Pages

Friday, June 04, 2021

मोहम्मद इश्तियाक राई



मुलुक संकटको चक्रव्युहमा : गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गरौँ धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाती र दलित समुदायका रहेका छन् । ....... धर्म संस्कृति माथी भैरहेको अतिक्रमण नरोक्ने हो भने कालान्तरमा नेपालमा हिन्दु र बुद्धिष्टहरू नै अल्पमतमा पर्ने खतरा टड्कारो देखिन्छ । ........ धर्म संस्कृति र परम्परालाई प्रगति विरोधी, आधुनिकता प्रतिकुल र प्रतिगामी सोच भन्ने मनोविज्ञान बढ्दो छ । यसैबिच विभिन्न कारणबाट नेपाली राजनीतिमा बढ्दै गएको कम्युनिष्ट वर्चस्व र मार्क्सवादी बिचारको प्रभावले पनि धर्म संस्कृति वारे व्यापक भ्रम कायम भएको छ । चौरानव्वे प्रतिशत जनता सनातन धर्ममा बिश्वास राख्ने र

उनान्सय प्रतिशत कुनै कुनै धर्ममा आस्था राख्ने आस्तिक जनता भएको देशमा ईश्वरको अस्तित्वको नै स्विकार नगर्ने र धर्मलाई अफिम ठान्ने नेताहरु निर्वाचित भएर आउने विडम्वना रहेको छ ।

......... संविधानमा स्पष्ट नलेखिए पनि हरेक दृष्टिकोणबाट भारत अहिले हिन्दुराष्ट्र हुने दिशातर्फ उन्मुख छ । ....... देश अहिले संकटको चक्रव्युहमा फसेको छ । यसबाट मुक्तिको आधार भनेको विगतका त्रुटि र कमजोरीहरू सच्याएर अघि बढ्ने हो । गणतन्त्र, धर्मनिरपेक्षता र संघियता वारे पुनर्विचार गर्नु समयको तकाजा हो ।


मन्त्रीबाट हटेकै दिन ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण, भोलि नै सरकारी निवास छाड्ने

महन्थ ठाकुर दुई दिनसम्म फोन नउठाई मन्त्रीको सूची बनाउन व्यस्त हुनुभयो : मोहम्मद इश्तियाक राई [अन्तर्वार्ता] विधानको धारा ६० ले कुनै पनि कमिटीको बैठक बस्न ५० प्रतिशतभन्दा बढी भए हुन्छ भनेको छ। सर्वसम्मत वा बहुमतबाट निर्णय हुन सक्छ। प्रथम महाधिवेशन नहुँदासम्म सकेसम्म कुनै पनि समितिको निर्णय सर्वसम्मतिको आधारमा गरिने छ। यदि सहमति हुन नसकेको खण्डमा बहुमतका आधारमा निर्णय गर्न सकिने छ। ......... हाम्रो पार्टीमा साधारण सदस्य भन्ने व्यवस्था छैन। तर, उपेन्द्र यादवलाई साधारण सदस्यबाट निकालिएको भनिन्छ। त्यो अध्यक्षलाई के भन्ने? हाम्रो चुनाव चिह्न कालो छाता हो भन्ने पनि थाहा छैन। लेटर प्याडमा रातो छाता प्रयोग गरिएको छ। ...... मधेशका ठेकेदारहरु केन्द्रमा मन्त्री हुनुहुन्थ्यो। ‘बुलबुला पानी र हाम्रो माग र मुद्दा केही’ होइन्न भनेको कुरा स्मरण गर्छु। त्योबेला मिडियामा यस्ता समाचार आएकै हुन्। मधेशका जनताले निषेध गरेपछि उहाँहरु दुई दल बनाएर जानुभयो। आन्दोलन झन् चर्कियो। जब २०६४ सालको निर्वाचनमा मधेशी जनअधिकार फोरम उदायो। पहिलो कार्यकालमा प्रचण्डले राजीनामा दिएपछि माधवकुमार नेपालको नेतृत्वको सरकार बन्दा हाम्रो पार्टीलाई विभाजन गर्ने मतियार को को थिए? थाहा छ। ती तत्कलीन तमलोपाका अध्यक्ष महन्थ ठाकुर र तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नै हुन्। दुवै जना मिलेर तत्कलीन फोरम फुटाए। ..........

के पाउन केपी ओलीसँग जानुभएको छ? कुन मुद्दा सम्बोधन गराउनु भयो? तीन महिना भइसक्यो। मुद्दा फिर्ता भएको छैन। रेशम चौधरी रिहा भएका छैनन्। नागरिकता कसैले बनाएका छैनन्। संविधान संशोधन भएको छैन।

....... के माग सम्बोधन भएको छ भने विगतमै मुद्दा निरुपण भइसकेका टायर बालेको, पुलिसलाई जिस्क्याएको, पुलिसलाई ढुंगा हानेको, बसको सिसा फुटाएको, साइकलको हावा निकालेको जस्ता मुद्दाहरु फिर्ता भयो। ......

केपी ओली सबैभन्दा धेरै मधेश विरोधी व्यक्ति हुनुहुन्छ।

......... संविधान संशोधन अध्यादेशबाट हुन्छ? ......... चुरे क्षेत्रमा होटल, रेस्टुरेन्ट बनाउन निजी क्षेत्रलाई दिने, आफ्ना कार्यकर्तालाई पाल्न चुरे विनाश गर्ने, गिट्टी, बालुवा निकासी गरेर भारत पुर्‍याउने भनिएको छ। गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने भनिएको छ। के देशलाई मरिभूमि बनाउने हो? त्यो षड्यन्त्र केपी ओलीले गर्दैछन्। यस्तो हुँदा पनि किन बोल्न सकेका छैनन्? के मुखमा दही जमाएर बसेका छन्? ....... नागरिकता जनताको नैसर्गिक अधिकार हो। संविधानले नै प्रत्येक नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकार दिएको छ। संविधानले नै भनेको छ। ........ भ्याक्सिन लगाइएन भने मुलुक खुला हुँदैन। खुला भएन भने त्यो अध्यादेश ६ महिनामा निस्क्रिय हुन्छ। त्यसपछि कसले नागरिकता पाउँछ? ........ यो सरकारले मुसलमानको बिदा, किँरात र राईहरुको साकेला पर्वलाई राष्ट्रिय पर्वबाट हटाउँदा कि बोल्न सकेनन्? मधेशको छठ पर्वलाई राष्ट्रिय पर्वबाट हटाउँदा बोल्न सकेनन्? हाम्रो पहिचान नै समाप्त पार्ने सरकारले जनजाति र मधेशीको ठेक्का लिएर घुमेको छ र? ....... उपेन्द्र यादवले अहिलेसम्म पार्टी विभाजन गरेको इतिहास छ? ......... यो संविधान गएमा गणतन्त्र, संघीयता र समावेशीता रहन्छ? ....... सांसदले पार्टीलाई निर्देशन दिन सक्छ? ........ हामी पार्टीमा दुई तिहाईं छौँ .......... फोरम विभाजन गरेर गच्छादारसँग गएकाको के हालत छ? अर्को पटक पार्टी विभाजन गर्नेको हालत के भयो? ....... अग्रगमनकारी शक्तिलाई पटकपटक अरुको गोटी बनेर विभाजन गर्ने कार्य गरिहेका छन्। ...... आफूले पार्टीमा गरेको सहमति भत्काउने अनि आरोपचाहिँ उपेन्द्र यादवलाई लगाउन पाइन्छ? आफैंलाई प्रधानमन्त्रीको अवसर आएको थियो। बनेको भए मधेशको एउटा इतिहास हुन्थ्यो। परिस्थितिजन्य अवस्थामा म प्रधानमन्त्री बन्दिनँ रे? किन प्रधानमन्त्री बन्न अस्वीकार गरे? मलाई थाहा भएन। त्यो उनलाई नै थाहा होला। अरुको गोटी बनेपछि हुँदैन नि? ........ आफैं सम्झौता गरेर गएपछि दुई दिन फोन उठाउनु भएन। गुटबन्दी नगर्ने सहमति भयो। लगत्तै रिसोर्टमा गुटको भेला गरेर दलको नेता चयन गर्नुभयो। लाखौँ लाखमा सांसद किनबेच हुन लागेको सुन्नु भयो होला नि। हामीलाई पनि किन्ने प्रयास गरे। .......... गच्छादारले पार्टी फुटाउँदा २०/२५ लाखमा सांसद् बिक्री भएको समाचार त्यस बेला पढ्नुभयो होला। अहिले पनि सांसद् बिक्री भएको सुन्नु भयो होला। ....... महन्थजीले उपेन्द्रजीको फोन दुई दिनसम्म उठाउनुभएन। उपेन्द्रजी महन्थजीको घरमा जाँदा मन्त्रीको लिष्ट बनाउन व्यस्त हुनुहुँदोरहेछ। त्यसपछि दिउँसो १२ बजे बैठक राखौँ भन्दा आउँछु आउँछु भन्नुभयो तर आउनु भएन।


No comments: