Wednesday, June 02, 2021

Madaari









Basant Kushwaha

दिल्ली हल्लाउने शनिबारको डा. बाबुराम भट्टराईको लेख (पूर्णपाठ) नेपालको राजनीति यो दशककै सबैभन्दा कठिन परिस्थितिमा छ। ....... राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिको सहायतामा नेपालले संविधान जारी गरेपछि हासिल गरेका उपलब्धि समाप्त पार्ने प्रयत्न पनि हो। ....... संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाएर राजतन्त्र र हिन्दु राज्य स्थापनाका प्रयत्न भइरहेका छन्। ....... भारतको राष्ट्रिय स्वयंसेवक संघको गठजोडमा ओलीको पनि संलग्नता छ। यो एजेण्डामा जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोले पनि ओलीलाई साथ दिएका छन्। ........ भारत गतिलो कूटनीतिबाट च्युत भए पनि नेपालको मामिलामा भने संस्थापन पक्षले सधैँ बहुदलीय लोकतन्त्र र अग्रगामी पक्षधरलाई समर्थन जनाउँथ्यो। हाल त्यसको ठिक विपरीत छ। भारतले हाल निरंकुश र कामचलाउ हैसियतमा पुगेका ओलीलाई समर्थन जनाइएको छ। ........ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको हैसियत परिवर्तन गर्दै हिन्दु राज्य स्थापना गर्न भारतको संस्थापनले किन चाहेको छ ....... के भारतले अतिक्रमण गरेको कालापानी र लिम्पियाधुराको भूमि फिर्ता हुनुपर्ने शर्तमा नेपालको संविधान उल्टाउनुपर्ने अवस्था हो ? ......... नेपालको राजनीतिक उपलब्धि समाप्तिका लागि रणनीतिक चालबाजी सँगसँगै चाल्ने काम भारतले बन्द गर्नुपर्छ। ........ भारतले नेपालसमक्ष खोपबारे जनाएको प्रतिबद्धता पनि पूरा गर्नुपर्छ। प्रतिबद्धता र प्राप्तिबीचमा ठुलो अन्तर हुँदा भारतबारे नकारात्मक सन्देश जनस्तरमा प्रवाह भइरहेका छन्। ........ संविधानको मर्म विपरीत उनको बारम्बारका क्रियाकलापले महाभियोगको लायक भइसकेकी थिइन्। यो नै उनको बहिर्गमनको सहज र सरल बाटो थियो। तर, राजनीतिक दलहरूले व्यक्तिको आचरणका कारण राष्ट्रपतिको संस्थालाई अस्थिर बनाउन चाहेनन्। ........ संविधानको स्वार्थभन्दा सत्ता स्वार्थलाई वैधयता दिने काम राष्ट्रपतिबाट भइरहेको छ। राष्ट्रपतिबारे प्रश्न उठाउनेलाई ओलीले भनेका छन्, ‘राष्ट्रपतिको अपमान गर्नु भनेको गणतन्त्रको अपमान गर्नु हो।’ विरोधाभास कुरा के हो भने राष्ट्रपति र भण्डारी दुवैले पदीय मर्यादाको ख्याल राखेका छैनन्। ........ मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्ने रणनीतिमा ओली छन्। उनले निर्वाचनको मिति निर्धारण भए पनि त्यो निर्वाचन अनिश्चित नै छ।

अनिश्चित निर्वाचनले संवैधानिक संकट निम्त्याउने निश्चित नै छ।

......... नेपालको अबको एकमात्र लक्ष्य भनेको समृद्धि नै हुनुपर्छ। ....... राजनीतिक परिवर्तनका एजेण्डा अब समाप्त भइसक्यो।


चुरे उत्खननको विरोध गर्नेहरू विकास विरोधी हुन् : डा. राजन भट्टराई केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार डा.राजन भट्टराई ....... डा.भट्टराईले तराईको बालुवा, गिट्टी, ढुंगा भारतलाई बेच्दा तराईको विकास हुने डुबान नहुने बताए। उनले मापदण्ड बनाएर बालुवा, गिट्टी र बालुवा निकालेर निकासी गरिने बताएका छन्। ......... डा.भट्टराईले विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना नहुने दाबी गरे।

युवा पुस्ताको आदेश मानेर नयाँ पार्टी गठन गर्छु : माधव नेपाल माधवकुमार नेपालले पार्टीभित्रका चार पुस्तामध्ये तेस्रो र चौथो पुस्ता आफूलाई साथ दिन तयार रहेकाले पार्टी फुटाउन तयार रहेको बताएका छन्। ........ नेपालले भने, ‘त्यसमा चौथो पुस्ता तपाईंहरू भइहाल्नुभयो,’ उनले दोस्रो पुस्ताबारे बैठकका सहभागीहरूले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेपछि भने, ‘आन्दोलनमा आयाराम गयारामहरु हुने भन्दै कोही व्यक्ति छाडेर जाँदैमा अभियान टुंगिँदैन।’ नेपालले भने, ‘हिजो हाम्रो विचार समूहबाट चुनाव जित्नुभएका युवराज कार्की, बैजनाथ चौधरी आज कहाँ हुनुहुन्छ ? लालबाबु पण्डितको नाम पनि भनौं ?’ नेपालले ओली आफू कमजोर हुने महसुस भएपछि मात्र बहाना बनाउने र कार्ड फ्याँक्न गरेको भन्दै एकतामा उनी जिम्मेवार नभएको टिप्पणी गरे । उनले भने, ‘हिजोदेखि आको जेठ २ मा फर्किने कुरा छ नि त्यो पनि त्यही हो।’ ........ ‘विभाजनले नभई गलत प्रवृत्ति र रबैयाले पार्टी सकिएको छ। म तयार छु। जनप्रतिनिधिहरूको कुराले अलि अड्किएका छौं। तर पनि पछि हटेको छैन। कुनै पनि बेला निर्णय हुन्छ’, नेता नेपालले भने। ........ पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मान्ने र प्रतिनिधिसभा विघटन प्रतिगमन भाग २ हो भनेर स्वीकार गरेको अवस्थामा मात्र ओलीसँग एकता हुने प्रष्ट पारेका छन्। ...... बैठकमा सहभागी नेता तथा कार्यकर्ताले कुनै अलमलमा नपरी तत्काल नयाँ पार्टी गठन गरेर अघि बढ्न नेता नेपाललाई दबाब दिएका छन्।

सरकारले खुल्लम खुल्ला तराई मधेशलाई मरुभूमि बनाउने घोषणा गर्‍याे : माधव नेपाल
काँग्रेस सभापति देउवाकाे चेतावनी : तराईं-मधेशलाई मरुभूमि बनाउने षड्यन्त्र बन्द गर
संसद पुनर्स्थापना हुने भएपछि ओलीले फाले नेपाल समूहलाई सकुनी पासा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाल परिवर्तन गरेका छन्। अदालतबाट संसद पुनर्स्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले आफ्नो चाल परिबर्तन गरेका हुन्। आफ्नो नयाँ चाल सफल बनाउन अहिले केपी ओलीले राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय बनाएका छन्। राष्ट्रपति विद्या भण्डारीले अहिले एमाले नेताहरुसँग नियमित सम्पर्क गरी सहमतिको बिन्दु तयार गर्न आग्रह गर्दै आएकी छन्। भण्डारीको एमाले एकता कायमै राख्ने पहलमा नेता योगेश भट्टराईको पनि साथ रहेको छ उनले नियमितजसो भण्डारीलाई भेटेर सहमतिको बिन्दु तयार गर्न सक्रियता बढाउदै आइरहेका छन्। प्रधानमन्त्री ओली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर र अदालतमा दायर रिट फिर्ताको शर्त राख्दै आफू ब्याक हुन सहमत भएको विश्वस्त स्रोतले जनायो। ........ त्यसपछि नेता

माधव नेपालको माग अनुसार २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटी र संगठनलाई फर्काएर लाने विषयमा मौखिक सहमति बनेको बुझिएको छ। नेता नेपालले पनि पुरानो अवस्थामा पार्टी कमिटीलाई फर्काएमा सहमत हुनसक्ने बताएका छन्।



त्रिपाठीसँग मिलेर नयाँ दल खोल्ने ठाकुर समूहको तयारी जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण हुने भएको छ। दुवै समूह मिलेर नयाँ दल दर्ता गर्न छलफल भइरहेको छ। ...... २०६२/६३ को जनआन्दोलन लगत्तै भएको मधेश आन्दोलनपछि २०६४ पुसमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) नामक नयाँ राजनीतिक दल बनाउँदा ठाकुर र त्रिपाठी एकै ठाँउमा थिए। पछि तराई केन्द्रित ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेपछि अध्यक्ष मण्डलमा नराखिएकोमा असन्तुष्टि जनाएर बाहिरिएका त्रिपाठीको समूहसँग फेरि ठाकुरले एकीकरण गर्न थालेका हुन्। ....... ६ दल तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मेधस सद्भावना पार्टी, तराई मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकीकरण गर्दा मुख्य भूमिका त्रिपाठीले निभाएका थिए। .......... २०४८ सालदेखि संसदीय राजनीतिका माहिर खेलाडी त्रिपाठी पनि स्वतन्त्र सांसदको हैसियतमा बस्दा आफ्नो भूमिका खुम्चिएको अनुभूति गरिरहेका र ठाकुर पनि कारबाहीमा परेपछि नयाँ पार्टी बनाउनु पर्ने अवस्थामा रहेकाले दुई बीच एकीकरण गर्ने तयारीमा उनीहरू लागेका हुन्। त्रिपाठीको समूहका एक सदस्यले भने, ‘हो छलफल चलिरहेको छ। एकीकरण गरेर नयाँ दल बनाउने सहमति नजिक हामी पुगिसकेका छौं।’ ...... अहिले मधेशी पार्टीहरूबीच एकता गराएर जनता समाजवादी पार्टीलाई काउन्टर दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सदिच्छा रहेको बताइएको छ। जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि मुलुक तीव्र राजनीतिक ध्रुवीकरणतर्फ अघि बढेको बताएका छन्। तराई मधेशको राजनीतिमा माहिर खेलाडी मानिने ठाकुर, त्रिपाठी, महतोबीचको छलफलले उनीहरू मिलेर नयाँ दल पुनर्गठनमा जानेतर्फ सकारात्मक संकेत गरेको छलफलमा सहभागी एक नेताले बताए।

उपेन्द्रकै कुर्सी मोहका कारण जसपा विभाजनउन्मुख ! मधेशमा एउटै पार्टी हुनुपर्ने मधेशी जनताको भावनाबमोजिम एकीकरण भइ मुलुकमा वैकल्पिक शक्तिको रुपमा स्थापित भएको जनता समाजवादी पार्टी नेपाल (जसपा) पार्टी औपचारिक रुपमै विभाजनतर्फ उन्मुख भएको छ । पछिल्लोपटक उपेन्द्र यादवले सर्वस्वीकार्य मधेशका नेता तथा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निस्कासनको डण्डा चलाएपछि जसपा विभाजनतर्फ उन्मुख भएको हो । लगत्तै यादव पनि जसपाबाट निस्कासित भएका छन् । ......... कुनै बेला मधेशको एकमात्र वैकल्पिक शक्तिको रुपमा रहेको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल यादवकै निरंकुश नेतृत्व र सत्तालोभका कारण एकत्रित रहन सकेन् । नेपालको अन्तरिम संविधान २०६३ जारी हुने बेला यादवले अधुरो सहमति गरेपछि ठाकुरकै नेतृत्वमा सफल आन्दोलन मधेशमा भएको थियो । काँग्रेसको कोषाध्यक्ष जस्तो शक्तिशाली पदाधिकारी र मन्त्रीको पद त्याग गरी ठाकुर तराई मधेशको हक अधिकारका लागि आन्दोलनमा होमिएका थिए । उनले त्यसबखत पद र कुर्सीलाई तिलान्जली दिएर मधेशको मुद्दा उठाए र संघर्ष गरे । जसको परिणामस्वरुप अन्तरिम संविधान संशोधन भयो र समानुपातिक समावेशी सिद्धान्तले संवैधानिक रुपमै मान्यता पायो । ........ पार्टीभन्दा मन्त्री पदलाई महत्व दिने यादवकै कुर्सी मोहका कारण फोरम फुटदै गयो । विजयकुमार गच्छदार, जयप्रकाश गुप्ता, राजकिशोर यादव, अमर यादव, भाग्यनारायण गुप्ता, किशोर विश्वास लगायतको नेतृत्वमा टुक्रा टुक्रामा फोरम विभाजित भयो । विभाजनका क्रममा सबैले

यादवकै निरंकुश नेतृत्व

र सत्तामोहका कारण पार्टी विभाजन गर्नुपरेको बताएका थिए । ....... पछिल्लोपटक पनि यादव नेतृत्वमा रहेको समाजवादी पार्टी फुटनै लाग्दा ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीसँग रातारात एकता गरेर बचाइएको जगजाहेर नै छ । सपा फुटाउनकै लागि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि सपा फुटको संघारमा पुगेको थियो । कतिपय सांसद एकत्रित भएर कागज दुरुस्तसमेत बनाइसकेका थिए । त्यसबखत यादवको पार्टी बचाउन ठाकुर, नेताहरु राजेन्द्र महतो र अनिलकुमार झा लगायत अग्रसर भएका थिए । जसका कारण मध्यरातमा पार्टी एकीकरण गरी जसपा निर्माण भएको सपा फुटनबाट जोगिएको थियो । तर

पार्टी जोगिएपछि पनि यादवको रवैयामा भने कुनै अन्तर नआएको जसपाका नेताहरु बताउँछन् ।

......... यादव पार्टी नै कब्जा गर्ने रणनीति अख्तियार गरी एकलौटी रुपमा पार्टी संगठन निर्माण गर्न थाले कार्यक्रम गर्न थाले । अध्यक्ष ठाकुरबाट पटक पटक चेतावनी हुँदा पनि मानेनन् । प्रदेश २ मा पनि एकलौटी सरकारजस्तो चलाएर ठाकुर समूहलाई वेवास्ता गरिरहे । ती कुराहरु प्रदेश सरकारले गरेको विभिन्न राजनीतिक नियुक्तिबाट पनि प्रष्ट हुन्छ । ........ जब व्यक्तिगत लडाइमा यादवले मन्त्रालय र मन्त्रिपरिषदमा जथाभावी गर्न थाले अनि ओलीले यादवलाई निकाल्ने मनस्थिति बनाए । यादव दिल्लीमा रहेकै बेला स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रीमा सीमित राखिए । तर पनि उनको रवैयामा परिवर्तन नआएपछि ओली सरकारबाट लज्जाजनक बहिर्गमन हुनुपरेको जसपाका नेता बताउँछन् । त्यसपछि उनी ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुँदैआएका छन् । ......... ‘‘ओली सरकारमा एक वर्षभन्दा पनि बढी समय रहिरहँदा सिन्कोसमेत भाँचेनन्, दुई बुँदे सहमति गएर गएका यादव सरकारमा रहिरहँदा त्यो सहमतिको कुनै कुरा नै गरेनन्’’, जसपाका नेता डा. सुरेन्द्रकुमार झाले भने–‘‘सत्तामा रहिरहँदा न त पार्टी सम्झे, न सहमति सम्झे, नत तराई मधेशको मुद्दा नै सम्झे, सबै बिर्से । जब लज्जाजनक रुपमा सत्ताबाट बहिर्गमन भए अनि तराई मधेशको माग सम्झे र ओलीविरुद्ध आक्रामक बने । तर अध्यक्ष ठाकुर सदा झै मधेशको मुद्दा र मागप्रति अडिग रहिरहनुभयो ।’’ ..... अध्यक्ष ठाकुर मधेशको माग र मुद्दा जसले सम्बोधन गर्छ उसलाई समर्थन गर्ने अडानमा रहिरहे । काँग्रेस र माओवादी केन्द्र मधेश मुद्दाप्रति अनुदार देखिए । कुनै बेला प्रचण्ड मधेशी दलसँगै आन्दोलनमा थिए तर हठात रुपमा आन्दोलन छोडर एमालेसँग सहकार्य एकता गरे र मधेश जनजाति आन्दोलन विर्सिए ।

काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले मधेशको मुद्दामा सरकार बनेपछि सोचौला भनेर अविश्वसनीय जवाफ दिइरहे तर ओली पुराना तितामिठा सोच त्यागेर नयाँ ढंगका प्रस्तुत भए ।

राजनीतिमा गरिएको पुराना भाषण र विरोधलाई तत्कालीन आवश्यकता सम्झेर मधेशको माग सम्बोधन गर्न अग्रसर भए । फलस्वरुप जसपाका ठाकुरसमूहसँग नजिकिदै गए । मधेश तराई थरुहट आन्दोलनताका लागेका मुद्दा फिर्ता, नेता कार्यकर्ता रिहा, संविधान संशोधन सुझाव कार्यदल गठन र नागरिकता अध्यादेश त्यसकै परिणामस्वरुप आयो । जसले जसपालाई मुद्दा सम्बोधनको हिसाबले ओली निकट पुर्यायो । तर यादव र ठाकुरबीचको दुरी भने बढयो । मधेशको मुद्दा सम्बोधन गर्ने दिशातर्फ ठाकुर अग्रसर भएपछि एक्लै श्रेय लिने भए भनेर यादव झस्किएका हुन् ।............. काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफू पुनः उपप्रधानमन्त्री बन्नका लागि दौडधुपमा हुनुहुन्छ, मधेश र थरुहटका मुद्दाबारे कुनै पहल छैन, ठाकुरजीकै पहलका कारण १३९ जनाविरुद्धका मुद्दा फिर्ता भएको छ, थप केही मुद्दा फिर्ता हुँदैछ, केही नेता कार्यकर्ता रिहा भए केही रिहा हुने प्रक्रियामा छन् । मुद्दा सम्बोधन गर्नेलाई समर्थन गर्नु स्वाभाविक हो, यो सरकारले माग पूरा गर्यो, गर्दैछ अनि समर्थन गर्नुपरेन त?’’ .......... यादव पक्षका एक नेताले भने जसपा विभाजित हुनुको कारण ओली सरकारलाई समर्थन दिनु नै रहेको बताए । सरकार बचाउन मात्रै मधेशप्रति झुकाव राखेका र हतारमा मधेशको माग सम्बोधन गरेको उनले बताउँदै उनले पार्टी एक ढिक्का रहने अवस्था नभएकाले छुट्टिनु नै वेश हुने बताए ।


No comments: