Sunday, June 20, 2021

Honey Badger

विपक्षी गठबन्धनको बैठक : गण्डकीमा सरकार बन्यो, अन्य प्रदेशमा पनि प्रयास जारी राख्‍ने
देउवा, दाहाल, भट्टराई र यादवले नेपाललाई सोधे : ओलीसँग मिल्न लाग्नु भएको हो ?  ‘केपी ओली र माधव नेपाल मिल्ने भन्ने कुरा आइरहेको छ यही विषयमा नेपाललाई नेताहरुले कुरा के हो भनेर सोध्नु भएको छ,’ बुढानिलकण्ठ स्रोतले भन्यो, ‘योबाहेक लुम्बिनी प्रदेश सभामा विपक्षी गठबन्धनको रणनीति तथा अन्य विषयमा कुरा भइरहेको छ ।’

नेम्वाङलाई संसदीय दलको नेता बनाएर एमाले मिलाउने प्रयास एमाले मिल्न नदिनेहरू सक्रिय हुँदा समस्या परेको हो : सल्लाहकार थापा  .......  संविधान सभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई नै संसदीय दलको नेता बनाएर दुई खेमामा विभक्त पार्टी मिलाउने प्रक्रिया अघि बढेको एक नेताले बताए । नेम्बाङले त्यस विषयमा छलफल गरेको कुरा अस्वीकार गरे । एमाले नेताहरू नेम्वाङलाई दलको नेता बनाएर जाने विकल्पमा पनि कुराकानी भइरहेको बताउँछन् । विवाद समाधानका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरू आन्तरिक छलफलमा जुटेको पनि झण्डै दुई महिना पुग्‍न लागिसकेको छ । 

चीनमा एक अर्ब डोज खोप लगाइयो पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो । ....... पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो । ....... ३ देखि १७ वर्षको उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको स्वास्थ्य अनुसन्धान आयोगले जनाएको छ ।

आकाशेमार्गको मुख्य हब ल्हासा रेलवे स्टेशन  ल्हासा रेलबाट बेइजिङ ४० घण्टा ...... ल्हासा सिगाचे रेलमार्ग अबको एकाध वर्षमा हिमपर्वतलाई छिचोलेर डाँडाकाँडालाई नाघेर नेपालको सीमा नजिक केरूङ (रसुवा)सम्म पुग्दैछ । .......  चीनको पछिल्लो चौधौँ पञ्चवर्षीय (२०२१-२०२५) योजनामा तिब्बत स्वायत्त प्रदेशलाई दक्षिण एसियासँग जोड्ने एक महत्त्वपूर्ण कोरिडोर बनाउने परियोजना समावेश छ । ....... सन् २०१९ मा चार करोड पर्यटकले तिब्बतको भ्रमण गरेका थिए । सन् २०२० मा तिब्बत स्वायत्त प्रदेशको आयात निर्यातमा संलग्‍न रकम २ अर्ब १३ करोड रहेको थियो जहाँ निर्यात मात्र १ अर्ब २९ करोडको थियो ।  




ल्हासामा जामे मस्जिद (फोटो फिचर)  त्रिविष्टपबाट अप्रभंश भएर तिब्बत भन्‍ने गरेको इतिहासविद्को बुझाइ पनि छ । संस्कृत भाषामा त्रिविष्टपको अर्थ स्वर्ग हो ।  ........  नेपालमा तिब्बती मुसलमानहरू पनि छन् । काठमाडौँमा पनि तिब्बती मुसलमानहरू भेटिन्छन् । ........  ल्हासा घुम्‍न आएका पाकिस्तानी शहिद अफराजले तिब्बतमा मस्जिद र मुसलमान भएको यहीँ आएर मात्र थाहा पाएको बताए । तिब्बतमा यति ठूलो र भव्य मस्जिद देखेर म आश्चर्यचकित भएँ । उनले भने, 'यहाँ दुई तीन हजार मुसलमान नमाज पढ्न आउने गरेका छन् रे ।' ........ यस मस्जिदका इमाम मुहमद अलीका अनुसार, यस ठाउँमा एक हजार वर्षअघि नै उक्त मस्जिद रहेको प्रमाण छ । ......... ल्हासामा झण्डै आठ हजार मुसलमान रहेको ........ हाल चीनभरि झण्डै अढाई करोड मुसलमान रहेका छन् भने साना ठूला गरी ४५ हजार मस्जिदहरू रहेका छन् ।  





No comments: