थ्य बिमा गरिदिएको भए राम्रो हुने थियो। वृद्धहरुले स्वास्थ्यका बारेमा चिन्ता लिनुपर्ने थिएन। ...........

बजेटको केही अंश ‘सफ्ट बजेट’का रुपमा राखिएको छ। सहकारीका उपभोक्तामार्फत् खर्च गर्ने बजेट त्यसलाई भनिएको छ। योचाहिँ खतरनाक विषय हो। एमालेका कार्यकर्ता पोस्ने बजेट हो यो।

....... माधवकुमार नेपाल र झलनाथ खनालजस्ता व्यक्ति जसले एमाले बनाउनुभएको थियो, उहाँहरुलाई पार्टीबाट निस्कासन गरियो। पार्टीमा कतिपय कुरामा चित्त बुझ्दैन। त्यसलाई छलफल गरेर मिलाउने काम त नेताको हो नि। केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै हो। विवाद मिलाउने मुख्य जिम्मेवारी त उहाँकै हो। उहाँ मिलाउनेतिर जानुभएन। ........ जनता समाजवादी पार्टी (जसपा) दुई दल मिलेर बनेको थियो। बेमेल त्यहाँ पनि देखियो। पुस ५ मा संसद् विघटन गर्दा सबै दलमा दुई धार देखियो। ...... कतिपयले आफ्नो व्यक्तिगत धारणा दिनुभएको छ। कांग्रेसको आधिकारिक धारणा केन्द्रीय समितिले दिने हो। ........

पुनःस्थापना भयो भने पनि निर्वाचन हुन्छ/हुँदैन भन्‍ने छ। कोरोना कहर हट्छ/हट्दैन? अर्को डर पनि छ। निर्वाचन हुन सकेन भने मुलुक राजनीतिक भयावहको अवस्थामा प्रवेश गर्नसक्छ।द्वन्द्व वा कहालीलाग्दो अवस्था पनि आउनसक्छ।

........ ओली र महन्थ ठाकुरले एउटा फोर्स बनाएर निर्वाचनमा जानसक्ने देख्छु। त्यो 'राइटिस्ट फोर्स' हो। महन्थजी पनि 'राइटिस्ट' हो। कतै न कतै उहाँहरुको चुनावी गठबन्धन हुन्छ। अर्को शक्ति हुन्छ, लेफ्टिस्ट फोर्स। त्यसमा प्रचण्ड, माधव, बाबुराम, उपेन्द्रहरु हुन्। पहिले पनि यी शक्तिहरु लेफ्ट थिए, अहिले पनि लेफ्ट हुन्। उहाँहरुको चुनावी गठबन्धन हुनसक्छ। कांग्रेस 'सेन्ट्रिस्ट फोर्स' हो। हामी 'लेफ्टिस्ट' र 'राइटिस्ट' होइनौं। त्यसकारण चुनावमा तीन फोर्स देखिन्छ जस्तो मलाई लाग्छ।............ ६० जिल्लाको क्रियाशील सदस्यता टुंगिएर केन्द्रमा आइसकेको छ। १७ जिल्लाबाट आउन बाँकी छ। .........

केन्द्रीय समितिको बैठक कोरोनाका कारणले बस्ने देखिँदैन।



प्रधानमन्त्रीलाई महन्थ-राजेन्द्रपक्षको वचन : सबै बन्दी रिहा र मुद्दा फिर्ता लिए छिट्टै सरकारमा आउँछौं जसपा आफ्ना सबै माग र मुद्दा सम्बोधन गराउने रणनीतिका साथै

सर्वोच्च अदालतको फैसलालाई पर्खेकाले सरकारमा जान ढिलाइ गरिरहेकाे छ।



केन्द्रीय सदस्यहरुमाझ झलनाथले भने- 'ओली असाध्यै निर्मम रहेछन्' बिहीबार झण्डै ७ घण्टा चलेको आफूपक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले लगभग पूरै समय केन्द्रीय सदस्यहरुका धारणा सुने। बिहीबार केन्द्रीय सदस्यहरु बोल्ने पालो नसकिएकाले यो क्रम शुक्रबार पनि जारी रहनेछ।

गिरीको नेताहरुलाई सुझाव : महाधिवेशन गर्न सभापतिमाथि दबाब बढाउनुस् ‘पार्टी भित्रका कुराहरु पार्टीमा सुनिँदैन भने बाहिर ल्याउनुस्। तपाईंहरु कसरी युवा हुनुभयो?’ उनले भने। ....... जुम मिटिङमा बोल्दै गिरीले जिल्ला जिल्लाबाट मत हालेर भएपनि समयमा महाधिवेशन हुनैपर्ने जिकिर गरे।

कांग्रेससँग भारतको सम्बन्ध बिग्रियो : सिंह भारतसँग सम्बन्ध बिग्रिनुमा पार्टी नेतृत्वको दोष रहेकाे बताए। पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिमाथि खनिएका सिंहले भने,‘भारतसँग सम्बन्ध बिग्रिएको छ। सुधार्नुपर्छ।’ ....... मधेसमा कांग्रेस कमजोर हुनु तथा महाधिवेशन कार्यतालिका कार्यान्वयन नहुनुमा उनले उपसभापति निधिलाई दोष दिए। क्रियाशील सदस्यता चयन गर्ने क्रममा एकलौटी गरेको भन्दै सभापति देउवा र उपसभापति निधिप्रति उनी रुष्ट बनेका थिए। ..... प्रदेश २ का जिल्लामा समायोजन तथा क्रियाशील सदस्यता टुंगिन नसक्नुमा निधि कारक रहेको उनले आरोप लगाए।

वामदेवले फेरि भने– 'माधव नेपालले पार्टी फुटाए साथ दिन्छु' ‘केपी कमरेडले एकपछि अर्को गर्दै प्रतिनिधि सभा विघटन गरेर प्रतिगमनको यात्रामा हुनुहुन्छ। त्यस्तो अवस्थामा उहाँलाई साथ दिन सक्दिन' ....... 'माधव कमरेड कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्दै हिड्नु भएको छ। यस्तो अवस्थामा दुवै जनालाई साथ दिन सक्दिन। यदि माधव कमरेडले आँट गरेर पार्टी विभाजन गरे त्यसमा मेरो पूर्ण साथ समर्थन हुन्छ।त्यो मैले भनिसकेको छु। आफ्नो बचनबाट दायाँबायाँ हुन्न।’ ....... नेपालले छुट्टै पार्टी बनाएर विचार मिल्नेसँग चुनावी मोर्चाबन्दी वा कार्यगत एकता गरेर जान सकिने गौतमले तर्क छ। ओलीसँग सम्बन्ध विच्छेद गरेर माओवादीसँग एकता गर्दा राम्रो नहुने भएकाले तत्काल छुट्टै पार्टी बनाएर मार्चाबन्दी गर्दा राम्रो हुने ....... माधव नेपालले पार्टी फुटाउने आँट नगरेमा आफू एमाले मात्रै नभएर बृहत वाम एकतामा आफ्नो अभियान जारी राख्ने पनि गौतमले बताए। ...... राष्ट्रिय सभामा जानका लागि गरिएको जोडबलका कारण आफ्नो राजनीतिक छवि धुमिल बन्न पुगेको गौतमले स्वीकार गरेका छन्। ...... सोही बैठकमा बुद्धिजीवीहरुले तत्कालीन नेकपामा कहिले ओलीतिर त कहिले प्रचण्ड माधवतिर हुँदा समस्या परेका भनेर गौतमलाई स्मरण गराएका थिए। ....... ‘पार्टीमा धेरै यताउता गर्दा अहिले एक्लै पर्नुभयो। ...... गौतमले पुष्पकमल दाहाल‘प्रचण्ड’ले कार्यकारी अध्यक्ष पद लिँदा तत्कालीन नेकपा विभाजनको अवस्थामा पुगेको भन्दै असन्तुष्टि समेत पोखेका छन्।

एमालेको गरम माहोलमा गोकर्णको ‘नरम’ राजनीति शब्दवाणले छेड्न ‘कम्युनिस्ट’ जति कसैलाई आउँदैन। ....... त्यस्तो समयमा विलियम शेक्सपियरलाई अगाडि सारेर विष्ट भन्ने गर्छन्, ‘जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ।’ ...... कन्फ्युसियसले मुस्कुराएर बालबालिकालाई सम्झाए,

‘जिब्रो लचक छ। सहनशील छ। त्यसैले अहिलेसम्म पनि त्यो दुरुस्तै छ। दाँत कठोर थिए, त्यसैले चाँडै अस्तित्व सकियो। झरेर गए।’

..... अहिले एमाले एक रहने सम्भावना त देखिँदैन। ....... नेताहरूलाई शान्त रहन सुझाउँदै थिए। यत्तिकै शान्त रहन सकिएन भने बरफ पानी टाउकोमा खन्याउन सुझाइरहेका थिए। ...... ठूला-ठूला युद्धहरू त संवादद्वारा शान्तिमा परिणत भएका थुप्रै घटना, इतिहास छन्। एउटै पार्टीभित्र देखापरेका अन्तरविरोध, द्वन्द्वहरूलाई व्यवस्थापन गर्न सकिँदैन भन्ने कुरा हैन।’ ......

‘२०५४ सालमा पार्टी विभाजन हुँदैनथ्यो भने २०५६ सालमा एमालेलाई बहुमत प्राप्त हुन्थ्यो। तर, टसलका आधारमा स-साना कुराहरूलाई व्यवस्थापन गर्न नसक्दा पार्टी विभाजन भयो। र, दुई पार्टी मिलेर बहुमत प्राप्त गर्न १८ वर्ष पर्खन पर्‍यो।’

.....एमाले जोगाउन सक्रिय विष्ट पार्टी फुट्ने नै अवस्था आयो भने आफू एमालेमै ‘जोगिन’ सक्ने सम्भावना पनि उत्तिकै बढी छ। तर, उनी यसबारे खुलेर बोलिरहेका छैनन्।


जसपामा कारबाही प्रकरण यादवले आयोगलाई जवाफ पठाए, ठाकुरलाई समय लाग्‍ने यता, ठाकुर समूहका कार्यकारिणी समिति सदस्य केशव झाले आयोगको पत्र आएको तर, जवाफ नपठाएको जानकारी दिए । ‘आयोगले केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयको हस्ताक्षरसहितको माइन्यूट र अनुसूची अनुरुपको फाराम मागेको थियो,’ सदस्य झाले भने, ‘हामीले अझै जवाफ पठाएका छैनौं । केही समय लाग्छ । बैठकले निर्णय गरेको माइन्यूट छ । त्यसलाई कानुनी ढाँचामा मिलाउने काम भइरहेको छ ।’

प्रदेश दुईमा ओलीसँग मिल्दै कांग्रेस ! उपसभापति निधि केन्द्रको सत्तासँग मिल्न लागेको अन्य दलको आरोप प्रदेश-२ मा सरकार परिवर्तनको खेल पुनः सुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही नेताहरू आफ्नो स्वार्थ अनुकुल हुनेगरी केन्द्रीय गठबन्धन नै बिगार्ने शैलीमा प्रस्तुत भएको आरोप जसपाको उपेन्द्र यादव समूहले लगाएको छ । ....... कांग्रेसभित्र एउटा धारले केन्द्रमा जे भए पनि प्रदेशमा एमालेसँग नै मिलेर सरकार बनाउने भन्‍न थालेको छ भने अर्कोले नचाहिँदो गठबन्धन गर्न नहुने बताइरहेको छ । जसरी केन्द्रमा गठबन्धन भइरहेको छ प्रदेशमा पनि त्यही अनुरुप बनाउनु पर्ने अर्को पक्षको धारणा छ । ......

उपसभापति विमलेन्द्र निधीले एमाले (केपी शर्मा ओली समूह) सँग मिलेर भए पनि कांग्रेसबाटै मुख्यमन्त्री बनाउनु पर्ने भन्दै सभापति शेरबहादुर देउवालाई फकाइरहेका छन् ।

...... केन्द्रको सहकार्यसँग प्रदेशलाई दाज्‍न नहुने उनले देउवासँग तर्क गरेका थिए । प्रदेशमा जाेसँग सहज हुन्छ, त्यहीसँग सहकार्यमा जानु पर्ने सुझाव निधिले देउवालाई दिएका थिए । निधिले जसपाको महन्थ ठाकुर समूह, कांग्रेस र एमालेको ओली समूहसँग मिलेर अघि बढ्ने योजना बनाएकाले त्यही अनुसार देउवालाई सहमतिमा ल्याउने प्रयास गरिरहेको स्रोतले बतायो । ....... एमालेको ओली समूहसँग सहकार्य गरेमा कांग्रेसले मुख्यमन्त्री पाउनसक्ने भनेर फकाउने काम भएको जसपा अध्यक्ष यादवले सुनाउन थालेका छन् । प्रदेश-२ मा तीन सांसद पदमुक्त भएपछि १०४ सांसद् छन् । त्यसमा जसपाका ५५ सांसद छन् । त्यसमा पनि ३० भन्दा बढी उपेन्द्र यादव समूहका छन् । त्यहाँ एमालेका २१ सांसद छन् । त्यसमा १३ भन्दा बढी सांसद् नेपाल नेपाल समूहका छन् । त्यहाँ कांग्रेसको १९ सीट छ । जसले गर्दा जसपाको यादव समूह, कांग्रेस र एमालेको नेपाल समूह मिलेको खण्डमा सहज समीकरण छ ।


आउने आउँछन् नआउने छुट्छन्, ओलीको छलछाममा अल्झन सकिँदैन : माधव नेपाल अहिले अदालतमा मुद्दा विचाराधीन छ ।

संसद् पुनःस्थापनाको सम्भावना छ ।

यसले पनि उनले अल्झाउन खोजेका हुनसक्छन् । उनीलाई सांसदहरू देखाउन पर्ने पनि हुनसक्छ । ..... पार्टी दक्षिणपन्थी भासमा गइसकेको छ । कम्युनिस्ट आन्दोलनभित्रको लोकतान्त्रिकीकरण पनि क्षयीकरणको दिशामा गइसकेको छ । हामीलाई रूपान्तरण क्रान्तिकारी चेतसहितको पार्टी चाहिएको छ”


No comments: