Thursday, June 10, 2021

ईश्वर पोखरेल पार्टी अध्यक्ष बन्ने कुरा

कता हो न्युज मा आएको। केपी ओली को मंत्रीमंडल बाट हटाएर तपाईं चार महिना भित्र पार्टी महाधिवेशन गर्नुस भन्ने जिम्मा दिएको केही दिन पछि ईश्वर पोखरेल ले फ़्लैश गरे। म पार्टी अध्यक्ष को दावेदार। त्यो ओली विरुद्ध बगावत गरेको होइन होला। ओली को मिलोमतो मा नै होला। भने पछि बाजी मारे ओली ले। ३० वर्षे दुई दलीय भ्रष्टाचारतंत्र कालरात्रि का ज्येष्ठ नागरिक नेता हरु मध्ये आफ्नो स्वेच्छा ले अर्को पुस्ता लाई पद हस्तांतरण गर्ने पहिलो व्यक्ति। देउबा, प्रचंड, माधव, झलनाथ लाई ओली को यो अंतिम झापड़ हुन सक्छ।


देउबा लाई पार्टी भित्र चैलेंज गर्ने ५६ व्यंजन ज्येष्ठ नागरिक हरु। देउबा लाई कुनै किसिमको इंसेंटिव नै छैन पद छाड्ने। मैले छाड़े आउने भनेको उ त्यो बुढ़ा। प्रचंड त माओ ले जस्तै रयाल काढ़दै बस्ने निधो गरेका। मार्गप्रशस्त गर्नु वर्षमान पुन लाई। छैन।

ईश्वर पोखरेल को मलाई नाम र अनुहार बाहेक केही थाहा छैन। हुन त उ पनि झट्ट हेर्दा ज्येष्ठ नागरिक जस्तै देखिन्छ। तर ओली भन्दा एक पुस्ता कान्छो त हो। गगन थापा युवा नेता कहलिने देशमा ईश्वर पोखरेल मा पनि नयापन देखिन सक्छ। 

संसद पुनर्स्थापना हुन्छ। त्यस पछि के हुन्छ मलाई थाहा छैन। प्रतिनिधि सभा को अंकगणित अहिले कहाँ छ मलाई अत्तोपत्तो भएन। जसपा मुझे चकमा दे गया। जसपा बल्ल निर्णायक शक्ति बनेको छ। केंद्र मा एउटा सँग। प्रदेशमा अर्को सँग। सारा देश नै कब्ज़ा। 

ईश्वर पोखरेल लाई अघि सारेको केपी ओली ले आफु अब चुनाव लड़दिन, सांसद प्रधान मंत्री बंदिन भनेको हो। भने पछि शायद हिटलर त होइन कि? (केपी ओली हिटलर हुन? केपी ओली हिटलर होइनन?) केही दिन अगाडि मात्र आजीवन रिटायर नहुने घोषणा गरेका बाबुराम भट्टराई ले भने हिटलर का विरुद्ध किन एक जुट नभएको जसपा भन्दै उपेंद्र को कांध माथि बन्दुक राखेर पार्टी एकता माथि फायर दागेको दागयै। 


जसपा लाई पहाड़ पसाउने योजना नै होइन बाबुरामको। मैले लेखेको संविधान बारे नानाथरि प्रश्न गर्ने? भन्दै मधेसमा जसपा सखाप पार्न पार्टी प्रवेश गरेका हुन। 





No comments: