Sunday, June 20, 2021

पाँच भुतपुर्व प्रधान मंत्री हरु को अंतिम हुइँया

यी पाँच जना लाई लाग्छ राष्ट्रिय सभा माथि पनि एउटा अर्को सभा छ। त्यसका इ पाँच सदस्य छन। यिनी सँग भिटो पावर छैन भने हुनुपर्छ भन्ने मान्यता हो। रयाल काढ़दै प्रधान मंत्री बनने इच्छा त छ फेरि फेरि तर त्यो पुरा हुँदैन। अब त ओली ले पनि सुभाष नेमबांग लाई अगाडि सार्ने बेला आइसक्यो। उपाय के? पार्टी एकता गर्ने अर्को उपाय देखिएको छैन। 





सरकारलाई हान्दा राज्यलाई घात: पाँच पूर्वप्रधानमन्त्रीको विज्ञप्ति राजनीति धेरै ध्रुवीकृत हुँदा कहिलेकाहीँ भलाद्मी नेता पनि होस–हवास् गुमाउँछन्। आवेशमा आएर होस् वा लोकरिझ्याइँको राजनीतिमा लिप्त भएर, सरकारमाथि प्रहार गर्दा राज्यलाई नै चोट पर्न जान्छ। त्यसको परिणाम आम नागरिकको आत्मबल गिर्दछ। भित्रबाट मुलुक कमजोर हुन्छ। ........ वर्तमान राजनैतिक हुरीबतासको कुरा गर्ने हो भने केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचको रस्साकस्सी, चित्त दुखाइ, वैमनस्य र बेलाबखतको साँठगाँठ नै समस्याको जड हो, अन्य देशीविदेशी पात्र खोजेर हिँड्नै पर्दैन। ...... वर्तमान राजनैतिक गतिरोध र संविधान कार्यान्वयनमा देखिएका चुनौती यी तीन पात्रको अन्तरसम्बन्ध र अन्तरविरोध नै हो। यो तथ्य ज–जसलाई दोष दिन खोजे पनि कसैको नजरबाट लुक्दैन। जनताले दिनानुदिन देखेको यो सत्य छिमेकी देशको थाप्लोमा हालेर राष्ट्रवादी लोकरिझ्याइँको फाइदा लिन खोज्नु विश्वसनीय हुन सक्दैन। प्रश्न गर्न मिल्छ पाँच नेताबाट किन यस्तो ‘ओभरकिल’? ..........

कर्मचारी प्रशासनमा कार्यरत दसौँ हजार तथा पुरै सुरक्षा निकाय (सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत र जवान)लाई सरकारलाई सहयोग नगर्नू भन्ने सुझाव गैरजिम्मेवार छ।

...... शासन पद्धति फेरबदल गर्न उभार आउँदा जनताबाट तानाशाहविरुद्ध यस्तो आह्वान आउन सक्छ। तर यहाँ सत्ता परिवर्तनको विषय नभई सरकारले गल्ती गर्‍यो भन्ने छ र न्यायालयबाट गल्ती सच्याइ पाऊँ भनेर विज्ञप्तिकर्ताहरूकै अगुवाइमा सही र संविधानतः बाटो लिइएको छ। ....... पहिलो कुरा न्यायालयको औचित्यमाथि प्रश्न उठाए जस्तो भयो। दोस्रो, यो त अदालतको निर्णयलाई पर्खने र सिरोपर गर्ने नभई आम नागरिकलाई भड्काउने चेष्टा जस्तो देखियो। ........

नेपालमा अहिले राजनीतिक अन्योल छ, तर संवैधानिक संकट छ भन्न मिल्दैन

........... नेपालमा विदेशी चलखेल नभएको होइन, २००७ देखि आजसम्म पुरै आधुनिक युगको दौरानमा, प्रश्न मात्र कहिले कति हदसम्मको भन्ने हो। ........ चारपटक प्रधानमन्त्री भइसकेका देउवा, दुईपटक भएका दाहाल र एक–एकपटक भएका नेपाल, खनाल र भट्टराई ........

आफूले देशको आन्तरिक राजनीति व्यवस्थापन गर्न नसक्ने अनि दोष अन्तै लगाउने नेताहरूले आफ्नै क्षमता नियाल्नुपर्ने होइन?

....... माओवादीतर्फबाट पहिलो ‘ड्राफ्ट’ आएको बुझिएको विज्ञप्तिमा यसपाली एमाले र कांग्रेसका शीर्षस्थ फस्न पुगे। .........

पाँच नेताको आह्वानले ल्याउनुपर्ने ठानिएको तरंगसमेत आएको देखिँदैन, न राजनैतिक वृत्तमा न त बृहत् नागरिक वृत्तमा।

राजनैतिक प्रयोजनका लागि पाँच नेताको अतिरञ्जित दाबी र आह्वानले भरिएको विज्ञप्तिलाई आम जनताले विश्वसनीय ठानेको देखिएन ............. यस्तो समस्याग्रस्त दस्तावेजमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षर सबैभन्दा आश्चार्यजनक हुनपुग्यो। .........

कर्मचारी तथा सुरक्षाकर्मीलाई अवज्ञाको हाँक, नेपाली राजनीति विदेशी (भारतीय) को निर्देशनमा चलेको दाबी, तथा सर्वोच्च अदालतमा मुख्य मुद्दा विचाराधीन हुँदाहुँदै उत्तेजना सल्काउन खोज्ने

यो चेष्टालाई बिनाटिप्पणी छाडिदिने हो भने नेपालको राजनीति र भूराजनीति एक तह खस्कँदा केही परवाह नभएको बुझिने छ।


No comments: