Wednesday, November 23, 2022

23: Janamat + Unmukti = Threshold

दुवै गठबन्धनलाई १३८ को सकस २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन बहुमतका लागि १३८ सांसद आवश्यक, तर बुधबारसम्म प्रत्यक्षतर्फको जित र अग्रता तथा समानुपातिकतर्फ पाएको मत प्रतिशत हेर्दा सत्ता र विपक्षी दुवै गठबन्धनलाई बहुमत प्राप्त गर्न कठिन,

संसद्मा नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक बन्न सक्ने

....... तीन नयाँ दलको सशक्त उपस्थितिले उनीहरूलाई बहुमत पुर्‍याउन कठिन भएको छ । नयाँ दलहरूका कारण संसद्मा पनि दुवै गठबन्धनमाथि दबाब पर्ने देखिन्छ । ....... सत्तागठबन्धनले प्रत्यक्षमा ९३ क्षेत्रमा जित्ने देखिन्छ .... समानुपातिकतर्फ बुधबार राति १२ बजेसम्मको गणनामा कांग्रेसलाई २४.२१, माओवादीलाई ११.६०, एकीकृत समाजवादीलाई १.६३ प्रतिशत मत परेको छ । सत्तागठबन्धनका अन्य घटकको समानुपातिक मत न्यून छ । यही औसतमा मत पाए समानुपातिकतर्फ कांग्रेसले २७, माओवादीले १३ सिट हासिल गर्न सक्छ । ....... एमाले नेतृत्वको गठबन्धनले करिब ५३ क्षेत्र जित्ने देखिन्छ । ....... एमालेलाई २६.३२ प्रतिशत मत परेको छ । यही औसतमा मत पाए समानुपातिकतर्फ २९ सिट हासिल हुन सक्छ । यस्तै राप्रपाले ७.४५ र जसपाले ३.३० प्रतिशत मत पाएका छन् । यही औसतमा मत परे राप्रपाले समानुपातिकमा आठ सिट पाउन सक्छ । जसपाले चार सिट पाउन सक्छ । ...... कांग्रेसको मत माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चामा अपेक्षाकृत ‘ट्रान्सफर’ नभएका कारण सत्तारुढ गठबन्धनलाई बहुमत पुर्‍याउन सकस भएको छ । विपक्षी गठबन्धनमा पनि एमालेका मत राप्रपालगायत दलमा ट्रान्सफर कम भएको देखिएको छ । ....... नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको एक स्वतन्त्रसमेत गरी दुई क्षेत्र जितिसकेको छ । अन्य एक क्षेत्रमा उसको अग्रता छ । जनमत पार्टीले एक क्षेत्र जितेको छ भने अन्य एक क्षेत्रमा अग्रता कायम राखेको छ । ........ राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३.८८ प्रतिशत मत ल्याएको छ । यही अनुपातमा मत पाए उसले समानुपातिकमा १५ सिट पाउन सक्छ । ....... समानुपातिकतर्फ १४ लाख ७९ हजार ०१२ मत गणना हुँदा थ्रेसहोल्ड कटाउने दल ६ मात्र छन् । ......... दुई–तीन सिट कम हुँदा नागरिक उन्मुक्ति पार्टी वा जनमत पार्टीको सहयोगमा पनि सरकार बनाउन सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा राप्रपाको समर्थन जुटाउन सके थप सहज हुन सक्छ । ........ विपक्षी गठबन्धनलाई बहुमतका लागि ४४ सिट अपुग हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पाउन सक्ने सम्भावित २४ सिट जोड्दा पनि विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन २० सिट अपुग हुन्छ । ........ एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टीसँग सहकार्य गर्दा पनि यो गठबन्धनलाई बहुमत जुटाउन कठीन देखिन्छ । यस्तो अवस्थामा विपक्षी गठबन्धनले अहिले सत्तागठबन्धनमा रहेको माओवादीसँग सहकार्य गरेर सरकार बनाउन सक्छ ।


बहुमतको टुंगो छैन, कांग्रेसमा प्रधानमन्त्रीका ६ आकांक्षी सत्ता गठबन्धनमा गडबड र नयाँ समीकरण बने ओलीलाई प्रधानमन्त्री बन्ने विकल्प खुला हुनेछ । .

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीको क्लस्टरअनुसार ‘टप थ्री’मा को–को छन् ? देश र विदेशमा रहेका करिब ४० हजार शुभेच्छुकको मतदानबाट ११० जनाको सूची तयार पारेका थियौं । ति ४० हजार नै समानुपातिक मत बढाउनका लागि लागिपरेका थिए । अहिले देखिएको परिणाम यही मिहेनतका कारण हो ।’ ....... ०७४ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३१ लाख ७३ हजार ४९४ र कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत ल्याएको थियो ।



पछि परे मधेशका प्रभावशाली नेता महन्थ, राजेन्द्र र उपेन्द्र
इतिहासकै निराशाजनक निर्वाचन निर्वाचनप्रति आमजनतामा कुनै उत्साह थिएन । चुनावमा खटिएका राजनीतिक दल, अझ विशेष गरी सिद्धान्तहीन गठबन्धनका कारण दलका कार्यकर्तामा समेत कुनै उत्साह थिएन । पार्टी अनुशासन र नैतिकताका कारण आफ्नो पार्टीको चुनाव चिह्न नभए पनि पार्टीको कार्यकर्ता हुनुको नाताले मन लागीनलागी निर्वाचनमा सरिक थिए उनीहरू, तर मनैदेखि चुनाव अभियानमा सक्रिय थिएनन् ।

स्वतन्त्र पार्टीसहित केही नयाँ दल र स्वतन्त्र उम्मेदवारका पक्षमा खटिनेहरूमा भने चर्को उत्साह देखिन्थ्यो ।

....... यो निर्वाचनले मधेसकेन्द्रित दललाई सबैभन्दा नराम्रो धक्का दिएको छ । ..... यो निर्वाचनका माध्यमबाट आमजनताले कांग्रेससहितका सत्तारूढ दलको सिद्धान्तहीन चुनावी गठबन्धनलाई जोरलात्ती हानेको प्रस्ट देखियो । सत्तारूढ दलका नेताहरूले बारम्बार जनतासँग गठबन्धनमा रहेका दललाई मतदान गर्न आह्वान गरे पनि जनताले त्यसअनुरूप भोट हालेनन् र एकअर्का पार्टीको भोट एकअर्कामा ट्रान्सफर पनि भएन । जनताले गठबन्धनको आदेशलाई अवज्ञा गरेकै कारण राप्रपा, स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारलाई राजनीतिक लाभ भयो, त्यसैको परिणाम स्वतन्त्रसहित नयाँ एवं साना दलहरूको संसद्मा उल्लेख्य उपस्थिति हुने भयो । ....... कांग्रेससँग चुनावी गठबन्धन गरेर सानदार ढंगले संसद्मा तेस्रो या चौथो दलका रूपमा उपस्थितिको सपना देखेका माओवादी केन्द्रले गठबन्धन गरेर पनि चुनावमा धोका पाएको प्रस्ट देखिएको छ । उनीहरू उठेको ठाउँमा कांग्रेसको परम्परागत मत उनीहरूको पक्षमा खसेको देखिएन । ....... राजनीतिक रूपमा भर्खर गठन भई पहिलोपटक चुनावमा डेब्यु गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सफलतालाई अभूतपूर्व मान्नुपर्छ । मेरो दृष्टिकोणमा यो निर्वाचनमा एमालेले पाएको सफलता पनि कम्ता होइन । निर्वाचनको परिणामले यो पार्टी अरूभन्दा बलियो र संगठित देखियो । ...... निर्वाचनमा मतदाताले मत दिन नजानु, कम मत खस्नु, ठूला दलको विकल्प खोज्नु, यो निर्वाचनका माध्यमबाट नेपाली जनताले गरेको एकप्रकारको सौम्य (सफ्ट) विद्रोह हो । ....... आगामी संसद्ले स्थिर सरकार गठन गरेन, भ्रष्टाचार र बेथितिको नियन्त्रण गरेन, जनतालाई थप निराश बनायो भने सफ्ट विद्रोह मात्र होइन, सडकबाट कडा विद्रोह गर्ने दिन आउन सक्छ ।


No comments: